Sunday, November 13, 2016

नेपाल खो खो संघद्वारा राष्ट्रिय खो खो रेफ्री तालिम सम्पन्न

नेपाल खो खो संघद्वारा राष्ट्रिय खो खो रेफ्री तालिम सम्पन्न



कीर्तिपुर सन्देश÷
नेपालमा हाल सम्म पनि खो खो खेलको कुनै पनि प्रकारको जनशक्ति नभैराखेको अवस्थामा सातौं राष्ट्रिय खेलकुद तथा तेह्रौं दक्षिण एशियाली खेलकुद पतियोगितालाई मध्यनजर राखी खो खो खेलको जनशक्ति तयार गर्न यही कर्तिक ११ गते नेपाल खो खो संघद्वारा राष्ट्रिय खो खो रेफ्री तालिम एक भव्य कार्यक्रमका साथ सम्पन्न
गरियो ।

उक्त तालिम कार्यक्रममा प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल उसु संघका अध्यक्ष श्री आङ टेण्डी शेर्पाले सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्नु भयो । सो कार्यक्रम नेपाल खो खो संघका सचिव श्री दिपक वस्नेतज्यूले सभापतित्व गर्नु भएको थियो । कार्यक्रममा खो खो संघका
राष्ट्रिय उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदिप महर्जनले स्वत स्फूर्त रुपमा यस राष्ट्रिय खो खो रेफ्री तालिममा सहभागीहरूलाई स्वागत, वधाई एवं धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले भन्नु भयो २०५२ सालमा स्थापना भएको यस खो खो संघले यस भन्दा अगाडी सम्म खो खो खेलको जनशक्ति तयार गर्ने कार्य नभएकोमा  सोलाई चिर्दै पहिलो पटक यस वर्ष रेफ्री जस्तो महत्वपूर्ण जनशक्ति तयार गर्न ४ दिनको राष्ट्रिय खो खो रेफ्री तालिम सफलतापूर्वक आयोजना भएको र यस तालिमबाट रेफ्री मात्र नभै प्रशिक्षकको पनि केही तालिम दिएको हँुदा आउँदा दिनहरुमा खो खो खेल को थप विकास हुने विश्वास व्यक्त गर्नु भयो । साथै तालिम लिएका
रेफ्री प्रशिक्षकज्यूहरूले आ आफ्नो जिल्लामा खो खो खेलको विकास एवं प्रचार गर्नुहुन पनि सुझाउनु भएको थियो । २१ वर्ष देखि तदर्थ समितिको रुपमा रहेको यस संघलाई संघको साधारण सभाबाट विधिवत रुपमा पूनर्गठन गरिने कुरा व्यक्त गर्नु भयो । यसको लागि तालिममा सहभागीहरूलाई आ–आफ्नो जिल्लामा जिल्ला खो खो संघ गठन गरी केन्द्रमा आवद्ध हुन पनि सुझाउनु भएको थियो ।

संघका महासचिव सानुराजा शाक्यले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संघका सल्लाहाकार केशवराज गौतमले सहभागीहरूलाई वधाई दिनुका साथै आउँदा दिनहरूमा तालिमको पूर्ण सदुपयोग गर्दै स्वच्छ स्वतन्त्र र निडर भै निर्णायकको भुमिका निर्वाह गर्नुहुने आशा व्यक्त गर्नु भयो ।

उक्त राष्ट्रिय खो खो रेफ्ररी तालिम कार्यक्रममा यहि कार्तिक ८ देखि ११ गते सम्म भएको थियो । सो तलिममा खो खो फेडेरेशन भारतका निर्णायक कमिटिका सदस्य दिलिप वडुवाका साथै वरिष्ठ प्रशिक्षक एवं सल्लाहाकार केशवराज गौतम र मुख्य प्रशिक्षक लक्ष्मी नारायण वैद्यले शैद्धान्तिक एवं प्रयोगात्म कक्षाहरू लिनु भएको थियो । यस तालिममा काठमाडौं, धनुषा, झापा, मोरङ, वारा, कैलाली, रुपन्देही, वर्दिया, कन्चन्पुर, सुर्खेत, गोरखा, कपिलवस्तु, डोटी, भक्तपुर, नेपाल प्रहरी, दाङ, नेपाल आर्मीबाट करिव ५१ जनाले सक्रिय सहभागिता जनाएको थियो ।

शैद्धान्तिक तर्फ मुख्य प्रशिक्षक लक्ष्मी नारायण वैद्यले ःMeasurement and construction of Kho Kho court कोबारेमा सिकाउनु भयो भने केशवराज गौतमले खो खो खेलको नियमहरू र प्रशिक्षक सम्वन्धी कक्षा लिनु भएको थियो । त्यस्तै दिलिप वडुवाले ःMatch Rule of Kho Kho Score sheet/ Sign of Kho Kho   को विषयमा शैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू लिनु भएको थियो ।

No comments:

Post a Comment