Tuesday, April 30, 2013

खानेपानी लिमिटेडको लापरवाही

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013

खानेपानी लिमिटेडको लापरवाही






 कीर्तिपुर क्षेत्रमा शहरीकरणको विकासको साथसाथै खानेपानीको अभाव दिनपर दिन खट्किंदै गइरहेको छ । जनसंख्या बढेको अनुपातमा खानेपानीको नयाँ श्रोत सिर्जना गर्न सकेको छैन । त्यसैले त पहिले दिनको एक घण्टा पानी आउने धारामा अहिले एक दिन विराएर आधा घण्टामात्र आउन थालेका छन । त्यो पनि पहिलेजस्तो टुटीभरि पानी आउँदैनन् । कतिपय ठाउँमा मोटरले नतानेसम्म पानी नै आउँदैन ।

पानीको यस्तो समस्या भइरहेको अवस्थामा पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले आफ्नो श्रोत साधनले भ्याउने जति पनि काम गरिरहेको छैन । नयाँ श्रोत त फेला पार्न सकेको छन । भएको पानीको पनि सदुपयोग गर्न सकीरहेको छैन । कीर्तिपुर नगरपालिका वडा नं १२ पाँगा इचाखेलमा जनसेवा उच्च मा.वि.निर पाईपबाट पानी चुहिएर २४ सै घण्टा २ इञ्च पाईप लाईन बराबरको पानी खेर गइरहेको महिनौं दिन भइसक्यो । जनसेवा स्कुलको खेलमैदान छेउमा पोखरी जमिरहेको छ । तर त्यो पानी कहाँबाट चुहिएको हो कसरी टाल्ने भन्ने वास्ता गरेको छैन । जति खबर गर्दा पनि खानेपानीले वास्ता नगरेको जन गुनासो छ ।

त्यस्तै की.न.पा. वडा नं.११ पाँगाको धुसिटोलमा पाईपबाट पानी चुहिएर  बनाउन भनेर स्लायब् खोलेर बाटो बन्द गरी राखेको महिनौं दिन भइसक्यो । त्यहाँ पनि काउखालिले वास्ता गरेको छैन । के काउखालि कीर्तिपुरले नारा जुलुस चक्का जाम नगरेसम्म ती चुहिएको पानी बन्द नगर्ने हो कि भन्ने जन आक्रोस बढीरहेको छ । गत महिना नयाँबजारमा बगेको ढल बन्द गराउन चकका जाम गरेजस्तै पाँगाको चुहावट रोक्न काउखालिको कार्यालयमा ताला वन्दी गर्नै पर्ने हो कि भनेर पाँगाली जनता तयारीमा जुटेका छन । यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मा काउखालि कीर्तिपुरले लिनु पर्नेछ ।

No comments:

Post a Comment