Monday, July 31, 2023

कीर्तिपुर नगरपालिकाले संस्कृति जात्रा पर्व बाजागाजा सम्बन्धित संघ संस्थाहरुलाई दर्ता गर्न आह्वान

 कीर्तिपुर नगरपालिकाले संस्कृति जात्रा पर्व बाजागाजा सम्बन्धित संघ संस्थाहरुलाई दर्ता गर्न आह्वान

कीर्तिपुर नगरपालिकाले यहि श्रावण ४ गते एक सूचना निकाली कीर्तिपुर नगर साँस्कृतिक संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न कीर्तिपुर नगरभित्र रहेको संस्कृति जात्रा पर्व बाजागाजासंग सम्बन्धित संघ संस्थाहरुले २०८० श्रावण मसान्तसम्म तपसिलका कागजातहरुसहित नगरपालिकामा दर्ता हुन आह्वान गरिएको छ ।

यी संघ संस्थाहरु किन दर्ता गर्नु परेको भनी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटासँग सोध्दा उहाँले जवाफ दिनुभयो, “कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा भैसकेको अवस्थामा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास गर्न यस नगरपालिकाभित्र कति वटा बाजा खलः, भजन खलः, जात्रा पर्व छन भनेर जानकारी लिनको लागि यो प्रकृया अगाडि बढाएका हौं । तथ्यांकको आधारमा के कति सहयोग गर्न सकिन्छ भन्ने यकिन गर्न र संस्थाको नाममा नगरपालिकाले सहयोग गर्ने अनुदान संस्थाकै खातामा जाओस भन्ने अभिप्रायले पनि यो दर्ता गर्न आह्वान गरेका हौं ।”

दर्ता गर्नको लागि संस्थाको विधान, कार्यसमितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको छाप, संस्थाको नियमित बैठकको निर्णय, सम्बन्धित वडा वडाको सिफारिस, घर÷जग्गा बहालमा लिएको भए सम्झौता पत्र समेत चाहिने जनाइएको छ । 

कीर्तिपुर नगरपालिकाको सूचना यस प्रकार रहेका छन 

स्थानीय सरकार संचालन ऐन २०७४को दफा ११ को उपदफा २ (फ) (१) मा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन सम्बन्धित स्थानीय तहले गर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम कीर्तिपुर नगर साँस्कृतिक संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८ र सोको नियमावली २०७९ स्वीकृत भै कार्यान्वयनमा आइसकेको व्यहोरा सबैलाई विदितै छ । उल्लेखित कानुनहरुको अधिनमा रही यस कीर्तिपुर नगरभित्र रहेको संस्कृति जात्रा पर्व बाजागाजासंग सम्बन्धित संघ संस्थाहरु २०८० श्रावण मसान्तसम्म तपसिलका कागजातहरु सहित नगरपालिकामा सूचिकृत÷दर्ता हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचिकृत/दर्ता गर्नका लागि आवश्यक कागजातहरु

—संस्थाको विधान

—पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

—संस्थाको छाप

—संस्थाको नियमित बैठकको निर्णय

—सम्बन्धित वडाको सिफारिस

—घर÷जग्गा बहालमा लिएको भए सम्झौता पत्र 


No comments:

Post a Comment