Friday, December 21, 2012

सम्पादकीय : निकासका लागि चार निकायको सहमति आवश्यक


सम्पादकीय

निकासका लागि चार निकायको सहमति आवश्यक

मुलुकमा अहिले ४ राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सहमतिका लागि पहल भइरहेको अवस्था छ । के ती चार राजनीतिक शक्तिले सहमति गर्दैमा मुलुकमा संविधानसभाको चुनाव हुन सक्छ ? भनी प्रश्न उठ्न थालेका छन् । नेकपा—माओवादी लगायत विभिन्न राजीतिक दलदेखि आदिवासी जनजातिहरुले समेत पहिचान र संघीयताविनाको संविधानका लागि चार राजनीतिक पार्टीले सहमति गर्न लागेको ठहर गर्दै विरोध समेत गर्न थालेका छन् । यस्तो अवस्थामा ४ राजनीतिक शक्तिले मात्र सहमति गर्दै    सरकार परिवर्तन गरेपनि सहज ढंगबाट नेपालको राजनीति नजाने संभावना बढदै गएको अवस्था छ ।

बास्तवमा अहिलेको अवस्थामा सहमित नै गर्ने हो भने विभिन्न संवैधानिक निकायदेखि सरोकारवालाहरु वीच सहमति गर्नुपर्ने अवस्था आएको छ । मूल रुपमा अहिलेको संवैधानिक अंगको रुममा रहेको राष्ट्रपतिको कार्यालय, अर्को अंग प्रधानमन्त्रीको कार्यालय, न्यायपालिका र राजनीतिक पार्टीहरु सहितको सरोकारवालाहरुको सहमतिले मात्र मुलुकमा निकास निकाल्न सकिने कुरा झन झन स्पष्ट हुदै आएको छ ।

यी चार वटा निकायहरुलाई समन्वय र सहमति नगरिकन प्रमुख ४ राजनीतिक दलहरुले मात्र सहमतिको प्रयास भएका कारणले नै अहिले सम्म पनि मुलुकलाई निकास दिन नसकि   रहेको हो । यहि ढंगबाट ४ दल अघि बढेमा भोली नेकपा—माओवादी लगायत अन्य दल र सरोकारवाला संगठनदेखि प्रधानमन्त्रीको कार्यालय, न्यायपालिका समेत विपक्षमा उभियो भने निकास दिन नसक्ने अझ अन्यौलतामा मुलुक जाने संभावना रहेको छ । अतः अहिलेको अवस्थामा प्रमुख ४ राजनीतिक शक्तिका शीर्ष नेताहरुले यी चारवटै निकायलाई समन्वय गरि सहमतिमा ल्याउनु नै बुद्धिमानी हुन्छ भन्दा केहि फरक नपर्ला ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete