Wednesday, December 26, 2012

किपू बचतको चौधौं साधारण सभा सम्पन्न

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012

किपू बचतको चौधौं साधारण सभा सम्पन्न

कीर्तिपुर समलस्थित किपू बचत तथा ऋण सहकारी संस्था लिं को चौधौं वार्षिक साधारण सभा गत मंसिर २३ गते त्रिभुवन पार्क थानकोटमा सम्पन्न भयो ।

नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का अध्यक्ष मिनराज कडेलले पानसमा दिप प्रज्वलन र अन्य अतिथि लगायत सल्लाहकारहरूले १४ वटा दियोमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।
संस्थाको अध्यक्ष रामवहादुर महर्जनको अध्यक्षतामा सुरु भएको सभा संचालन प्रवन्धक सिद्धिकुमार मानन्धरले गर्नु भएको थियो ।

प्रमुख अतिथिले शुभकामना मन्तव्य दिनेक्रममा किपू वचत तथा ऋण सहकारी संस्था लि. एकमात्र कीर्तिपुर क्षेत्रको सहकारी मध्ये समुदायमा आधारित सहकारी भएको जानकारी राख्नु भएको थियो । शुभकामना दिने अन्य अतिथिहरूमा प्रगतिशील बचत तथा ऋण सहकारीका अध्यक्ष पञ्चलाल महर्जन, विकल्प सहकारीका उपाध्यक्ष प्रदिप कुमार महर्जन, कीर्तिपुर बहुउद्देश्यीयका अध्यक्ष रमेश महर्जन, अ‍ैचो पैचो सहकारीका अध्यक्ष दयाराम प्रजापति हुनुहुन्थ्यो ।

उक्त साधारण सभामा अध्यक्षले वार्षिक प्रतिवेदन र कोषाध्यक्षले  प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित गरेको थियो । साथै आ.व. २०६८÷०६९को रु. २,७८,४१०६४÷१६ पारीत गरेको थियो ।

उक्त दिनमै भएको वन्द सत्रमा नयाँ कार्य समितिको पनि चयन गरिएको थियो । जसमा अध्यक्ष–रामवहादुर महर्जन, उपाध्यक्ष–पूर्ण महर्जन, सचिव – शोभा महर्जन, कोषाध्यक्ष –संघराम महर्जन, सदस्यहरूमा सुबिन्द्र महर्जन, अनिता मानन्धर र रमेश मानन्धर चुनिनु भएको छ । त्यसैगरी लेखा समिति संयोजक बुद्ध रत्न महर्जन, सदस्यहरूमा शान्ती महर्जन र फुर्सद महर्जन निर्विरोध निर्वाचीत भएको थियो । निर्वाचित पदाधिकारीहरूलाई टिका तथा खादा ओढाई बधाई तगा शुभकामना दिइएको थियो ।सदस्यहरूमा

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete