Friday, December 14, 2012

पांगाको जात्राको दिनमा साच्चैं पृथ्वी ध्वस्त हुने नै हो त ?

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

पांगाको जात्राको दिनमा साच्चैं पृथ्वी ध्वस्त हुने नै हो त ?

मूस्या ज्यापु

पांगामा आफ्नो मामाघर भएका एक ३५ बर्षिय कीर्तिपुरका एक महिलाले आफ्ना साथीहरूलाई सुनाउदै हिडेकी छिन कि आउदो पांगा जात्रामा पृथ्वी ध्वस्त हुन्छ रे । हामी त त्यो बेलामा जात्रा हेर्दा हेर्दै मर्छु होला । कीर्तिपुरमा जन्म भई पागांमा निधन हुन पाउनु भाग्यमानीहरू भन्छन् । त्यसैले हामी त जे भएपनि त्यो दिनमा परिवार सहित पांगामा जात्रा हेर्न जान्छु । 

त्यस्तै गरि एक कीर्तिपुरका पुरुषले भन्दै हिडेका छन् कि डिसेम्बर २१ तारिको दिनमा पृथ्वी ध्वस्त हुन्छ रे । यो बास्तवमा हल्लामात्र हो कि सच्चै नै हुने हो त्यहि दिनले थाहा पाउनेछ । 

पागांका एक युवक भन्नु हुन्छ ‘पांगाको जात्राको दिनमा त विहानै देखि अँध्यारो हुन्छ रे । त्यो दिनमा नै जात्रा परेको छ के हुने हो । जे सुकै भएपनि जात्रा मनाउने मानसिकतामा पुगेको छ ।’


अहिले कीर्तिपुर क्षेत्रमा यस्तै प्रकारका हल्ला भएका छन् । अहिले कीर्तिपुर क्षेत्रमात्र नभै विश्वमा नै एक ढंगको हल्ला चलेको छ कि ‘आउँदो डिसेम्बर महिनाको २१ तारिख (पौस ६ गते जुन दिनमा कीर्तिपुर नगरपालिकाको पांगामा विष्णुदेवी र वालकुमारीको भब्य जात्रा हुन्छ) शुक्रवारको दिनमा विश्व ध्वस्त हुन्छ/प्रलय हुन्छ ।’

यस्तो प्रकारका हल्लाले सबै भन्दा पहिले गृहणीहरूको माध्यमवाट परिवारमा पुग्दो रहेछ । यसको अर्थ गृहणीहरूलाई प्रभाव पार्दो रहेछ । अन स्कूलमा पढ्ने विद्यार्थीहरूलाई पनि यस्तो प्रकारको हल्लाले असर पार्दो रहेछ ।

यस्तो हल्ला हुनुको प्रमुख कारण भनेको माया पात्रो हो । सो पात्रोमा डिसेम्बर २१ पछिको नयाँ तिथिमिति नभएका कारणले नै सो हल्ला ब्यापक भएको हो ।  

अहिले आएर यो हल्लाले अलि ब्यापकता पाएको छ । आज भन्दा केहि महिना अघि स्कूलका विद्यार्थीहरूले नभनेको पनि हैन । तर त्यति बेला खासै वास्ता गरिन । त्यो ठूलो किसिमको हल्ला हैन होला भनी मलाई लागेको थियो । तर अहिले आएर त साच्चै यो हल्ला नेपालमा भन्दा पनि विकसित मुलुकमा बढि भइरहेको अवस्था छ । 

कुनै कुनै देशमा तक डिसेम्बर २१ र २२ लाई नयाँ विश्वको सुरुवाट भनी विश्व सम्मेलन नै गर्न तयारी गरेका छन् । कुनै कुनै मुलुकका प्रधानमन्त्रीले नै यस्तो विषयमा आधिकारीक सम्वोधन गरेका छ । जे सुकै भएतापनि अहिले सम्म यो हल्ला मात्र हो भनी बैज्ञमानिकहरूले दावी गरेका छन् । डिसेम्बर २१ तारिकका दिनमा विश्व ध्वस्त हुने कुनै आधार छैन भनी दावी गरेका छन् । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete