Wednesday, December 26, 2012

रिता महर्जनलाई नातिकाजि संगित पुरस्कार

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012

रिता महर्जनलाई नातिकाजि संगित पुरस्कार


नेपाली साङ्गीतिक आकाशका सुप्रसिद्ध सङ्गीतकार स्व.नातिकाजि श्रेष्ठको व्यक्तित्व र कृतित्वको व्याख्या, विश्लेषण र चिन्तनका लागि २०६२ सालमा स्थापित नातिकाजि स्मृति समाजद्वारा हरेक वर्ष वितरण गर्दै आइरहेको नातिकाजि युवा सङ्गीत पुरस्कार –२०६९ कीर्तिपुरका रिता महर्जनलाई प्रदान गरिएको छ ।

गत पुष ३ गते सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उक्त सम्मान पत्रमा लेखिएको छ । नेपाली सङ्गीगतको क्षेत्रमा युवा गायिका, सङ्गीतकार तथा गीतकारको रुपमा आफ्नो प्रतिभालाई निरन्तर उजागर गर्दै एउटा स्वर्णिम सम्भावना दर्शाउन सफल हुनुका साथै नेवारी सङ्गीतको उत्थानमा पनि समर्पित रहनु भएको प्रशंसनीय प्रयासको उच्च कदर गर्दै सङ्गीत महर्षि श्रद्धये नातिकाजिको ८८ औं स्मृति दिवसको पुनित अवसरमा यहाँलाई “नातिकाजि युवा सङ्गीत पुरस्कार –२०६९” द्वारा सम्मान गरिएको छ ।विगत एक दशकदेखि नेवारी र नेपाली सङ्गीत क्षेत्रमा लागिरहनु भएकी रिता महर्जनले त्रि.वि. बाट अर्थशास्त्रमा स्नातक गर्नु भएको छ भने इलाहावाद सङ्गीत महाविद्यालयबाट सङ्गीत विशारद पास गर्नु भएको छ । उनी मेट्रो एम एममा समाचार लेखन तथा वाचन, कार्यक्रम उत्पादन तथा संचालन गर्नु हुन्छ ।

उहाँको पहिलो एकल एल्बम नेपालभाषामा हः छहः, २) पियाच्वना ३) मृत्यु शैया ह्वःगु स्वां ४) मां नेपाली मा एकल अल्बम एकै नजरमा । त्यस्तै उहाँले “योम्ह छ यकूम्ह छ एल्बममा एकल संगित दिनु भएको थियो । त्यस्तै मतिनाया सवाः एल्बममा रहेको १० वटा गीतमध्ये ७ वटा गीतको रिताले संङ्गीत दिनु भएको थियो । यसरी उहाँले नेवारी र नेपालीमा गायन, संङ्गीत कम्पोज गरी ४० वटा भन्दा बढी एल्बम निस्किसकेका छन ।

स्मरणरहोस उहाँले नेपालभाषा क्षेत्रको प्रख्यात पुरस्कार दान्यहिरा सिरपा पनि जितिसक्नु भएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete