Friday, February 22, 2013

कीर्तिपुरमा दोस्रो लघु मेलाको ब्यापक तयारी, भोलि सम्पदा पदयात्रा


कीर्तिपुरमा दोस्रो लघु मेलाको ब्यापक तयारी, भोलि सम्पदा पदयात्रा


लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरले यही फागुण १२ गते सनिवार कीर्तिपुरमा दोस्रो लघु मेलाको आयोजना गरिंदै छ । 

मेलाको पूर्वसन्ध्यामा भोली फागुन १० गते विहिवार सम्पादा पदयात्रा हुने भएको छ ।  यस बर्ष लघु मेला हुने स्थान चीठूदेखि उमामहेश्वर मन्दिर सम्म विहान ७ बजेदेखि सो पदयात्रा हुने आयोकहरूले बताएका छन् । पदयात्रा पछि सर सफाइ समेत हुने बताइएको छ । फागुन १० गते नै काठमाण्डौंको नेपाल पर्यटन वोर्डमा पत्रकार सम्मेलन अयोजना गरि सो लघु मेलाको बारे जानकारी दिने आयोक संस्थाले जनाएको छ । 

यसै वीच गत शनिवार कीर्तिपुरको ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण देय् पुखू अर्थात देशको पोखरीमा गाईड एशोसिएशन कीर्तिपुरले सर सफाई गरियो । सो एशोसिएशनले पोखरी सफा गर्नुका साथै गमलामा रंगरोहण समेत गरेको थियो । गत वर्ष २०६८ कार्तिक २६ गते पहिलो लघु मेलाको आयोजना गरिएको थियो । उक्त मेलामा निम्न वमोजिम कार्यक्रम हुनेछ ।

१. कीर्तिपुर नगरपालिका, कीर्तिपुर क्षेत्र पर्यटन विकास समाज र सामाजिक रुपान्तरण संस्थाको सहयोगमा प्लाष्टिक झोला मुक्त कीर्तिपुर शहर अभियानको प्रचार, प्रसार गरिने छ । 

२. पर्यटन सम्बन्धी कार्यक्रमहरूः( कीर्तिपुर नगरपालिका, कीर्तिपुर क्षेत्र पर्यटन विकास समाज र कीर्तिपुर गाइड एशोसियसनको सहयोगमा कीर्तिपुर क्षेत्रका पर्यटकीय, धार्मिक तथा सांस्कृति महत्व तथा प्राकृतिक स्थानको प्रवद्र्धनात्मक प्रचारात्मक जानकारी, कीर्तिपुर क्षेत्रका सम्पदा क्षेत्रहरूको भ्रमण, मेला क्षेत्रमा रहेका सम्पदा क्षेत्रहरूको बारेमा जानकारी बोर्ड राख्ने र होटेल स्टे र होम स्टेको व्यवस्था । 

३. फोटो प्रदर्शनीः( रविन्द्रवहादुर प्रधान, नारायण महर्जन र फोटो टुर २०६९ समूहको सहयोगमा कीर्तिपुर क्षेत्रका धार्मिक, सांस्कृतिक, पर्यटक महत्वका क्षेत्रहरू, चाडपर्व, जनजीवन तथा सम्पदा क्षेत्रका फोटोहरूको प्रदर्शनी गरिने छ । 

४. कला प्रदर्शनीः ( स्थानीय तथा वाह्य कलाकारहरूको ढुङ्गाको मूर्ति कला, पौभा लेखन र छ्वाली आर्ट आदिको प्रदर्शन गरिने छ । 

५. हस्तकलाका सामानहरू प्रदर्शनीः( नेपाली कागजका वस्तुहरू, विभिन्न प्रकारका पारम्परिक तथा आधुनिक झोलाहरू, टोपी, छ्वालीबाट बनाइएका आर्ट, कपडाबाट बनाइएका आर्ट, शिशी भित्रको बनाइएका आर्ट, विभिन्न सोभिनियरहरू (उपहार सामाग्री रहनेछ । 

६. सांस्कृतिक कार्यक्रमः( लाखे नाच, स्थानीय दाफा खलः, भजन खलःहरूको वाद्य वादन, सांगितिक प्रस्तुति, स्थानीय कलाकार, व्याण्ड, विद्यार्थीहरूको गायन तथा नृत्य प्रस्तुत । 

७. डकुमेन्टूी प्रदर्शनीः( सात गाउँ जात्रा सम्बन्धी डकुमेन्टू, पाँगाको अनौठो मसान र भूकम्प सम्बन्धी डकुमेन्टूी प्रदर्शन गरिने छ । 

८. आकर्षक मण्डला लेखनः( सन स्टार क्लबको सहयोगमा मण्डला लेखन हुनेछ । 

९.विभिन्न जातिहरूले विभिन्न चाड पर्व तथा अवसरमा बजाइने लोक बाजाहरू राखिएको कीर्तिपुर नेवाः सांस्कृतिक संग्रहालयको अवलोकन पनि गराइने छ । 

१०. खाना स्टलहरू ः( नेवारी तथा अन्य खाना स्टलहरू, चिया÷ कफी स्टलहरू पनि रहनेछ । 

११. स्वास्थ्य शिविर, स्वास्थ्य प्रदर्शनी तथा जनचेतना कार्यक्रमः( हाइट, वेट, ब्लड प्रेसर तथा अक्सिजन नाप तथा जाँच, आँखा शिविर (आँखा जाँच), मुटुरोग सम्बन्धी शिक्षा तथा प्रवचन, डायविटिज रोगको जाँच, जनचेतना कार्यक्रम, प्राथमिक उपचार सम्बन्धी जानकारी प्रस्तुत, पाठेघर रोग सम्बन्धी जनचेतना कार्यक्रम, धुम्रपान तथा मद्यपान विरुद्ध जनचेतना कार्यक्रम, स्वास्थ्य सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन 

१२. रक्तदान कार्यक्रमः( रक्तदान कार्यक्रमको महत्ववारे जानकारी, करिव १२५ जनाद्वारा रक्तदान कार्यक्रमको लक्ष्य राखिएको छ । 

१३. शिक्षा सम्बन्धी प्रदर्शनीः( कीर्तिपुर क्षेत्रको शिक्षा क्षेत्रमा भएका विकास सम्बन्धी जानकारी 

१४. लायन्स क्लब सम्बन्धी कार्यक्रमहरू ः(लायन्स पिन म्युजियमको उद्घाटन तथा प्रदर्शनी  विभिन्न लायन्स क्लबहरूको परियोजना, कार्यक्रम तथा कार्यक्रमहरूको जानकारी तथा फोटो प्रदर्शनी पनि हुनेछ । 

१५. व्यावसायिक स्टल तथा सामाजिक संस्थाहरूको स्टलः( वित्तिय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरू, उद्योग व्यवसाय, सामाजिक संस्थाहरूको स्टल रहने छ । 

१६. धार्मिक गतिविधिः( कीर्तिपुरको आराध्यदेव श्री वाघ भैरव मन्दिर अगाडि समय बजि प्रसाद चढाउने, लाख बत्ती बाल्ने, साँझ बाघ भैरव मन्दिर वरिपरि दिप प्रज्वलन । नेतृत्व विकास तालिम पनि दिइने छ । समापन कार्यक्रममा प्रमाण पत्र वितरण तथा धन्यवाद कार्यक्रम रहनेछ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete