Thursday, August 1, 2019

टिकापुर घटना बारे सांसद रेशमलाल चौधरीले झुठो बोल्नु भएका छ— ईं.भट्ट

टिकापुर घटना बारे सांसद रेशमलाल चौधरीले झुठो बोल्नु भएका छ— ईं.भट्ट



जाँदाजाँदै ईन्स्पेक्टर हरिशरण भट्टसँगको भलाकुसारी

महानगरिय प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी निरिक्षक हरि शरण भट्टको सरुवा भएको छ । उहाँ भोलि कीर्तिपुर छाडेर जाँदै हुनुहुन्छ । उहाँको व्यवहार र कार्यकुशलताले उहाँ कीर्तिपुरमा लोकप्रिय हुनुभएको थियो । हिजोदेखि नै उहाँलाई विभिन्न सामाजिक संस्थाहरुले बिदाई कार्यक्रम गरी सम्मान पनि गरिएको छ । उहाँको बारेमा जानकारी दिन हामीले उहाँसँग केही भलाकुसारी गरेका छौं । जुन यहाँ प्रस्तुत छ ।

विैतडी दोगडा केदार गाउँपलिका ४ पिपल कोटमा बुबा महेश शरण भट्ट र आमा गोमती देवी भट्टको कोखबाट वि.सं.२०२५ साल श्रावण १२ गते जन्मनु भएको थियो ।

उहाँले आई.कम.पास गरी २०४९ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षकमा भर्ना हुनुभयो । त्यसको ८ वर्षपछि २०५७ बैशाख २ गते प्रहरी नायब निरिक्षक हुनुभयो । त्यसको १३ वर्ष पछि २०७० बैशाख २६ गते प्रहरी निरिक्षक हुनुभयो । यस बीचमा उहाँले देशको विभिन्न भागमा काम गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्ला, ईलाका प्रहरी कार्यालय टिकापुर, ईलाका प्रहरी कार्यालय अमिलिया दाङ कार्यालय प्रमुख भएर १६ महिना काम गर्नुभयो । उहाँ ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट सरुवा भएर  कीर्तिपुरमा आउनु भएको हो । उहाँ २०७५ जेठ ११ गते सरुवा भएको भए पनि कीर्तिपुरमा जेठ २२ गते देखि महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा हाजिर भएको उहाँ बताउनु हुन्छ । अहिले उहाँ ईलाका प्रहरी कार्यालय सुखद कैलालीमा सरुवा हुनु भएको छ । भोलि विहिवार उहाँ त्यतातिर लाग्ने बताउनु हुन्छ ।

तपाईंको बसाईको  कीर्तिपुरको अनुभव कस्तो रह्यो ?

यो ऐतिहासिक नगरी कीर्तिपुरमा काम गर्न पाउँदा गर्वान्वित भएको छु । यहाँका विभिन्न तह र तम्काका मानिससँग काम गर्न पाएँ । सबैको माया स्नेह पाएँ । आएको ४, ५ महिनासम्म मलाई जिम्मेवारी नदिएकोले त्यतिकै बस्नु प¥यो । कामको जिम्मेवारी पाएपछि काम गर्दै जाँदा म अत्यत्न खुशी भएको छु ।

तपाईंलाई तत्कालिन डि.एस.पि. डा. मेखबहादुर खत्रीपछि कीर्तिपुरमा लोकप्रिय व्यक्ति मानिन्छ । तपाईंलाई कस्तो लाग्छ ?

डा. मेखबहादुर खत्री यही समुदायिक विषयमा डाक्टरेट गर्नु भएका व्यक्तित्व हुनुहुन्छ ।  समुदाय प्रहरीको सम्बन्धभा उहाँबाट नै मैले सिकेको हुँ । उहाँको कमाण्डमा काम गर्ने मौका मैले पनि पाएको छु । उहाँसँग मलाई दाँज्नु अलि ठीक भएन । यो सिस्टम लागु गर्न खोज्ने पनि उहाँनै हुनुहुन्छ । जे भए पनि उहाँपछि सेकेन्ड म्यानको रुपमा मलाई हेर्नु भएकोमा खुशी लागेको छ ।

कीर्तिपुरको सुरक्षास्थिति कस्तो पाउनु भएको छ ?

—कीर्तिपुरमा ७७ जिल्लाकै मानिसहरु बसोबास गर्दा  रहेछन । यहाँको समाज बस्तिपिच्छे फरक छ । ट्यांगला र कीर्तिपुरको कोड एरियामा बसोबास गर्ने मानिसहरुको रहन सहन, चाल चलन फरक छ । त्यस्तै अहिले हरेक ठाउँमा नयाँ वस्ती विकास भैरहेको छ । त्यहाँको सुरक्षा अलि कमजोर छ । यहाँ नक्कली हजारको नोट छापिन्छ । बाहिरबाट केटी ल्याएर चारदिनसम्म थुनेर बलात्कार गर्छ । तैपनि कीर्तिपुर प्रहरीलाई कसैले खबर गर्दैन । यदि समयमा खबर गरेको भए यस्तो अपराध घट्ने थिएन । त्यसैले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएका हौं । वडा वडामा, स्कुल स्कुलमा हामीले कमिटी बनाएका छौं । वडा नं.३, ६ र ९ मा एउटा पनि टोल कमिटि बनाउन सकेनौं । प्रहरीलाई समयमा खबर दिने बानी बसाल्नको लागि यो समुदाय प्रहरी साझेदारी ल्याएका हौं । हामीले घरदैलो गरी बहालमा बस्ने मानिसहरुको नाम ठेगाना खुल्ने गरी नागरिकताको फोटो कपि, एउटा फोटो र सम्पर्क नम्बर लिएर हामीलाई दिनुस भनेको थिएँ । यसो गर्दा ती मानिसको चरित्र बारे थाहा पाउन सक्छौं  ित्यो कुनै अपराधमा संलग्न छ कि भनेर बुझ्न सक्छौं । तर भाषाको अभावले हामीले राम्ररी बुझाउन सकेनौं । एउटा वडामा वडाध्यक्ष बाहेक ४ जना नगर सदस्यहरु हुनुहुन्छ । एउटा वडालाई ४ क्षेत्रमा विभाजन गरी प्रत्येक सदस्यलाई एउटा क्षेत्रमा जिम्मा दिएर काम गराउनु भएको भए हामीलाई पनि काम गन सजिलो हुन्छ ।

कीर्तिपुरको सुरक्षास्थिति मजबुत बनाउन के गर्नु पर्ला जस्तो लाग्छ ?

मेरो विचारमा सिआरभी पोस्त बढाउनु पर्छ । अहिले महानगरीय प्रहरी वृत्त कीर्तिपुर अन्तर्गत चोभार र ट्यांगलामा  छ । ती दुईटाले मात्र काम चल्दैन । मेरो विचारमा अहिले तत्कालै भत्क्यापाटीमा एउटा राख्नु पर्छ । त्यसले सिम झवाहिटी छाप सम्म हेर्न भ्याउँछ । त्यस्तै पाँगाको धोकासीमा जहाँ बस स्टप छ त्यहाँ पनि एउटा
सिआरभी राख्नु पर्छ । त्यहाँबाट भाजंगल, इटागोल, नगाउँसम्म हेर्न भ्याउँछ । त्रि.वि.मा पनि एउटा सिआरभि राख्न जरुरी छ ।

सांसद रेशमलाल चौधरीले टिकापुर घटनाको चिरफार भन्ने पुस्तकमा टिकापुरको घटनामा कफ्र्यू लागेको बेला तपाईंले विद्युत प्राधिकरणको गाडी ल्याएर टि.भी. लुटेर लगेको, रिसोर्टबाट रक्सीको बोतल लिएर गएको भन्ने लेखेको छ । के त्यो सत्य हो ?

—त्यो सरासर गलत कुरा हो । विना प्रमाण सांसद जस्तो मान्छेले त्यस्तो भूmठ कुरा लेख्न हुने थिएन । यदि उहाँसँग प्रमाण छ भने मलाई कारवाही गर । म त अहिले पनि बहाल छु । त्यतिबेला हामी थारुहरुकै घर पसल सुरक्षा गर्न दौडधुप गरिरहेका थियौं । हामी एक ठाउँमा रोक्न जाँदा अर्को ठाउँमा घटना भइरहेको हुन्छ । हामीले रोकेर रोक्न सकेनौं । टिकापुर घटनामा हाम्रा निर्दोष साथीहरुलाई कसैलाई भाला रोपेर, कसैलाई जिउँदै जलाएर मारे । तैपनि हामी आक्रोसमा आएनौं । कानुनी उपचारमा लागिरहें । हामीलाई फायर खोल्ने अर्डर थिएन ।
मेरो जिन्दगीको सवभन्दा दुःखद घटना त्यही लाग्छ ।

तपाईं माओवादी जनयुद्धको बेला पनि पश्चिममै खट्नु भएको थियो । माओवादीसँग तपाईंको कतिपटक जम्का भेट भयो ?

—जम्का भेट भएर फायर खोल्नुपर्ने अवस्था आएन । आजसम्म मैले कसैलाई गोली ठोकेको छैन न त मलाई नै कसैले त्यस्तो किसिमको आक्रमण गरेको छैन । कुनै पनि आन्दोलन होस या युद्ध आखिर मर्ने त हामी गरीवका छोरा छोरी नै हौ । चोह त्यो प्रहरी होस या जनसेना या कुनै आन्दोलनकारी । मनें त मरिगयो । त्यसपछि उसको परिवारको के हविगत भयो होला त्यो सम्झेर मनमा दुःख लाग्छ ।

No comments:

Post a Comment