Friday, May 6, 2022

कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र)का मेयरका उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई चिनौं

 कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र)का मेयरका उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई चिनौं


        प्रा.डा.शिवशरण महर्जन बुबा पूर्णलाल महर्जन र आमा गंगादेवी महर्जनको कोखबाट २०१३ सालमा ल्वहँदेगः कीर्तिपुरमा जन्मिनु भएको थियो । उहाँले कीर्तिपुर माध्यमिक विद्यालयबाट एस.एल.सी पास गर्नुभयो । सानोठिमी क्याम्पसबाट आई.एड पास गर्नुभयो । त्रिविबाट प्राइवेटमा नेपालभाषा लिएर आई ए पनि पास गर्नु  भयो । कीर्तिपुर क्याम्पसबाट बि.एड पास गर्नुभयो ।  पाठयक्रम विकास र मुल्यांकन विषयमा सन् १९८५मा कीर्तिपुर क्याम्पसबाट एम एड पास गर्नुभयो । सन १९८८ मा स्वास्थ्य शिक्षामा कीर्तिपुर क्याम्पसबाट एम एड पास गर्नुभयो । यसरी उहाँले डबल एम एड पास गर्नु भएको छ भने सन् २००१ मा पंजाब युनिभर्सिटिबाट विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रममा पिएच डी पास गर्नु भयो ।



उहाँले कीर्तिपुर मा.वि., 

जनसेवा मा.वि.मा पनि पढाउनु भयो । 

महेन्द्र रत्न क्याम्पस, ताहाचल, 

सुर्खेत क्याम्पस बिरेन्द्र नगर, 

पृथ्वी नारायण क्याम्पस पोखरा, 

महेन्द्र रत्न क्याम्पस ताहाचल २०४२–२०६१, शिक्षा शास्त्र केन्द्रिय विभाग त्रिविमा २०६१(२०७६ सम्म पढाउनु भयो ।

त्रि.वि. सेवा आयोग सानोथिमि २०६८–२०७२, 

त्रि.वि. केन्द्रिय शिक्षा विभागको प्रमुख २०६८–२०७२,

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागबाट रिटार्यर्ड तथा विश्वविद्यालय अनुदान कोषका सदस्य प्रा.डा शिवशरण महर्जनले कीर्तिपुर नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँजस्तो शालिन, भद्र, शान्त, मिलनसार, हितैषी व्यक्तिले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएकोमा नगरवासीहरु उत्साहित भएका छन ।

प्रा.डा. शिवशरण महर्जन संलग्न रहेका सामाजिक संघ संस्थाहरु 

१.स्वास्थ्य शिक्षा संघ नेपालको पूर्व अध्यक्ष, 

२.मंगल बहुमुखी क्याम्पसको निवर्तमान अध्यक्ष २०६४–२०७८, 

३.उज्ज्वल शिशु निकेतन स्कुल कीर्तिपुरको अध्यक्ष, 

४.मंगल मा.वि.को पूर्व अध्यक्ष २०५८–२०७२, 

५.मानव अधिकार र सामाजिक रुपान्तर अभियानका पूर्व सभापति, 

६.चिठुविहार सामुदायिक विकास केन्द्र कीर्तिपुरका संस्थापक र पूर्व अध्यक्ष, 

७.नेवाः देगुथि नेपालमण्डलका पुर्व केन्द्रिय सदस्य र कार्यकारिणी सदस्य, 

८.शहिद स्मारक कलेज कीर्तिपुरको संस्थापक कार्यकारिणी सदस्य, 

९.कीर्तिपुर बृद्ध सेवा समाजको संस्थापक सदस्य र सल्लाहकार, 

१०.कीर्तिपुर यातायात कम्पनी लि. कीर्तिपुरको संस्थापक र पूर्व अध्यक्ष 

११.कीर्तिपुरवासीको धन यताउता नहोस भनेर बचत गर्ने बानी बसाल्न र कीर्तिपुरवासीको आर्थिक विकासको लागि कीर्तिपुर बहुउदेश्यीय सहकारी संस्थाको संस्थापक, पूर्व अध्यक्ष र सल्लाहकार, 

१२.शिक्षाको ज्योति फैलाउन, फुर्सदको समयमा पुस्तक पढ्ने बानी बसाल्न नवीन पुस्तकालयको स्थपाना गर्नु भएको थियो । उहाँ नविन पुस्तकालयको संस्थापक अध्यक्ष र हाल सल्लाहकार हुनुहुन्छ । 

१३.जनसेवा चारपाते क्लव चिथुविहारको संस्थापक अध्यक्ष, 

१४.कीर्तिपुर पानी वितरण व्यवस्थापन समितिका सल्लाहकार, 

१५.कीर्तिपुर खेलकुद विकास समाजको सल्लाहकार, 

१६.सीम झवाहितीबाट कीर्तिपुरसम्म खानेपानी ल्याउन गठित बृहत कीर्तिपुर खानेपानी परियोजनाको संयोजक

१७.वि.सं. २०५२/११/०१ देखि तत्कालिन नेपाल खानेपानी संस्थानबाट अनुमति लिई कीर्तिपुर खानेपानी व्यवस्थापन समितिको सक्रियतामा घर घरमा निजि धारा बितगरण गर्न सफल

१८.तत्कालिन चिथु बिहार गा.वि.स.को सक्रियतामा बनेको चिलन्चो स्थित खानेपानी रिजरभ्वायर ट्यांकी निर्माण गर्न सक्रिय योगदान

१९.संयुक्त गाउँ विकास समिति कीर्तिपुरको पूर्व सचिव, 

१९.चिथुविहार शिशु स्याहार केन्द्र कीर्तिपुरको पुर्व अध्यक्ष

२०.तात्कालिन चिथु बिहार गा.बि.स.को सकृयतामा बनेको चिलन्चो स्थित खानेपानी रिजरभ्वायर ट्यांकि निर्माण गर्न सक्रिय योगदान

२१. उहाँ नेपाल बुद्धिजीवी संगठन काठमाण्डौ जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।


No comments:

Post a Comment