Monday, December 6, 2021

गणतव्य मार्ग अनुशासन —नयना शाक्य, डल्लु, काठमाडौं

 गणतव्य मार्ग अनुशासन —नयना शाक्य, डल्लु, काठमाडौं



अनुशासन मानविय कर्म हो । त्यसलाई पालना गर्दै अगाडी बढन सक्यौं भने हरेक मान्छेलाई गण्तव्य पु¥याउँछ । नव प्रतिभा फेशन शो मोडल नयना शाक्य संगको छोटो संवाद — 


प्रस्तोताः पवन जोशी

१.मिस लिटिल नेवाः टालेन्ट उपाधी हासिल गर्न पाउँदा कस्तो लाग्यो ?

—साँच्चै भन्नु पर्दा अहिलेसम्मकै सबैभन्दा खुसि त्यो क्षणमा लागेको थियो । जुन मैले कल्पना पनि गरेकी थिइन । जे होस मेहेनत गरे पछि फल पाउने स्वाभाविक प्रकृया रहेछ । त्यसैले दक्ष शिक्षकबाट तालिम प्राप्त गर्नुपर्छ ।

२.कसरी उपाधि जित्नु भयो ?

—नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा भाग लिएँ । त्यसैमा रोलर स्केट डान्समा उत्कृष्ट प्रस्तुतिले गर्दा मैले मिस लिटिल नेवाः टालेन्ट उपाधी जित्न सफल भएँ । हुनत नेप्लिज फेसन होममा पनि फोर्थ रनरअप भएकी थिएँ ।

३.कसको प्रेरणाले मिस लिटिल नेवाःसम्म पुग्नु भयो ?

—सर्वप्रथमत प्रेरणाको स्रोत मेरा डाडी, मामी र दाजु हुनुहुन्छ । त्यसपछि मान्य गुरुजनहरु, वहाँहरुकै हौसला र प्रयासले मिस लिटिल नेवाः टालेन्ट हुने सौभाग्य मिल्यो ।

४.मिस लिटिल नेवाः टालेन्टमा नेवारहरुले मात्र भाग लिन पाउने नियम राखेको हो ?

—हजुर विशुद्ध नेवाः केटीहरुले मात्र भाग लिन पाउने प्रावधान रहेको छ । अरु जातियताले उक्त प्रतियोगितामा भाग लिन पाउने छैन ।

५.नयनालाई घरमा सबैभन्दा धेरै माया कस्ले गर्नुहुन्छ ?

—घरमा म यति भाग्यमानी छु मेरो घरमा डाडी, ममी र दाजु तिनै जना बराबर माया गर्नुहुन्छ । हरेक इभेन्टहरुमा पनि ठीक समयमा पु¥याउनु हुन्छ । त्यसैले वहांहरुप्रति वफादारका साथ अनुशासनमा रहन्छु ।

६.अभिनयमा कतिको रुचि राख्नुहुन्छ ?

—मलाई मन पर्ने विषयहरुमा अभिनय पनि हो । जुन आज भोली म नृत्य गर्छु त्यो पनि अभिनयको दोश्रो पाटो जस्तो लाग्छ । फरक संवाद र सुर ताल र धुन अनुसार अभिनय गर्ने हो । पहिला म अध्ययन पूरा गर्छु अनि चलचित्रमा अभिनय गरेर हजुरहरुलाई देखाउँछु ।

७.फेसन शोमा भाग लिन के के जान्नु पर्छ ?

—सर्वप्रथमत कन्फीडेन्ट हुनु जरुरी छ । समाजसंग रिलेटीभ भाषा कला संस्कृती र संस्कारको साथै रहन सहन थाहा पाउन जरुरी छ । गुरुहरुले प्रशिक्षण दिंदा एक चित्त भएर सुन्न र बुझ्नु पर्छ । त्यसको लागि धेरै मेहेनत पनि गर्नु प¥यो ।

८.नयनाको लक्ष ?

—मैले यहि गर्छु भनेर निधो गरेकी छैन तैपनि म जे गर्छु पहिचान स्वरुपा इज्जत कमाउने काम गरेर देखाउँछु ।

९.मिस लिटिल नेवाः टालेन्ट उपाधी जिते पछि साथीहरुबाट कस्तो रेस्पन्स पाउनु भयो ?

—हुनत म सबै साथीहरुसँग घुलमिल हुने बानी थियो । जव मैले टालेन्ट उपाधी जिते देखिन साथीहरुले बढी माया गर्न थाल्यो । सामाजिक संजालले पनि पक्षाउन थाल्यो । मनका कुराहरु सबैसँग शेयर गर्ने मौका पाएँ । धेरै खुसि लाग्छ ।

१०.अन्तमा ?

—मनका कुराहरु कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा पोख्न पाउँदा धेरै खुसी लाग्यो अभिवादन गर्न चाहन्छु ।


1 comment: