Friday, December 21, 2012

विधु प्रकाश कायस्थसंग संघीयता बारेमा कीर्तिपुर स्वयंसेवक समाजको भेटघाट

अंक ७२ ने. सं. ११३३ थिंलाथ्व सप्तमी बुधवाः २०६९ पुष ४ गते बुधवार  Dec 19, 2012

विधु प्रकाश कायस्थसंग संघीयता बारेमा कीर्तिपुर स्वयंसेवक समाजको भेटघाट


गत मंसिर ३० गते कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा संचार विज्ञ बिधु प्रकाश कायस्थसंग कीर्तिपुरको अमल्सिस्थित तुयु नासः दबूमा भएको संघियता र लोकतन्त्र विषयमा भएको एक अन्तरक्रिया कार्यक्रममा बिधु प्रकाश कायस्थले २५० वर्ष लामो एकात्मक केन्द्रिकृत शासनसत्तालाई ढाल्नको लागि उत्पिडनमा परेका समुदायहरुको एउटा बलियो पार्टी हुनु प¥यो । अब नेपालमा क्षेत्रिय पार्टीको आबश्यकता रहेको स्पष्ट पार्नुहुँदै पहिचान सहितको संघियताको मुद्दालाई कार्यान्वयन गर्न कुनै पनि राष्टिूय पार्टीले नसक्ने ठोकुवा गर्नुभयो ।

कुनै पनि परिवर्तनको लागि गरिने क्रान्ति केन्द्रबाट नभै गाउँगाउँबाट गरिनु पर्छ । अब नेवाः राज्य लिन संघियताको लागि कीर्तिपुरबाट नै जनलहर ल्याउनु प-यो । अहिले नेपालमा आदिवासी जनजातिको मुद्दामा फलाम तातेको छ यहि बेला तातेको फलामलाई हान्न सक्नुपर्छ उहाँले भन्नुभयो ।

दुई घण्टाको कार्यक्रममा पद्म थापा मगरले विकास र संघियताको बारेमा प्रशिक्षण दिनु भएको थियो । केन्द्रिकृत विकासलाई संघियताले मात्र आम जनसमुदायसम्म पु-याउन सक्ने बताउनु भयो । कार्यक्रममा संघियता, संघवादको परिभाषा, भूमि र प्राकृतिक सम्पदाको सही उपयोग सम्बन्धमा, पहिचानको आधारभूत पक्षहरु, संघियताबारे भ्रम निवारण, अखण्ड नेपालबारे भ्रामक प्रचार आदि विषयमा जानकारी दिनु भएको थियो । अब छिट्टै यस विषयमा व्यापक जनसहभागिता गराएर अन्तरक्रिया गर्ने भएको छ ।

अन्तमा कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष प्रज्वल प्रधानले उहाँहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete