Thursday, February 7, 2013

जनमत संग्रह कतै भारतको डिजाइन त हैन ?

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013

सीमा विवाद् जनमत संग्रहवाट गर्ने प्रचण्डको प्रस्तावप्रति बुद्धिजीवीहरु चिन्तित

जनमत संग्रह कतै भारतको डिजाइन त हैन ?

जनमत संग्रहमा गए एमाओवादी भारतपरस्त हुने  : सीमाविद् श्रेष्ठ

कीर्तिपुर सन्देश

गत शनिवार माघ २० गतेदेखि हटौंडामा सुरु भएको एकीकृत नेकपा (माओवादी)को सातौं महाधिवेशन अहिले मुलुकको लागि वहस र चर्चाको विषय बनेको छ ।

एमाओवादीको महाधिवेशनले के कस्ता कुरा ल्याउने हो भनी राजनीतिक क्षेत्रका चासोको विषय बनेको छ । सो महाधिवेशनमा एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावमा विशेष गरि नेपाल—भारतवीचको सीमा विवाद जनमत संग्रहवाट गर्ने  कुरा उल्लेख गरिएपछि नेपालको राष्ट्रियता र सीमा सम्वन्धि चासो लिनेहरुले ब्यापक रुपमा असन्तुष्ट प्रकट गनुका साथ साथै विरोध समेत गर्न थालेका छन् ।

परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले कीर्तिपुर सन्देश साप्ताहिकसंग कुरा गर्दै प्रचण्डको सो प्रस्तावलाई आलोचना गर्नु भयो । उहाँले नेपाल—भारतको सीमा बास्तवमा ऐतिहासिक प्रमाणको आधारमा समाधान गर्ने बताउनु भयो ।
त्यसै गरि सीमाविद बुद्धि नारायण श्रेष्ठले कीर्तिपुर सन्देश साप्ताहिकसंग कुरा गर्दै प्रचण्डले ल्याएको प्रस्तावलाई एमाओवादीको महाधिवेशनले पास गर्दैन भन्ने कुरामा आफु विश्वस्त भएको बताउनु भयो । केहि भई सो प्रस्ताव पारित भए एमाओवादी भारतपरस्त हुने बताउनु भयो । नेपालको सार्वर्भामिकता र राष्ट्रियताप्रति नै आँच  आउने बताउनु भयो । सीमा विवाद जनमत संग्रंहवाट गर्ने अन्तराष्ट्रिय मान्यताको विरुद्ध हो भनी समेत सीमाविद् श्रेष्ठले बताउनु भयो ।

विशेष गरि २०६२/६३ सालको नेपालमा भएको जनआन्दोलनपछि भारतले लाखौं भारतीय नागरिकलाई नेपालमा नागरिकता दिलाउन सफल भएको अवस्थामा सीमा विवादलाई जनमत संग्रहमार्फत समाधान गर्ने भनी आएको प्रस्ताव कतै भारतकै डिजाइन अनुसार त हैन भनी प्रश्न उठ्न थालेका छन् । कुनै पनि दुई मुलुकको सीमा विवाद भए सो समस्या जनमत संग्रहवाट नगरिने र ऐतिहासिक प्रमाणको आधारमा गरिने विज्ञहरु बताउँछन् ।

यसै वीच एमाओवादीको जारी अधिवेशनमा समेत नेताहरुले प्रचण्डको सो प्रस्तावलाई पारित गर्न नदिने बताएका छन् ।

माघ २५ गते सम्पन्न हुने भनिएको एमाओवादीको सो महाधिवेशनमा विशेष गरि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधरले प्रचण्डको सो प्रस्तावको विरोध गर्दै राष्ट्रियताको सवालमा फरक प्रस्ताव समेत पेश गरेको छ ।

No comments:

Post a Comment