Friday, December 21, 2012

उत्पीडितहरू होशियार

अंक ७२ ने. सं. ११३३ थिंलाथ्व सप्तमी बुधवाः २०६९ पुष ४ गते बुधवार  Dec 19, 2012
 
उत्पीडितहरू होशियार

काजी किसान शेर्पा

उत्पीडित आदिवासी, मधेशी, मुश्लिम, दलित, महिला,अपाङग मित्रहरू होशियार !

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक निर्वाचन र हाम्रा पहिचान अधिकारहरू प्रधानमन्त्री, राष्टूपति र सभामुख पदसँग साटेर विसर्जन गर्दैछन ।

पहिचान सहितको संघीयता छाड्ने शर्तमा प्रचण्डलाई राष्टूपति बनाउने । संविधानसभाको सिट संख्या घटाउने, २०४७ सालको संविधान पुनर्वहाली गर्ने र धर्मनिरपेक्षबारे जनमत संग्रह गर्ने शर्तमा सुशिल कोइरालालाई प्रधानमन्त्री र माधव नेपाललाई सभामुख पद दिने दलहरूको बीच सहमति हुन लागेको छ ।

अब एमाले, कांग्रेस, एकीकृत माओवादी उत्पीडित आदिवासी, मधेशी, मुश्लिम, दलित, महिला, अपाङ्ग अधिकार सुनिश्चित भएको संविधान जारी गर्दैनन् । त्यसकारण उत्पीडित आदिवासी, मधेशी, मुश्लिम, दलित, महिला, अपाङ्हरू मिलेर एउटा शक्तिशाली राष्टिूय मोर्चा गठन गरेर आन्दोलनको आँधीबेरी सृजना गरेर हाम्रो अधिकार हामी आफैले सुनिश्चित गर्नुको विकल्प छैन । आउनुस हामी संगठीत होऔं र परिणाममुखी अन्तिम आन्दोलनको लागि तयार होऔं ।

सम्पूर्ण उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग एकता जिन्दावाद, जिन्दावाद

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको कुर्सिसंग हाम्रो अधिकार साट्न पाइन्दैन, पाईंदैन

४ दल मात्रको सहमतिलाई हामी मान्दैनौं, मान्दैनौं

गणतन्त्र, संघियता र धर्मनिरपेक्षलाई सुनिश्चित गर, सुनिश्चित गर

पहिचान सहितको संघिय संविधान जारी गर ,जारी गर

संविधानसभाको सिट संख्या घटाउन पाइंदैन , पाईंदैन

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर , लागु गर

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete