Wednesday, December 26, 2012

आजको आबश्यकता—मुलबासी मोर्चा

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012

आजको आबश्यकता—मुलबासी मोर्चा

विधु प्रकाश कायस्थ

बन्द गर यो खेल, बन्द गर यो २४५ वर्षदेखि चलेको यो झेल ।

संघियता बिना पहिचान हुँदैन, पहिचान बिना अधिकार पाइदैन, अधिकार बिना एकात्म शासन ढल्दैन, एकात्म शासन नढलेसम्म नेपालको विकास हुँदैन ।

एकात्मक शासन नागपास खेल जस्तै हो जसमा सिंढी चढी सफलताको छोटो बाटोको लोभ देखाइन्छ, पार्टीको अनुशासनमा नबसे सर्पको टाउकोमा टेकाई तल झार्ने डर देखाइन्छ । यो लोभ र डरबाट मुक्त हुन आउनुहोस् (मुलबासी मोर्चामा हातेमालो गरौं । पार्टीभन्दा ठूलो आफ्नो अधिकार हो । भाग्य आफै निर्धारण गरौं । प्रादेशिक संगठनहरुलाई नयां ढंगले बनाऔं । प्रादेशिक संगठनहरूको सशक्त माखेसाङ्लो निर्माण गरौं । महात्मा बुद्धले देखाउनु भएको ज्ञान, मुक्ति र समुदायको सशक्तिकरणको बाटोमा हिंडेर पहिचान सहितको संघिय नेपालको निर्माण गरी आफ्नो र आफ्ना सन्तानको सुनौलो भविष्य सुनिश्चित गरौं । संघियता विना अधिकार पाइँदैन, अधिकार बिना एकात्म शासन ढल्दैन, एकात्म शासन नढलेसम्म नेपालको विकास हुँदैन ।

मुक्तिकामी मुलबासीहरू मोर्चाबन्द होऔं –मुलबासी मोर्चा गठन गरौं !

पार्टी फुट्नु, फुटेर नयाँ बन्नु वा अन्य नयाँ पार्टी उदय हुनु लोकतन्त्रमा सहज र सामान्य प्रकृया हो । अहिलेको नेपालको   राजनैतिक संकटको एउटै निकास देखिएको छ– आदिवासी, जनजातिहरू मुलबासीहरूद्वारा विद्रोह मार्फत सत्ता कब्जा गरी एकात्मक शासन पद्धतिलाई परिवर्तन गरी संघिय शासन प्रणाली स्थापित गर्न नयाँ संविधानको तत्काल घोषणा ! यस्तो विद्रोह कुनै एक पार्टीद्वारा सम्भव छैन । यसको लागि हिमाल, पहाड र तराईका आदिवासी मुलवासीहरूका जागरुक युवा, महिला, शिक्षक, विद्यार्थी, किसान, मजदूर, बुद्धिजिवि पेशाकर्मि डाक्टर, इन्जिनियर, अधिवक्ताहरू सम्मिलित भएको वृहत आदिवासी मुलवासी मोर्चा गठन हुनु पर्छ । मुक्तिकामी मुलबासीहरू मोर्चाबन्द होऔं–मुलबासी मोर्चा गठन गरौं !! शोषण र उत्पिडनबाट मुक्त होऔं !!!

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete