Monday, February 11, 2013

‘नेपाल नाम रहे पुग्छ’

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013

कविता

‘नेपाल नाम रहे पुग्छ’

राम महर्जन, की.न.पा–१६

हिन्दूराष्ट्र थियो हिजो
धर्म निरपेक्ष भयो आज
भोलीका कर्णधारहरूले के गर्ला कुन्नी
यसलाई अहिले भविष्यमै छोडौं

निर्दलमा थियो पंचहरूको हातमा
बहुदलमा रह्यो प्रजातन्त्रवादीहरूको वट्टामा
कहिले घुम्यो लोकतन्त्रवादीहरूको तालमा
अहिले फस्यो गणतन्त्रवादीहरूको जालमा

जुनवेला जस्को फन्दामा परे पनि
राष्ट्र नरहने नगर्दा वेश
देश सानो भएर के भो र
नेपाल नाम रहे पुग्छ

हात्ती आयो जनता फुस्स भयो
देशको अवस्था झन झन विग्रियो
नेताहरू लागे ज्यानै फालेर
आ–आफ्नो ढुकुटी बलियो वनाउन

उत्पिडीत जनता उठाउनु पर्छ
नीतिगत सुधार गर्नु पर्छ
विना स्वार्थ लाग्नु पर्छ
आर्थिक दुरुपयोग रोक्नु पर्छ

अन्यथा एकदिन हाम्रो यो देश
सबै जनताको आँखै अगाडि
पानी माथिको ओभानो झै
विलाउँदै गएको हेर्नु पर्ला

No comments:

Post a Comment