Friday, December 21, 2012

सम्भव छ पृथ्वीको प्रलय ?

सम्भव छ पृथ्वीको प्रलय ?


सुविन श्रेष्ठ


जति समय नजिकिंदै छ २१ डिसेम्बर २०१२ को । त्यति कौतुहलता र त्रासले विश्वका मान्छेहरू त्रसित बनेका छन । शनिवार विहान ओशो सहयात्रीको आयोजनामा भइरहेको उत्सवको ध्यानमा रहँदा मेरै मानसपटलमा पृथ्वीको अन्त्य र समाप्तिका दृश्यहरू मडारिंदै थियो । जति जति स्वामीजीले ध्यानबाट ‘स्वहम’ मन्त्रको गहिराईमा डुब्न आग्रह गर्दै थिए, त्यति–त्यति त्राहिमामका ध्वनीहरूले म ब्याकुल बन्दै गएँ । विचार शुन्य हुन्छ, तपाईमा उर्जा उत्पन्न भइरहेको छ भनि रहँदा पृथ्वीको विकराल दृश्य हट्दै हटेन । यसैकारण यो साताको विषयमा मैले पृथ्वीको अन्तिम दिन विषयलाई रोज्न पुगें ।

हामीसंग जम्मा ३ दिन बाँकि छ । यो शेष रहेको दिन जतिजति नजिकिंदै छ । उति उति मानिसहरू भित्रभित्रै आतंकित, भयभित र त्रसित भएका छन । फेसबुकको भित्तामा पनि यसका बारेमा प्रचार भएका छन । यसले निकै डरत्रासलाई थप बढाएको छ । यद्यपी नासाको आधिकारिक वेवपेजले यसबारे केही यस्ता घटनाका बारेमा खुलाएका छैनन् । सामाजिक संजालहरूमा भयभित स्टेट्स फोटो सहित आउन थालेको छ ।

वैज्ञानिकहरूको आधिकारिक संस्था नासाले यसबारे अध्ययन अनुसन्धान के गरेको छ भनेर आधिकारिक वेभसाइटमा पुगे र खोजे । प्रश्नको उत्तरहरू । त्यहाँ सन २०१२ मा पृथ्वी ध्वस्त हुने भन्ने बारेमा थुप्रै प्रश्न उतर छन । पृथ्वीको अन्त्य र कालरात्री (ब्लाक आउट) हुने प्रश्नको जवाफलाई अस्वीकार गरिएको छ । नासाले भनेको छ, “२१ तारिखपछि ब्रम्हाण्ढमा जुन अवस्था आउँदैछ यस्तै अवस्था सन १९६२, १९८२ र २००० मा आईसकेको हो । यसपटक भूउपग्रहको सुचना प्रणालीमा केहि प्रभाव पार्ने आशंका गरिएको छ ।

यसकारण भविष्यवाणी गलत छ । अर्थात नासाको पनि दावी छ, संसार ध्वस्त हुँदैन । अझ नासाको अध्ययन भइरहेको अनुसन्धानलाई मान्ने हो भने अर्बौ वर्ष अझै संसारको अन्त्य हुनेछैन । यतिखेर संसार ध्वस्तको समाचार कल्पना गर्दै शब्दहरू दौडाईरहँदा मेरो अनुहारमा सिंगो काठमाडौंको दृश्य समाएको छ । त्यहाँबाट केही पर मात्र मेरो परिवारको पीडा सलबलाएको छ । आखिर यथार्थ हो वा हावा गफ ? त्यसको लागि समय कुर्नैपर्छ । मनमा बाँकि समय गन्ती गर्दै नचाहिदो बाजा बजिरहेको छ ।

हुन पनि जिज्ञासु छु म समाचार प्रति । यो समाचारलाई म असत्य मानिरहेको छु । नास्त्रेदम्स त्यस्को मुख्य प्रमाण हो । जसले बोलेको भविष्यवाणी कसैले सुनेनन् । विश्वास गरेनन् । तर संसारमा आएको प्रलयपश्चात नास्त्रेदम्सको मुटुमा एक लिखित लेख पाईयो । त्यस्मा जुन परिस्थिति र त्रास समकालीन भोग्दै थियो । त्यसको बारे निकै वर्ष पहिले नास्त्रेदम्सले भविष्यवाणी गरिसकेका थिए । सत्य असत्यका लागि समय प्रतिक्षा नगरिहुन्न । आखिर धार्मिक ग्रन्थहरूमा किटान गरिएको छ । जे हुन्छ, माथिबाट चाहेपछि मात्र हुन्छ । वहाँको मर्जि बिना केही सम्भव छैन । संसारमा व्यक्ति विशेषले चाहेर यस्ता कुरा हुँदैनन् । सृष्टिका सञ्चालक मान्छे होइनन् । ढिलो चाँडो संसार एक पटक सकिनु पनि छ । जन्मदाता चाहन्छ युग फेरिनुपर्छ । कति युगहरू फेरिएर कति युग गए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete