Friday, December 21, 2012

उपत्यकाभरीका नेवारहरु कीर्तिपुर आउने

अंक ७२ ने. सं. ११३३ थिंलाथ्व सप्तमी बुधवाः २०६९ पुष ४ गते बुधवार  Dec 19, 2012

संघीय गणतन्त्र नेपालमा नेवाः स्वायत्त राज्य प्राप्तिका लागि

उपत्यकाभरीका नेवारहरु कीर्तिपुर आउने

कीर्तिपुर सन्देश

इतिहासदेखि वर्तमान सम्म पनि मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको कीर्तिपुरमा काठमाण्डौं उपत्यकाका हजारौं —हजार नेवार समुदाय संघीय गणतन्त्र नेपालमा नेवाः स्वायत्त राज्य प्राप्तिका लागि कीर्तिपुर नगरमा सांस्कृतिक झाकी सहितको जुलुस आउने भएका छन् ।
नेवाः स्वायत्त राज्य प्राप्ति आन्दोलनमा क्रियाशिल भक्तपुर, ललितपुर र काठमाण्डौं जिल्ला लगायत गाउ“ गाउ“बाट हजारौं नेवार समुदाय कीर्तिपुरमा जुलुस सहित आउने तयारी गरेको थाहा भएको छ । सो कार्यक्रममा भाग लिन उपत्यका वरिपरिका विभिन्न जिल्लावाट पनि नेवार समुदाय आउने बताइएको छ । नेवाः स्वायत्त राज्य आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेवार समुदायको संयुक्त मोर्चा (एकीकृत माओवादी, नेकपा—माओवादी, नेपाली कांग्रे, एमाले, नेपाः राष्ट्रिय पार्टी लगायतका राजनीतिक दलका जातीय संगठनहरूको आधिकारिक प्रतिनिधित्व भएको ) नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले आउदो नेपाल संवत् ११३३ पोहेलाथ्व ९ आइतवार (२०६९ माघ ७ गते) कीर्तिपुरमा नेवाः एकता दिवस मनाउने  निर्णय गरेपछि उपत्यकाका नेवार समुदायले सो दिनमा कीर्तिपुर आउनका लागि अहिलेदेखि नै तयारी गरेको थाहा भएको छ ।

गत आइतवार बसेको नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको बैठकले माघ ७ गते आइतवार कीर्तिपुरमा नेवाः एकता दिवस भब्य रुपमा मनाउने निर्णय गरेको हो । २०६५ साल पुष ११ गते तिथि अनुसार पोहेलाथ्व ९ का दिन जनस्तरवाट लाखौं नेवार समुदायवीच राष्ट्रिय रंगशाला त्रिपुरेश्वरमा नेवाः स्वायत्त राज्य घोषणा गरेको दिनको अवसर पारेर प्रत्येक वर्ष सो दिनमा नेवार समुदायले नेवाः स्वायत्त राज्य आन्दोलनकै क्रममा नेवाः एकता दिवस मनाउदै आएको हो । यस अघि ललितपुर र काठमाण्डौंमा समेत नेवा एकता दिवस मनाइसकेको अवस्था छ ।

यसपाली कीर्तिपुरमा हुने नेवाः एकता दिवस मनाउनका लागि नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले कीर्तिपुरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेवाः स्वायत्त राज्य मंकाः परिषद्लाई संयोजनकारी भूमिका निर्वाह गर्न अनुरोध समेत गरिसकेको थाहा भएको छ । कीर्तिपुरमा नेवाः स्वायत्त राज्यको आन्दोलन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरको अब चा“डै नै बैठक बसी नेवाः एकता दिवस भब्य रुपमा मनाउन तयारी गर्ने थाहा भएको छ । सो तयारीको क्रममा सम्पूर्ण कीर्तिपुरवासीलाई सडकमा उतार्ने र विभिन्न नेवार समुदायका जातीय, भाषिक, सांस्कृतिक संघ संगठन एवं     कीर्तिपुरमा क्रियाशिल राजनीतिक दलहरूको समेत सहभागीतामा नेवाः एकता दिवस मनाउने विषयमा अनौपचारिक रुपमा छलफल समेत भइरहेको नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरले जनाएको छ ।पछिल्लो समयमा संविधानसभा विघटन पछि संघीयतालाई नै अस्वीकार गर्ने ढंगबाट दलका नेताहरू क्रियाशिल हुदै आइरहेको साथै अर्को चुनावको विषयमा दलहरूवीच तिब्र रुपमा बहस भइरहेको वर्तमान अवस्थामा नेवाः एकता दिवसलाई नेवाः स्वायत्त राज्य प्राप्ति आन्दोलनको उत्कर्ष संघर्षको रुपमा मनाउनुपर्ने कुरा कीर्तिपुरका नेवाः स्वायत्त राज्य आन्दोलनका कार्यकर्ताहरूले बताउन थालेका छन् ।

स्मरण रहोस नेवाः स्वायत्त राज्य प्राप्तिका लागि आन्दोलनदेखि विभिन्न कार्यक्रम कीर्तिपुरमा निरन्तर रुपमा नेवाः स्वायत्त राज्य मंकाः परिषद्  कीर्तिपुरले गर्दै आएको छ ।  

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete