Wednesday, December 26, 2012

नगरपालिका सँधै यस्तै जागरुक हुने हो कि !

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012


नगरपालिका सँधै यस्तै जागरुक हुने हो कि !


गत मंसिर ७ गते शनिवार विहानै नगरपालिकाका कर्मचारी रामकृष्ण महर्जन एउटा पानी ट्यांकि र दुईजना मानिसहरू लिएर कीर्तिपुरको प्रवेशद्वार नयाँबजारमा देखा प¥यो ।स्थानीय व्यक्तिहरू उत्सुक भएर हेर्न थाले । पानी ट्यांकीमा प्लाष्टिकको ठूलो पाइप जोडियो । पानी ट्यांकीबाट पानी बहन थाल्यो । त्यसबाट प्रवेशद्वारको उत्तरतिर रहेको पेटी धुन थाल्यो  । धुलोले भरिएको पेटीमा बिछ्याएका सिमेन्टका ईंट्टा चम्किन थाले ।आज कीर्तिपुरको इन्द्रायणी जात्रा, जात्रा हेर्न आउने पाहुनाहरूलाई कीर्तिपुर सफा सुग्घर भएको देखाउन पेटी सफा गरेको रहेछ । जात्राको अवसर पारेर भएपनि पेटी सफा गरेकोमा नगरपालिकालाई धन्यवाद दिनै पर्छ । त्यस पेटीको छेउमा ठाउँ ठाउँमा सिमेन्टको गोलाकार चक्काहरू राखिएका छन । कीर्तिपुर नगरपालिकाका कर्मचारी रामकृष्ण महर्जनसँग त्यो चक्का किन राखेको भनेर सोध्दा त्यसमा हरियो विरुवा राख्ने बताउनु भयो । अहिले नै राख्न पाएको भए झन कति राम्रो हुन्थ्यो । तर नगरपालिकाको काम कहिले जाला घाम भनेझै भइरहेको छ ।

नयाँबजार तथा कीर्तिपुरको रिंगरोड क्षेत्रमा सडकको पेटीमा सामान राखेर व्यापार गर्नेहरूलाई ती सामान हटाउन ३ दिनको समयसिमा राखेर सूचना टाँसेको र माईकिंग गरेको पनि १५ दिन नाघिसकेको छ । तर पनि सडक पेटीमा पसल राख्नेहरूले हटाएका छैनन् । यसमा नगरपालिका निरह देखिन्छ । स्थानीय व्यक्ति÷क्लबहरूसँग समन्वय गरेर गरेको भए अझ राम्रो हुन्थ्यो । जेहोस अहिले कीर्तिपुर नगरपालिकाले आफ्नो उपस्थिति जनाउन थालेको छ । यस्तो सक्रियता बढ्दै जाओस भनेर स्थानीय व्यक्तिहरूले कामना गरेका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete