Tuesday, November 22, 2022

महिला सशक्तिकरणकी अध्यक्ष गीता डंगोलसँग लिइएको अन्तर्वार्ता

 

महिला सशक्तिकरणकी अध्यक्ष गीता डंगोलसँग लिइएको अन्तर्वार्ता



नामः गीता डंगोल

ठेगानाः कि.न.पा–९

आवद्द संस्थाः महिला सशक्तीकरण केन्द्रका अध्यक्ष,

NEWAH (NEPAL Water for Health)  का सदस्य, NEOC का आजिवन सदस्य, Rotary Club of Kirtipur का सदस्य, IGFF संस्थाका सदस्य साथै काठमाडौ जिल्लाका Focal person, कीर्तिपुर नगरपालिकाका महिला उद्यम विकास समितिका सदस्य, आफ्नै IT Company  र Homstay  संचालन,

१.आजकल केमा ब्यस्त हुनुहुन्छ ?

.—संस्थामै ब्यस्त छु । एउटा ९ महिनाको तालिम जुन कार्तिक १५ गते देखि शुरु गरेका छौ । तालिममा विभिन्न वडाहरूको गरि जम्मा १५ जनाको सहभागिता रहेको छ । त्यस्मा तालिम मात्र होईन की व्यवहारिक कुरा पनि सिक्नलाई शुक्रबार एकदिन अन्य नाचगान, भाषा र अरू धेरै कुराहरूका लागि छुट्टाएका छौ । हामी जलवायु परिवर्तन भईरहेको समयलाई ध्यानमा राखी केराको रेसाबाट विभिन्न सामानहरू बनाउन सिकाउदै छौ । यस संस्थालाई विदेशीबाट सहयोग दिनुभएर ६ महिनाको तालिम र ३ महिनाको Internship गराउने भनेका छौ ।

२.महिला सशक्तीकरण केन्द्र कसरी स्थापना भयो ?

.—यसको विषयमा भन्नू पर्दा मेरो एउटा कहानी नै छ । शिक्षामा भन्नू पर्दा मैले नेपालमा १० कक्षा पढें । ११/१२ कक्षा भारतको हिमाञ्चल प्रदेशको सिम्ला भन्ने ठाउँमा बसेर पढें । ब्याचलरको लागि बैंगलोरमा Dental  सम्बन्धी ६ वर्ष पढेर ३ वर्ष काम पनि गरें । तर यो विषय केही कारणले मास्टर गरिन । त्यो समयमा  IT विषयमा धेरै राम्रो थियो । त्यसैले मैले पनि आफ्नो विषयलाई परिवर्तन गरेर  IT Company  मै काम गर्न थालें । शुरुमा CLI3L IT Company  मा २ वर्ष, TESCO IT Company जुन UK को नम्बर वान सुपर मार्केट हो । त्यो भारतमा Headquarter  भएर १२३ देशहरुमा रहेको छ । जहाँ ५ हजार जना Implore  थियो । त्यहाँ मेरो पद म्यानेजर थियो भने काम चाहिँ ग्प्माUK  रहेका Store Manager हरुलाई हेर्नुपथ्र्याे । त्यसपछि फ्रान्समा ३ वर्ष बसे । पछि घरमा आमा विरामी भएको कारण २५ वर्षको मेरो विदेशी बसाई पछि नेपाल फर्कें । त्यो समयमा मैले हेर्दा म बसेको ठाउँ कीर्तिपुर गाउँ जस्तै लाग्थ्यो । काठमाडौ राजधानीमा अवस्थित भए पनि मैले २५ वर्ष अगाडि जस्तो छोडेर गएकी थिएँ, त्यस्तै देखें । यहाँमा घरहरू मात्र ठुला भएका र बाटो घाटो मात्र फराकिलो भएको पाएँ । तर यहाँका मानिसहरूको सोच, काम गर्ने तरीका, शैलीहरूमा कति पनि परिवर्तन भएको पाईन । त्यसैले यहाँका महिलाहरूको सोच विचारलाई परिवर्तन गर्नका लागि नै २०७४ पुस महिनामा दर्ता गरि यो संस्था संचालन गरेको हो ।

३) यो संस्थाको मूल उद्देश्य के हो ?

.—यहाँका महिलाहरू तालिम लियो पछि त्यतिकै बस्यो । एक्लैले ४/५ वटा तालिम लिएको पनि देखें । ती मध्ये कोही सानो तिनो काम गर्ने, कोही आफ्नोे व्यवसाय गर्ने, कोही विदेशिनु पर्ने तर तालिमको त्यति सदुपयोग भएन र नेपाल सरकारबाट पनि यस्को लागि केही पहलहरु भएको दिखिन । त्यसैले अब महिलाहरूलाई तालिम मात्र दिने होईन की रोजगार पनि दिनुपर्छ भन्ने सोच राखेका थियौं । त्यसमा पनि अबका दिनमा कीर्तिपुरमा Trainig School भनेर स्थापना गर्ने सोच छ । अनि तालिम लिने महिलाहरुले आफ्नो बच्चाहरू राख्न सकिने गरि Early Child Centre भनेर स्थापना गर्ने पनि उद्देश्य राखेका छौ ।

४.संस्था स्थापना भएदेखि अहिले सम्म के के कामहरू भैसक्यो ?

.—शुरुमा २०/२० जना महिलाहरूको ६ वटा समूह बनाई उद्घोषण तालिम दियौं । यो तालिम बच्चाहरूलाई पनि दियौ । हस्तकला सम्बन्धी कामहरू विशेष गरि ब्याग, कुसन, जुत्ता, स्कुल ड्रेसको तालिम दियौं । तालिम साथै काम शुरु गर्ने बेलामा कोभिड १९का कारण काम संचालन गर्न सकिन । त्यस्तै स्वास्थ्य शिविरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी ९६ जना महिलाहरूको जाँच गरेकोहरू मध्ये ६ जना क्यान्सरको पहिलो र दोस्रो लेबल देखाएका कारण उनीहरूको राम्रो उपचार गराउन सक्यौं । अरु धेरै अभिमुखीकरण कार्यक्रमहरू पनि ग¥यौं । म चाहिँ महिलाहरूलाई उद्दमी बनाउने मात्र होईन कि लैङ्िगक समानताको लागि पनि लडिरहेकी छु । यसै वर्ष क्ष्न्ँँ संस्थाबाट महिलाहरू पनि राजनितिमा अगाडि आउनुप¥यो भन्ने जानकारी साथ गोष्ठी कार्यक्रम संचालन गरियो । किनभने त्यो ठाउँमा केटा केटा मात्र भयो भने केटीहरूका लागि कसले आवाज उठाउने त ? यस्का लागि कस्तो तालिम दिने, महिला हक अधिकार पाउन पार्टीको सरोकार छैन तर अगाडि बढ्नुप¥यो । नेपालमा महिलाहरूका लागि उत्कृष्ट कानुन बनेको छ तर कार्यान्वयन हुनका लागि पनि हाम्रो पहुच त्यहाँ सम्म पुग्नु प¥यो । यति मात्र नभएर महिला उद्दमी बन्न सीप मात्र होईन हिसाबकिताब, लोगो, चिठ्ठी पत्र लेख्ने, बजारीकरण गर्न सक्ने हुनुपर्छ । यसको लागि अहिले यस संस्थाले प्रत्येक वडामा २५ जना छनोट गरि १० वटै वडाहरूमा संचालन गर्न लागेका छौं । सहभागी भएर उद्दमी हुन चाहने महिलाहरूले सीप सिकेको प्रमाणपत्र, पसल छ भने दर्ता गरेको कागजपत्र, मन्टेश्वरी हो भने व्यवसायी संचालन गरेको अनुमती पत्र, महिला संजाल वा समूह हो भने समूहबाट पत्रहरू बुझाउनु पर्ने हुन्छ । हाम्रो संस्थामा मात्र तालिम दिएको होईन कि काठमाडौ बाहिर समेत तालिम संचालन गर्न सफल भएका छौ ।

५.तालिम लिएका महिलाहरू अहिले कति जनाले रोजगार पाईराख्नु भएको छ ?

.—संस्थामा नै आवद्ध भएर ३० जना जतिले काम गर्दै हुनुहुन्छ । संस्थामा आउन समय नभएकाहरूले सम्पर्कमा रहेर घरमा लगि काम गर्नेहरु १२/१५ जति छन् । उद्घोषण तालिम लिएर प्रशिक्षक भएकाहरू ४÷५ जना, ड्रेस सेन्टर स्थापना गरेकाहरू र समूहमा मिलि आफ्नै ब्यवसायहरू संचालन गरेकाहरू समेत गरि हाल हाम्रो संस्थाबाट ५०/५५ जनाले रोजगार पाईराख्नु भएकाहरू हुनुहुन्छ । साथै अझै काम नपाएर जीवन धान्न गाह्रो भएका महिलाहरू कोही हुनुहुन्छ भने हामी तालिम साथै रोजगार दिन, व्यवसाय गर्न सक्दो सहयोग गर्नेछौ ।

६.कीर्तिपुरको महिला उद्यमी विकास समितिका सदस्य भएकोले यहाँ कति जति उद्यमी छ होला ?

—कीर्तिपुर भित्र काम गर्ने महिलाहरू धेरै जना छन् । तर उद्यमी भनेर दर्ता भएकाहरू खासै छैन । बजारीकरण गर्न नसकेको ,व्यापार ब्यवसाय राम्रो नभएकोले दर्ता नगरेको भन्ने गर्दछ । यहाँका महिलाहरूलाई आफूले सामान मात्र उत्पादन गर्नु हाम्रो संस्थाले बजारीकरण गरिदिन्छु भन्दा पनि सम्पर्क आउन चाहदैन । भन्दा चाहिँ काम छैन त भनिन्छ तर हामीले समन्वय गरिदिन्छु भन्दा पनि आउन मान्दैन । यो दुःखको कुरा हो । हुन त म करबारे विज्ञ त होईन तर थाहा भए अनुसार नगर वा वडामा दर्ता गर्नु भनेको नियम हो । भविष्यमा कारोबार राम्रो हुँदै गयो भने झै–झगडा  पनि हुन सक्छ तर त्यति बेला कुनै कानुनी कारबाही गर्न सकिँदैन । दर्ता गरि कर तिर्नु भनेको हाम्रो कर्तव्य पनि हो । त्यसैले आगामी दिनमा महिला उद्यमीहरुलाई दिन लागेको तालिममा एकदिन कर सम्बन्धी पनि तालिम दिने भनी योजना बनाएका छौ । अनि सरकारबाट पाउने अधिकार पनि उपभोग गर्न सकिन्छ । यसो गर्न सक्यो भने काम गर्दै रहनु भएका महिलाहरू सबै उद्यमी बन्न सकिन्छ ।

७.जुनसुकै संस्था चलाउनका लागि पनि बजेत चाहिन्छ यो कसरी मिलाउनु भयो ?

.—यसको विषयमा भन्नु पर्दा कुनै समूह, संस्थामा काम गर्दा कुनै कार्यक्रम चलाउन पनि बजेत छैन भनेर गाह्रो मान्ने गर्छ । मेरो विचारमा यहाँ बजेत नभएको होईन तर हामीले नदेखेको मात्र हो जस्तो लाग्छ । भनिन्छ नि इन्डियनहरूले “नेपालमा बाटो बाटोमा पैसा फल्छ” किनभने बाटोको प्लाष्टिक मात्र उठाए पनि करोडौ पैसा उठाएर लान्छ । सही समय, सही ठाउँ पुग्नु प¥यो , कसलाई सम्पर्क गर्ने, बजेटको लागि कसरी पत्र लेख्ने थाहा हुनुपर्छ । पहिले आफूले गरेको कामको लेखाजोखा राख्ने बानी गर्नुपर्छ । शुरुमा हामीले पनि ७ जना मिलेर लगानी गरेका थियौं । धेरै मेहिनत गरेपछि आज विदेशीले समेत विश्वास गरेर यस संस्थालाई सहयोगको हात बढेको छ ।

८.अन्तमा के भन्न चाहनुहुन्छ ?

.—हामी महिलाले कहिल्यै अल्छी गर्नु हुदैन । समयको ख्याल राख्नुपर्छ, मेहिनत गर्दै गएमा सफल अवश्य भईन्छ । अन्तमा अनुभवका कुरा राख्ने मौका दिनु भएकोमा यस साप्ताहिक पत्रिका कीर्तिपुर सन्देशलाई धेरै धन्यबाद छ ।


 प्रस्तोता ः अनिता महर्जन

No comments:

Post a Comment