Friday, December 21, 2012

जनसेवा उच्च मा.वि.मा स्वागत, सम्मान र विदाई कार्यक्रम

अंक ७२ ने. सं. ११३३ थिंलाथ्व सप्तमी बुधवाः २०६९ पुष ४ गते बुधवार  Dec 19, 2012


जनसेवा उच्च मा.वि.मा स्वागत, सम्मान र विदाई कार्यक्रम


गत मंसिर २३ गते शनिवार जनसेवा उच्च माध्यमिक विद्यालयको मल्टिपरपोज हलमा एक कार्यक्रम  गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत गर्नृ भएको थियो । त्यस्तै कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान र कक्षा १२ पास गरेका विद्यार्थीहरूलाई विदाई पनि दिइएको थियो ।

कक्षा १२ की सिर्जना महर्जनको सभापतित्व र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू प्रा.डा.रामकृष्ण महर्जन, नजरराम महर्जन, प्राचार्य नन्द कुमारी महर्जन, स.प्र.अ. दुर्गावहादुर महर्जन, जनसेवा उच्च मा.वि.का संयोजक देवराज महर्जन, मंगल उच्च मा.वि.का प्राचार्य प्रदिप महर्जन र सहिद स्मारक कलेजका प्राचार्य मिलन मान महर्जन अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरूमा पुरस्कारदाताहरू महेश तुलाधर, उषा तुलाधर र कमला महर्जन हुनुहुन्थ्यो ।

कक्षा १२ की सजिना महर्जनले स्वागत मन्तव्य दिनु भएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्राचार्य नन्दकुमारी महर्जनले यसपालिको कक्षा ११ को परीक्षामा जनसेवा उच्च मा.वि.का शिक्षा संकाय तर्फ ९५ प्रतिशत र बाणिज्य संकाय तर्फ ७६, मानविकि संकाय तर्फ ७० प्रतिशत विद्यार्थी पास भएको     जानकारी दिनु हुँदै पास हुने सम्पुर्ण विद्यार्थीहरूलाई बधाई दिनु हुँदै सम्पूर्ण शिक्षक÷शिक्षिकाहरू र विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिनु भयो ।

उक्त कार्यक्रममा प्रा.डा. रामकृष्ण महर्जनले दिक्षान्तको बारेमा दिक्षित गर्नु भएको थियो । प्रमुख अतिथि माधवलाल महर्जनले विद्यालयको नतिजा राम्रो हुनुमा विद्यार्थी, शिक्षक÷शिक्षिका सबैको योगदान रहेको उल्लेख गर्नुहुँदै सबैजनालाई धन्यवाद दिनुभयो ।

कक्षा ११ को राष्ट्रिय परिणाम ३८.८ रहेकोमा जनसेवा उच्च मा.वि.ले तिनै संकायको ८०. ७६ प्रतिशत पास गराउन सफल भएको बताउनु हुँदै आगामी वर्षहरूमा पनि राम्रो नतिजा ल्याउन सकोस भनि कामना पनि गर्नुभयो ।

विद्यालयको प्रगतिको लागि विद्यालय व्यवस्थापन समितिले गर्नु पर्ने काममा कुनै कमि नहुने बताउनु      भयो ।

सो अवसरमा १२ कक्षामा शिक्षा संकायतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल विजय लामालाई चन्द्रमाया अक्षय कोषको दाता उषा तुलाधरले नगद रु.३०००। ले प्रदान गरी सम्मान गर्नुभएको थियो ।

१२ कक्षा वाणिज्य संकाय तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल गोपाल जैसीलाई हरिलाल कान्छी अक्षय कोषको तर्फबाट उषा तुलाधरले रुं ३०००। नगद प्रदान गर्नु भै सम्मान गर्नु भएको थियो ।

१२ कक्षा मानविकी तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल एलिसा महर्जनलाई विद्यालयको तर्फबाट पुरस्कृत गरिएको थियो । प्लस टू टपर विजय लामालाई बाबुरत्न –राजदेवी अक्षय कोषका दाता महेश रत्न तुलाधरले रु.३०००। प्रदान गरी सम्मान गर्नु भएको थियो ।

त्यस्तै आ–आफ्नो विषयमा शत प्रतिशत पास गराउन सफल शिक्षक÷शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो । जसमा देवराज महर्जन, तिर्थराज सापकोटा, कुसुम प्रधान, देवी प्रसाद दाहाल, पवित्रा महर्जन शाक्य, विक्रम महर्जन, सुदर्शन के.सि., खेमराज भट्ट, मैयारश्मि महर्जन, जानुका पौडेल, पुष्प सिं थापा रहनु भएको  थियो ।

सभापतिको आशनबाट सिर्जना महर्जनले आफुहरूको निमन्त्रणालाई स्विकार गर्नु भै सभामा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुहुँदै यस कार्यक्रमले आपूmहरूलाई हौसला प्रदान गरेको बताउनु भयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete