Friday, December 14, 2012

कीर्तिपुर नगरपालिकाले विना मितिको सूचना टाँस्यो

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

कीर्तिपुर नगरपालिकाले विना मितिको सूचना टाँस्यो

कीर्तिपुर नगरपालिकाको प्रवेशद्वार एवं कीर्तिपुरको मुख्य वजार नयाँवजारका व्यापारीहरुले पसलको सामान पसलभित्रमात्र नराखी घरको पेटीमा समेत सामान राखी बाटोमा हिंड्ने वटुवाहरुलाई असुविधा भएकोले जनमानसले कीर्तिपुर नगरपालिकामा सो सामान हटाई आवागमनमा सहज बनाउन अनुरोध गरिएकोले कीर्तिपुर नगरपालिकाले विना मितिको तीनदिने सूचना जारी गरिएको छ । कीर्तिपुर नगरपालिकाले जारी गरेको सो सार्वजनिक सूचना नयाँ वजारको ठाउँ ठाउँमा टाँस गरिएको छ । जसमा लेखिएको छ ।

‘यस नगर क्षेत्रको कीर्तिपुर चक्रपथ अन्तर्गत बजार क्षेत्रमा केही व्यक्तिहरुले सार्वजनिक सडक अतिक्रमण गरी सवारी आवागमनमा बाधा पुग्ने गरी पसल राख्ने, निर्माण सामग्रीहरु थुपार्ने, फुटपाथ पसलहरु थाप्ने र सार्वजनिक सडहरुमा पानी निष्काशन हुने गरी डुँड राख्ने कार्य गरेको पाइएकोले यो सूचना प्रकाशन भएको मितिले ३ (तीन) दिन भित्र सार्वजनिक पेटी, सडकमा पसल नथाप्न, पसलका सामग्री नराख्नका साथै डुँड हटाउन सम्बन्धित सबैको जानकमरीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

तर त्यस सार्वजनिक सूचना कहिले जारी भएको हो भन्ने मिति नै छैन । मिति नै नभएको सूचनालाई कहिलेको भनेर आधिकारिकता मान्ने हो ? यो नगरपालिकाको लापरवाही नभए के हो ? भनी कीर्तिपुरवासीले प्रश्न गर्न थालेका छन् । 
सो सूचना मंसीर २१ गते नयाँ बजारको सार्वजनिक पोल पोल र चोक चोकमा टाँस गरिएको थियो । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete