Wednesday, November 13, 2013

आदिवासी जनजातिले घोषणा गर्न लागेको आन्दोलन

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
सम्पादकीय

आदिवासी जनजातिले घोषणा गर्न लागेको आन्दोलन

नेपालका आदिवासी जनजातिहरुले संविधानसभाको चुनाव अगाडी नै आफूहरुको माग पूरा गर्न माग गर्दै सडक आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । 

सर्वोच्च अदालतले गत बैशाख महिनामा नै संविधानसभामा आदिवासी जनजातिहरुको स्वायत्तता, स्वाशासन लागायतका अधिकारको कुरा उल्लेख गर्दै अव बन्ने संविधासनभामा जनजातिको तर्फवाट संविधानसभामा प्रतिधिनिधत्व गर्ने अन्तर्राष्ट्रिय मान्यतालाई कार्यान्वयनका लागि आवश्यक ऐन नियम संशोधन गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो । 

सो आदेशलाई बेवास्ता गर्दै सरकार र राजनीतिक दलहरु संविधानसभाको चुनावमा लागेको कारणले आदिवासी जनजातिहरुले आफूहरुको हक अधिकारका लागि आन्दोलन गर्ने तयारी गरेको छ । 

यदि सर्वोच्च अदालतको आदेशलाई राज्य पक्षले पालना गरेन भने भोली संविधानसभको चुनाव भई निर्माण हुने नया“ संविधान मान्नका लागि आदिवासी जनजातिहरु बाध्य हुने छैन भनी जनजातिका अगुवाहरुले बताउन थालेका छन् । 

अहिलेको अवस्थामा आदिवासी जनजातिको सो मागलाई तत्काल सम्वोधन गरेन भने संविधानसभको चुनावमाथि नै एक ढंगवाट अर्को प्रश्नचिन्ह खडा हुने कुरालाई सरोकारवाला पक्ष सरकार, चुनावमा भागलिने प्रमुख राजनीतिक दल लगायतका क्षेत्रले तत्कालै बुझ्नुपर्ने जरुरी रहेको छ । अन्यथा भोलीका दिनमा झन ठूलो समास्या आउने कुरामा पनि सचेत हुनु आवश्यक रहेको छ ।

1 comment:

  1. Janajatiko muddale sthan paunu parchha. Satya Yugi bebasthalai mulmantrako roopma manera karyanwayan garnetira lage bhane sabima biswas badhne ra sabaile haq adhikar samet pai desh bikashtira lamkane kurama aashatit huna sakinchha.

    ReplyDelete