Wednesday, December 26, 2012

सम्पादकीय : कीर्तिपुरवासीका लागि अवसर र चुनौती

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012

सम्पादकीय

कीर्तिपुरवासीका लागि अवसर र चुनौती

मुलुकको राजनीतिक परिवर्तन संग संगै संघीयताको सवालमा स्पष्ट दृष्टिकोण राख्दै नेवाः स्वायत्त राज्यको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका कीर्तिपुरवासीलाई एक ढंगको अवसर आएको छ । त्यो हो कीर्तिपुरमा नेवाः एकता दिवस मनाउने ।

२०६५ साल पुष ११ गते पोहेलाथ्व ९ का दिन लाखौं नेवारहरू राष्ट्रिय रंगशाला त्रिपुरेश्वरमा जनस्तरवाट नेवाः स्वायत्त राज्य घोषणा गरेको अवसरमा नेवार समुदायले मनाउदै आएको नेवाः एकता दिवस यसपालि कीर्तिपुरमा मनाउने भनी नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले निर्णय गरेपछि कीर्तिपुरवासी फेरी एक पटक क्रियाशिल भई कीर्तिपुरवासीको सक्रियता देखाउदै नेवाः स्वायत्त राज्य प्राप्ति आन्दोलनका लागि प्रतिबद्ध रहेको कुरा विश्वभरी नै प्रचार गर्ने अवसर आएको हो ।

आउदो माघ ७ गते कीर्तिपुरमा नेवाः एकता दिवस मनाउने  निर्णय भइसकेपछि अब कीर्तिपुरका नेवाः स्वायत्त राज्यका लागि क्रियाशील व्यक्तित्वहरुको का“धमा एक ढंगको महत्वपूर्ण जिम्मेवारी आएको छ ।

पछिल्लो समयमा राजनीतिक अन्यौलता रहेको र विशेष गरि संघीयताको सवालमा दलका नेताहरुले सकारात्मक रुपमा ग्रहण नगरेका कारण संविधानसभा समेत विघटन भएको र अहिले राजनीतिक दलहरुवीच तिब्र रुपमा बहस र छलफल भएतापनि सहमति हुन नसकिरहेको अवस्थामा नेवाः स्वायत्त  राज्य प्राप्तिका लागि नेवाः एकता दिवस कीर्तिपुरमा हुन गइरहेको कारण कीर्तिपुरवासीका लागि गौरबको विषयमात्र नभई नेपालको राजनीतिमा नै ठूलो दबाब हुने गरि व्यापक प्रदर्शन गरि भब्य रुपमा सम्पन्न गर्नुपर्ने अवस्था आएको छ । अतः यो सूवर्ण अवसरका साथ साथै एक ढंगको चुनौतिको रुपमा नै  सरोकारवालाहरुले लिनुपर्ने अवस्था आएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete