Monday, July 1, 2019

शेयर लगानीका बादशाह वारेन वफेटको जीवन परिचय

शेयर लगानीका बादशाह वारेन वफेटको जीवन परिचय
















ई.शरद मंगल जोशी
संसारको सबभन्दा धनी व्यक्तिहरुमध्ये एक जसले संसारको सबभन्दा धनी व्यक्ति बिल गेट्सलाई आफ्नो सबभन्दा मिल्ने साथी तथा प्रेरणाको स्रोत मान्दछ । साधारण परिवारको एक केटो जो संसारलाई सिकाउँदछ कि सबभन्दा धनी बन्नु भन्दा यो कुरामा बढी महत्व दिन्छ कि तपाईं सबभन्दा दयालु बन्न सक्नुहुन्छ वा हुँदैन । यत्ति सफल व्यक्ति जसको अगाडि पछाडि पूरा संसारको अर्थ व्यवस्था घुम्दछ । अरबौं डलर कमाउने व्यक्ति जो इमानदार र प्रोफसेनललिजममा उदाहरण दिन लायक व्यक्ति हो । हामी यहाँ वर्कशायर हैथवेको मालिक वारेन वफेटको कुरा गर्दैछौं ।

को हुन् वारेन वफेट ?

वारेन वफेट वर्कशायर हैथवेको मालिक अथवा शेयर बजारमा निकै राम्रोसँग लगानी गर्न सक्ने मध्ये एक
मानिन्छ । फोब्र्स पत्रिकाद्वारा गरेको राकिंगको अनुसार संसारका धनीमध्ये तेस्रोमा परेका हुन् । उनको नेटवर्थ यस २०१९ मा जारि गरेको सूची अनुसार ८२.५ अमेरिकी डलरभन्दा बढी छ ।

            वारेन वफेटको जन्म ३० अगस्ट १९३० मा ओमाहाको नेब्रास्का कम्बमा भएको हो । उनका पिताको नाम हावर्ड वफेट र माताको नाम लीला स्टाल हो । उनका पिता पनि शेयर बजारमा एक लगानीकर्ता र सल्लाहकारमा काम गर्दथे । उनले वाशिंगटन डी.सी.का. बुडूो विल्सन हाई स्कूलबाट स्कूलको शिक्षा पूरा गरे । उनले पेंसिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूलबाट पढाई पूरा गरी कोलम्बिया स्कूल अफ मेनेजमेन्टबाट प्रवद्र्धन विषयमा पढाई पूरा गरे । आज पनि उनी ओमाहाको एउटा सानो घरम बस्दछन ।

बिजनेसको शुरुआत

वारेनको जीवन सामान्य हुन्थ्यो होला यदि उनले बेन्जामिन ग्राहमसँग भेट नगरेको भए । बेन्जामिन त्यो व्यक्ति हो जसले वारेनको जीवनमा गहिरो प्रभाव पा¥यो । बेन्जामिन पनि एक शेयर बजारका लगानीकर्ता र सल्लाहकार थिए । जसबाट सिकेर वारेन वफेटबाट द वारेन वफेट बने । वारेन वफेट आफैंले पनि धेरै ठाउँमा अन्तर्वार्ताको दौरानमा स्वीकार गरेका छन कि १५ प्रतिशत घरबाट सिकेर ८५ प्रतिशत बेन्जामिन ग्राहमबाट शेयर बजारमा लगानी गर्न सिके । उनले बताएका छन् कि शेयर बजारमा माथि तल हुँदा कुन तरिकाले फाइदा लिन सकिन्छ भन्ने कुरा बेन्जामिनबाट राम्रोसँग सिकेर उनले पनि किशोर अवस्थामा नै शेयर बजारमा लगानी गर्न थाले ।  उनले आफ्नो व्यवसायको शुरुवात १३ वर्षको उमेरमा नै गरेका थिए । उनले १९४३ मा आफ्नो पहिलो इन्कम टाक्स तिरेका थिए । १५ वर्षको उमेरमा उनले एक सैलुनमाा साझेदारीमा लगानी गरे । त्यसबाट उनलाई निकै फाइदा हुन थाल्यो । उनले २२ वर्षको उमेरमा सुसान थाम्पसन सँग प्रेम गर्न थाले र १९५२ मा विवाह गरे । १९५३ मा वारेनको पहिलो सन्तान सुसन एलिस वफेटको जन्म भयो । त्यसपछि थप दुई सन्तान हावर्ड र पिटर भए ।

सफलताको भ¥याङ

वारेनलाई सहि तरिकाले काम गर्न तब अवसर मिल्न गयो जब बेन्जामिन ग्राहमले उनलाई आफ्नो फर्ममा जागिर लगाए । यस जागिरबाट उनले शेयर बजारको तल माथि हुँदा फाइदा कसरी लिने भन्ने तरिका सिक्न थाले । जागिर खाएको दुई वर्षपछि उनले जागिर छोडेर वफेट पार्टनरशिप लिमिटेड फर्म खोलि लगानी गर्न थाले । यस फर्मको आफ्नो कमाइबाट वफेटले आफ्नो पहिलो र वर्तमान घर ३१ हजार ५०० डलरमा किने । यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । सन् १९६२ मा उनी ३२ वर्षको उमेरमा अमेरिकाको एक नयाँ करोडपति बनिसकेका थिए । उनको साझेदारीको नेटवर्थ ७ करोड १७ लाख डलरभन्दा पनि बढी भैसकेको थियो । यसमा १० लाख २५ हजारभन्दा पनि बढी वारेन वफेटको मात्र थियो । यसपछि उनको जिन्दगीमा आयो वर्कशायर हेथवे । वारेनले. तुरुन्तै यस कम्पनीको शेयर किन्न शुरु गरेर सन् १९६५ सम्ममा यस कम्पनीको नियन्त्रण आफ्नो हातमा लिए । यसबेला उनको उमेर ३५ वर्ष मात्र पुगेको थियो ।
वर्कशायरको सफलताले उनको कम्पनीले भ¥याङ चढ्न शुरु ग¥यो । यस कम्पनीमा काम गर्दै उनले सभापतिको हिसाबले चिट्ठि लेखे जो पूरा संसारमा प्रख्यात भयो । सन् १९७९ मा पहिलोपल्ट वारेनको नाम धनी वर्गको सूचीमा आयो । यसरी उनलाई एकपछि अर्को सफलता हात लाग्दै गयो र उनलाई सर्वकालिन महान् पुँजी प्रबंधक स्वीकार गरे । उनले ७५ वर्षको उमेरमा रिटायरमेन्ट घोषणा गरे र आफ्नो सम्पत्तिको बढी हिस्सा मिलन्डा गेट्स फाउन्डेशनको नाम गरिदिए र सिंपसनलाई आफ्नो उत्तराधिकारी नियुक्ति गरे ।

No comments:

Post a Comment