Sunday, February 21, 2021

कीर्तिपुर कम्युनिटी होमस्टेको दोस्रो साधारण

 कीर्तिपुर कम्युनिटी होमस्टेको दोस्रो साधारण 


—प्रदिप महर्जन

कीर्तिपुर सन्देश साप्ताहिक

कीर्तिपुरमा पर्यटन प्रवद्र्धन र विकास गर्दै महिला तथा समुदायको आर्थिक उत्थान एवं समुन्नतको लागि होमस्टे पर्यटन भन्ने मूल नारा लिएर २०७५ सालमा स्थापना भएको कीर्तिपुुर कम्यूनिटी होमस्टेको  फागुण १ गते शनिवारका दिन विशेष अतिथी संस्थापक अध्यक्ष एवं नेपाल एकेदेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक हिराज्ञान महर्जन र होमस्टे एशोसियशनका केन्द्रीय सदस्य गंगादेवी हाँयजुको उपस्थितिमा दोश्रो साधारण सभा सम्पन्न भयो । उक्त साधारण सभामा शुभकामना मन्तव्यको क्रममा हिराज्ञान महर्जनले सदस्यहरुले कोठा हुनेले कोठाको व्यवस्था, सीप हुनेले सीप प्रयोग गरेर र भूमि हुनेले भूमीबाट कृषी उब्जनी गरेर यस सामुदायिक होमस्टेलाई टेवा पु¥याउन सकिने बताउनु भयो ।

त्यस्तै होसानका केन्द्रीय सदस्य गंगा देवी हाँयजुले होसान केन्द्रीय समितिको कार्यक्रम तथा पर्यटन बोर्ड र पर्यटन विभागको कार्यक्रमहरु बताउनु भयो ।  उक्त सभामा कोषाध्यक्ष नन्दकुमारी महर्जनले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्व सम्मतले पारित गरेको थियो


त्यस्तै होमस्टेका अध्यक्षले स्थापना देखि हालसम्म गर्दै आइरहेको कार्यक्रम तथा प्रगति विवरण र होमस्टेका चुनौती र त्यस चूनौतीलाई सामना गर्दै अगाडी बढ्नु पर्ने कुरा राख्दै प्रगति विवरण पेश गर्नुभयो । कीर्तिपुर कम्यूनिटी होमस्टेले गरेका मूख्य कामहरुमा होमस्टेको कोठा भएको ८ घर नम्बरिङ गरेको छ । त्यस्तै हालसम्म १०२ नेपाली पाहुनाहरुलाई सेवा प्रदान गरेको छ भने ५० विदेशी पाहुनाहरुलाई सेवा प्रदान गरिसकेको उल्लेख गर्नुभयो । बागमती प्रदेशको सहयोगमा होम स्टेमा कोठाको व्यवस्था गर्ने घरहरुलाई एक टिटेवल र दराज वितरण गरिसकेको छ भने कीर्तिपुर कम्यूनिटी होमस्टे सांस्कृतिक म्यूजियमको स्थापना तारागाउँ विकास समितिको सहयोगमा कार्यक्रम चलिरहेको बताउनु भयो । अध्यक्ष प्रदिप महर्जनले होमस्टेको प्रगति विवरण प्रस्तुत गर्नेक्रममा कीर्तिपुरमा नै बसोबास गर्नु पर्ने गरी भ्रमण गर्ने नेपाली पर्यटकहरु नहुनु, दुई तीन जनाको समूहमा आउने नेपाली पर्यटकहरुमा विविध खालका होमस्टेको आचार संहिता विपरित गतिविधिहरु हुने ठूलो चुनौती भएको बताउनु भयो । विदेशी पर्यटकका लागि ट्राभल एजेन्सीहरुले कीर्तिपुरमै बसोबास गराउनुको सट्टा १÷२ घण्टा घुमाएर काठमाडौं फर्काउनु र होमस्टेले तिनीहरुसँग समन्वय गरी अगाडी बढ्न नसक्नु कमजोरी भएको बताउनु भयो ।

कार्यक्रममा अध्यक्षले राख्नु भएको प्रगति विवरण माथी छलफल भै सर्वसम्मतीले पारित गरिएको थियो । उक्त साधारण सभा पूर्व उपाध्यक्ष अशोक कुमार भन्सारीले सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रममा सम्पूर्ण सदस्य महानुभावहरुलाई १०% का दरले लाभाश वितरण गरिएको थियो । साधारण सभाले निम्न १३ सदस्यीय कार्यसमितिको सर्वसहमतिले पारित गरेको थियो ।

१.अध्यक्षः प्रदिप महर्जन, 

२.उपाध्यक्षः रामभोला महर्जन, 

३.सचिवः गोविन्द महर्जन, 

४.कोषाध्यक्ष नन्दकुमारी महर्जन, 

५.सदस्य ः गंगादेवी हाँयजु, 

६. संस्थापक अध्यक्ष हिराज्ञान महर्जन, 

७. अशोक कुमार भन्सारी, 

८. कविता राउत, 

९.केशमुनी बज्राचार्य, 

१०.रत्नकाजी महर्जन, 

११. ज्ञानबहादुर महर्जन, 

१२. सरिता महर्जन, 

१३.सविना नापित

No comments:

Post a Comment