Monday, February 8, 2021

रियाज विना असम्भव — चन्दीका वाडे घजु

 रियाज विना असम्भव — चन्दीका वाडे घजु





कुनै पनि काम एकचित्त भएर गर्दा सफलता पाउने स्वाभाविक हो । छोटो समयमै आत्मीय प्रतिभा प्रस्तुत गर्दै हजारौं श्रोता तथा दर्शकहरुको माया पाउन सफल नव गायीका चन्दीका वाडे घजुसँगको छोटो सम्वाद

१.चन्दीकाजी के गर्दै हुनुहुन्छ ?

— भरखरै रिलिज भएको नेपालभाषा “लुमना वल” गीतको म्युजिक भिडीयो यूट्यूव च्यानलबाट प्रशारण भयो । उक्त गीतको रचना शंकर खड्गी, संगीत सुमन कपाली मेरो स्वर थियो । भिडियो सुजन बज्राचार्यले निर्देशन गर्नु भएको थियो 

२. कस्तो रेस्पन्स पाउनु भयो ?

— एकै दिनमा ८५०० भिवर्स पाएँ खुसि लाग्यो । धेरै दर्शकहरुले राम्रो कमेन्ट गर्नुभयो । सबैलाई यसै पत्रिका मार्फत धन्यवाद दिन चाहन्छु ।

३.कस्को प्रेरणाले तपाईं संगीत कला क्षेत्रमा लाग्नु भयो ?

— हुन त मेरो हजुर बुबा, बुवा पनि गायक हुनुहुन्छ । सानै देखि म पनि वहाँहरुसंग गुन गुनाउँछु । मेरो श्रीमान रबिन्द्र भजु पनि संगीत पुजारी हुनुहुन्छ वहाँकै प्रेरणाले गायन कला क्षेत्रमा पाईला टेक्ने मौका पाएँ ।

४. गीतको परिभाषा ?

—शब्द, संगीत र स्वरको समिश्रण नै गीत हो ।

५.गोजिमा पैसा भए पछि गायक, गायीका बन्छन रे हो ?

— प्रतिभा र रियाज विना पैसाले मात्र गायक, गायीका हुन असम्भव जस्तो लाग्छ । लगनसिप विना कुनै पनि काम दिगो हुँदैन ।

६. किन गीत गाउनु हुन्छ ?

— पुर्खाको संगीतकला संस्कारलाई अगाडी बढाउन ।

७. तपाई नेपालभाषा गीतमात्र गाउनु हुन्छ ?

—हैन, मैले नेपाली “झुम्की फुली नौगिरी” गीत पनि गाइसकें । त्यो गीत पनि अत्याधिक श्रोताहरुले मन पराई दिनु भएको थियो ।

८. कुन भाषामा सजिलो लाग्छ ?

— संगीत अनुसार गीतको भाव अभिव्यक्त गर्ने हो । मलाई दुवै भाषामा सजिलो लाग्छ ।

९. म्युजिक भिडियो किन बनाइन्छ ?

—राम्रो गीतलाई सुगन्ध थप्न म्युजिक भिडियो बनाइन्छ । मिठो गीतलाई अभिनयबाट अझ छरप्रस्ट पार्न।

१०. जीवन के हो ? 

सुख दुःखको मिलन हो । आपूm मरेर अरुलाई बचाउने मानवीय कर्म हो ।

११.अन्तमा 

भरखरै प्रशारण भएको मेरो गीत “लुमनां वल” एक पटक हेरी दिनुहुन विनम्र अनुरोध गर्दछु । मनमा कुरा राख्ने ठाउँ दिनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक परिवार प्रति आभार व्यक्त गर्दछु ।



प्रस्तोता ः पवन जोशी

२०७७ पौष १५ गते कीर्तिपुर सन्देश साप्ताहिकमा प्रकाशित Issue 475

1 comment: