Wednesday, December 26, 2012

राष्ट्रपति र कोइराला फसेकै हो त ?

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012

नेपालको राजनीति झन झन जटिल

राष्ट्रपति र कोइराला फसेकै हो त ?

समाचार विश्लेषण

कीर्तिपुर सन्देश 

प्रमुख दलका शीर्ष नेताहरुले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको विकल्प नभएको बताउदै सहमतिको मन्त्र जप्दै आएको लामो समय भइसकेको अवस्था छ ।

सहमतिको प्रयास जारी छ भन्ने कुरा नेताहरुले बोल्न छाडेको अहिले सम्म पनि छैन र सहमति हुने अवस्था पनि देखिदैन ।

मूल रुपमा संंविधान निर्माणको सवालमा पहिचान सहितको प्रदेश निर्माण नगर्न नै दलका नेताहरुले षडयन्त्र गरि संविधानसभा विघटन  गरेको कुरा जनता सामु स्पष्ट भइसकेको छ । अहिले पनि मूल रुपमा सरकारको नेतृत्वको सवालमा विवाद जस्तो देखिएतापानि बास्तवमा संविधान निर्माणको सवालमा नै दलका नेताहरु वीच एकमत नभएका  कारणले विवाद झन झन जटिल बन्दै गएको हो ।

पछिल्लो समयमा राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि जुन ढंगबाट संविधानको धारा नै कितान गरि समयसीमा दिनु भयो सो कार्यलाई विभिन्न कोणवाट कुरा आएतापनि बास्तवमा राष्ट्रपति यादव फसेकै हो कि भनी प्रश्न उठ्न थालेको छ ।

राष्ट्रपतिलाई प्रमुख दलका नेताहरुले जुन ढंगबाट सुझाव दिएका थिए त्यहि आधारमा नै उहा“ले छिटो सहमति होला भनी समयसीमा दिनु भएको होला । तर पा“च पटक सम्म समयसीमा दिएतापनि दलका नेताहरुले सहमति गर्न सकेको अवस्था छैन । सहमति नभइरहेको वर्तमान अवस्थामा अव राष्ट्रपतिले के गर्ने हो भनी प्रश्न उठ्न थालेका छन् ।

सहमति नै गर्न नसकिने अवस्थामा पनि राष्ट्रपतिलाई सहमतिको समयसीमा दिन लगाउने कार्य नेताहरुले सुझाव दिई  राष्ट्रपतिलाई फसाएको त हैन भनी टिप्पणी हुन थालेका छन् । अव राष्ट्रपतिले सहमतिका लागि म्याद थप गर्ने बाहेक अरु केहि गर्न नसकिने भएका कारण उहा“ फसेको अनुमान हुन थालेको छ । त्यसै गरि नेपाली कांग्रेसले पनि उम्मेदवार घोषणा गर्नासाथै प्रधानमन्त्री हुने आशाले जुन ढंगबाट कांग्रेसका सभापति सुशील कोइरालाको नाम सार्वजनिक गरियो राजनीति झन झन जटिल बन्दै गएको महसूस गर्न थालेका छन् । अहिलेको अवस्थामा कांग्रेसका सभापतिलाई मधेसी मोर्चादेखि सरकारवादी गठबन्धनमा सहभागी स साना दलका नेताहरुले समेत विरोध गरेका छन् ।

त्यति मात्रै नभई कोइराला संविधानसभाको चुनावमा हारेको साथै पहिचान सहितको संघीयताका       विरोधीको रुपमा समेत आदिवासी जनजाति एवं राज्यद्वारा बहिस्करणमा परिएका समुदायले लिन थालेका छन् । कांग्रेसले हतारमा सभापति कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको उहा“लाई फसाउनका लागि त हैन भनी प्रश्न उठ्न थालेका छन् ।

पछिल्लो समयमा राजनीति झन झन जटिल भएका कारण अव संविधानसभा पुनस्थापना गरि कानुनी अप्ठयाराहरुलाई फुकाउने र संविधानसभाको चुनावमा जाने तयारी गर्नुपर्ने कुरा समेत चर्चा हुन थालेको छ ।
पुनस्र्थापना भए कोइराला प्रधानमन्त्री बन्ने संभावना नै हुदैन किनकि उहा“ संविधानसभाका सदस्य हुनुहुन्न ।

अतः नेपालको राजनीतिमा राष्ट्रपति डा. रामवरण यादव र कांग्रेसका सभापति कोइराला फस्दै गएको भनी टिप्पणी गर्नु पनि स्वाभाविकै हो भन्दा केहि फरक नर्पला ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete