Sunday, July 3, 2022

आवाज महिला शक्तिको ...निशान बुढाथोकी, स्यूचाटार, काठमाडौं

 आवाज महिला शक्तिको ...निशान बुढाथोकी, स्यूचाटार, काठमाडौं

जवसम्म महिला विभेद उन्मुलन हुँदैन तवसम्म महिलाहरुको हक हितमा आवाज उठाउँछौँ । लोकप्रिय नामी साप्ताहिक निर्देशक निशान बुढाथोकी संगको छोटो संवाद 

प्रस्तोता ः पवन जोशी

१.निशानजी के मा व्यष्ट हुनुहुन्छ ?

—महिला शक्ति विकास केन्द्र नेपाल तथा सन्देश मुलक नामी साप्ताहिक पत्रिकाको काममा व्यस्त छु ।

२.नामी साप्ताहिक पत्रिकामा निर्देशक हुनुहुन्छ, आमुल परिवर्तनको निम्ती तपाईंको भुमिका ?

—वास्तवमा भन्ने हो भने आम संचार माध्यम भनेकै समाज रुपान्तरण गर्ने एउटा सशक्त माध्यम हो । सही समयमा सुचना प्रवाहको साथै जन समक्ष चेतना प्रवाह गर्नु हाम्रो कर्म हो ।

३.कुन विषयलाई फोकस गर्नु हुन्छ ?

—विशेष गरी राजनीति, स्वास्थ्य शिक्षा र ग्रामिण महिलाको संघर्षका कथा वस्तुलाई फोकोस गर्छु ।

४.पत्रकारिता धर्मको परिभाषा ?

—सत्य तथ्य र निस्पक्षलाई निस्वार्थ आत्मासाथ गर्दै पाठकहरु सम्म उजागर गर्ने हाम्रो धर्म हो ।

५.व्यक्तित्व चिनारी स्तम्भमा पत्रकारले आर्थिक लाभ गर्छ भन्ने हल्ला छ, के त्यो सत्य हो ?

—बिल्कुल होइन, यदि कसैले गरिन्छ भने त्यो पत्रकारीताको नाउंमा कलंक हो । व्यक्तिको चिनारीनै व्यक्तित्व विकास भएको उदाहरण स्वरुपको पहिचान सम्झेर प्रस्तुत गरिन्छ । जनताहरु त्यसैलाई शिरोपर गरि उज्यालो भविष्य निर्माण तर्फ उन्मुख हुन्छ आफ्नो व्यक्तित्व विकास गर्छ ।

६.नेपालको राजनीतिलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

—राजनीति भनेको सिंगो देश निर्माण गर्ने सेवा हो । विदम्बना हाम्रो देश नेपालमा ठगी खाने थलोको रुपमा राजनीति परिचालन भैरहेको सर्वविदितै छ । नैतिकता नभएका मान्छेले लाज शर्म धर्म छोडे पछि घिन लाग्दो कर्म गर्छन्, यस्तै रहे छ यहांको चलन ।

७.तपाईं पत्रिका मार्फत कसरी समाज रुपान्तरणको भुमिका खेल्नु हुन्छ ?

—सत्य तथ्य समाचार सम्प्रेसन गरी यथासिघ्र जनता माफ पु¥याउने हाम्रो कर्मले अन्याय विरुद्धको आवाज उठाउन हौसला दिंदै समाज रुपमान्तरणको दिशातर्फ उन्मुख गराउँछौं ।

८.तपाईं अन्याय विरुद्ध कस्तो हतियार उठाउनु हुन्छ ?

—हाम्रो औजारले पनि सम्भव नरहेमा बन्दुक उठाउन पनि पछि पर्दैनौं ।

९.जागरणको परिभाषा ?

—अन्याय विरुद्धको अभियाननै जागरण हो । हाम्रो समाजमा नारी पुरुषको विभेदले गर्दानै महिला शक्ति विकास केन्द्र नेपालको स्थापना गरेका छौं । महिला अधिकारको निम्ती हामी आवाज उठाउँछौं । न्याय दिलाउन महिलाहरुलाई जागरण गराउँछौं ।

१०.अन्तमा ?

—हामी आफ्नो निम्ती होइन देश र जनताको निम्ती लडछौं । सम्वादको निम्ती कीर्तिपुर सन्देश साप्ताहिक परिवार प्रति आभार व्यक्त गर्दछु । धन्यवाद 


No comments:

Post a Comment