Tuesday, June 27, 2023

मेरो तीन चुनौति, प्रदेशमा औद्योगिक क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन र सहकारीको संकट समाधान —

 मेरो तीन चुनौति, प्रदेशमा औद्योगिक क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन र सहकारीको संकट समाधान —

 


                                —उद्योग, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन

बाग्मती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले अहिले आफू सामु तीन वटा चुनौति रहेको बताउनु भयो । बाग्मती प्रदेश भित्र औद्योगिक क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन र सहकारीको संकट समाधान गर्ने नै आफ्नो प्रमुख चुनौति रहेको बताउनु भयो । 

वाग्मती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले अहिलेको विषम परिस्थितिमा सहकारीलाई बचाउनु नै बचतकर्ताहरुको बचतलाई बचाउनु हो, यसका लागि बचतकर्ताहरु धैर्य हुन आवश्यक रहेको बताउनु भएको छ । 

विजनेश दर्शन मिडियासँग गरिएको संवादमा उनले भने, ‘सहकारी यो देशको आर्थिक क्रान्तिको एउटा पाटो हो । जसले आज यो देशमा धेरै मान्छेहरुलाई रोजगारी सिर्जना गरीदिएको छ र आर्थिक क्षेत्रलाई चलायमान गरेको छ ।’ दुई तीन वटा सहकारीमा समस्या देख्दा अरु सरकारीलाई पनि त्यही नजरले हेर्दा बाँकी सहकारीलाई पनि असहज वातावरण सिर्जना भएको बताउँदै उनले भने, ‘हिजोका दिनमा बैंकमा कारोबार गर्दा कति झमेला हुन्थ्यो आज आएर ति सबै झमेलाहरुलाई सहकारीले सहज रुपले समाधान गरिदिएको अवस्था छ । हो अहिले आएर विश्वभरि नै आर्थिक समस्या आईरहेको अवस्था  छ । यसले सहकारी क्षेत्रलाई पनि छोएका कारण केही समस्याहरु देखियो । त्यसलाई अब हामीले समाधान गर्दै लैजानुपर्छ ।’ अहिलेको अवस्थामा सरकारीलाई बचाउनुपर्छ र सहकारीलाई बचाउनु नै बचतकर्ताहरुको बचतलाई बचाउनु हो, मान्छेहरुले यो कुरा बुझिरहेका छैनन् । सहकारी धरापमा प¥यो भने बचतकर्ताहरुको बचत पनि  धरासयी भएर जान्छ । त्यसैले सबै सदस्यहरुले धैर्य गरेर  सहकारीलाई बचाउनु नै अहिलेको समयको माग रहेको मन्त्री महर्जनको भनाई छ ।

बाग्मती प्रदेश धेरै नै पर्यटकीय क्षेत्र रहेको र ती क्षेत्रहरुलाई ध्यान दिने कुरा पर्यटन मन्त्री महर्जनले बताउनु भयो । उहाँले भन्नु भयो ‘मुलुकमा उद्योगका माध्यमवाट आय आर्जनलाई बृद्धि गर्ने सोचका साथ अघि बढ्नेछु । अहिले काममा ब्यस्त हुने समय भएका कारणले मैले कहिं पनि सगुन दिन नबोलाउनका लागि 

अनुरोग गरेकोछु । यो काम गर्ने समय हो । मन्त्री हुने वितिकै बजेट बनाउन काममा ब्यस्त भए । प्रदेशका अधिकांश उद्योगहरु संघीय सरकार अन्तर्गत छन् । बाग्मती प्रदेशको मातहतमा हेटौंडा कपडा उद्योग ल्याउन सकियो भने साथै जनताले उक्त उद्योगको कपडा किन्न सकियो भने आर्थिक सवालमा अत्यन्तै राम्रो हुनेछ । त्यसैले उद्योग संचालनका लागि केहि बजेटको ब्यवस्था गर्नेछु । उद्योगका लागि तालिम संचालन समेत गर्नेछु । लोकल रक्सीलाई ब्याण्डिङ गरि व्यवस्थापन गर्ने र आर्थिक समृद्धि खोज्ने हो । यस्तो गर्न सकिए विदेशी 

रक्सीलाई रोक्न सकिन्छ र लोकल रक्सी व्यवस्थापन गर्न सकिएमा स्वास्थ्यदेखि हरेक हिसावले पनि राम्रो हुन्छ । कीर्तिपुर पर्यटकीय गन्तब्य बनाउनका लागि ध्यान दिनेछु । समृद्ध बनाउने सपना छ । पर्यटनको माध्यमबाट मात्र समृद्ध बनाउन सकिन्छ । पर्यटकको रुटवाट हटाइएको छ । पुनः रुटमा राख्न प्रयास गर्नेछु । आर्थिक आय आर्जनदेखि हरेक क्षेत्रमा राम्रो हुनेछ । कीर्तिपुरको बाघभैरव, उमामहेश्वर, चिलंच्व, आदिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना छ । यसै बर्षदेखि बाघभैरव क्षेत्रका सम्पुर्ण काम गर्नेगरि तीन बर्षे योजना बनाउने प्रयास गरिरहेको छ । चिलंच्व र क्वाःच्वमा अर्को बर्षका लागि बजेट राख्नेछु ।’ बाग्मती प्रदेशका मन्त्री पुकार महर्जनले कीर्तिपुरलाई आन्तरिक र बाह्य पर्यटन आकर्षक बनाउने प्रयासमा आफू रहेको बताउनु भयो ।  

No comments:

Post a Comment