Wednesday, December 28, 2022

कथा—म अन्याय सहँदिन

 कथा—म अन्याय सहँदिन


 

रइसा महर्जन

कक्षा १०, 

हिलटाउन मा.वि., कीर्तिपुर

“ओइ......!, आज राम्री भएर चिटिक्क परेर सँगै मिलेर रमाइलो हुने गरी जात्रा हेर्न जानुपर्छ है ।” रिमाले उसका साथीहरूलाई म्यासेनजर ग्रुपमा कुरा गर्दै भनिन् । “साँच्चै हगि रिमा, कीर्तिपुर जात्रा त निकै नै मज्जाको हुन्छ । मलाई त नेवारहरूको जात्रा धेरै मनपर्छ ।” रिमाकी साथी आर्याले कुरा थपिन् । सबै जना कक्षा १० का मित्रहरू थिए । यो उनीहरूले एकसाथ मनाउने अन्तिम जात्रा हुने हो नि भनेर पनि सबले सहमति जनाए । 

“जात्रामा धेरै भिडभाड हुन्छ, रिमा, होस पु¥याउनु है ।” रिभाकी आमाले भन्नुभयो । “ह्या आमा पनि, मेरा अरु मित्रहरू पनि त छन् नि, के हुन्छ र मलाई, पिर नगर्नुस् ।” रिमाले अलि बढी नै आत्मविश्वासी हुँदै भनिन् । 

घर बाहिर चर्को घाम लागिरहेको थियो । जात्रा सुरु नहुँदै लायकुमामानिसहरूको हुल बढीसकेको थियो । जसो तसो अब सबैजना गरी उनीहरूको पाँचजनाको समूह भयो 

“जात्राहेर्नु अघि केहीखाम न । मेरो घरमाआजभोजको आयोजनापनि छ । यही ५ मिनेट हिडेँपछि मेरो घर पुगिहाल्छ नि ।” सीताले आफ्नो प्रस्ताव राखिन् । सबैको सहममितका साथ नै सीताको घर जाने निर्णय भयो । सबै जना बाटोमाहाँस्दै, कुरा गर्दै, फोटो खिच्दै सीताको घरि पनिपुगे । 

सबैजना सीताको कोठामा बसे । कोठा सानो भएपनि सफाथियो । चारै तिर भित्तामापोष्टरहरू टाँसिएको थियो । आमाले प्लेटमा राखेर नेवारी आजा सेटमा हुने सबै परिकारका विविधखानाहरू ल्याइदिनुभयो । 

“यस्तो भोज खाँदाअलिअलि ऐला खानुपर्छ के साथी ।” कमलाले मस्किँदै भनिन् । सबैले मोजसँगअलिअलि रक्सी पनिखाए । सबै जनाझ्याप त भएनन् तर पनि रिमरिम रक्सीको मात चढिसकेको थियो । 

“ल हिँड, हिँड, जात्राहेर्नु पर्छ ।”भनेर मसिनो तर आदेशात्मक स्वरमा सोभाना जुरुक्क उठेर बोलिन् । “हुन्छ, हिँड् ”भन्दै जात्राहेर्न उनीहरू फेरि लायकुतिर गए । 

कोहीकतै नछुटोस् भनीउनीहरू सबैले हात समात्दै लाइनमा हिँडिराखे । जात्रामाउनीहरूलाई धेरै नै मज्जाआयो । उनीहरूले जात्रामा उठाउने त्यो देवताभएको ठूलो खत पनि देखे । त्यहाँभित्रको भगवानको मूर्तिलाई ढोगी आशीर्वाद लिए । 

“ओइ मेरो हात नछोडन । ”भन्दै रिमा कराइ रहिन् । तर उसको हात सँगै साथीहरूको साथपनि छुट्यो । रिमासँग न त मोबाइल नै थियो न त उसलाई कीर्तिपुरका बाटाहरूको ज्ञान । उनी हतास भएको, आत्तिएको देखेर परबाट अलि होचो, कालो जुङ्गा झ्याप्प भएको एकजना केटो रिमातर्फ आयो । “सानु तिमीलाई के भयो ?”केही सहयोग चाहिन्छ ?आलोकले सोध्यो । यही टोलको धनबहादुरको छोरो भएकोले रिमाले सहयोगका लागि आग्रह गरिन् । आलोकले घरसम्म पु¥याइदिने बाचा पनि गरे । आलोकले रिमालाई हात समात्दै लगिरहेको थियो । 

“ए यो बाटोबाट मेरो घर पुगिँदैननि दाजु” भन्दाभन्दै पनि रिमालाई घिसार्दै आलोकले लग्यो। 

“गुहार गुहार” रिमा कराई तर आलोक ठूलो मान्छेको छोरा भएकोले कसैले पनि रिमालाई आलोकको पञ्जाबाट फुत्काउने आँट गरेनन् । 

रिमा र आलोक लायकुदेखि पर अलि सुनसान ठाउँमा आइपुगे । आलोकले बिस्तारै आफ्नो हात रिमाको छुन नहुने अंगतिर पु¥याउन थाल्यो । रिमा एकदमै डराइन् । रिमाले मौका हेरेर आलोकको हातमा टोक्यो । “आइया”आलोक चिच्यायो साथै रिमाले आफ्नो शक्तिले भ्याएसम्मको बल लगाएर भाग्यो । लगभग २० मिनेटको भगाइ पछि थकित् रिमाले “रिमा, रिमा” भन्दै ठूलो स्वरमा बोलाइरहेको सुनेछ । ऊ त्यो आवाजलाई पछ्याउँदै गयो । उसले बाँकी चारमित्र पनि भेटिन् । रिमा एकदमै आत्तिएको देखेर उसको मित्रहरूले उसलाई शान्त पारे । रिमाले त्यो आफूसँग आलोकले गरेको दुव्र्यवहारको कुरा सुनायो । उसले पुलिसकहाँ हिँड्ने कुरा पनि ग¥यो । तर उनीहरूलाई त्यस्तो ठूलो शक्तिशाली मानिसको छोरो बिरुद्ध आवाज उठाउने आँट गरेनन् । उनीहरूले उल्टै रिमालाई केही गर्नु अघि फेरि शान्त दिमागले सोच्नु भन्दै रिमालाई घर पु¥याइदिए ।

“साथीहरूले मलाई नबुझे पनि मेरो परिवारले मलाई पक्कै पनि बुझ्ने छन्” भनेर रिमाले घरमा सबै कुरा बेलीबिस्तारमा सुनायो । रिमाको परिवारले रिमालाई सहयोग गर्ने त कता हो कता, उल्टो झन् “तैँले हाम्रो नाक कटाइस्, तँ जस्तो सन्तान हुनु भन्दा त नभएकै बेस, थुक्क बेइज्जती!” भन्दै गाली बर्साए ।

रिमालाई यो कुराले धेरै नै सताइरह्यो । रिमाको अन्तिम आशा भनेको उनको मिल्ने, माया गर्ने केटो साथी रमण थियो । तर अफसोस् रमणले पनि रिमाको साथ छोड्यो । रिमा भित्रबाट पूरै टुटिसकेको थियो । रिमालाई केही गर्ने आँट र हिम्मत नै आएन । 

यो घटना घटेको केही दिन पछि पनि रिमाको मनमा चाहिँदा नचाहिँदा कुराहरू खेल्न थाल्यो । रिमालाई मनमनै “झुन्डेर मरौँ, कि विष खाएर मरौँ कि त घर नै छोडी कतै पर कसैले नचिन्ने ठाउँमा भागेर जाउँ” जस्ता अनेकन विचार आउँथ्यो । अन्तमा आफ्नो समस्याको सामाधान यी कुनै होइनन भन्दै खातबाट जुुरुक्क उठेर ऐनामा आफ्ना अनुहार हेरी । “यति सानो कुराबाट मैले हार मान्नु हुँदैन । यस्तो कुरा त कायरहरूको मात्र गर्छन् । म त झन् पढीलेखेको मान्छे पो हुँ । म आफ्नो लागि आफै उठ्नुपर्छ ।” यति भनी रिमा किलामा झुन्डाएको ज्याकेट बोकेर कसैलाइै केही नभनी घरबाट सुटुक्क निस्की ।

“सर, मेरो रिपोर्ट लेखिदिनुस् न भन्दै रिमा प्रहरी अगाडि गइन् । 

“अँ हुन्छ, भन्नुस न त हामी तपाइँहरूकै सहयोगको लागि त हाँै नि ।” घोक्रो स्वरमा पुलिसले रिमालाई हेर्दै बोले । 

रिमाले उसँग घटेको सबै वृतान्त सुनाए तर प्रहरीले त्यो केटो धनबहादुरको छोरो हो भन्ने थाहा पाएपछि केश फाइल गर्न नै मानेन । रिमाले धेरै कर गरिन् तर प्रहरीले रिमाको कुरा सुनेनन् । रिमा रिसाउँदै, टेबुल ठोक्दै जुरुक्क उठी । एकै सासमा रिमाले भनी, “अरुले मलाई नराम्रो ढङ्गले छुनुमा मेरो के गल्ती थियो ? ल हो, म स्वीकार्छु कि मैले अलिअलि रक्सी खाएको थिएँ । तर मैले मेरो होस् गुमाएको त थिइनँनि । मलाई यहाँ अरूले थुकार्दै हिडिरहेका छन् तर त्यो केटो खुल्ला रुपले घुमिरहेको छ । यो कहाँको न्याय हो ? जहिले पनि महिलाले नै यस्तो कुरा किन सहनुपर्छ ?” रिमाले यति के भनेकी थिइन्, सबै मानिसले उसलाई आँखा तरेर हेर्न थाले । रिमा आँसु झार्दै चौकीबाट निस्किन् । 

रिमाको पीडा देखेर चौकी प्रमुखको नै चित्त दुखेछ । प्रहरीले मनमनै सोचे,“यदि मेरी छोरीसँग पनि यस्तै घटना घटेको भए, के म यसरी नै मेरा पाइला पछाडि सार्थेँ र ?पक्कै पनि सार्थिनँ । यस देशका हरेका बालबालिका मेरा सन्तान सरह नै हुन् ।” यही सोचका साथ प्रहरीले रिमालाई सहयोग गर्ने विचार गरे । 

प्रहरीले केही दिनभित्र नै आलोकलाई पूरा सबुत र साक्षीसहित समातेर जेलमा थुन्न लग्यो । यहाँ धनबहादुरले आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्ने धेरै प्रयास पनि गरे । तर सत्यको सधैँ जीत हुन्छ भन्ने तथ्य यहाँ पनि पुष्टि भयो । किनकि रिमाको साथमा साथीसङ्गी, परिवार र शुभचिन्तकहरूको समर्थन अनि सहानुभूति हतियारका रुपमा थियो ।

`

No comments:

Post a Comment