Thursday, May 17, 2018

प्लास्टिक झोला मुक्त कीर्तिपुर घोषणा सभा

प्लास्टिक झोला मुक्त कीर्तिपुर घोषणा सभा 





सरव कुमार महर्जन
कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरलाई ‘स्वच्छ कीर्तिपुर महाअभियान र प्लाष्टिक झोला मुक्त नगर अभियान’ को एक समारोह बीच घोषणा गरियो ।


बैशाख ३१ गते सोमबार नगाउँ दोबाटोमा भेला भई ¥याली सहित कीर्तिपुर गेटमा रहेको भलिबल कोर्टमा आयोजित समारोहलाई सम्बोधन गर्दै कीर्तिपुर नगरपालिको प्रमुख रमेश महर्जनले उक्त घोषणा गर्नु भएको हो । 
कीर्तिपुरनगर कार्यपालिकाको बोर्ड बैठकले बैसाख ३१ गते प्लाष्टिक झोला मुक्त नगर घोषणा गर्ने निर्णय भएको र त्यसै दिनदेखि आफुले प्लाष्टिक झोला प्रयोग गर्न छोडेको र प्लाष्टिक झोलाको विकल्पमा कागज र कपडाको झोला प्रयोग गर्न सकिने कुरा बताउनु भयो र त्यस अभियानलाई सहभागी र नगरवासीहरुले सहयोग गर्न अनुरोध गर्नु भयो ।


उक्त कार्यक्रममा उपप्रमुख सरस्वति खड्काले स्वागत गर्दै सरसफाई अभियान संचालन गर्दै गर्दा प्लाष्टिक झोलाको कारण वातावरणीय फोहर भएको र नेपाल सरकारले २०७२ सालमा नै घोषणा गर्न लागेको तर भुकम्पको कारण कार्यन्वयन गर्न नसकेको स्मरण गर्नु भयो । उक्त कार्यक्रममा वातावरणबिज्ञ भुषण तुलाधरले प्लाष्टिक झोलाको कारण विभिन्न समस्या भएको कुरा उल्लेख गर्दै कीर्तिपुरमा चैत ३ गतेदेखि सरसफाइ अभियान शुरु गरिएको आज प्लाष्टिक झोला मुक्त अभियानको घोषणा गर्नु भएकोमा खुशी व्यक्त गर्दै कार्यन्वयको लागि शुभकामना दिनु भयो ।

उक्त प्लाष्टिक मुक्त अभियान ¥यालीमा महिला समुह, संघसंस्था, फोहर व्यवस्थापन कार्यमा संलग्न नीजि तथा संघसंस्था, कर्मचारी, जनप्रतिनिधिहरु, पसल व्यवसायह्रिुको सहभागी रहेकँ थिए । उक्त कार्यक्रममा वल्र्ड भिजन, असल छिमेकी, नेवा लहना, पाँगा महिला बचत तथा ऋण सहकारी वडास्तरीय अनुगमन समितिको
पदाधिकारीहरु, प्रत्यक्ष रुपमा फोहरमा काम गर्ने कामदारहरुको समेत सहभागीता थिए ।


स्वास्थ्य तथा फोहर व्यवस्थापन समिति, कीर्तिपुर नगरपालिकाको पहलमा भएको सरसफाई अभियान, प्लाष्टिक झोला मुक्त अभिमुखिकरण कार्यक्रमको अन्तिम चरणमा प्लाष्टिक झोला मुक्त नगर अभियानको घोषणा भएको हो ।

No comments:

Post a Comment