Wednesday, December 26, 2012

सन्दर्भ दादुरा रुबेला खोप अभियान

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012


सन्दर्भ दादुरा रुबेला खोप अभियान


यही पुस १० गतेदेखि पुस १८ गतेसम्म कीर्तिपुरमा दादुरा– रुबेला खोप अभियान २०६८–२०६९ सुरु भएको छ । यस अभियानमा लायन्स क्लब इन्टरनेशनल, युनिसेफ, डब्लु एच ओ र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको संयुक्त सहभागिता रहेका छन ।

कीर्तिपुरमा यस अभियानको संयोजन लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरलाई जिम्मा दिइएको छ । यस खोप अभियानको सुरुवात कीर्ति सेकेन्डरी इंगलिस बोर्डिंग स्कूलको प्रांगणमा एक कार्यक्रम गरी सुरुवात गरियो ।

लायन सुनिल श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका सभापति लायन रबिन्द्र वहादुर प्रधानले गर्नु भएको थियो । समारोहका अतिथिहरूमा पेट्सानका केन्द्रिय अध्यक्ष रमेशमान महर्जन, एस प्याब्सनका अध्यक्ष दिलमान महर्जन, नेपाल रेडक्रस कीर्तिपुर शाखाका अध्यक्ष हर्षमान महर्जन, कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष प्रज्वलमान प्रधान, नेपाल रेडक्रस सोसाइती का.जि. रुवेला दादुराका संयोजक नविन मानन्धर, विष्णुदेवि प्राथमिक स्वस्थ्य केन्द्रका प्रमुख अर्जुन तामाङ, बाहिरिगाउ“ उपस्वास्थ्य चौकीका प्रमुख युवराज उप्रेति, कीर्ति सेकेण्डरी बो. स्कूलका प्रिन्सिपल कृष्ण उपाध्याय हुनुहुन्थ्यो ।

सबै अतिथिहरुले संयुक्त रुपमा मैनवत्ती प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।

सो कार्यक्रममा विष्णुदेवि उपस्वस्थ्य चौकीका प्रमुख अर्जुन तामाङले स्वागत मन्तब्य दिनु भएको थियो । कार्यक्रमका अतिथिहरुले शुभकामना मन्तब्य दिदै दादुरा रुबेला खोप अभियानबारे प्रकाश पार्नु भएको थियो । सो अभियानको प्रचार ¥याली नेपाल रेडक्रस सोसाइती कीर्तिपुर शाखाले आयोजना गरेको थियो । कीर्ति से. स्कूलको प्रागणमा उपस्थित बालबालिकाहरुलाई खोप दिइ अभियान सुरुवात गरिएको थियो । यस अभियान पुष १८ गते सम्म संचाल हुनेछ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete