Wednesday, December 26, 2012

यो ठाउँलाई चिल्ड्रेन पार्क बनाए कसो होला ?

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012


यो ठाउँलाई चिल्ड्रेन पार्क बनाए कसो होला ?




कीर्तिपुरको खासी बजारमा रहेको पोखरीमा पानी छैन । अहिले माटो र फोहोर पानीले भरिसकेको छ । त्यस पोखरीको पश्चिमतिर कीर्तिपुरका चार शहिदहरूको शालिक राखिएको छ । शहिदहरूको शालिक मुनि प्लाष्टिक झोला र दुर्गन्धित पानीले भरिएको छ । यो शहिदरूकै अपमान जस्तो देखिन्छ । पोखरीको एक किनारमा अहिले केही भागमा माटोले भरेर पूmलवारी बनाउन प्रयास गरेको देखिन्छ । जाडोमा अलि उमेर पुगेकाहरू त्यहाँ घाम तापिरहेको देखिन्छ भने दिउँसोतिर स्कुल नचलेको बेला केटाकेटीहरू खेलिरहेको देखिन्छ । यसरी हेर्दा यस ठाउँलाई चिल्ड्रेन पार्क वा शहिद पार्कको रुपमा विकसित गर्न सके कसो होला ? यदि यहाँ चिल्ड्रेन पार्क बनाउन सके केटाकेटीले समय बिताउने ठाउँ पाउने छ । अरु खराब संगतबाट बच्न पनि सक्छ । शहिदस्थल सफा सुग्घर पनि हुने थियो ।

आखिर त्यत्रो पोखरीलाई त्यतिकै छाडनु भन्दा कुनै न कुनै काममा लगाउनु नै बेश होला । अथवा हाम्रा पुर्खाहरूले पोखरीको रुपमा विकसित गर्नु भएको पोखरीलाई हामीले पोखरीको रुपमा संरक्षण गर्न नसकेपनि अरु कुनै रुपमा भएपनि यसको संरक्षण गर्नु पर्ने देखिन्छ । ताकि हाम्रा आगामी पुस्ताले हामीलाई धिक्कार नभनोस् ।

यसमा स्थानीय व्यक्ति वा नगरपालिकाले पहल गर्ने हो कि !

2 comments:

  1. Khashibazar Youth Club is going to develop a Mega Project on Renovation and Preservation the Vei Pukhu (Middle one).... soon... I don't know whose responsible in this "Mavi Pukhu"? If the community give responsible Khashibazar Youth Club is ready to take care.

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete