Saturday, October 16, 2021

ओझेलमा परेको ख्याली द्यः Love God

 ओझेलमा परेको ख्याली द्यः Love God

गत शनिवार म कीर्तिपुरको बाघभैरव लाय्कू घुम्दै क्वाःच्वः अर्थात् उमामहेश्वर मन्दिर घुमुं भनेर गएँ । उमामहेश्वर मुनि ख्याली द्यः Love God छ भनेको सुनेको थिएँ । तर कहाँ कुन देवता हो मलाई थाहा थिएन । उमामहेश्वरको उकालो चढीरहँदा एक जना ज्येष्ठ नागरिक करीब ८५ वर्षको भयो होला । यहाँ ख्याली द्यः छ भन्छन् ख्याली द्यः कहाँ छ भनेर सोधें ।
“किन ? यो उमेरमा पनि केटी फकाउनु छ कि क्या हो ?” उहाँले एकैचोटि मसँग प्रश्न गर्नुभयो ।
म अवाक भएँ । के जवाफ दिउँ, के जवाफ दिउँ भयो । मैले जवाफ नदिइकन उल्टा उहाँसँगनै प्रश्न गरें, “ओहो ! त्यो देवताको दर्शन गरेपछि केटी फकाउन सकिन्छ र ?”
“सकिन्छ नि, तर सच्चा मनले पुकारा गर्नुपर्छ । नाजायज माग गर्दैमा पुरा हुँदैन ।” भन्दै उहाँले मलाई ख्याली द्यः लभ गड देखाउन लैजानुभयो ।
उमामहेश्वर मन्दिरको आधा उकालोमा पश्चिम फर्केको मूर्ति रहेछ । अनि मैले उहाँसँग सोधें, यो मूर्तिलाई ख्याली द्यः किन भनेको होला, यसको विशेषता के होला ?”
“आपूmले मन पराएको केटी फकाउनु प¥यो भने मानिसहरु लड्डु लिएर यसको पूजा गर्न आउँछ । लड्डु चढाएर सच्चा मनले माग्दा पुग्छ । एउटी जोडीको विवाह भएको छ महिनादेखि लोग्ने स्वास्नीको खटपट परेर केटी माइतीमा बसिरहेकी थिइन । केटीलाई लोग्ने साह्रै मनपर्छ । तर केटाका परिवारले केटी सँग पारपाचुके आउने भन्ने खबर आयो । केटी विहान सबेरै नुहाई धुवाई गरेर यो देवताकहाँ दुईटा लड्डु चढाएर लोग्नेको घरमा बस्न जाउँ भन्ने मागेछ । उनी घर जाँदा लोग्नेपट्टिका मानिसहरु पारपाचुके गर्न आएका रहेछन । पञ्च भलादमीले केटा र केटीलाई एकछिन कुरा गराउनु पर्छ । त्यसपछि उनीहरुले हाम्रो अगाडि छुट्टिने कुरा गरे पारपाचुके हुन्छ भनेछ । केटालाई बोलायो । केटा र केटीलाई १० मिनेट जति एकान्तमा कुरा गर्न दिएछ । जब दुबैजना कोठाबाट बाहिर निस्के । हात समातेर बाहिर आए । बाहिर आउने बितिक्कै केटाले “म मेरो स्वास्नीलाई घर लैजान चाहन्छु भनेछ । सबैजना जिल्ल । पञ्च भलादमीले फैसला सुनाएछ, “लोग्ने स्वास्नी सँगै बस्न चाहन्छ भने तपाईंहरु किन छुटाउनतिर लाग्नु भएको ? अब बुहारीलाई घरमा इज्जतसाथ राख्नुपर्छ । यो पारपाचुके हुँदैन ।”
केटाको परिवारले विवश भएर बुहारीलाई घर लैजानु प¥यो । त्यसपछि उनीहरुको लोग्ने स्वास्नी र घर परिवारमा कहिल्यै झगडा परेन ।”
“अनि अरु पनि त्यस्तो केही घटना भएको थाहा छ तपाईंलाई भन्नुस्न ।” मैले उत्सुकताका साथ सोधें ।
“छ नि, यस्तो त कति घटना छ कति घटना छ । बताएर साध्य छैन ।” उहाँले भन्नुभयो ।
“धेरै पर्दैन । एउटा घटना सुनाउनुस्न ।” मैले अनुरोध गरें ।
“पहिले जातपातको धेरै भेदभाव थियो । एकजना तल्लो जात भनिने केटाले माथिल्लो जात भनाउँदा केटीसँग प्रेम भयो । घरमा माग्न पठाउँदा दिंदैन भन्ने दुबैजनालाई थाहा छ । घरको डरले केटी भाग्न तयार थिएन । केटा दिनहुँ यो ख्याली द्यःको चाकरीमा आउन थालेछ । हप्ता दिनपछि त केटी केटासँग भाग्न तयार भयो । दुबैजना भागेर विवाह गरे । यसको मतलब ख्याली द्यःले आफनो प्रेम सफल बनाउन हिम्मत पनि दिंदो रहेछ ।” उहाँले मेरो मुख हेरेर भन्नुभयो, “घरमा स्वास्नी छ ?”
“छ ।” मैले जवाफ दिएँ ।
“घरमा स्वास्नीसाग ठाकठुक परेको छ भने दुईटा लड्डु चढाएर मिलनको लागि पुकार गर । तपाईं घरमा पुग्ने बितिक्कै स्वास्नीको व्यवहार फेरिन्छ ।”
“धन्यवाद” मैले उहाँलाई धन्यवाद दिएँ । म ख्यालीद्यः Love God लाई ढोगें । त्यहीबेला एक जना केटा आयो । मेरो फोटो खिच्न अनुरोध गरें । उसले खिची दिएको फोटो यहाँ पोस्त गरेको हुँ ।


आजकल आपूmलाई मन परेको केटीले वास्ता गरेन भने तेजाब छर्किदिने । अपहरण गरेर बलात्कार गर्ने, हत्या जस्तो जघन्य अपराध भइरहेको छ । यदि यो Love God सँग मागेमा पूरा हुन्छ कि ?
यस्तो शक्ति भएको देवता आज ओझेलमा परेको छ ।

No comments:

Post a Comment