Wednesday, September 28, 2022

भत्केपाटीमा महान सत्संग समारोह

 भत्केपाटीमा महान सत्संग समारोह

भाद्र २४ गते काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजाताको अवसरमा नेपाल मानव धर्म सेवा समितिले भत्क्यापाटीमा महान सत्संग समारोहको आयोजना गरियो । 

      उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर न.पा.का उपमेयर शुभलक्ष्मी शाक्य, विशेष अतिथि वडा नं.४ का वडा अध्यक्ष श्याम कुमार अधिकारी, अन्य अतिथिहरुमा मंगल बहुमुखी क्याम्पस प्रमुख प्रदिप महर्जन, सहिद स्मारक कलेजका प्रमुख मिलन महर्जन, प्रा.डा.शिवशरण महर्जन, पत्रकार नजरराम महर्जन र समाजसेवी प्रदिप विष्ट रहेका थिए । 


   उक्त कार्यक्रम महात्मा चमेली बाई र लता बाईको सभापतित्वमा भएको थियो । महान सत्संग समारोह आयोजक नरेश महर्जन र उहाँको श्रीमती सृजना महर्जन हुनुहुन्थ्यो । 

    स्वागत मन्तव्य दिनेक्रममा आयोजक नरेश महर्जनले यो सत्संग कुनै धर्म विरुद्ध होइन, सबै धर्मको उद्देश्य मानव सेवा नै हो । यो धर्ममा लागेपछि आफ्नो मन शान्त रहेको बताउनु भयो ।

     उपमेयर शुभलक्ष्मी शाक्य सुनिताले नेपालमा सबै धर्म मिलेर बसेका छन । अरु देशहरुमा जस्तो धार्मिक द्वन्द्व भएको छैन । सबैजना आ(आफ्नो आस्था अनुसार धर्म मनाइरहेका छन । यस्तो धार्मिक स्वतन्त्रता चाहिन्छ ।

महात्मा चमेली बाईले मानव धर्म नै सबैभन्दा ठूलो धर्म हो । हाम्रो उद्देश्य भनेको मानवको मन मस्तिष्कमा रहेको अज्ञानतालाई हटाउनु हो । जसरी एउटा सुन्तलाको बोक्रा नछिलिकन खाँदा स्वाद हुँदैन अथवा तितो हुन्छ । बोक्रा निकालेर सुन्तला खाँदा मिठो हुन्छ । त्यस्तै हामीभित्र रहेको अज्ञानतालाई हटाउन सकें भने हामी सुखी खुसी रहन सक्छौं । कार्यक्रममा भजन किर्तन पनि गरिएको थियो ।



No comments:

Post a Comment