Friday, December 21, 2012

भकुण्डो भूत झै गुडिरहेको

अंक ७२ ने. सं. ११३३ थिंलाथ्व सप्तमी बुधवाः २०६९ पुष ४ गते बुधवार  Dec 19, 2012

कविता

भकुण्डो भूत झै गुडिरहेको

राम महर्जन, की.न.पा. १६ नगाउं


बुद्ध जन्मेको शान्ति भूमिमा
खै कहाँ गयो शान्ति सन्देश
स्वयम्भुनाथको दिव्य नजरले
संधैं टुलुटुलु हेरिरहे जस्तो

पवित्र गंगा बागमति र विष्णुमति
फोहर पानीले दुर्गन्धित बन्यो
विश्व चिनारी पशुपतिनाथ पनि
लाटोसरी चुपचाप हेरिरहे जस्तो

३२ दलका नेताहरू मध्ये
कोही स्वार्थि छन त कोही भ्रष्ट
जो जस्तो भए पनि के छ र !
मस्तीले पालो फेरि राजगर्ने

महाभारत फेरि फर्किंदैन
असत्यलाई संहार गर्ने
कृष्ण फेरि जन्मिंदैन
रावणै रावणहरूको मिलिभगतमा
दैत्यहरूको राज चल्यो त के आश्चर्य

दुःख मनाइले मात्र केही हुँदैन जनता
आवाज बुलन्द पार्दै जाऔं
सही गलत छुत्याई
धेरै पहिलेदेखि यो देशमा यसरी नै
भकुण्डो भूतझै गुडिरहेको

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete