Wednesday, December 26, 2012

बृद्धलाइ आश्रम बनाउनेतिर हैन आश्रय दिनेतिर लाग्नु पर्छ — दिलशोभा श्रेष्ठ

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012


बृद्धलाइ आश्रम बनाउनेतिर हैन आश्रय दिनेतिर लाग्नु पर्छ — दिलशोभा श्रेष्ठ

रजनी श्रेष्ठ

बाबु हर्ष नारायण गोपाली र आमा लक्ष्मी माया गोपालीको कोखबाट २०१० सालमा जन्मिएकी दिल शोभा श्रेष्ठलाई सेवाकै कारण धेरैले चिन्ने मौका पाएका छन । थानकोट इमाखेलमा जन्मिएकी दिलशोभा गरीव दूखी र असहायहरूको लागि साँच्चै दिल भएकी हुनाले उहाँको सेवा सबैलाई अनूसरण गर्न योग्य छ । थानकोटको मंगलोदय माध्यमिक विद्यालयमा शिक्षा हासिल गर्नु भएकी दिलशोभालाई भाइ र बहिनी हुर्काउने र पढाउने जिम्मेवारीले गर्दा कक्षा ५सम्म भन्दा अध्ययन गर्न पाउनु भएन । बाबुआमाकी जेठी छोरी भएकोले दिलशोभालाई खान लाउन दुःख नभएपनि खेतिपातिको काममा व्यस्त हुँदै र बुबा आमाको सहयोगी बन्दै बाल्यकाल बित्यो ।

काठमाडौंका पुष्करलाल श्रेष्ठसँग २०२८ सालमा प्रेम विवाह गर्नुभएकी दिलशोभा छोरा जन्माउन नसकेकै कारण श्रीमानले छोडेर हिंडेको दिन सम्झेर दुःख व्यक्त गर्नुहुन्छ ।

तीन वटी बहिनी र २ वटा भाइमध्ये सबैभन्दा जेठी सम्पन्न परिवारमा हुर्किएकी दिलशोभा फेरि त्यो दिन सम्झंदै भन्नुहुन्छ, “पेटभरी खान नपाएकै कारण जन्मिएको छोरा पनि एकछिन बाँचेर बित्यो, भएको परिवारलाई राम्ररी पाल्न नसक्नेलाई छोरा नै ठूलो भएकोले जवान भइसकेकी मेरी एक छोरी र मलाई जिउँदै माया मार्नुभयो । १८ वर्षसम्म सँगै बसेको श्रीमानले छोडेर गएको पीडालाई भुल्दै दिलशोभा भन्नुहुन्छ, “उहाँले छोडेर नगएको भए मैले पारिवारिक वियोगको पिडा थाहा नै पाउने थिइन र यसरी समाज सेवामा लाग्ने थिइन होला यहि घटनाले नै मलाई समाजसेवामा लाग्न प्रेरित ग¥यो ।” २०४८ सालमा छोरीको विवाहका लागि दुवै जना मिलेर कमाएको ५ लाख रुपैया लिएर हिंडेका पति हालसम्म फर्केर नआएको दिलशोभा बताउनु हुन्छ ।
दिलशोभाले पति वियोग मात्रै सहनु परेन श्रीमानले छाडेर गएपछि बाँकि परिवारका केही सदस्यले उल्टै आपूmले श्रीमानलाई निकालेको आरोप समेत आमा छोरीलाई लागेको सहनु प¥यो । यस्तो असह्य वेदना पोख्दै दिलशोभा भन्नुहुन्छ, “आमाछोरीले तीन पटकसम्म विष सेवन ग¥यौं तर कम असर गर्ने विष भएकोले आमाछोरी नै बेहाससम्म भएर विरामी मात्र प¥यौं मर्न सकेनौं । एक दिन त कडा विष खाने निर्णय गदैं थियौं अचानक हामी आमाछोरीकै हृदयमा परमेश्वरले हामीभन्दा अझ दुःख पाएको मानिस देखाउनु भयो र तिनिहरूको सेवा गर्ने यो हृदय दिनुभयो ।”

आफ्नो शेषपछि एक्लै हुन्छ्यौ भन्दै फकाएर छोरी शबनमलाई विवाह गरिदिएकी दिलशोभाले आपूmलाई एक्लो भए भन्दै छोरीको विवाह पछि झन चिन्तामा डुब्न थाल्नुभयो । आफ्ना बुबा हर्षनारायणको मानवीय सेवा नै ठूलो धर्म भन्ने प्रेरणाबाट आपूm समाजसेवामा भने सानैदेखि इच्छा रहेको दिलशोभा बताउनु हुन्छ । श्रमिानले छोडेर गएको केही वर्षपछि नै आपूm जस्तै अरु महिलाको पनि हित सोच्ने दिलशोभाले एस एस नामको गार्मेन्ट रेडिमेड कपडा कारखाना खोलेर दुःख पाएका र एकल महिलाहरूलाई काम दिन थाल्नु भयो । कहिले मैनबत्ति बनाउने, कहिले आलुचिप्स दालमोठ जस्ता वस्तुहरूको उद्योग चलाउँदै उनले आफैमा पनि निर्भर रहँदै र अरु दुःखिलाई पनि साथ दिंदै अघि बढ्नु भयो । यस्तै उद्योगबाट आम्दानी गरेको पैसाले दिलशोभाले छोरी शवनमको विवाह कुनै सम्पन्न परिवारको भन्दा कम तवरले गर्नु भएन ।

छोरीको विवाह पश्चात विरहमा डुबेकी दिलशोभालाई एउटी साथीले सान्त्वना दिंदै धनाध्य र धेरै छोरा भएकी त्रिपुरेश्वरकी एक बुढी आमाको बेहाल र सन्तानले नै घृणा गरेको अवस्था देखाएपछि दिलशोभालाई छोरा हुने सबै आमा बाबुले सुख पाउदारेहनछन भन्ने यथार्थ बुझ्नु भयो । करोडपति छोराहरुकी ती आमाको छिडीको चिसो कोठामा गन्हाउने अवस्थामा, परिवारले खाना ल्याएको पनि नाक थुनेर खाना हुत्याइ दिने, उपचार त कता हो कता, यस्तो घटनाले म मर्माहित भएँ । मैले स्याहार सुसार गर्दै जाँदा त दुई वर्षपछि ती आमा बलियो भएर आफै अस्पताल र चाहेको ठाउँमा जान सक्ने हुनुभयो ।” दिलशोभा बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “बुढेसकालमा माया र प्रेम अनि तातो न्यानोले नै बुढाबुढीलाई बल प्राप्त हुँदोरहेछ ।” उनले ती बृद्ध आमालाई मात्र हेर्नु भएन आउँदा जाँदा बाटोमा रहेका अन्य ५ जना बृद्ध आमालाई पनि सकेको खान पिउन दैनिक दिनुहुन्थ्यो ।

मावलको हजुरआमाले ४० सालमा किनिदिनु भएको जग्गामा आमा र बुबाले घर बनाइदिएपछि हाल आएर आमाघर भनेर चिनिने सोल्टीमोडमा दिलशोभा बस्दै आउनु भएको भएको छ । भाडामा दिएको कोठा खाली गराएर उनले बाटोमा रहेका वेवारिसे ५ जना बृद्ध आमाहरूलाई ल्याएर आश्रमको सेवा सुरु गर्नुभयो । सेवामा मन लगाए अनुसार उनलाई आर्थिकमा विस्तारै सहयोग हुन थाल्यो । छोरीको विवाह पछि आफ्नै मेहेनत र बुद्धिले उद्योगबाट राम्रो आर्थिक उन्नती भएको उनी बताउनु हुन्छ ।

केही वर्ष अघि आमाहरूको दाह संस्कार गर्ने खर्च नहुँदा आफैले ती आमाहरूलाई दागबत्ति दिनु परेको घटनालाई उनी साहै्र दुःखद घटना मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “किरिया गर्न दिन खर्च थिएन आफैले स्याहारेको आमालाई आफैले दागबत्ति दिएर अन्त्येस्ति गर्नु प¥यो यो मेरो अविष्मरणीय क्षण हो ।” दिलशोभाको समाजसेवा प्रतिको त्यागको कारणले धेरै संस्था तथा व्यक्तिहरूले प्रसंशा गर्न थालेका छन ।

यतिबेला उनको आमाघरमा ५१ जन बृद्ध र ४९ जना टुहुरा बालबालिका रहेका छन । भने गुर्जुधारमा अर्को आश्रमस्थल बनाएर ५ जना बृद्ध बाबाहरू पनि ल्याएर राख्नु भएको छ । सेवाको सुरुमा आफैले सबै खर्च धानेको बताउने दिलशोभाले अहिलेसम्म अरूको पनि धेरै थोरै सहयोगमा बृद्ध बृद्धाहरूलाई पालनपोषण गर्नु भएको छ । कसैले चामल कसैले तरकारी कसैले भौतिक सामग्री दिएर तथा कसैले नगद दिएर सहयोग गरेर उनको सेवामा सहयोग पु¥याएका छन ।

२०४३ सालदेखि फेरी दिलशोभाले आमाघरभित्रै बालघर समेत स्थापना गर्नु भयो । यस बालघरमा विशेष गरी द्वन्द पिडित र बाबुआमा नभएका बालबालिका बढी छन । विभिन्न स्कुल मिलेर निशुल्क पढाइ दिएको कारण बालबच्चाहरूले शिक्षा पनि आर्जन गर्न पाएका छन । अब बालबच्चा थप्ने विचारमा नरहेकी दिलशोभा भन्नुहुन्छ, “अब बालबालिका थप्ने योजना बनाएकी छैन तर बाटोमा अलपत्र परेको देख्दा भने म चुप रहन सक्दिन त्यस्ता असहायहरू जति भएपनि यो दिलशोभाको दिलमा अट्छन । मैले आँट गरेपछि परमेश्वरले पु¥याउनु हुन्छ ।”

विस्तारै मिडियाहरूबाट प्रचार हुन थालेपछि अहिले भने धेरैले थाहा पाएर दिलशोभालाई सहयोग गर्न थालेका छन । उनलाई सेवा अघि बढाउन अझै समस्या रहेको छ । उनलाई धेरैले चिनेपछि नियमित रुपमा बृद्धहरू थपिंदै गएकोले उक्त आमाघर मर्मत गर्नुपर्ने इन्भरटर र स्याहार सुसारको लागि सहयोगीको आवश्यकता छ । हाल नर्वे सरकारले तलब दिएर दुई महिला सहयोगी राखिदिएको छ । तर पनि बृद्ध र बृद्धा थपिंदै गएकोले सहयोगीको अझै आवश्यकता रहेको दिलशोभा बताउनु हुन्छ ।

दिलशोभाको भावी सेवाको योजनाले सम्पूर्ण नेपालीलाई बाबुआमाको कर्तव्य र उत्तरदायित्व प्रति झस्काउन मद्दत गर्दछ । उहाँ भन्नुहुन्छ, “३ करोड नेपालीले एकै मन भएर संकल्प गरेमा नहुने के छ र ? अब नेपालको कुनै पनि कुनामा कसैका पनि बृद्ध आमाबाबु अलपत्र परेर बाटोमा बस्न नपरोस ।”

एकल महिला भएर पनि यति ठूलो साहस गरेर समाजसेवामा समर्पित दिलशोभा आफ्नो शेषपछि पनि आमाघर कहिल्यै नमर्नेमा विश्वस्त हुनुहुन्छ । आपूm पछि छोरी शवनम र ज्वाईंले हालसम्म पनि आर्थिक अवस्थामा धेरै सहयोग गरिरहेको र आफ्नो जीवन पछि पनि संस्थालाई निरन्तरता दिनको लागि आपूmहरू मर्न तयार रहने प्रण गरेको उनले जानकारी दिनुभयो । उहाँलाई सेवासंगै चुनौती पनि थपिएको छ । आमाहरू चै दिलशोभाले लगिहाल्छिन भन्दै छोरा बुहारीले हेला गरेर रोडमा फालिदिने मन्दिरमा लगेर छोडिदिने वीर अस्पताल उपचार गर्न लाने भन्दै रोडमा ल्याएर छोडिदिने गरेको निन्दनीय घटनाप्रति भने दिलशोभा दुःख व्यक्त गर्नुहुन्छ, कोही आमा बेवारिसे देखेर ल्यायो पछि छोराहरूले धम्कि दिने मेरो आमाको गहना सम्पति देखेर ल्याएको आरोप लगाउने गर्छन । कुनै आमाहरू यहाँ आएर बलियो हुँदै गएपछि फर्केर छोरा कहाँ जाने र मेरो सम्पत्ति लेउ मलाई दिलशोभाले पालेकोले उसलाई नै सम्पत्ति दिन्छु भनेर माग्ने गरेकोले आपूmलाई उनका छोराहरूबाट सम्पत्ति खान आमाहरू ल्याएको आरोप आएकोमा दिलशोभा चित्त दुखाउनु हुन्छ । दिलशोभाको आमाघरमा गरीव आमा मात्र हैन अरबौपति आमा पनि छोरा बुहारीले हेला गरेको भन्दै खुशिसाथ याहाँ बस्नु आउनु भएको छ । केही आमालाई त आफ्नो बेइज्जत भयो भनेर छोराहरुले पछि फर्काएर  पनि लगेका छन । यस्तो बेला मैले नै फकाएर ल्याएको आरोप पनि लाग्यो ।” दिलशोभा भन्नुहुन्छ ।

आमाहरूलाई एकतामा ल्याउन पनि उनलाई कहिले काहिँ गाह्रो पर्छ । कहिले सानो जात र ठूलो जातको विषयमा त कहिले के विषयमा आमाहरूबीच झगडा पनि हुने गर्दंछ । सम्झाउँदा सम्झाउँदा बल्ल ज्ञानी हुन्छन उहाँ भन्नुहुन्छ ।

सम्पूर्ण देश विदेशमा रहेका नेपालीलाई संदेश दिंदै दिलशोभा भन्नुहुन्छ, “असक्त आमाबाबुलाई राम्ररी पाल्नु सबैको दायित्व हो, बाल्यअवस्थादेखि नै घरघरमा र स्कुलमा बाबुआमा हजुरबा हजुरआमालाई गर्नु पर्ने आदर माया र नैतिक शिक्षा अनिवार्य रुपमा सिकाउनु पर्छ, त्यस्तै शिक्षक शिक्षिका प्रति बालबालिका बढी आज्ञाकारी हुने भएकोले उनीहरूले अनिवार्य रुपमा नैतिक शिक्षा सिकाउनु पर्छ, यस्तो सेवा गर्न धन हैन मन चाहिन्छ, बाबुआमालाई मरेपछि श्राद्ध गर्ने बाचुन्जेल श्रद्धा गर्न सिक्नु पर्छ आश्रम बनाउनेतिर हैन आश्रय दिनेतिर लाग्नु पर्छ, दया देखाउने मात्र हैन माया गर्न सिक्नु पर्छ ।”

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete