Wednesday, November 13, 2013

एफ एम श्रोताको तर्फवाट ज्यापुलाई सम्मान

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
एफ एम श्रोताको तर्फवाट ज्यापुलाई सम्मान


विभिन्न एफ एममा नेपालभाषाका कार्यक्रमका श्रोताहरुले गठन गरेको संस्था भिंतुना खलःले मेट्रो एफ. एमका पत्रकार एवं कीर्तिपुरवासी श्रीकृष्ण ज्यापुलाई सम्मान गरेको छ । 

नेपालभाषाका कार्यक्रम संचालकहरु मध्ये निरन्तर रुपमा समय अनुसारको कार्यक्रम संचालन गर्दै आएकाले ज्यापुलाई गत कार्तिक१२ गते मंगलवार   ललितपुरमा सो संस्थाले सम्मान गरेको थियो । 

भिंतुना खलःले नेपालभाषा मा संचालन भइरहेका एफ एम मध्ये उज्यालो एफ एमको लहना कार्यक्रमलाई पनि सम्मान  गरेको थियो । भिंतुना खलः दुई बर्ष पुरा भई तेस्रो बर्षमा प्रवेश भएको र नेपाल संवत् ११३४ नयाँ बर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा सो सम्मान गरेको हो । सो कार्यक्रममा उपत्यकाका विभिन्न स्थानका श्रोताहरुको सहभागीता रहेको थियो । सो सम्मान नेपालभाषाको माध्यमवाट विभिन्न एफ. एममा संचालन भएका कार्यक्रम र कार्यक्रम प्रस्तोताहरुको पनि सहभागीता भएको थियो । 

No comments:

Post a Comment