Saturday, June 20, 2020

नखाएको विष—थुनुवाको डायरी —१२

नखाएको विष—थुनुवाको डायरी —१२



२०६७/०७/२४ (१० नोवेम्बर २०१०) बुधवार—३५औँ दिन

ओम शान्तिमा गएँ । आज इन्जिनियर सुदिप भाइजीले दानको महिमा बारे बताउनु भयो । दान दिनुपर्छ । दान दिंदा त्यसको सदुपयोग हुन्छ कि हुँदैन त्यो पनि ख्याल गर्नुपर्छ । एउटा हट्टाकट्टा मान्छे भीख मागिरहेको हुन्छ । उसलाई भीख दिनु भनेको उसलाई अल्छी बनाउनु हो । उसले सडकपेटीमा बसी बसी पैसा पाउँछ भने किन काम गर्छ ? त्यसैले उसलाई दिएको दान वरदान होइन अभिशाप हुन्छ । यो कुराले मलाई साह्रै प्रभावित पा¥यो ।

अर्काको घरमा घरेलु नोकरनी भएर बसेका केटीहरूलाई आफ्नो घरमा ल्याएर पढाएँ । आफ्नै सन्तानजस्तो माया गरेर पाली राखेँ । मैले उनीहरूलाई देखावटी मात्र होइन भावनात्मक रूपले पनि माया गर्थेँ । शिक्षा दीक्षा दिएँ । काम विगार्दा गाली पनि गरेँ । उनीहरू स्वावलम्वी बनोस् भनेर पत्रिका बेच्ने काम मिलाइ दिएँ । उनीहरूको पनि मिठो खाने, राम्रो लगाउने चाहाना होला । ती चाहानाहरू मैले पूरा गरी दिन सक्दिनँ । 

एक वर्ष भयो डा.डंगोलले उनीहरूको पालन पोषणको लागि एक रुपैयाँ दिनु भएको थिएन । उहाँले त एक वर्ष पहिले नै उनीहरूलाई घर पठाईदिनु भन्नुभएको थियो । मैले मानिनँ । अहिले उनीहरूलाई घर पठाएर के गर्ने ? एस.एल.सी. पास भएपछि मात्र पठाउने भनेर मैले आफ्नै खर्चमा पाली राखेको थिएँ । आज उनीहरूकै कारण म जेलमा परेको छु । मैले दिएको दान मेरो लागि अभिशाप बन्यो । पत्रिका बेचेर पैसा पाएपछि उनीहरूले राम्रा राम्रा लुगाहरू किन्न थाले । मैले केही पनि भनिनँ । समय समयमा उनीहरू फिल्म पनि हेर्न जान थाले । अहिले उनीहरूको उमेर नै राम्रो लगाउने, राम्रो हेर्ने, घुम्ने खाने हो भनेर चुप लागेँ । मेरो यो सदासयलाई उनीहरूले दुरुपयोग गरे । बच्चाहरू जतिसुकै ठूलो भए पनि आमाबाबुको नजरमा बच्चै लाग्छ भने जस्तै मैले उनीहरूलाई तरुणी भएको महसुसै गरिनँ । यो मेरो भूल थियो ।

निर्मलाको बारेमा सम्झेर ल्याउँदा उनी त साह्रै चेपारे रहिछिन् । मलाई सासै पिच्छे ‘ओ ड्याडी’, ‘नजराम बा’ सम्बोधन गरेर थाक्दैनथी । मलाई ड्याडी नभन सर भन भनेँ किनभने अरूले मलाई ड्याडी भनेको छोरालाई मन पर्दैन । उनी शुक्रवार ब्रत बस्थिन् । ब्रत बस्दा दूध केरा मिठाइ खुवाउँथेँ । उनलाई मैले कति माया गरेको थिएँ । कति विश्वास गरेको थिएँ । त्यसैले त ०६६ सालको दशैँमा उनलाई नरेश बटालासँग कैलाली पठाएँ । नरेश कीर्तिपुर दर्पण पत्रिकाको सम्पादक भएर काम गरिरहेको थियो । उसले उनलाई बहिनी भन्थ्यो । दुवैजना पश्चिम नेपालका थिए । महिला र पुरुषको हरेक सम्बन्धलाई यौनको दृष्टिकोणले मात्र हेर्नु हुँदैन भन्ने मेरो मान्यता त्यसैले उनी र नरेशलाई बहिनी दाजु ठानी रात्रि बसमा कैलाली पठाई दिएँ ।

सबैको मन मेरोजस्तो कहाँ हुनु ? आगो नजिक सुकेको दाउरा राखेपछि आगोले टिप्छ । गाईको अगाडि हरियो घाँस राखी दियो भने खान्छ । यति पनि विचार गर्न नसकेको कस्तो मूर्ख मान्छे म । घरबाट फर्केर आएदेखि उनीहरू दुई जनाको हिमचिम बढ्न थाल्यो । नरेश समय कुसमय होस्टेलमा आउन थाल्यो । एकदिन मैले उसलाई भनेँ, यो होस्टेलमा केटा मान्छेहरू आउन मनाही छ । तपाई यसरी आउनुभयो भने यहाँ टोलका मान्छेहरूले कुरा काट्छन् ।

त्यस बेलादेखि नरेश घरमा आउन छाड्यो । पत्रिका बेच्न जाँदा ग्राहक चिनाइ दिने भनेर निर्मला र नरेश सँगै हिंडथे तैपनि दाजु बहिनी हो भनेर मैले मतलव राखिनँ । २०६६ साल मंसिर १५ गते निर्मलाको १६ औँ जन्मदिन मनायौँ । त्यसबेला पनि नरेशलाई बोलाइएको थियो । नरेशले उपहार लिएर आयो । उनको जन्मदिन मनायो । खाजा खुवाइन् । नरेशलाई मसँगै बाहिर ल्याएँ ।

२०६६ सालको माघ महिनामा पनौतीमा १२ वर्षे मेला सुरु भयो । निर्मलाले मलाई मेलामा जाउँ भनिन् । मलाई भीडभाड मन पर्दैन । त्यसैले मैले जान्न भनेँ । अनि एकदिन उनले भनिन्, “सर मेरो साथीहरूको आमाबुबासँग म पनि पनौती मेलामा जान्छु है ?”
साथीको आमाबाबुसँग जाने भनेपछि मैले हुन्छ भनेँ । उनी गइन् । कुन बेला फर्केर आइन् मलाई थाहा भएन । त्यसको चारपाँच दिनपछि रचना भेट भयो ।

“सर, निर्मलाको केटा साथी छ । अस्ति रत्नपार्कबाट केटासँग हाँसीहाँसी कुरा गरेर आइरहेकी थिइ । लोग्ने स्वास्नी जस्तै टाँसेर आएकी थिइन् ।” रचनाले भनिन् ।

त्यसपछि मैले निर्मलासँग सोधेँ । उनले भनिन्, “साथीसँग रत्नपार्कसम्म आएँ । उनीहरू बजार गर्ने भनेर गए । त्यहीँ नरेश दाइ भेट भयो । हामी पाँगा दोबाटोसम्म सँगै आएका थियौँ ।”

उनले यति भनेपछि मैले यो कुरालाई पनि खासै महत्व दिइनँ । निर्मलाले भूmटो बोल्दैन भन्ने मेरो विश्वास थियो । समय बित्दै गयो । शिवरात्री आयो । निर्मलाले शिवरात्रीको दिन पशुपति जाने भनिन् । म नजाने भनेँ । उसो भए उनी साथीहरूसँग जान्छु भनिन् । उनी धर्मभिरू केटी पशुपति जान दिउँ भनेर हुन्छ भनेँ । उनी पशुपति गएर आइन् । कस्तो छ शिवरात्री भनेर सोधेँ । खूव रमाइलो भयो । कस्ता कस्ता मान्छेहरू आएका रहेछन् । कस्तो कस्तो दृश्य हेर्न पाइयो भनेर वर्णन गरिन् । चार पाँच दिनपछि संस्थाका दुई तीनजना केटीहरूले निर्मला आफ्ना केटा साथीसँग शिवरात्रीमा पशुपति घुमेर आएको बताए । मैलै उनीसँग सोधेँ । 

साथीहरूसँग गएकी थिएँ । रत्नपार्कमा नरेश दाइ भेटेर सँगै आएको भनिन् । केही दिनपछि कीर्तिपुर दर्पणमा शिवरात्रीको बारेमा लेख प्रकाशित भयो । त्यो लेखमा त्यहाँको दृश्यको वर्णन लेखेको र निर्मलाले भनेको ठ्याक्कै मिल्यो । अब मेरो मनमा शङ्का उठ्यो । तैपनि मैले निर्मलालाई केही पनि भनिनँ ।

उनले साथीसँग पनौती गएकी भनेकी थिइन् । त्यो साथीको घरमा गएर सोधेँ । उनीहरू कोही पनि अहिलेसम्म पनौती गएकै थिएनन् । त्यसैगरी शिवरात्रीमा सँगै गएको भनेकी साथीलाई भेट्न गएँ । उनीहरू पशुपतिमा गएको त हो तर निर्मलासँग गएको होइन भनिन् । यो कुरा सुनेर मलाई निर्मलादेखि साह्रै रिस उठ्यो । मलाई कसरी ढाँटेकी, मेरो विश्वासलाई कुठाराघात गरिन् । उनलाई मारूँ कि काटूँ जस्तो भयो । तैपनि उनीहरूको अन्तिम परीक्षा नजिक थियो । अहिले यस्तो कुरा निकालेँ भने जाँचमा असर पर्न सक्छ भनेर मैले केही पनि भनिनँ । बरु परीक्षा नसकिएसम्म कुनै पनि पत्रिका बेच्नु पर्दैन भनेर रोकेँ ।

चैतमा उनीहरूको जाँच सकियो । मैले माथिका कुराहरू भनेर निर्मलासँग सोधेँ, “तिमीहरूको पे्रम सम्बन्ध छ भनेर मैले थाहा पाइसकेको छु । नढाँटीकन भन, तिमीहरू दुई जनामा कहिले कसले प्रेम प्रस्ताव राखेको थियो ?”

“दशैँमा घर जाँदा रिंगटा लागेर म नरेश दाइको काखमा टाउको राखेर गइरहेकी थिएँ । उहाँले विस्तारै मेरो संवेदनशील अंग चलाउन थाल्नुभयो । मैले नचल्नु भनेँ । उहाँले म तिमीलाई प्रेम गर्छु । विवाह गर्न चाहन्छु भन्नुभयो । पनौती र पशुपतिमा उहाँले नै घुमाउन लैजानु भएको थियो ।”
“अब म तिमीलाई यहाँ राख्दिनँ । यो घरमा ताला लगाई दिन्छु ।” मैले भनेँ ।

“म त यो घरबाट कहीँं पनि जान्न । तपाईंले मारे पनि काटे पनि तपाईंसँगै रहन्छु । म ममी कहाँ गएँ भने ममीले पाल्नै सक्नुहुन्न । मलाई या त अर्काको घरमा काम गर्न पठाइन्छ या बिहे गरेर पठाई दिनुहुन्छ होला । मलाई पढ्न साह्रै्र रहर लागेको छ ।” सविताले भनिन् ।

“बा, मलाई माफ गर्नुहोस् । अब म नरेशसँग बोल्दिनँ । अब म पढ्नेतिर ध्यान दिन्छु ।” निर्मलाले भनिन् ।

निर्मला र नरेशको सम्बन्धको बारेमा अब एकचोटि नरेशसँग पनि सोध्नु प¥यो भन्ने विचार गरें । एकदिन जनसेवा मा.वि.को कार्यक्रममा नरेशसँग भेट भयो । उसलाई एक्लै चौरमा बोलाएर निर्मलाले भनेको कुरा सोधेँ । उसले पनि इन्कार गरेन । 

“के कसैलाई मन पराउनु अपराध हो ?” भनेर प्रतिप्रश्न ग¥यो ।
“मन पराउनु अपराध होइन । मन परेको भए विवाह गरेर लैजाऊ ।” मैले भनेँ ।

“अहिले नै कहाँ विवाह गर्ने ? मेरो पढाई नै सकेको छैन । आफ्नो खर्च त धान्न सकेको छैन । उसलाई कसरी पाल्ने ?” नरेशले भन्यो ।
“उसो भए मन प¥यो भनेर घुमेर हिँडने भए म निर्मलालाई पाली राख्न सक्दिनँ । यो कुरा तिमीले निर्मलाको अगाडि राख्नुपर्छ । आजै साँझ तिमी धुसि घरमा आउनु ।” मैले भनेँ ।

त्यही दिन साँझ ५ बजे नरेश धुसि घरमा आयो । निर्मला र नरेशलाई अगाडि राखेर कुरा गर्दा दुवै जनाले एक आपसमा पे्रम भएको स्वीकारे तर पढाइ नसकिएसम्म विवाह नगर्ने भने । यसरी प्रेम गरेर हिँड्ने भए म निर्मलालाई यहाँ राख्न सक्दिनँ । घरबाट निस्कि जाऊ भनेँ । निर्मला मेरो खुट्टा समातेर रोइन् र माफी मागिन् । मलाई उनीप्रति दया जाग्यो र मैले भनेँ, “उसो भए आइन्दा तिमीहरू भेट्न पाउँदैनौँ । बोल्न पनि पाउँदैनौँ । अब भेटेर बोलेको देखेँ भने निर्मलालाई एक मिनेट घरमा राख्दिनँ ।”

“हुन्छ बा, तपाईंको कुरा मान्छु । अबदेखि हामी भेट्दैनौँ भेटे पनि बोल्ने छैनौँ । मलाई घरबाट निकाल्ने कुरा नगर्नुहोस् बा ।” निर्मलाले मेरो हात समातेर भनिन् ।

“हेर नरेश अब तिमीले निर्मलालाई फकाउने फुस्लाउने गरिस् भने ठिक हुँदैन ।” मैले भनेँ ।

   निर्मलालाई कीर्तिपुर दर्पण बेच्न प्रतिवन्ध लगाई दिएँ । सहिद पत्रिका र ज्वजलपा मात्र बेच्न दिएँ । तीज आउन लाग्यो तीनै जनालाई एक एक जोर नयाँ लुगा राखिदिएँ । केहीदिन अगाडि सविताको मोबाइलमा आई लभ सविता भन्ने एसएमएस देखेँ । कसले पठाएको भनेर सोध्दा उनले केही पनि भनिनन् । उनीहरूलाई दिइराखेको मोबाइल खोसेर लिएँ ।

तीजको दिन निर्मलालाई नरेशसँग शिवालयमा घुमेर आएको देखेँ । मलाई रिस उठ्यो । मैले जति भने पनि नमान्ने । त्यसको केही दिनपछि मैले निर्मलाको डायरी फेला पारेँ । डायरी हेरेपछि मलाई डर लाग्यो । उनी त नरेशप्रति पागल भइसकेकी रहिछिन् । उनी कुनै पनि बेला नरेशसँग भाग्न सक्छिन् नभए आत्महत्या गर्न सक्छिन् । 

अब यिनीहरूलाई पालीराखेँ भने मेरो बेइज्जत हुनुबाहेक अरू केही हुँदैन । त्यसैले मैले उनीहरू तीनैजनालाई भनेँ, “अब म तिमीहरूलाई पाल्न सक्दिनँ । संस्थाले पैसा पनि दिएको छैन । मसँग पनि पैसा सकियो । त्यसैले निर्मलालाई दशैँमा घर पठाई दिन्छु । फर्केर नआउनु । तिमी त्यहाँ कुन स्कूलमा पढ्ने हो मलाई खवर गर्नु । म पैसा पठाईदिन्छु । निरूलाई एस.एल.सी. जाँच नसकिएसम्म मेरो नयाँवजार घरमा राख्छु । एस.एल.सी. जाँचपछि घर पठाई दिन्छु । सविता पनि ममीको घरमा जाने ।”

मेरो कुरा सुनेर उनीहरू रुन थाले । मैले वास्ता गरिनँ । उनीहरू जति रोए पनि अब मेरो निर्णय परिवर्तन नहुने बताएँ । उनीहरूको चामल सकियो । अरूबेला चामल सकिने बित्तिक्कै एक बोरा चामल किनिदिन्थेँ । यो पटक पाँच किलो चामल मात्र किनि दिएँ । यसले गर्दा अब मैले उनीहरूलाई निकाल्ने नै भयो भन्ने लाग्यो होला । मैले उनीहरूलाई किन निकालेको भनेर कसैले सोध्यो भने के कारण बताउने ? केटाहरूसँग लागेर निकालेको भन्दा आफ्नै बेइज्जत हुने । बच्चाहरूको दिमाग त हो नि । उनीहरूले आपूm बच्नको लागि ममाथि दोष थोपर्ने सोचे होलान् । विरालोलाई कोठामा थुनेर पिट्नु हुँदैनथ्यो । मैले उनीहरूलाई निकाल्ने कुरा गर्दा उनीहरूको दिमागले आपूm बच्ने उपाय सोच्न थाले ।

त्यही बेला सविताले गोरखनाथ स्कूलमा मोबाइल चोरेछ । मास्टरहरूले केरकार गरेछ । मलाई भनेर होस्टेलबाट निकाल्न लगाउँछु भन्दा म त्यहाँ बस्न चाहन्न भनेछ । किन होस्टेलमा नबस्ने भनेर सोध्दा सरले यौन दुव्र्यवहार गर्छ भनिन् । 

गोरखनाथका एकजना मिसले भ्वाइस अफ चिल्ड्रेन नामको संस्थामा खवर गरेछ । होस्टेलमा रहेका अरू दुईजना केटीहरूलाई पनि संरक्षण दिन्छु भनेर फकाएछ । घर जाने मन नभएका केटीहरूलाई संरक्षण दिन्छु भनेपछि मेरो विरुद्ध उजुरी दिन तयार भएछन् । भ्वाइस अफ चिल्ड्रेन संस्था बकुलाले माछा ढुके जस्तै यस्तै कुरा खोजेर हिड्थ्यो । उसलाई ढुङ्गा खोज्दा देवता भेटे जस्तो भयो ।

मानिस कति स्वार्थी हुँदोरहेछ । आफ्नो स्वार्थ पूरा गर्न अर्काको ज्यान समेत लिन तयार हुन्छन् । उनीहरूले मेरो माया ममता सबै बिर्सिदिए । नेपालको कानूनले महिला तथा बालबालिकाहरूलाई यतिसम्म अधिकार दिएका छन कि उजुरीको भरमा प्रतिवादीलाई थुनछेक गरेर जेल चलान गर्दारहेछन् । त्यही कानूनले आज मलाई बन्दी बनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पेशीको कागज आएको छ । २०६७÷०८÷२६ गतेको पेशीको खवर आएको रहेछ । त्यो दिन जाहेरवालाहरू तथा मौकामा बुझिएका मानिसहरू र प्रतिवादीको साक्षी बकपत्र समेत हुने जानकारी गराइएको रहेछ । मैले कागजमा सही गरिदिएँ ।

पुनरावेदनमा पहिलो पेशी
२०६७/०७/२५ (११ नोवेम्बर २०१०) विहिबार ३६औँ दिन बिहिवार 

म घरबाट निस्केको आज पचास दिन भयो । चौध दिन हनुमान ढोका प्रहरी हिरासतमा बसेर आएँ । आज यहाँ आएको छतीस दिन भयो । आज म छुटूँला भन्ने सबैको आशा छ । म आज छुट्छु कि भनेर हिजो बेलुका ओम शान्ति हलमा मलाई मुरली पढ्न लगाइएको थियो । यहाँको परम्परा अनुसार छुटेर जानेले मुरली पढेर सुनाउने । अनि आफ्नो अनुभव सुनाउने । मैले मुरली पढेर सुनाएको थिएँ । पहिलोचोटि मुरली पढेको कस्तो होला भनेर मनमा पीर थियो । त्यसैले होशियारपूर्वक मुरली पढेँ । पढ्दै जाँदा मलाई डर लागेन । मेरो मनमा उत्साह बढ्यो । मुरली पढिसकेपछि साथीहरूले अनुभवीले जस्तै धेरै राम्रो पढ्नु भयो भने । अब मलाई अनुभव सुनाउन भन्नुभयो ।

मैले आफ्नो परिचय यसरी दिएँ— लौकिक रूपमा मेरो बुबा जगन्नाथ महर्जन, आमा श्रीकुमारी महर्जनको कान्छो छोरा म नजर राम महर्जन, घर पाँगा कीर्तिपुर । छोटकरीमा भन्ने हो भने म एकजना अभागी, असफल व्यक्ति हुँ । निरंकूश पञ्चायत व्यवस्थाको विरोधमा लागेका कारण २०३३ सालमा बी.ए. पास गरेर पनि ‘व्यवस्थाप्रति आस्था नभएको’ आरोपमा सरकारी नोकरी पाइनँ । वीरगञ्ज गएँ । धेरै दुःख कष्ट गरेर आफ्नै मेहेनत र पौरखले कोइला व्यापार गरेँ । पैसा कमाएँ । अरूलाई पनि कमाउन लगाएँ । पञ्चायती व्यवस्था विरुद्ध जिन्दगीभर लागेँ । पञ्चायत व्यवस्था ढल्यो पनि । बहुदलीय व्यवस्था आयो । नयाँ सरकार बन्यो । नयाँ आर्थिक नीति आयो । खुल्ला बजार अर्थनीति ल्यायो । जसले गर्दा नेपालको अर्थतन्त्र भारतको हातमा गयो । भारतबाट कोइला ल्याएर नेपालमा व्यापार गरिरहेको मेरो कोइला व्यापार बन्द भयो । भारतीयहरूस“ग प्रतिस्पर्धा गर्न नसकेर व्यापार छाड्नु प¥यो । व्यापार वन्द हुँदा लाखौं लाख घाटा भयो । फाईदाहुन्जेल पार्टनरहरूले आफ्नो हिस्सा लियो । घाटा हुँदा म एक्लैको थाप्लोमा राखेर भागे । त्यसपछि बारा जिल्लामा ईट्टाभट्टाको काम गरेँ । राजनैतिक कारण विपक्षीहरूले ईट्टाभट्टामा चीम्नि ढाल्ने, मिस्त्रीलाई अपहरण गरेर मलाई कामै गर्न दिएनन् । बाध्य भएर ईट्टाभट्टा बन्द गर्नुप¥यो । त्यसमा पनि घाटा भयो । त्यसपछि काठमाडौं आएँ । काठमाडौं आएर समाजसेवा गर्न थालेँ । जताततै मेरो प्रशंसा हुन थाल्यो । नेपाल भाषाको साप्ताहिक पत्रिका ‘ज्वजलपा’ निकालेँ । थोरै समयमा त्यसले पनि खूब चर्चा पायो । आज त्यही समाजसेवाका कारण म कारागार आउनु परेको छ । सायद शिव बाबाको यही इच्छा हो कि † अब म ब्रम्हचर्य नियममा बसेर शिव बाबाको ध्यान तथा सेवा गर्नेछु ।

अंग्रेजीमा एउटा उखान छ A rolling stone gathers no moss गुडिरहेको ढुंगामा लेउ लाग्दैन । हो म पनि गुडिरहेको ढुगा त हुँ नि । पाँगाबाट वीरगञ्ज गएँ । वीरगञ्जबाट कीर्तिपुर बस्न आएँ । त्यसैले मैले जिन्दगीमा असफलता बाहेक सफलता पाउन सकिन । 

म अभागी, कर्म खोटो मानिस पनि हूँ । मेरो मनले चाहेको कुरा कहिल्यै पूरा भएन । बालककालमा धेरै पढेर डाक्टर, इन्जिनियर बन्ने चाहना थियो । एक कक्षामा प्रथम भएर तीन कक्षामा गएँ । तीन कक्षाबाट पनि प्रथम भएर पाँच कक्षामा गएँ । पाँच कक्षामा पनि प्रथम भएर सात कक्षामा गएँ । जल विनायक स्कूलमा पढ्न सकियो । जनसेवा प्रौढ हाईस्कूलमा विहान कक्षा ८ मा भर्ना भएँ । विहानभरि पढेर दिनभरि यताउता घुम्न थालेँ । मेरो पढाई कमजोर भयो । आठ कक्षा पास गरेपछि मेरो पञ्चमामाले शान्ति निकुञ्ज हाईस्कूलमा कक्षा नौमा भर्ना गराई दिनुभयो । कक्षा नौ र दश त्यहिँ पढेँ । एल.एल.सी. जाँच दिने बेलामा मेरा साथीहरू ट्यूशन, कोचिंग पढ्न गए । मेरो सिकर्मी बुबाको एक्लो कमाईले परिवार धान्न मुस्किल थियो । पैसाको अभावमा मैले ट्युशन कोचिंग केही पनि राख्न सकेन । त्यसैले एस.एल.सी. तृतीय श्रेणीमा पास भएँ । बालक कालदेखि मेरो डाक्टर, इन्जिनियर बन्ने सपना सबै चकनाचूर भयो ।

जिन्दगीमा एउटी केटीसित ६ वर्षसम्म प्रेम गरेँ । त्यो प्रेम पनि सफल हुन सकेन । कहिल्यै नदेखेकी, नबोलेकी केटीसँग विवाह भयो । उनैलाई माया गरेँ । जीवन आनन्दले वितिरहेको थियो । ५५ वर्षको उमेरमा होसपासै नभइकन चिनी रोग लाग्यो । चिनी रोग लागेपछि मान्छेको यौनशक्ति क्षिण हुँदोरहेछ । मेरो यौन शक्ति समाप्त भयो । हामी लोग्ने स्वास्नीले यौनलाई मनोरञ्जनको साधन कहिल्यै बनाएका थिएनौँ । त्यसैले म नपुंसक भए पनि स्वास्नीको व्यवहारमा खासै अन्तर भएन । झन सहानुभूति पाएँ । म जस्तो नपुंसक भइसकेको मान्छेलाई जवर्जस्ती करणी उद्योगको अभियोग लगाएर आज जेल पठाइएको छ । कस्तो विडम्बना † अरूले भन्छन् खाएको विष पो लाग्छ नखाएको विष पनि लाग्छ र ? आज मलाई नखाएको विषले पोलिरहेको छ । पुरुषले आफ्नो पुरुषार्थ देखाउन भूmटो यौनशक्तिको वर्णन गर्छन् । यौनशक्ति नभएको पुरुषलाई ‘हिजडा’ भन्छन् । आज परिस्थितिले गर्दा मैले चिल्लाईचिल्लाई भन्नु परिरहेको छ ‘म हिजडा भइसकेको छु । मलाई डायबिटिज –२ भएको छ ।”

बाहिर महादेव मन्दिरको घण्टा बज्यो ट्वाङ्ग ट्वाङ्ग म जस्तै निन्द्रा नलागेको कोही उठेर आए होला । यो जेल हो । यहा“ भित्र बस्ने प्रत्येक मानिसको आ–आफ्नै पीडा छ । तर त्यो पीडा लुकाएर हाँस्न प्रयत्न गर्छन् । पीडा वोध त कहीँ न कहीँ अवश्य झल्किन्छ । कानूनको चक्करमा परेर कतिजनाको जीवन वर्वाद भइसकेको छ । साथी दिनेश कुमार बस्नेतकै कुरा गरूँ । उसको लेखा परीक्षण गर्ने एउटा कम्पनी छ । अर्को एकजना साथीसँग मिलेर लेखापरीक्षण गर्थे । उसको जन्म मकवानपुरको दामनमा भएको थियो । उसले सानेपामा घर पनि बनाई सकेको थियो । उसको स्वास्नी, दुई छोरा र एउटी छोरी थिए । उसले महिनाको एक देढ लाख रुपैयाँसम्म कमाउँथ्यो । उसको जीवन आनन्दले बितिरहेको थियो ।

एक विहान, उसको जीवनको कालो विहान । सँधैझै ऊ मर्निंग वाक गर्दै थियो । उसँग एक जना साथी पनि थियो । साथी भनेर पूरा मिल्ने साथी पनि होइन । विहान विहान घुम्न आएर मात्र चिनेको थियो । त्यतिकैमा उसको मोबाइलको घण्टी बज्यो । उताबाट उसको एकजना परिचित साथीको आवाज आयो, “एउटा नाक छ । लिने मान्छे छ ?”
“के को नाक गैंडाको सिंग खोइ मलाई त थाहा छैन । कोही किन्ने मान्छे मैले चिनेको पनि छैन ।”
“मगाउनुस्, मगाउनुस् म बेचिदिन्छु ।” सँगै हिंडिरहेको साथीले भन्यो, “आजकल सुन बेच्न समय लाग्ला । यो सिंग बेच्न समय लाग्दैन ।”

दिनेशले फोन गर्ने साथीलाई तुरुन्तै सिंग लिएर आउन भन्यो । उसको साथीले झोला लिएर आयो । उसले सामानै नहेरिकन साथीलाई झोला दियो । बीस मिनेट भित्रमा साथीले झोलामा दश लाख रुपैयाँ ल्याई दियो । दिनेशले त्यो पैसाको दश बित्तामध्ये एउटा बित्ताबाट २५ हजार झिकेर बाँकी रुपैयाँ सामानवाला साथीलाई दियो ।

त्यसको दुई वर्षपछि अचानक राति १२ बजे दिनेशको सानेपास्थित घरमा प्रहरीले छापा मारेर उसलाई गिरफ्तार ग¥यो । उसले बिक्री गरिदिएको गैंडाको खागवालालाई प्रहरीले समातेछ । उसले पोलेर दिनेशलाई गिरफ्तार गर्न आएका रहेछन । उसलाई चितवन वन कार्यालयमा लगेर केरकार ग¥यो । उसले सिङ्ग बेचे वापत २५ हजार लिएको स्वीकारेको रहेछ । उसलाई चितवन जेल पठाइयो । 

मुद्धा चलाइयो । उसलाई १२ वर्ष कैद हान्यो । लहरो तान्दा पहरो गर्जियो भनेझै १८ जनालाई गिरफ्तार ग¥यो । दिनेश जेल परेको सुनेर उसको आमाको हृदयाघातबाट निधन भयो । उसले जेलमै बसेर काजक्रिया ग¥यो । उसलाई बरोबर जेलमा भेट्न आइरहने उसको दाइ पनि अदालतले उसलाई १२ वर्ष कैद हानेको सुनेर हृदयाघात भई निधन भयो । उसको स्वास्नी पागल भइन् । यो सालको दशैँमा पालुङ् घर जाने भनेर गएकी उसको स्वास्नी वेपता भइन् । म¥यो कि बाँच्यो अहिलेसम्म थाहा भएन । ऊ जेलमा परेपछि सानेपाको उसको घर बाटो फराकिलो पार्ने भनेर विना मुआब्जा भत्काइ दियो । अहिले उसको १७ र १३ वर्षका छोराहरू र १५ वर्षकी छोरीमात्र घरमा छन । घर के भन्ने डेरामा बसिरहेका छन् । कस्तो बिचल्ली ? 

दिनेशलाई २०६३ सालको फागुणमा समातेर चितवन जेलमा २२ महिना राख्यो । त्यसपछि यहाँ ल्याएको पनि २२ महिना भइसक्यो । यहाँ आएपछि उसको १२ किलो तौल घट्यो रे ।

आज धुसिटोलका दाजुभाइहरूमा यज्ञराम दाइ पनि आउनुभयो । उहाँसँग कुराकानी भयो । यहाँसम्म आएर मलाई भेट्नु भनेको त उहाँले पनि मलाई निर्दोष ठान्नु नै हो । धुसिटोलमा के हल्ला छ भनेर सोधेँ ।
“के हल्ला हुने नि । तिम्रा शत्रुहरूले ठिक भयो भन्छन् । अरू सबैले चित्त दुखाएका छन् । आफ्नै बच्चाहरूलाई जस्तो माया गरिराखेको मानिसलाई पनि यस्तो आरोप लगाउन सकेका कस्ता नकच्चरी अधर्मी केटीहरू भनेर गाली गरेका छन् ।” यज्ञराम दाइले भन्नुभयो, “अबदेखि त्यस्ता खातेहरूको संगत नगर्नू ।”

“खोइ रामदाइ उनीहरूले आपूmखुशी गरेको त होइन कसैको वहकावमा आएर गरेको जस्तो लाग्छ ।”
“मुद्दा के भइरहेको छ ?”
“आज १७ नं.पुनरावेदनमा पेशी छ । तारिखमा छुट्न पनि सक्छु होला ।”
“छुटे राम्रो । घरमा आएर भेटूँला । ल अहिले म जान्छु है ?” यज्ञराम दाइ जान लाग्नुभयो ।
म उठ्नै पाएको थिएन । नीम्ता र सरिता आइपुगे । उनीहरूसँग पनि कुराकानी भयो ।

“डा.डंगोल आज कतार जाँदै छ । अरू बच्चाहरूको फीस तिर्नु प¥यो के गर्ने भन्दा नजरराम बाहिर ननिस्केसम्म एक पैसा खर्च गर्दिन । मेरो साथी त जेलमा परेको छ । अरू जेसुकै होस मलाई मतलव छैन भन्नुभयो ।” नीम्ताले भनिन् ।

“अब मंसीर २६ गते जिल्ला अदालतमा साक्षी वकपत्र हुन्छ । सरिता र अनिशालाई अदालतमा ल्याउने जिम्मा तिम्रो भयो ।” मैले नीम्तालाई भनेँ ।

“कस्तो लाजशर्म नभएका केटीहरू आफ्नो बाबुजस्तो मान्छेलाई पनि त्यस्तो आरोप लगाउने ? उनीहरूले गरेर अरूको भविष्य पनि चौपट हुने भयो ।” सरिताले भनिन् ।

उनीहरूसँग निकैबेर कुराकानी भयो । त्यहीबेला नेपालगञ्जको पशुपति दाइ आउनुभयो । म जेलमा परेको खवर कान्तिपुर पढेर थाहा पाएर भेट्न आएको भन्नुभयो । उहाँ आउनु भएपछि नीम्ता र सरिता गए ।
“आफ्नो पार्टीको प्रधानमन्त्री, आफ्नै पार्टीको गृहमन्त्री हुँदा पनि तपाईं जेलमा बस्नु परेको ? पार्टीले केही मद्दत गरेन ?” पशुपति दाइले सोध्नुभयो ।

“खोइ, यस्तो महिला सम्बन्धी मामिलामा पार्टीले हस्तक्षेप ग¥यो भने महिलावादीहरू पार्टीको विरोधमा उत्रन्छन् रे ।”

“यस्तो बुढो मान्छेलाई गलत आरोप लगाउँदा पनि पार्टी चूप लागेर बस्यो भने त्यो पार्टीको सदस्य हुनुको के औचित्य रह्यो । भ्वाइस अफ चिल्ड्रेन भनेको डलर खेती गर्ने संस्था हो । तपाईंलाई थुनाएपछि मुद्दा लड्न र बच्चाहरूलाई पाल्नको लागि भनेर डलर आउँछ ।”

“तपाईंलाई कसले भनेको ?”
“मेरो एकजना साथी यस्तै संस्थामा काम गरेर लखपति भइसक्यो । तपाईं पो फोकटिमा काम गर्नुहुन्छ । आजको जमानामा पनि केही नपाउने समाजसेवा कसले गर्छ ?”

 पशुपति दाइसँग कुरा गरेर भित्र आएँ । एकछिन पछि कीर्तिपुरको टिकाराम दाइ आउनु भयो । 

“तिमीलाई फसाइएको हो भनेर धेरैजनालाई विश्वास छ । अब कसरी निकाल्न सकिन्छ ?” टिकाराम दाइले चिन्तित हुँदै भन्नुभयो । 
“सबैले भन्छन् आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुनुहुन्छ । उनीहरूले चाहे त निकाल्न सकिहाल्छन् नि ? पार्टी केन्द्रिय कार्यालयमा गएर एकचोटि भन्न जानु प¥यो ।”

“मैले सुरेन्द्रलाई कतिचोटि भनिसकेँ । उहाँले वास्तै गर्नु भएन । यस्तो आपत परेको बेला पार्टीले वास्ता गरेन भने त्यो पार्टीमा लाग्नुको के औचित्य ? अझ कीर्तिपुरमा यतिसम्मको हल्ला छ कि संस्थाले पार्टीसँग सल्लाह गरेरै मुद्दा हालेको भन्यो रे ।” टिकाराम दाइले दुखेसो पोख्नुभयो, “यदि यो कुरा साँचो हो भने त खतरनाक कुरा भयो । पार्टीमा पूmट ल्याउन पनि भनेको हुनसक्छ ।”

“मैले पनि त्यसरी नै सुनेको छु । तर विश्वास लागेको छैन । पार्टीका मान्छे यतिसम्म तल गिर्न सक्ला र ? तपाईंहरू बाहिर हुनुहुन्छ । तपाईंहरूले नै पत्ता लगाउनु प¥यो सत्य के हो ?”

“हुन्छ । हामी प्रयास गरूँला । भरतदाइ पनि आउँछु भनेको थियो । आज धान काट्न जानु परेकोले आउन पाउनु भएन ।” टिकाराम दाइले भन्नुभयो, “धन्दा नमान । परिस्थितिले यहाँसम्म ल्याइ पु¥याइयो । यो पनि अनुभवकै रूपमा लिनु ।”

“हो टिकाराम दाइ, यो पनि अनुभव बटुल्ने थलो नै हो । यहाँ आएर को आफ्नो, को पराई भनेर थाहा पाएँ । कीर्तिपुरका एमाले साथीहरूमा मलाई भेट्न आउने पहिलो व्यक्तिनै तपाईं हुनुभयो । तपाईंहरूसँग भेटघाट गर्दा मेरो मन एकछिनको लागि भए पनि हलुका भयो । आज तपाईं आउनुभयो । म खुशी भएँ । आज १७ नं. पुनरावेदनमा मेरो पेशी छ । हेरूँ के हुन्छ ।”

म बाहिर यताउता घुमिरहेँ । यदुनाथजी सित भेट भयो ।
“केही खवर आयो कि ?” उहाँले सोध्नुभयो ।

“केही खवर आएको छैन ।” मैले भनेँ ।
“खवर आए पनि तपाईं आज जान पाउनु हुन्न । पुरावेदनबाट तारिखमा छाड्नु भन्ने आदेश जिल्ला अदालतलाई दिन्छ । तारेख दिन तपाईंलाई जिल्ला अदालत उपस्थित गराउनु भनेर कारागारमा पत्र पठाउँछ । तपाईंलाई जिल्ला अदालतमा हाजिर गराएपछि तारेख दिएर छाड्ने आदेश दिन्छ । अनि बल्ल तपाईं यहाँबाट जान पाउनु हुनेछ ।”

उहाँको कुरा सुनेर अदालतबाट जे फैसला भए पनि आज जान नपाउने पक्का भएपछि मन अलि हलुका भयो । तैपनि मन मानेन । ४ बज्यो । अब कुनै खवर आउँदैन । त्यसैले फोन गर्नु प¥यो भनेर गार्ड सहनाईके शिव बुढाथोकीलाई भनेँ । निरजको फोन नम्बर दिएर फोन गर्न लगाएँ । पुष्पराज भन्ने केटाले फोन ग¥यो । उसले मलाई बोलाएर भन्यो, “केटीले फोन उठाएछ । आज पेशी बहस भएन । पेशी स¥यो । अर्को शुक्रवार हुनेभयो ।”

यो कुरा सुनेर सूर्य अस्ताएपछि मुर्झाएको सूर्यमुखी पूmलझै भएँ म । तै मैले आज निस्कन नपाउने मनमा ठानी सकेको थिएँ । त्यसैले मलाई कुनै ठूलो आघात भएन ।

जेलमा मेरा मन मिल्ने साथीहरू, मेरा शुभचिन्तकहरू जो भेटे पनि केही खवर आयो कि भनेर सोध्थे । “अँ पेशी स¥यो रे । अब अर्को शुक्रवार हुने भयो ।”

“पेशी कसले सारेको ? विपक्षीले सार्नलाई त ११ बजेसम्ममा निवेदन दर्ता गराउनु पर्छ ।” 
“बहस गर्दा गर्दै भ्याएन कि ? नत्र त छोरा आएर भन्न आइहाल्छ ।” अर्कोले भन्यो ।
“ठीक छ । भोलि छोरा आइहाल्छ । अनि वास्तविक कुरो थाहा भइहाल्छ नि ।” मैले भनेँ ।

Thursday, June 18, 2020

कीर्तिपुरको कभर्ड हल कीर्तिपुरको शान कि घाँडो ?

कीर्तिपुरको कभर्ड हल कीर्तिपुरको शान कि घाँडो ?





—नजरराम महर्जन

कीर्तिपुर नगरपालिका वडा नं.१०स्थित नयाँबजारमा कीर्तिपुर प्रवेश गर्ने बितिक्कै कभर्ड हल देखिन्छ । जुन कभर्ड हलले १३ औं साग खेलकुदमा अन्तर्राष्ट्रिय खोखो खेल खेलाउने अवसर प्राप्त गरेको थियो । खेल प्रदर्शन भारतीय टेलिभिजन लगायत विश्वका धेरै टेलिभिजनले कीर्तिपुरको नाम लिई खेलकुद समाचार प्रशारण गरेका थिए । जसले गर्दा विश्वमा छरिएर रहेका कीर्तिपुरवासीले गर्वको अनुभव गरेका थिए ।

कीर्तिपुरको शानको रुपमा रहेको कीर्तिपुर कभर्ड हल १३ औं सागपछि खेलकुद संचालन भएको छैन । कभर्ड हललाई कीर्तिपुर नगरपालिकाले लकडाउनको अवस्थामा राहत सामाग्री संकलन गर्ने गोदाम घरको रुपमा प्रयोग गरिएको थियो । अहिले त्यही कभर्ड हलको पछाडि पट्टि फलामको शटर हालेर भाडामा दिन लागेको छ । जसले गर्दा दुई वर्ष पहिले मात्र बनाउन सम्पन्न भएको पेटी र रेलिंग हटाएर तरकारी बजार राख्न लगाउने नगरपालिकाको योजना रहेको छ । अहिले बन्न लागेको बेलामा विरोध सुरु भएको छ । तर नगरपालिकाले विरोधको वास्ता नगरी धमाधम पिलर राख्न थालेका छन । के यो जायज छ ? सुरुका दिनमा १० नं का वडाध्यक्ष अमन महर्जनसँग सोध्दा थाहा छैन भन्नुभयो । त्यस्तै कीर्तिपुर खेलकुद विकास समाजका अध्यक्ष प्रदिप महर्जनसंग सोध्दा पनि थाहा छैन भन्नुभयो । त्यसपछि नयाँबजा क्लब काअध्यक्ष ईश्वरमुनी बज्राचार्य संग सोध्दा बल्ल उहाँले कभर्ड हल संचालन गर्न खर्च निकाल्नको लागि नगरपालिकाले शटर बनाएर तरकारी बजारको लागि भाडामा दिन लागेको भन्ने जानकारी दिनुभयो । अनि कभर्ड हल संचालन कसले गर्छ भन्दा ईश्वरलाई थाहा छैन भन्नुभयो ।


यो जग्गा कीर्तिपुर नगरपालिकाको होइन । कीर्तिपुरका जनताले त्रि.वि.सँग खेलकुदको लागि आपसी समझदारीमा लिएको थियो । यहाँ बास्केटवल  कोर्ट बनाउँदा त्रि.वि.का क्याम्पसचिफ महेश दाहालले यो जग्गा त्रि.वि.कै हुनेछ । खेलकूद कोर्ट बनाएर खेल्न दिन्छौं । तर व्यापार गर्न पाइन्दैन । व्यक्तिगत प्रयोजनको लागि उपयोग गर्न पाउँदैन भन्नु भएको थियो । अब आएर कीर्तिपुर नगरपालिकाले नै शटर राखेर भाडामा दिई कमाउन थाल्यो भनेर त्रि.वि.ले फिर्ता माग्यो भने दिने कि  नदिने ? एकातिर त्रि.वि.ले पेट्रोल पम्प, बैंक, नर्सरी आदिलाई भाडामा दिएर व्यापार गरी रहेको छ भनेर हामी विरोध गर्ने अहिले हामीले नै व्यापार गर्ने ? यो गर्न हाम्रो नैतिकताले दिंदैन त्यसैले यो शटर बनाएर भाडामा दिने काम तुरुन्त बन्द गर्नुप¥यो।

कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा खेलकूद स्तम्भ अन्तरगत कीर्तिपुरमा हुने विभिन्न खेलकुदको समाचार प्रकाशित हुन्छ । दुई वर्ष पहिलेसम्म स्व.नविन महर्जनले खेलकुद स्तम्भ लेख्नु हुन्थ्यो भने उहाँको देहावशान पछि प्रदिप महर्जनले लगातार लेख्दै  आइरहनु भएको छ ।

त्यसकारण कीर्तिपुरको खेलकुद इतिहासको बारेमा मलाई पनि केही जानकारी छ ।  ऐतिहासिक नगर कीर्तिपुर खेलकूद कृयाकलापमा पहिलेदेखि नै राम्रो गतिविधिहरु गर्दै आएको र क्षमतावान खेलाडीहरु तयार गर्दै राष्ट्रलाई पनि खेलजगतबाट टेवा पु¥याउँदै आएकोमा दुईमत नहोला । तत्कालिन समयमा विशेष गरेर भलिवल, पूmटवल, टेबलटेनिश, एथलेटिक्स, चेस, ब्याडमिण्टन, मार्सल आर्टस, वास्केटवल जस्ता खेलहरुका प्रतिभावान खेलाडीहरु उत्पादन गरेको पाइन्छ । त्यतिबेला खेलकूद गतिविधि गर्न त्रिभुवन विश्वविद्यालयको भौतिक पूर्वाधारहरु प्रयोग गर्दै आएको थियो ।

त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षा परियोजना अन्तर्गत भौतिक संरचनाहरु निर्माण गर्दै जानेक्रममा त्यहाँ भएको खेलकूदका पूर्वाधारहरु मासिंदै गए भने त्रि.बि.मा भएको फुटवल मैदान अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनायो । त्यहाँ फुटवल खेल्न दिइएन । फलस्वरुप कीर्तिपुरमा खेलकूद गतिविधिहरु विशेष
गरी फुटवल, वास्केटवल, टेवल टेनिस, ब्याडमिन्टनका गतिविधिहरु शुन्य अवस्थामा झ¥यो । कीर्तिपुरको अहिलेको मैदान पहिले बस स्टपको रुपमा संचालन गर्दै आएको ठाउँ हो । वि.सं.२०६१ सालमा कीर्तिपुरको समग्र खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले कीर्तिपुर खेलकूद विकास समाजको स्थापना भयो । जसको अध्यक्ष प्रदिप महर्जन र महासचिवमा स्व.नविन महर्जन हुनुहुन्थ्यो । यो समाजले प्रतियोगिता र पूर्वाधार तयार  गर्ने दुईटा काममा जोड दिएको थियो । पूर्वाधार निर्माणका लागि त्रि.वि.ले वसपार्क भनि छाडेको र नयाँबजार क्लबले गाडेको वास्केटवल पोल भएतिर नै कीर्तिपुर सामुदायिक वास्केटवल कोर्ट एवं खेल मैदान निर्माण गर्न २०६५ साल जेठ ३ गते कीर्तिपुरका खेलाडी, खेलप्रेमी बुद्धिजिवीहरुको उपस्थितिमा निर्णय गरी खेलकूद विकास समाज अगाडी बढेको थियो ।

सो जग्गा त्रि.वि.को भएको कारण पहिले नयाँबजार क्लबले वास्केटवल कोर्ट बनाउन पोल गाड्दा त्रि.वि.ले रोकेको थियो । त्यसैले खेलकूद समाजले कीर्तिपुरका राजनीतिक दलहरुसँग सहकार्य गरी एक दवाव समूह बनाएको थियो । पछि यसै समूहलाई नै नगरस्तरीय खेलकूद मैदान उपभोक्ता समिति गठन गरी काम अगाडि बढायो । यसको लागि कीर्तिपुर नगरपालिका लगायत यहाँका खेलप्रेमी, खेलाडीहरुको आर्थिक सहयोगको कार्य थालनी गरेको थियो । यस अभियान अनुसार कीर्तिपुरको खेलाडी तथा खेलप्रेमीहरुबाट कूल १५ लाख जति आर्थिक सहयोग प्राप्त भएको थियो । कीर्तिपुर नगरपालिकाबाट रु.१० लाख र मैदान सम्याउन डोजर सहयोग प्राप्त भएको थियो ।

२०६६ सालको सुरुवाती समयदेखि नै कोर्ट तथा खेल मैदान निर्माण थालेको थियो । यस वीचमा पनि त्रि.वि.ले भौतिक निर्माण कार्य रोक्न पटक पटक पत्रहरु पठाए पनि वास्ता नगरी एक वर्षभित्र वास्केटवल कोर्ट जनसहभागितामा निर्माण सम्पन्न भयो । त्यसपछि फुटवल मैदान निर्माणका लागि पनि राष्ट्रिय खेलकूद परिषद, जिल्ला खेलकूद विकास समिति मार्फत २०६७÷०६८ साल र पटक पटक गरी १० लाख रुपैया अनुदान प्राप्त भई हालको स्थितिसम्म ल्याउन सफल भएको थियो । त्यहीबेला त्रि.वि.ले अस्पताल निर्माण गर्न सर्भे गर्न पठाएको थियो । स्व.नविन महर्जनको अगुवाईमा सर्भे टोलीलाई भगाएको थियो ।

कीर्तिपुर खेलकूद विकास समाजको लक्ष वास्केटवल कोर्टलाई कभर्डहलमा परिणत गर्ने थियो । जसअनुसार विभिन्न समयमा विभिन्न ठाउँमा पत्र व्यवहार  एवं योजना पेश गर्ने कार्य जारी थियो । संयोगको
कुरा २०७४ सालमा कीर्तिपुर क्षेत्रका सांसद राजेन्द्र के.सी. खेलकूद मन्त्री भएको बेला कीर्तिपुरमा कभर्ड हल बनाउन प्रश्ताव राख्दा उहाँले स्वीकार गर्नु भै आ.व.२०७४/०७५मा २ करोड विनियोजन गर्नु भएको थियो । यसको आधारमा कभर्ड हल निर्माण गर्न असार मसान्त भित्र माटो परीक्षण, नक्सा निर्माण र टेण्डर आह्वान बाहेक अरु काम गर्न भ्याइएन र बाँकी पैसा फ्रिज भयो ।

त्यसपछि पुनः ई.राजु श्रेष्ठको पहलमा सो हल निर्माणको लागि रु.५० लाख विनियोजन भएकोबाट काम सुरु भैरहेको थियो । झण्डै ८÷९ महिना काम रोकेर पुनः सुरु भैरहेको अवस्थामा १३ औं दक्षिण एशियाली खेलको लहर चलिरहेको अवस्थामा कीर्तिपुरमा पनि एउटा खेलको भेन्यू राख्ने निर्णय भएपछि राखेप सदस्य सचिव रमेश सिलवालको पहलबाट निरन्तर बजेट विनियोजन भए पछि २०७६ मंसिर पहिलो साता कीर्तिपुरको पहिलो कभर्ड हलको निर्माण सम्पन्न भयो । त्यसपछि कीर्तिपुरमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता सम्पन्न भयो ।

यसरी दुःख गरेर कभर्डहल निर्माण गर्नु भएका समाजका अध्यक्ष प्रदिप महर्जनसँग यो शटर बनाउन एकचोटि पनि सोधेन । अलिकति खाली ठाउँमा बगैंचा बनाएर या रुख रोपेर हरियाली बनाउनु पर्ने उहाँको
धारणा रहेको छ ।
        समाप्त

विदेशमा विभिन्न पेशामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid -19 को अनुभव —७


विदेशमा विभिन्न पेशामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid -19 को अनुभव —७



प्रस्तोता ः नारायण महर्जन
नयाँबजार, कीर्तिपुर

पुनश्चः अघिल्ला अंकमा प्रकाशित महानुभावहरु र यो अंकमा प्रकाशित महानुभावहरु साथै पछिल्लो अंकमा प्रकाशित हुने महानुभावहरु नयाँबजार क्लबबाट संचालित कीर्तिपुर एम्वुलेन्सलाई (Ambulence) निरन्तरता दिन नयाँ सवारी साधन व्यवस्थापनको क्रममा सहयोग गर्ने सहयोगी तथा शुभचिन्तकहरु हुनुहुन्छ । सहयोगी, शुभचिन्तक र कीर्तिपुरीयनको नाताले विश्वभर Covid-19 ले मानिसहरुको जनजीवन थिलथिलो पारेको अवस्थामा उहाँहरुबाट आफु बसाईसरेको ठाउँको स्थिति जानकारी राख्ने तथा उहाँहरुको अनुभव, वस्तुस्थिति र उहाँहरुको छोटो परिचय समेत समावेश गरी धेरैजसोले अंग्रेजी माध्यमबाट लेखी पठाउनु भएका र उहाँहरुसंग भएको भला कुसारीको विषयवस्तुको मूलभाव  कायम रहने गरीे यो आलेख तयार पारीएको हो ।
कीर्तिपुरबाट सन् २००८ मा  America जानु भएका बुद्धरत्न महर्जनको भोगाइः





बुद्धरत्न महर्जन
कीर्तिपुर नगरपालिका—२ गःसी टोल निवासी बुद्धरत्न महर्जन बिदेश प्रस्थान गर्नु अघि नेपालमा Ptan Multiple College  र Asian Intl'l college  मा अध्यापन गर्नुहुन्थ्यो । उहाँ परिवार सहित America को 933 Sugarbush Tri Lexington Kentuky 40509  मा बसोबास गर्दै आइरहनु भएको छ । हाल उहाँ Kentuky  को Humana कम्पनीेमा Data Analyst  पदमा कायर्रत हुनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः April 21 मा पठाउनु भएको पत्रको आधारमा  पहिलो कोभिड केस Kentuky मा मार्च १३ शुक्रबार फेला प¥यो । यो बिरामी अर्को काउन्टी County  भनेको हाम्रो जिल्ला भने जस्तै हो)  का थिए जो उनको उपचारका लागि बेलायत आएका थिए । बेलायतको अस्पताल हाम्रो काउन्टीमा छ । यो केन्टकी
राज्यमा पहिलो केस हो । केन्टकी राज्यको गभर्नरले मार्च, १६देखि सामाजिक दुरीको साथ स्कुल, खेलकुद, क्लब, गैर किराना पसल र रेस्टुरेन्ट आदि क्षेत्रलाई सटडाउन घोषणा गरेको छ ।  तर कुनै बन्दाबन्दी गरेको छैन । यो कार्य गरेर गभर्नरले भाइरस फैलिनबाट रोक्न एउटा ठूलो कदम चालेको हो । कोभिड–१९ आज सम्म ३०५० मा संक्रमण र मृत्युको संख्या १५४ मात्र केन्टुकीमा भएको छ । पहिलो Positive बिरामी दुई हप्ता उपचार पछि निको भएर गयो। अमेरिकीहरू कोरोना भाइरससँग
डराउँदैनन् ।

 (Governer) राज्यपालले पनि सामाजिक दुरी राख्न र घरमै बस्न आग्रह गरेको छ । तर पनि मानिसहरू बाहिर छन् र सामाजिक दुरीमा नबसेको देखिन्छ । सबै व्यवसायहरु बन्द छैनन् त्यसैले मानिसहरू काममा जानु पर्छ । अधिकांशतः एशियाली मानिसहरू, रोजगारको डाटाका अनुसार घरमै बसिरहेका छन् । यहाँका मानिसहरु सामाजिक
दुरीमा नबसेको र यहाँ बन्दाबन्दी नगरेको र कुनै पनि व्यवसायीक संगठन बन्द नगरेको कारणबाट आज संक्रमण ३०५० जना पुगेको हो । गत आइतवार, सबै साना व्यवसाय गर्ने मानिसहरु र गैर स्टोर मालिकहरू “घर बस्न घोषणा“ को बिरोध जनाउन राज्यपालको निवास, राजधानीमा गए । उनीहरूको माग सबै व्यवसाय पुनः खोल्नु पर्छ भन्नेहो । 

राष्ट्रपतिले  व्यवसायहरु पुनः खोल्न घोषणा गरे अनुसार हाम्रो कम्पनी Humanaले सबै कामदारलाई कार्यालयमा पुनः काम गराउन सुरक्षाका आवश्यक चीजहरू पनि तयार गरिरहेको छ। वास्तवमा हामी घरबाट काम गर्दैछौं । तर अर्कोतर्फ पब्लिक स्कुल सुपरिटेन्डेन्टले आज घोषणा ग¥यो कि स्कूल यस वर्षको लागि पुनः सुचारू गर्न सकिदैन । सबै कक्षा अनलाइन बाट हुनेछ । मास्क, ह्यान्ड सेनिटाइजर, वाइपहरु अझै बजारमा उपलब्ध छैन । मैले एक महिनाभन्दा बढी पर्खिएपछि अनलाइनबाट अर्डर गर्ने मौका पाएँ तर ती सबै अर्डरहरू उपलब्ध नभएको
कारणले फेरि अर्डर गरियो ।  दुई महिना भन्दा बढी पर्खिए पछि भाग्यवश आज पाएँ । हामी महिनामा एकपटक किराना पसलमा जान्छौं ।

अप्रिल २६, २०२०, ७ः३० अपराह्न, हामीहरुले किराना पसलबाट सामान खरिद गरेर ल्याएँ र ती खाद्य समाग्रीहरू  ग्यारेज भित्र राख्यौं र खाद्य पदार्थहरूजस्तै फलफूल, तरकारीहरू, दूध ग्यालन, अण्डा, मासु प्याकेट आदि सफावा साबुनको पानीले सफा ग¥यौ । त्यस पछि मात्र हामी फ्रिजमा राख्दछौं । हामी किराना पसलबाट फर्केपछि नुहाउने गर्छौं । 

धेरैजसो समय हामी घरमै बस्छौं। हामी प्रत्येक बिहान परिवारको साथ कम्तिमा एक घण्टा व्यायाम गर्दैछौं, कागती सहितको तातो पानी प्रतिदिन पिउँछौं, प्रायस हामी भिटामिन सी भएको फलफुल खाइरहेका हुन्छौं र मौसम राम्रो छ भने हाम्रो परिवार मात्र मिलेर घर पछाडि खेल्छौं ।
सुझावहरूः C D C ले दिएको दिशा निर्देशहरू अनुसरण गर्नु सवैभन्दा राम्रो अभ्यास हुनेछ । जस्तो  १. प्रायस घरमा बस्नुहोस् र आवश्यक भएमा मात्र बाहिर जानुहोस् । उदाहरणको लागि, जब किराना पसलमा किन्न जानु परेमा, सामाजिक दुरी कायम गरी कम्तिमा एक हप्ताको लागि अझ यदि सम्भव भए २ हप्ता वा सो भन्दा बढीको लागी सामानहरु किन्नुहोस् । २. सामाजिक दुरीमा  रहनुहोस्, बारम्बार हात धुनुहोस् । तपाईं बाहिर जानुहुँदा मात्र ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस् ।  ३. दीर्घ
बिरामीले विशेष मास्क लगाउनुहोस् । ४. मौसम राम्रो वा घाम लागेको बेला घाम ताप्न र ताजा हावा लिन कौसी वा आफ्नो कम्पाउण्ड भित्र गतिविधिहरू जस्तै चित्रकला, कोठाको सजावट, पारिवारीक रमाईलो, केहि रचनात्मक कार्यहरू आदि गर्नुहोस् । २. यदि तपाईले यस महामारीको बखत कसैलाई सम्पर्क गर्न चाहानु भयो भने भिडियो कल मार्फत उनीहरूलाई सम्पर्क गर्नु राम्रो हुन्छ ।

कीर्तिपुरबाट सन् २००२ मा Netherland (Holland) जानुभएका पूर्ण चन्द्र महर्जनको भोगाइः





पूर्ण चन्द्र महर्जन
कीर्तिपुर न. पा. ६– पाण्डे छाप (क्वाःर),कीर्तिपुर निवासी पूर्ण चन्द्र महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा कलेज विद्यार्थी हुनहुन्थ्यो ।उहाँ परिवार सहित  Amsterdam, Netherland  मा बसोबास गर्नुहुन्छ । हाल उहाँ Amsterdam को L & M Education designing Company  मा Graphic designer  को रुपमा कायर्रत हुनुहुन्छ ।

Covid-19  विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः Jun 5  मा भएको भला कुसारीको आधारमा )

कोभिड –१९ चीनमा शुरु हुँदा खासै रुपमा यहाँ यस वारेमा कुनै चासो लिएको देखिएन । युरोपमा फैलिदा, यहाँ पूर्व तयारी नभएको कारणले गर्दा ठुलै संत्रासमा रहनु प¥यो । शुरु शुरुमा हामीहरु पनि घरबाट ननिस्किकन
बस्यौं । यहाँको सरकारले नागरिकहरु लाई कोभिडबारे सचेत गर्ने कार्य लगातार गर्दै गएपछि खासै पछि पछि डर लागेन र त्रासमा बस्नु परेन । यो रोगबारे सचेत भइयो । 

यो Democratic country  हो यहाँ पूर्ण रुपमा लकडाउन गर्न मिल्दैन भनेर यहाँको सरकारले मार्च १४ देखि भद्र लकडाउन घोषणा गरेको थियो । तर यहाँ पूर्ण रुपमा लकडाउन गरेनन्  मात्र  Intelligent Lockdown गरेर नै यहाँ सामान्य स्थिति कायम गर्न सके  । Intelligent Lockdown  भन्नाले कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले तयार गरेको नीति नियम पूर्णमा पालना गरेर घरबाट बाहिर जान पाउने व्यवस्था हो । जस्तैः अति आवश्यक भएमा मात्र घरबाट बाहिर निस्कने, भौतिक दुरी १.५ मीटर रहेर हिड्नु पर्ने, मानिसहरु हुलमुल गर्न नपाउने आदि । सरकारले बनाएको नीति नियम  यदि सम्पुर्ण नागरिकहरुले पालना गर्छ गर्दैन ३ हप्ता सम्म हेर्र्ने, अनुशासित भएर पालना भएमा पूर्ण लकडाउन नगर्ने अग्रिम घोषणा गरिएको थियो ।  नीति नियम पालना नगरेमा सरकारबाट प्रति व्यक्ति ३८० युरो जरिवाना तिराउने निर्णय गरेको थियो ।

यस अवस्थामा पनि रेल, सार्वजनिक बस, ठुला ठुला पसल संचालनमा थियो । तर ती यातयात अति आवश्यक मानिसहरुले मात्र प्रयोग गर्थे । तर शुरु शुरुको दिन देखि नै धेरै मानिस जम्मा हुने ठाउँ विद्यालय, कलेज उद्योग, कम्पनी, रेस्टुरेन्ट, फिल्म हल, अफिस खेल्ने ठाउँ, जीम हल आदि आफसे आफ संत्रासको कारणबाट बन्द भयो । यहाँ अप्रिलमा कोरोना संक्रमण उच्च तहमा पुगेको थियो । अहिले सामान्य अवस्थामा आइसेकेको छ । यहाँ सम्पूर्ण कलेज, स्कुल, अफिस, बस, रेल आदि संचालनमा आइसकेका छन् । यहाँको जनजीवन सामान्य भइसक्यो । यहाँ जुनबेला व्यापक संक्रमण भयो उक्त समयमा अस्पतालमा विरामी राख्ने ठाउँ सम्मको अभाव भएको थियो । 

जुनबेला संक्रमण उच्च बिन्दुमा थियो त्यतिबेला संक्रमित मानिसहरु ४७,१५० जना, मृत्यु भएका मानिसहरु ६००३ जना थियो । रोगसंग लड्न सक्ने क्षमताले गर्दा होला, सुरुसुरुमा बालबालिका युवाहरुमा खासै संक्रमण देखिएको थिएन । बृद्धहरुमा मात्र संक्रमण देखिएको थियो । जब यो रोग व्यापक रुपमा फैलिन थाल्यो त्यतिबेला उपचारको क्रममा सरकारले वालवालिकालाई पहिलो प्राथमिकता, त्यसपछि युवा तथा युवतिहरुलाई दोश्रो र बुढाबुढीहरुलाई अन्तिम प्राथमिकता दिएको थियो । 

अस्पतालमा बिरामीको चाप धेरै भएको समयमा बुढाबुढीहरु लाई अस्पतालमा नआइ घरमा बसेर उपचार गर्न सम्म भनिएको थियो । त्यसकारण ७० बर्ष भन्दा बढी उमेरका मानिसहरु  धेरै मृत्यु भएको हो । सरकारले नागरिकहरुलाई प्रदान गरिएको सुविधाको कुरा गर्नु पर्दा यहाँ कामबाट हटेकाहरुलाई सरकारबाट ९० प्रतिशत र कम्पनीबाट १० प्रतिशत पारिश्रमिक बेहोरिएको थियो ।  सुरु सुरुमा यहाँ पनि स्वास्थ्यकर्मीहरु चाहिने सामाग्रीहरु अभाव भएको थियो । तसर्थ यहाँ ८ जना भन्दा बढी डाक्टर र नर्सहरु मृत्यु भएको सुन्नमा पाइन्छ । कोभिड–१९ उपचारका रहेका स्वास्थ्यकर्मी हरुलाई थप पारिश्रमिक प्रदान गरिएको थियो ।

कीर्तिपुरका साथीभाईहरुलाई सरकारबाट बनाएको नियमहरु पालना गर्न अनुरोध गर्दछु । यो रोगबाट बच्न हामी आफै सचेत हुनुपर्छ र यो रोगबाट डराउनु पर्दैन तर सतर्क रहनुपर्छ भन्न चाहान्छु ।

कीर्तिपुरबाट सन् २०१२ मा Canada जानु भएकी बैजयन्ती नकर्मीको भोगाइः

बैजयन्ती नकर्मी
कीर्तिपुर नगरपालिका–९ नयाँबजारमा माइती भएकी बैजयन्ती नकर्मी बिदेश प्रस्थान गर्नु अघि नेपालमा Kathmandu Medical College  मा काम गर्नुहुन्थ्यो । उहाँ परिवार सहित क्यानाडाको Calgary, Alberta मा बसोबास गर्दै आइरहनु भएको छ । हाल उहाँ क्यानाडामा House wige को रुपमा हुनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिएपछि त्यहाँको अवस्था वा ब्यतिmगत अनुभवः May 22 मा पठाउनु भएको पत्रको आधारमा )
कोरोना भाइरसले गर्दा संसारका सवै मानिसहरुको जीवन अनिश्चित भयो । हामी मार्च २०२० को मध्यदेखि नै घरमा बसिरहेका छौं। बच्चाहरुको स्कूल बन्द भएर अनलाईन कक्षा भइरहेको छ ।  अति आवश्यकमा नपरेका व्यवसायहरू सबै बन्द छन् । अरु  ठाउँको मलाई थाहा छैन, तर Calgary मा नयाँ सुरक्षा उपायका साथ मे महिनाबाट पहिलो चरणमा बन्द भएका खोल्ने शुरूवाट भयो, जस्मा धेरै जसो राष्ट्रिय निकुञ्जहरू, संग्रहालयहरू, चिडियाखानाहरू पर्दछन्  ।

संत्रासले गर्दा बाहिर कतै नगइकन सम्पूर्ण परिवार घरमा नै बस्दै आएका छौं । यहाँ हामी सम्पूर्ण परिवार कोभिडबाट सुरक्षित नै छौ ।
यी मेरा सुझावहरू एक साधारण नागरिकको रूपमा हो । जुन चिकित्सा विशेषज्ञको रूपमा हैन । यदि अति नै आवश्यक छैन भने कृपया घरबाट बाहिर नजानुहोस् । जब तपाईं बाहिर हिड्नु नै पर्ने हुन्छ भने २ मिटर दुरी कायम गरी जानुहोस् । २० सेकेन्ड सम्म साबुनले राम्रोसंग हात
धुनुहोस् । जुत्ता बाहिर फुकालेर घरमा जानुहोस् । घर फर्केपछि कपडा परिवर्तन गर्नुहोस् ।

यदि Covid-19 कुनै लक्षण छ भने तुरुन्तै आफु स्वयम नै Isolation मा बस्नुहोस् साथसाथै तुरुन्तै कोरोना मेडिकल सेन्टरमा जानुहोस्। कडाईका साथ सरकारी नियम र कानूनको पालना गर्नुहोस् । यसलाई सजिलै नलिनुहोस् (केही होइन भनि नठान्नुहोस्) । सबै सुरक्षित रहनुहोस्, धन्यवाद ।
समाप्त

Thursday, June 11, 2020

नखाएको विष— थुनुवाको डायरी—११

नखाएको विष— थुनुवाको डायरी—११



नजरराम महर्जन २०६७/०७/२१ (७ नोवेम्बर २०१०) आइतवार—३२औँ दिन

आज भाइटिकाको दिन । दशैँमा जस्तै बाहिर चउरमा राखेर टिका लगाउन दिएका छन् । दिदी बहिनी हुनेहरू दाइ–भाइलाई टिका लगाउन आइरहेका थिए ।

१२ बजेदेखि मेरो प्रतीक्षाको घडी सुरु भयो । माइकबाट मेरो नाम बोलाउँछ कि भनेर अस्पतालको आँगनमा बसेर साथीहरूसँग गफ गरिरहेँ । दिनेश बस्नेत पनि म जस्तै छटपटाइरहेको छ । उसको छोराहरू आउँछु भनेको थियो । आएन भनेर दुखेसो पोख्यो ।

१ बज्यो । तैपनि हाम्रो नाम बोलाएन । एकछिन पछि थाहा पाएँ । आज केटाहरूलाई भेटघाटमा पठाएको छैन । यो सुनेर दिनेश आफ्नो बाटो लाग्यो । मेरो त श्रीमती आउँछु भनेकी थिइन् । छोरालाई नपठाए पनि श्रीमतीलाई त पठाउँछ होला भनेर मेरो नामको बोलाहट हुने प्रतीक्षामा थिएँ । बाह्रबिसेका नरवहादुर दाइ माला लगाएर आउनुभयो । उहाँसँग गफ भयो । उहाँको दिदी आउनु भएको रहेछ । बहिनी पनि बाहिर लाइनमा छिन् । बाहिर लाइन धेरै लामो छ । चाइना टाउन मार्केटसम्म छ रे । त्यसैले आउन अलि ढिला हुन्छ भन्यो । एकछिन पछि नै उहाँको नाम बोलाइयो । उहाँ बहिनी आइ होली भनेर जानुभयो । मलाई साह्रै नरमाइलो लाग्यो । भोक पनि लागेको जस्तो भयो । आज घरबाट तरकारी ल्याएन भने के खाने ? होटलमा के पकाएको छ हेर्न गएँ । मिठाई र दही बाहेक केही पनि पकाएको थिएन । बिना चिनीको दूध चिया एक कप पिएँ । त्यही बेला राजकुमार आयो । उसले मलाई भन्यो, “बुबा तपाईंको छोरा आउनु भएको रहेछ । यता पठाएन त्यसैले मेरो श्रीमतीलाई दिएर ल्यायो । भान्सा कोठाको दराजमा टिफिन क्यारियर राखेको छु । लिनु होला ।’

मेरो प्रतीक्षाको घडी समाप्त भयो । श्रीमती, छोरा र म बाहिरसँगै बसेर खाने मेरो इच्छा र आकांक्षा वालुवामा बनाएको घरझै भताभुंग भयो । 

२०६७/०७/२२ (८ नोवेम्बर २०१०) सोमवार—३३औँ दिन

ओम शान्तिबाट आएर डायरी लेख्न थालेँ । कार्तिक २५ गते पुनरावेदनमा मेरो पेशी छ । वकिल मदन रेग्मी र छोराले म धरौटीमा छुट्न सक्छ भनेका थिए । त्यसबेलादेखि मेरो मन गोलमाल भयो । यहाँ धेरैजनाले पुनरावेदनले जिल्लाको फैसलालाई नै सदर गर्छ भन्थे । कोही कोहीले मात्र धरोटीमा छुट्न सक्छ भन्थे । के हुने हो त्यो भविष्यले बताउनेछ ।
     आज बाबुराम दाइ भेट्न आउनु भयो भेट्ने बितिक्कै उहाँले भन्नुभयो, “काठमाडौंमा काम भएर आएको थिएँ । तपाईलाई एकचोटि भेटेर जाउँ भनेर आएको । परिवन्दले गर्दा तपाईं यहाँ आउनु प¥यो । मन दह्रो बनाउनुहोस् । अबको पेशीमा तपाई बाहिर निस्कन पाउनुहुन्छ ।” 

उहाँसँग निकैबेर कुराकानी भयो । उहाँले एक झोला केरा ल्याउनु भएको थियो । मैले केरा खानु हुँदैन । अरूलाई खुवाउन किन लिने भनेर फिर्ता पठाई दिएँ । आज नेवारहरूको भाइटिकाको दिन हो । अरूहरूले हिजो भाइटिका मनाइसकेका थिए । हिजो मलाई भाइटिका गर्न कोही आउनु भएन । आज पनि खोइ कोही पनि आउनुभएको छैन । मलाई साह्रै नियास्रो लाग्यो । म कोठामा आउँदा बाटोमा नरवहादुर दाइसित भेट भयो । मेरो निधार खाली देखेर उहाँले सोध्नुभयो, “भेटघाटमा आएनन् ?”

उहाँको आश्रय बुझेर मैले भनेँ, “साढुदाइ आउनुभएको ।”

“तपाईको दिदी बहिनीहरू छैनन् ?” उहाँले उत्सुक भएर सोध्नुभयो ।

“दुईजना दिदीहरू र एउटी बहिनी छन् । ठूली दिदी हेटौंडामा हुनुहुन्छ । उहाँ आउनुहुन्न । माइली दिदी र बहिनी आउन सक्छन् ।”

यति भनी कोठामा आएँ । मेरो मन गोलमाल भयो । बहिनी आउँछ कि आउँदैन के थाहा ? उहाँहरू कोही नआए पनि छोरा त आउनु पर्ने । आज कोही आएन भने यहाँ मेरो इज्जत जानेछ । साथीहरूको अगाडि के मुख देखाउँ ? यस्तै सोचेर कोठामा बसिरहेको थिएँ । 
      माइकबाट मेरो नाम बोलायो । मेरो मन ढुक्क भयो । अहिले त पक्का पनि छोरा या दिदी–बहिनी आएको हुनुपर्छ भनेर ढोकामा गएँ । ढोकामा पुगेर बाहिर हेरेको त साँच्चीकै दुर्कुमारी दिदी र बहिनी कमलालाई देखेँ र भान्जा सुनिल पनि आएका रहेछन् । उनीहरू तीनैजनालाई स्टाफ भेटघाट गर्ने ठाउँमा पठायो । मलाई एउटा कार्ड भिडाएर त्यहाँ पठायो । मेरो बायाँ दिदी र दायाँ बहिनी बसिन् । कुराकानी गर्दै पूजाको सामान मिलाउन लागे । पानी छैन । दिलेशलाई लिन पठाएको छु बहिनीले भनिन् तैपनि पानी ल्याउन दिन्छ कि दिंदैन भनेर मैले भित्रबाट एक बोटल पानी किनेँ ।

मेरो अगाडि दिदी र बहिनी बसेर नेवाः परम्परा अनुसार भाइटिका गर्नुभयो । दिदीले दही सगून दिनुभयो । बहिनीले फलपूmल थाली दिइन् । दिदीले अण्डा, मासु र माछा अनि दूध एक गिलास दिएर सगून दिनुभयो । मैले भित्रबाट दुधवाला चिया चारकप मगाएँ । चारैजनालाई अण्डा सहित दिएँ । खानपिन गर्दै हामी गफ गर्न थाल्यौं ।

“अस्ति हनुमान ढोकामा हुँदाभन्दा अहिले यहाँ राम्रो र मोटो देखिन्छ ।” दिदीले भन्नुभयो ।

“त्यहाँ र यहाँ नर्क र स्वर्गजस्तै फरक छ । त्यहाँ सुत्नै पाउँदैनथ्यो । उडुसको डुंगुरमा बस्नुपथ्र्यो । यहाँ त्यस्तो छैन ।” मैले भनेँ ।

“तिमी जेल परेर चिन्ताले कति रात सुतिनँ, विरामी नै भएँ । सुनिलले हनुमान ढोकामा भेटाउन लगेपछि बल्ल मन राखेँ । जे भए पनि पीर नलिनु । तिमीलाई भूmटो आरोप लगाएको छ भन्ने हामीलाई विश्वास छ ।”

“तपाईंलाई तपाईंकै पार्टीका साथीहरूले फसाएको भन्ने हल्ला छ । तपाईलाई पार्टीका साथीहरूले भेट्न आएका छन् ?” बहिनीले सोधिन् ।

“पार्टीगत रूपमा कीर्तिपुरका कोही पनि साथीहरूले भेट्न आएका छैनन् । बरु बारा, पर्साका एमाले नेता तथा कार्यकर्ताहरूले भेट्न आएका छन् ।”

“मामाघरबाट कोही भेट्न आएका छन् ?”

“बुद्धिबहादुर दाइ बाहेक कोही पनि आएका छैनन् ।”

“हाम्रा धुसिटोलका दाजुभाइहरू आएका छन् ?” 

“धुसिटोलका दाजुभाइहरू पनि आएका छन् । म जेलमा परेकोले हाम्रा दाजुभाइहरूले यसपाली दशैँमा सिखाः भू नै गर्नु भएन रे ।”

“अलि ढिलो चाँडो तिमी निस्किहाल्छौं । धन्दा नमान राम्ररी खानपिन गर । आफ्नो स्वास्थ्यको ख्याल राख्नु ।” दुर्कुमारी दिदीले भन्नुभयो ।

त्यतिकैमा समय सकियो भनेर हामीलाई उठायो । दिदी–बहिनीसँग विदा भएर आएँ । दिदी बहिनीको माया कस्तो हुँदोरहेछ । मेरो मनै आनन्दित भयो । साँझसम्म माला लगाएरै घुमिरहेँ । हामी नेवारहरूको भाइटिका आज भनेर सबैलाई भन्दै हिंडेँ ।

२०६७/०७/२३ (९ नोवेम्बर २०१०) मंगलवार—३४औँ दिन

आज विहान ४ बजे धारामा दाँत माझीरहेको बेला रमनमा घुमिरहनु भएका एकजना भाइनाईके आएर विस्तारै भन्यो, “अंकल नम्बर नखुलेसम्म ब्रस गर्नु हुँदैन भन्ने थाहा छैन ?”

“माफ गर्नुहोस् मलाई थाहा छैन ।” मैले माफी माग्दै भनेँ । हत्तपत्त दाँत माझ्न वन्द गरेर मुख धोएँ । डाँडामा गएर चुरोट पिउन थालेँ । चुरोट पिउँदै सोच्न लागेँ । मानिसले जानी जानी अपराध गर्दैनन् । अन्जानमा पनि हुनसक्छ । नम्बर खुल्नुभन्दा अगाडि दाँत माझ्नु हुँदैन भनेर मलाई थाहा थिएन । मैले थाहा नपाइकन गरेको अपराधलाई माफी दिनुभयो । डरले मेरो शरीरै जिरिंग भएको थियो । अब पनि मैले जानीजानी त्यस्तो काम गरेँ भने मलाई जुनसुकै सजाय दिए पनि हुन्छ । त्यसलाई अन्याय भन्नु मिल्दैन ।

दिउँसो एक बजे पिशाव फेर्न बाहिर आएँ । त्यहीबेला माइकबाट मेरो नाम बोलायो । छोरा आएको होला भनेर सामान लिएर गएँ । ढोकामा पुगेर बाहिर हेरेको त नन्दकुमारी र माधवलाल आएका रहेछन् । उनीहरूलाई भेटेर मन हर्षित भयो । भेटघाट भयो । आराम विरामको कुराकानी भयो ।
“दाइ मैले कवितालाई भेटेर कुरा गरिसकेँ । संस्थाका मान्छेहरूले दवाव दिएर कागजमा सही गराएको थियो । नत्र हाम्रो सरले हामीलाई आफ्नै छोरी जस्तै व्यवहार गर्नुहुन्छ भनिन् । त्यस्तै गोरखनाथका शिक्षकहरूले पनि भन्दै नभनेको लेखेर प्रहरीले झुक्याएर सही गरायो । अब अदालतमा साँचो कुरा बोल्छु भन्नु भएको छ ।” नन्दकुमारीले भनिन् ।

“त्यत्रो पढेलेखेका शिक्षकहरूले त्यसरी पढ्दै नपढी सही गर्नु हुन्छ ? कविता त बच्चा भयो । उनीहरूले त्यसरी वयान नदिएको भए म जेलमा आउनै पर्ने थिएन ।” मैले भनें ।

“यी बाहिर जिल्लाबाट आएकाहरूलाई प्राथमिकता दिनु नै नजररामको ठूलो भूल भयो । पन्ध्र वर्ष पहिले मैले हर्षरत्न पुरस्कार घोषणा गर्दा यहींका स्थायी वासिन्दा हुनुपर्ने प्रावधान राखेको ठिक छ कि छैन ? यो वाहिरबाट आएकाहरूमा न इज्जत हुन्छ, न दया माया नै हुन्छ । उनीहरू केवल आफ्नो स्वार्थ हेर्छन् ।”

धेरैबेरसम्म कुराकानी भयो । त्यहीबेला बुहारी सरू र नीम्ता आएको देखेर नन्दकुमारी र माधव मसँग विदा भए । बुहारी र नीम्ता भेट्न आए । उनीहरू दुवैजना डा. डंगोललाई भेटेर आएको रे । 

डा.डंगोलले भन्यो रे, “मैले त यस्तै हुनसक्छ भनेर पोहोर साल नै होस्टेल वन्द गर । केटीहरू तरुनी भइसक्यो । केही घटना भयो भने हाम्रो इज्जत जान्छ । उनीहरूलाई घर पठाई देउ भन्दा एस.एल.सी. पास गराएर मात्र पठाउँछु भनेर पाली राख्यो । अहिले यस्तो भयो । बाहिर देशमा बस्ने मान्छे म के मद्दत गर्न सक्छु र ? नजरराम निरपराध छ भन्ने मलाई थाहा छ ।”

“निरज किन नआएको ?” मैले सरूसँग सोधेँ ।

“हिजो पाँगामा भाइटिका गरेर फर्कदा अवेर भयो । जिउ सञ्चो नभएर नआएको ।” 

नीम्ता र बुहारी पनि गए । आज बुहारीले घरबाट केही पनि ल्याएको छैन । म कति आशाकुति भएको छु । घरको मान्छे आयो कि खानेकुरा ल्यायो कि भन्ने आशा जाग्छ ।

विदेशमा विभिन्न पेसामा कार्यरत कीर्तिपुररियनहरुको कोभिड–१९को अनुभव –६

विदेशमा विभिन्न पेसामा कार्यरत कीर्तिपुररियनहरुको कोभिड–१९को अनुभव –६




प्रस्तोता ः नारायण महर्जन, नयाँबजार, कीर्तिपुर

पुनश्चः अघिल्ला अंकमा प्रकाशित महानुभावहरु र यो अंकमा प्रकाशित महानुभावहरु साथै पछिल्लो अंकमा प्रकाशित हुने महानुभावहरु नयाँबजार क्लबबाट संचालित कीर्तिपुर एम्वुलेन्सलाई निरन्तरता दिन नयाँ सवारी साधन व्यवस्थापनको क्रममा सहयोग गर्ने सहयोगी तथा शुभचिन्तकहरु हुनुहुन्छ । सहयोगी, शुभचिन्तक र कीर्तिपुरीयनको नाताले विश्वभर Covid-19 ले मानिसहरुको जनजीवन थिलथिलो पारेको अवस्थामा उहाँहरुबाट आफु बसाईसरेको ठाउँको स्थिति जानकारी राख्ने तथा उहाँहरुको अनुभव, अवस्था र उहाँहरुको छोटो परिचय समेत समावेश गरी लेखी पठाउनु भएको पत्र र उहाँहरुसंग भएको भलाकुसारीको विषयवस्तुको मूलभाव  कायम रहने गरीे यो आलेख तयार पारीएको हो ।

कीर्तिपुरबाट सन् २०१५ मा South Korea  जानुभएकी सोनी महर्जनको भोगाइः


   


डा.सोनी महर्जन(थापा)
कीर्तिपुर न. पा.– ९, नयाँबजार, कीर्तिपुरमा जन्मेकी श्रीमती डा. सोनी महर्जन(थापा), हाल South Korea को Gangwo-do division  को Chuncheon सहरमा परिवार सहित बसीरहनु भएकी छिन् । २०६४ सालमा स्नाकोत्तर तथा विद्यावारीधि M.Sc & Ph.D सहितको छात्रवृतिमा छनौट भएर २०७० सालमा दक्षिण कोरिया जानु भएकी र स्नाकोत्तर तथा विद्यावारीधि पुरा गर्नुभई स्वदेशमा नै सेवा गर्ने विचारले फर्कनु भएकी महर्जनजीले नेपालमा २ वर्ष  NIST College, Khusibun  र Khwopa College, Kamal Binayak, Bhaktapur  मा आंशिक शिक्षकको रुपमा अध्यापन गर्नुुभयो । नेपालमा research को काम गर्ने उपयुक्त वातावरण नभएपछि पुनः २०७२ सालमा द. कोरिया जानु भई अहिले Hallym University  को Centre for Medical Science Research College of Medicine, Hallym  मा Research Professor को रुपमा कार्यरत हुनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः


दक्षिण कोरियाले विश्वमा नै उत्कृष्ट ढङ्गबाट बिना Lockdown यो Covid-19 को महामारीलाई नियन्त्रण गरिराखेको छ । दक्षिण कोरिया कुनै समयमा चीन बाहेक सबैभन्दा धेरै संक्रमितको संख्या भएको राष्ट्र थियो । तर विगतको अन्य Corona Virus को अनुभवले भयावह स्थिति आउनुअघि नै पूर्व तयारी गरेर यो रोगलाई नियन्त्रणमा लिन सफल भएको छ । यो महामारी चीनमा देखिने बित्तिकै यहाँको सरकारले विभिन्न कम्पनीहरुलाई युद्धस्तरमा Covid जाँच्ने सामग्री बनाउन आदेश दियो । तसर्थ देशको सबै भागमा Corona Virus फैलिनु अघि नै त्यहाँ Covid  जाँच्ने सामग्रीहरू प्रशस्त पुगिसकेका थिए । दक्षिण कोरियाले अपनाएको मुख्य Formula भनेको धेरै भन्दा धेरै Test र Contracttracing तथा Isolation हो । संक्रमित व्यक्ति भेट्नेबित्तिकै त्यो मानिस विगतमा कुन कुन समयमा कुन कुन ठाउँमा गएको थियो भन्ने सूचना एसएमएस मार्फत सम्पुर्ण नागरिकहरूलाई उपलब्ध गराइयो र कसैलाई आफू त्यो ठाउँमा त्यस समयमा गएको शंका लागेमा तुरुन्त टेस्ट गर्नलाई आव्हान गरियो । यसका लागि चौबीसै घण्टा टेलिफोन मार्फत Hotline को व्यवस्था गरियो तथा टेस्ट र संक्रमित भेटिएमा सम्पूर्ण उपचार सरकारले निशुल्क गरिदिने हुँदा मानिसहरु सबैले आफूलाई जँचाउन झन्झट मानेनन् । त्यस्तैगरी टेस्ट पनि सबै क्षेत्रमा पर्याप्त मात्रामा उपलब्ध 
थियो । सुरुकै दिनहरूमा प्रत्येक दिन ३ लाख सम्म टेस्ट  गर्दथ्यो । त्यस्तै संक्रमित व्यक्तिले Isolation  मा नबसी बाहिर निस्किएमा कडा सजाँय र जरिवाना गर्ने कानुन पनि पास ग¥यो । पश्चिमेली राष्ट्र भन्दा भिन्न कुरा भन्नु पर्दा यहाँ प्रत्येक दिन सुरुदेखि नै सबै मानिसहरूलाई अनिवार्य मास्क प्रयोग गर्न हरेक दिन SMS  आउने गर्दछ । यहाँका जनताहरु पनि सरकारको कुरा मान्दछन् र प्राय सबैले मास्क लगाउँछन्। हामी बस्ने अञ्चलमा अहिलेसम्म ५७ जना संक्रमित मानिस भेटिएका छन् तीमध्ये म बस्ने शहरमा सातजना भेटिए तर ती सबै अहिले पूर्ण निको भइसकें । यहाँ सबै कार्यालय तथा बजार र रेस्टुरेन्टहरू नियमित रूपमा खुला छन् । हामी दुबै नियमित कार्यालय जान्छौ र सबै काम नियमित चलिराखेको छ । त्यसैले Covid महामारीले दिनचर्यामा खासै  नराम्रो प्रभाव पारेको छैन । 

म आफु पनि भाइरस (Virus) मा अनुसन्धान गरिराखेकी भएर कीर्तिपुरबासीलाई नडराउनुस् तर सजग हुनुहोस भन्न चाहन्छु । बाहिर गएर आएपछि साबुनले राम्ररी हात धुनुहोस् । बाहिर निस्किँदा सामाजिक (भौतिक) दुरी कायम गर्नुहोस् । अर्को बिर्सनै नहुने कुरा मानवीय समवेदना नभुल्नुस् । मान्छे बाटोमा हिँड्दैंमा यो रोग सर्ने हैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन प्रोत्साहन गर्नुहोस । कसैलाई रोग लागे पनि नआत्तिनुहोस । यो आफै ठीक हुने रोग हो । संक्रमित व्यक्तिलाई सामाजिक बहिस्कार नगरौं । बरु सामाजिक (भौतिक) दुरी कायम गरी सहयोग गरांै । यसो गर्दा मानिसहरु रोग लुकाउन चाहँदैनन् र अरूलाई सर्ने सम्भावना पनि घट्छ । अन्तमा उच्च मनोबल सहित हामी सबै एकजुट भई अनुशासित जीवनशैली अपनाएमा यो रोगलाई परास्त गर्न सक्छौ ।

कीर्तिपुरबाट सन् २०१० मा Denmark जानुभएका राजमान महर्जनको भोगाइः

राजमान महर्जन
कीर्तिपुर न. पा. ९–भाजंगाल, कीर्तिपुर निवासी राजमान महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा UMND   District Training officer, Care Nepal International Development Officer Worec Nepal, AVSC int'l मा Traning coordinator  रुपमा बिभिन्न INGO कार्य गर्नु भएको थियो । हाल परिवार सहित Denmark मा हुनुहुन्छ । उहाँ आफुलाई Copenhegon स्थित SDU University को Student भन्न रुचाउनु हुन्छ।

Covid-19 विश्वभरि फैलिए पछि ब्यक्तिगत अवस्था वा अनुभवः
कोरोना भाइरस जोकी आज भन्दा १८ बर्ष अगाडि SARS अनि ८ बर्ष अगाडि  MERS को नामबाट विश्वको बिभिन्न ठाउँहरूमा मानव बिनाशको कारकको रुपमा देखापरेका थियो । कोरोना भाइरस जुन चीनको वुहानमा देखियो यो पहिलेको कोरोना भाइरस भन्दा अलि फरक देखियो जुन कोभिड १९ को नामले जानियो । युरोपका प्राय सबैजसो मुलुकहरुमा कोभिड –१९ को माहामारी फैलियो । डेनमार्क पनि यस्को प्रभावबाट मुक्त हुन सकेन । हुनत डेनमार्कमा कोभिड–१९को प्रभाब अन्य युरोपेली मुलुकहरुको तुलनामा निकै कम मात्र परेको देखियो । दुई महिना स्कुल बन्द भयो । तिनिहरुको पढाई online बाट हुने ब्यबस्था गरियो, ससाना शिशु स्याहार केन्द्रहरु लगभग एक महिना जति बन्द ग¥यो Official कामहरु घरबाटै गर्ने ब्यवस्था गरियो ।

Lockdown को समयमा यहाँको जनजीबन निकै तलमाथि भएको देखिन्छ । सुरुमा कोभिड–१९लाई निकै जटिल समस्याको रुपमा हेरिएको थियो तर पछिपछि  यसलाई सामान्य रुपमा लिन थाल्यो । मानिसहरु घरबाट निस्किन पनि धेरै सोच्नु पर्ने अबस्था थियो, मानिसहरु घर भित्र बस्दा बस्दा वाक्क भएका थिए तर पनि घरबाट निस्किन डराउनु पर्ने अवस्था थियो । साथीभाई आफन्तहरुसंगको भेटघाट त ठप्पै नै थियो, त्यति बेला मानिसहरु बस चढ्न, रेलमा बस्न, यति सम्म कि बाटोमा हिड्नसम्म पनि डराउनु पर्ने अवस्था थियो, बस, रेल हरु खालि खालि दौडिरहेको देखिन्थ्यो । मानिसहरुलाई Shoping mall गयो उतैबाट पो रोग सर्छ कि भन्ने डर, Grocery  गयो उतैबाट पो रोग सर्छ कि भन्ने डर, सारा जनजीबन अस्तब्यस्त थियो तर  shoping mall, Grocery mall  हरुले Custemer हरुलाई २ मिटर पर रहने ब्यवस्था मिलाएको थियो ।

अरु कुनै रोग लागेर Hospital जानु प¥यो भने Hospital बाटै पो रोग सर्छ कि भन्ने डर, उपचार गर्ने स्वास्थ्यकर्मीहरुबाटै रोग सर्छ कि भन्ने डर । सामान्य रुघाखोकी मात्र लागे पनि कोरोना भाइरस नै भयो कि भन्ने डर ।

Grocery ले पनि सानोतिनो रोग भएसम्म घरमै बसेर उपचार गर्ने सल्लाह दिन थालेका थियो । Emergency मा मात्र Hospital लिने सल्लाह दिन थाले। Clinic हरुमा सिधै जान नपाउने ब्यवस्था थियो । ढोकामा बसेर फोन गर्ने र ५,१० मिनेटमा मात्र स्वास्थ्यकर्मी ले लिन आउने नियम बनाएको थियो । सानो बच्चाहरूलाई घरमा समय काट्न निकै गाह्रो भयो । उनीहरुलाई तहलाउन वा रेखदेख गर्न आमाबुबाहरुलाई झनै गाह्रो भयो। बच्चाहरू बाहिर गएर खेल्न रहर गर्ने, बाहिर लान नमिल्ने बेहाल थियो सबैको । 

Europe मा Lockdown को समयमा पेट्रोलको भाउ लगभग २०% को डरले घट्यो । त्यो चाहि सकारात्मक कुरा रहयो। उता Hospital मा काम गर्ने स्वास्थ्यकर्मीहरुको ब्यथा फेरि अर्कै छ ।

उनीहरु आफ्नो काममा जान बाध्य नै थियो । उनीहरुलाई त्यो बेला अरु बेलाको तुलनामा लगभग दोब्बर काम हुन्थ्यो । यता माहामारीको डर अर्को कामको बोझ फेरि PPE पहिरनले काम गराईमा अप्ठ्यारो, स्वास्थ्यकर्मीहरुको अबस्था अझ दयनीय थियो।

June 2 सम्म डेनमार्कमा Positives cases -11, 699 जना, Total death -576 जना, Total recovered-10,412 जना, Active cases -711, जना, Serious cases -20 जना थिए ।

डेनमार्कमा नेपाली संक्रमितको अबस्था वास्तवमै भन्न गाह्रो छ किनकि नेपाली संक्रमित व्यक्तिहरूले रोग लुकाउँछन् । सरकारले दिएका सुविधाहरूको कुरा गर्नुपर्दा सबै सरकारी क्षेत्रका कर्मचारीहरुलाई lockdown period मा सामान्य तलब दिइएको थियो । स–साना शिशु स्याहार केन्द्रहरुमा निःशुल्क गरिएको थियो। स्वास्थ्यकर्मीहरुलाई र Hygiene profession मा काम गर्नेहरुलाई २५%थप तलब दिएको थियो । निजी क्षेत्रमा काम गर्नेहरुलाई ९०%सरकारले र १०%संस्थाले दिइएको थियो ।  Lockdown April 12 देखि May 14 सम्म सबै बन्द
थियो । स्वास्थ्यकर्मीहरु काममा जाने बातावरण बनाउन तिनीहरुका बच्चाहरूलाई हेरचाह गरिदिने सुविधाको ब्यवस्था गर्न May 14 देखि शिशु स्याहार केन्द्रहरु खोलिएको छ । Lockdown मा बाहिर २ जना भन्दा बढी जम्मा हुन नपाउने । पछि १० अनि १०० गर्दै अहिले ५०० गरेको छ । Job centre हरु अझै बन्द छ । जुन June 8 बाट खुल्दैछ । Grocery हरु कहिले पनि बन्द गरिएन । बजार भाउहरुमा केहि फरक भएन ।

कीर्तिपुरबाट सन् २०११ मा Canada जानु भएका निराज महर्जनको भोगाइः



निराज महर्जन
कीर्तिपुर नगरपालिका –१ थाम्वाहाल टोल निवासी निराज महर्जन बिदेश प्रस्थान गर्नु अघि नेपालमा Kamana Boarding School  पढाउने गर्नुहुन्थ्यो । उहाँ परिवार सहित क्यानाडाको टोरन्टो सहरमा बसोबास गर्दै आइरहनु भएको छ । हाल उहाँ क्यानाडामा Bank of Nova Scotia मा Computer Technical Advisory को पदमा कायर्रत हुनुहुन्छ ।

Covid-19  विश्वभरि फैलिएपछि त्यहाँको अवस्था वा ब्यतिmगत अनुभवः

आज विश्वभरी Covid -19 ले हाहाकार मचाएको छ । यस्तै गरी क्यानाडामा पनि May 27 को दिन सम्म Total cases 87,481 र  त्यसमा 6,760 जना मृत्यु भइसकेको  छ र 46,072 recovered  भइसकेको छ ।

मार्चको शुरूदेखि नै क्यानाडा सरकारले Covid-19 लाई नियन्त्रण गर्न कडा कदम चालेको छ । सबै स्कूल, विश्वविद्यालयहरू बन्द छन् । सबै स्वास्थ्य सम्वन्धित संस्थाहरु  र खाद्य व्यवसाय बाहेक सबै व्यवसाय बन्द छन् । भोजनालय पनि केवल होम डेलिभरी र पिकअप  सेवाको लागि मात्र खुला छन् । मेरा दुबै छोरीहरू दुबै घरबाट पढाइ गरिरहेका छन् । यहाँको स्कूल संगठनले गुगल क्लास सुरू गरेको छ ता कि शिक्षकहरूले विद्यार्थीलाई अनलाइन शिक्षा दिन सकून् ।

 मेरो काममा, Covid -19 ले केही प्रभाव पारेको छैन किनकि म घरबाट कुनै समस्या बिना नै काम गर्न सक्दछु ।  तर अन्य सबै व्यक्तिहरू जो घरबाट काम गर्न सक्दैनन्, उनीहरूको लागी अहिलेको समय धेरै कठिन छ । यो Covid-19  को कारण धेरै व्यक्तिले आफ्नो जागिर गुमाएका छन् । जसले यस समयमा धेरै जसोको रोजगार वा व्यवसाय गुमाएकालाई सरकारले प्रत्येक  व्यक्तिलाई हरेक 4  हप्तामा  क्यानान्डियन २००० डलर प्रदान गरिएको छ । आज लगभग साढे दुई महिना भयो ।  हामी किरानाका लागि अनलाइन सपिंग गरिरहेका छौं । यो गाह्रो छ तर कुनै विकल्प छैन । अझै पनि छ जना भन्दा बढि मानिस  जमघट को लागि अनुमति छैन, जब हामी बाहिर हिंड्छौं, अरूबाट २ मिटर दुरी टाढा रहनु पर्छ । शुरुमा  हामीले सोचेका थियौं, यहाँ खानेकुराको अभाव हुनेछ तर यो सत्य भएन । यहाँ खानेकुराहरु अभाव  छैन । भाइरसको कारण मर्नेहरु धेरैजसो  वृद्ध र  स्वास्थ्य सम्झौतामा परेका व्यक्तिहरू (दीर्घ रोगीहरु) छन् । यो सबैको लागि गाह्रो समय हो तर हामी सबैले   धैर्य गर्नु आवश्यक छ र सरकारी अधिकारीहरूले जारी गरेको नियमहरू पालना गर्नु आवश्यक छ । एक अर्काबाट टाढा रहनाले धेरैको  जीवन बचाउन सकिन्छ ।  आजू द्यो(बाघ भैरव)को  आशीर्वादले  हामी यहाँ सुरक्षित छौं र प्रार्थना गर्छौं भगवानले सबै देश बिदेशमा रहनु भएका सबै नेपालीहरुलाई धैर्य गर्ने शक्तिका साथै सुरक्षा प्रदान गरुन् । जहाँ भए पनि सुरक्षित रहनुहोस् बलियो रहनुहोस्, हामी यस परिस्थितिबाट विजयी हुनेछौं ।
मेरो विचारमा सुरक्षित रहन निम्न उपाय अपनाउदा राम्रो हुन्छ होला ।
१. आफ्नो हात साबुन र पानीले बारम्बार धुनुहोस् , फोहोर हातले आफ्नो अनुहार नछुनुहोस् ।,

२. सामाजिक (भौतिक) दूरी कायम राख्नुहोस् ।,

३. भिटामिन  सी र  भिटामिन डी भएको  खाना नियमित रुपमा खानुहोस् ।,
४ सरकारले जारी गरेका नियमहरुको पालना गर्नुहोस्। 
समाप्त
बिदेशमा रहीअन्य पेशामाकार्यरतअरु कीर्तिपुर बासिन्दाको अनुभव अर्को अंकमा पनि प्रकाशित गर्नेछु । (क्रमशः)

Friday, June 5, 2020

नखाएको विष — थुनुवाको डायरी १०

नखाएको विष — थुनुवाको डायरी १०










२०६७/०७/१८ (४नोवेम्बर२०१०) विहिवार—२९औँ दिन

आज रातभरिमा चारचोटि पिशाव भयो । मेरो शरीरमा चिनी बढ्यो होला । अथवा हिजो घरबाट कुखुरा मासु ल्याईदिएको थियो । दिउँसो र बेलुका खाएँ । प्यास लाग्यो । धेरै पानी पिएँ । त्यसैले पिशाव भएको हो कि † आजकल मेरो पेट गोलमाल छ । कहिले दिनभरिमा पाँच छ चोटि दिसा लाग्छ । कहिले तीन चार दिनसम्म दिसा नै हुँदैन । मलाई साहै्र पीर प¥यो । आज डाक्टर देखाएको त पानी बेस्सरी पिउनु भन्थे ।

विष्णु थापाले अदालतबाट सफाई पाए पनि घर जान पाएको छैन । आज जेलरले सही गरेपछि मात्र जान पाउनु हुन्छ होला । आज उहाँलाई ओम शान्तिमा तिलक लगाएर खादा ओढाएर बिदाई दिए । बिदा हुने व्यक्तिको अनुभव सुन्ने परम्परा अनुसार उहाँले आफ्नो अनुभव सुनाउनु भयो ।

गुल्मी जिल्लाबाट काठमाडौं आइ कलङ्कीमा होटल व्यवसाय गरिरहेका विष्णु थापाको होटलमा एउटी केटी काम गर्थी । एक वर्ष काम गरेर केटीले काम छाडेर गइन् । केटीले काम छाडेर गएको एक महिना पछि विष्णुका शत्रुहरूले ती केटीलाई उसले भारतमा लगी बेचेको आरोप लगाएर कालिमाटी महिला सेलमा जाहेरी दिए । प्रहरीले उसलाई र उसको होटेलमा काम गर्ने एक जना केटालाई समातेर थुन्यो । प्रहरीले उनीहरूमाथि जिउ मास्ने बेच्ने मुद्दा दायर ग¥यो । अदालतमा बहस भयो । विष्णु थापालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश भयो । उसको कामदारसँग सात हजार रुपैयाँ धरौटी माग्यो । उसले धरौटी बुझाउन सकेन दुवैजनालाई भद्रगोल जेल पठायो । विष्णु थापाका घरका मान्छेहरूले ती केटीलाई खोज्न थाले । बल्ल पाँच महिना पछि ती केटीलाई वागवजारको एउटा होटेलमा काम गरिरहेकी फेला पारे । १७ गतेको पेशीको दिन ती केटीलाई अदालतमा उपस्थित गराइयो । आपूm कसैद्वारा बेचिएकी होइन, आपूm खुशी अर्को होटेलमा काम गर्न गएको भनेर केटीले अदालतमा वयान दिए पछि विष्णु थापा र त्यो केटो दुवैजनाले सफाइ पाए ।

छ महिना पछि अदालतले सफाइ दिएर के गर्ने ? त्यतिबेलासम्म बिष्णु थापाको होटेल बन्द भइसकेको थियो । अब ऊ गुल्मी फर्कने भन्दै थियो । अब गुल्मीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र खोल्ने विचार सुनाउनु भयो ।

नेपालको कस्तो कानून कसैले जाहेरी दिने बितिक्कै समातेर मुद्दा चलाइ हाल्ने । थुन्नै पर्ने । मलाई पनि हेर न, एउटा सल्लाह गर्नु छ भनेर बोलाएर थुनिदियो । थुनछेकको वहसमा सामान्य तारिख या धरौटीमा छुट्छु कि भन्ने आशा थियो । पुर्पक्षको लागि थुनामा पठाईदियो । यदि म बाहिर जान पाएको भए संस्थाको वार्षिक कार्यक्रम हुन्थ्यो । ज्वजलपा पत्रिकाको वर्गिकरणको लागि फाराम भर्न पाइन्थ्यो । पार्टीमा एमाले नगर कमिटीको अध्यक्ष बन्न पाउँथेँ । म भित्र परेर यी सबै उपलब्धीबाट बञ्चित भएँ । भोलि मैले सफाई पाएँ भने पनि यी अवसरबाट म वञ्चित भइसक्छु ।

    विहान खाना खाएर घाम तापिरहेको बेला ‘नजरमान महर्जन’ भनेर माइकबाट लगातार तीनचोटि बोलायो । सायद नीलम र लक्ष्मी आएका होलान् । उनीहरू आउ“दा मात्र नजरमान लेखाएर आउँथे । ढोकामा गएर हेरेको त भतिजा गंगामान आएको रहेछ । उसलाई देख्ने बित्तिक्कै मेरो मन रमायो । आफ्नो मान्छे आउँदा मन कति रमाउँछ भनेर बाहिरका मानिसहरूलाई थाहा छ कि छैन । भेटघाटस्थलमा गएँ । सञ्चो विसञ्चोको कुराकानी भयो । मलाई यहाँ भित्र पठाएकोमा दुखेसो र आक्रोस पोख्दै भन्यो, “कलियुगमा राम्रो काम गर्ने मान्छेले जस पाउँदैन भन्थ्यो । साँच्चै रहेछ । काकाले मानवीय सेवा नै ठूलो धर्म ठानी अनाथ असहाय बालबालिकाहरूलाई सहयोग गर्नुभयो । फलस्वरुप आज जेल जीवन बिताइरहनु परेको छ । आइन्दा अब फेरि त्यस्ता वालवालिकाको लागि केही सहयोग नगर्नु होला ।”

हरे भगवान † जति जना मलाई भेट्न आउँछन् सबैको एउटै भनाइ हुन्थ्यो– आइन्दा कसैलाई सहयोग नगर्ने । यी तीनजना केटीहरूको कारण गरिव, अनाथ, असहाय भन्ने शब्दप्रति नै मेरा आफन्त, साथीहरू र नातेदारहरूको मनमा घृणा पैदा गराइदियो ।

गंगामानको कुरालाई मोड्दै सोधेँ, “हाम्रो टोलको हाल खवर के छ ?”
“सबै जनालाई ठिकै छ । सबैको एउटै चिन्ता छ तपाईं कहिले छुट्नु होला भनेर ।”
“कार्तिक २५ गते १७ न पुनरावेदन अदालतमा पेशी छ । त्यतिबेला सामान्य तारिखमा छुट्न पनि सक्छु । नभए अरू चार पाँच महिना पनि लाग्न सक्छ ।”

  ऊसँग निकैबेर कुराकानी भयो । जानेबेलामा उसले भन्यो, “काका धेरै पीर नलिनुहोस् । हामीले गरेर हुने भए जे पनि गर्न तयार छौं ।’
दुई बजे छोरा आयो । कुराकानीको क्रममा उसले भन्यो, “आज पुनरावेदन अदालत गएर आएको । २५ गतेभन्दा अगाडि पेशी सार्न मिल्दैन रे । अस्ति भिनाजुले जसरी पनि तपाईंलाई निकाल्न लगाउ“छु भन्नुभएको थियो । आज फोन गर्दा सक्दिन भन्नुभयो । नित्यमान र पवन दाइ पनि दौडिरहनु भएको छ ।’

मेरो सहयोगको लागि मेरा नातेदारहरू लागिरहेको सुनेर मेरो मनमा आशा पलायो । म निस्कन पाउँछु पाउँदिन यो आफ्नो ठाउँमा छ । प्रयास त भइरहेको छ ।

“कवितालाई संस्थाका मान्छेहरूले लोभ दिएर कुरा सिकाएर तपाईंको बिरुद्ध बोल्न लगाएको रहेछ । उनको आमालाई पनि तपाईंको बिरुद्ध उजुरी देउ भन्न गएको थियो रे मेरो छोरीलाई उहाँले केही गर्नु भएकै छैन किन उजुरी दिने भनेर हकारेर पठाइन रे ।” निरजले भन्दै गयो, “यदि अदालतमा बोलायो भने कविताले सिधै भन्ने रे संस्थाले सिकाएर मात्र भनेको हुँ नत्र हाम्रो सरले मलाई बाबुले जतिकै माया गर्नुहुन्छ ।”
निरजसँग विदा भएर आएपछि मेरो मन आनन्दित भयो ।

२०६७/०७/१९ (५नोवेम्बर२०१०) शुक्रवार—३०औँ दिन

हिजोदेखि मेरो दिलको शान्त पोखरीमा छोराले ढुङ्गा हानेर छाल पैदा गरिदियो । त्यो छालले मलाई कहाँ पु¥याई दिने हो थाहा छैन । म कार्तिक २५ गतेको दिनलाई पर्खिरहेको छु । 

हिजो यहाँबाट चार जना बन्दीहरू छुटेर गए । चारैजनाले आरोपबाट सफाइ पाएका थिए । एक जना म जस्तै जवरजस्ती करणी उद्योगमा थुनामा थियो । यो जवरजस्ती करणी उद्योग भन्ने मुद्दा कसैलाई वदला लिने साधन जस्तो भइदिएको छ । अहिले मानिसहरूले महिलाको अस्मिता बचाउन ल्याइएको कानूनको दुरूपयोग गरिरहेका छन् ।

सुमन र राजन (नाम परिवर्तन) साह्रै मिल्ने साथीहरू थिए । हिजो छुटेर जाने केटो सुमन त्यस्तै ३० वर्षजति भयो होला । उसले एम.बी.एस. पास गरेर कुनै प्राइवेट क्याम्पसमा पढाउँथ्यो । उसको स्कूलदेखि मिल्ने राजन भन्ने साथी थियो । क्याम्पसमा पनि सुमन र राजनले सँगै पढेका थिए । राजनको केटीहरूसँग सङ्गत भयो । केटीहरूसँग जाँदा जाँदै बदमाश केटाहरूको पनि सङ्गत भयो । ऊ बदमाश लाइनमा फस्यो । डिप्लोमा पास नहुँदै उसले केटी भगाएर ल्यायो । रेष्टुराँ गएर रक्सी पिउन थाल्यो । उसको पढाई बिग्रियो । सुमनले एम.बी.एस. पास गर्दा बल्ल राजनले बीबीएस पास गरेछ ।

सुमनको प्रगति राजनको स्वास्नीले हेर्न सकिनन् । सुमन पी.एच.डी गर्न अमेरिका जाने भयो । अमेरिका जान भिसा समेत आइसकेको थियो । त्यसैले ऊ वचपनदेखिको साथी राजनसँग विदा माग्न उसको घर गयो । राजन घरमा थिएन । मोबाईलमा फोन गर्दा बस्दै गर्नु आउँछु भन्यो । राजनको स्वास्नीले उसलाई आफ्नो कोठामा लगेर राखिन् । चिया खुवाउन ल्याइन् । सुमन चिया खाइरहेको बेला राजनको स्वास्नीले सुमनलाई अँगालो मार्न गइन् । सुमनले के चलेको यो भनेर जुरुक्क उठ्यो । तैपनि राजनको स्वास्नीले उसलाई छाडेन । सुमनले उनलाई धकेली दियो । यसरी चल्दा चिया पोख्यो । त्यतिकैमा राजनको आमा कोठामा आइन् । के भएको भनेर सोध्दा सुमनले बलात्कार गर्न खोज्यो भनिन् । सुमनले होइन भन्दा भन्दै राजनको आमाले सुमनलाई गालामा दुई चड्कन हानिन् । आइन्दा हाम्रो घरमा नआउनु भनेर गाली गरिन् । सुमन आपूm निर्दोष भएको वयान दिँदै आमाको खुट्टा समातेर रुन थाल्यो । राजनको बुबा पनि आयो । उसले सुमनको कुरा सुनेर भइगो जाउ अब उप्रान्त यो घरमा कहिल्यै नआउनु भन्यो । राजनको स्वास्नीले प्रहरीमा फोन गरी सकेकी थिइन् । सुमन घरबाट बाहिर जान लागेकै बेला प्रहरीहरू आए । सुमनलाई गिरफ्तार गरेर लगे । राजनको बुबाले भइगो भन्दा पनि प्रहरी मानेन । राजनको स्वास्नीले जवरजस्ती गर्न खोजेको भनेर जाहेरी लेखाइन् । मुद्दा चलायो । सुमनको अमेरिका जाने योजना चकनाचूर भयो ।

राजनले आफ्नो स्वास्नीको कुरामा विश्वास गरेन । उसले स्वास्नीलाई घरबाट निकाली दियो । अदालतमा साक्षी बकपत्र हुने भयो । राजनले आफ्नो स्वास्नीसँग एउटा सर्त राख्यो, “यदि तिमी मसँग बस्न चाहन्छौँ भने अदालतमा इन्कारी बकपत्र देउ । होइन भने मसँग सम्बन्ध विच्छेद गर्न तयार रहनु ।’
बकपत्रको बेला राजनको स्वास्नीले इन्कारी बयान दिएपछि चौथो पेशीमा सुमनले सफाइ पायो । सफाइ पाएर के गर्ने ? उसको अमेरिका जाने सपना पूरा भएन । उसको समय, धन सबै वर्वाद भइसकेको थियो ।
१२ः१५ बजे श्रीमती कृष्णा र छोरा आए । भेट्न गएँ । श्रीमतीको अनुहार हेरेँ । अस्तिअस्ति जस्तो मलिन थिएन । आज उनको अनुहारमा चमक छ । एउटा आशा पलाएको छ । मलाई निराश नहुन ढाडस दिइन् । छोराले पनि मलाई रामै्र खवर सुनायो । ज्वजलपा पत्रिका छाप्न गएको छ । भोलि शनिवार सम्झनाको आमा कल्पना र सम्झना मलाई भेट्न आउनेछ । हिजो नीम्ता पनि मलाई भेट्न आएकी थिइन् रे ३ बज्यो भनेर पठाएन रे ।

आज कोठामा लक्ष्मी पुजाको तयारी हुँदैछ । कोठामा झिलिमिलि बत्ती, प्लाष्टिकको पूmल, बेलूनले कोठा, बाटो सबै सजाइरहेको थियो । कोठामा बस्ने ठाउँ छैन । त्यसैले फेरि बाहिर गएँ । जवरजस्ती करणी मुद्दा लागेका खेमराज सापकोटा भेटेँ । कुराकानी भयो । मंसिर २ गते उसको पेशीको कागज आएको बतायो । त्यहिबेला दिनेश बस्नेत आयो। उसले मेरो उपन्यास ‘लम्किरहेको पाइला’ पढेर आफ्नो भनाइ लेखेर दिनुभयो ।
आज साढे सात बजेतिर जेलको चौकीदार, मूलनाईके, मूलभाइ नाईके, ठूलो बहिदार, सानो बहिदार लगायत अरू नाईकेहरू लक्ष्मीपूजा गर्न हाम्रो कोठामा आउनुभयो । त्यसपछि हामीले पनि लक्ष्मी पूजा ग¥यौं । त्यसपछि फोटो खिच्ने काम भयो ।

२०६७/०७/२० (६नोवेम्बर२०१०) शनिवार—३१औँ दिन

खाना खाएर बाहिर साथीहरूसँग गफ गरिरह्यौँ । गफ गरिरहेको बेला लुगा धुने पानी खुल्यो भनेर माइकबाट सूचना दियो । मानिसहरू हस्याङ्ग फस्याङ्ग गर्दै ट्याकितिर दौडन थाले । ममाथि झरनानिर बसेर हेरिरहेँ । मलाई लुगा धुनु छैन, त्यसैले पानी थाप्नु पनि छैन । मेरो लुगा त घरमा धुन पठाउ“छु । घरका मानिसहरूको माया पाएर नै यहाँभित्र पनि मेरो इज्जत छ । म साहित्यकार भनेर यहाँ सबैले थाहा पाइसकेका छन् । मेरो “आस्था र जीवन” र “लम्किरहेको पाइला” यहाँ धेरैजनाले पढिसकेका छन् । जति जनाले पढे सबैले प्रशंसा गरे । नेपाली भाषामा प्रकाशित गरेको भए मैले कति पुरस्कार पाइसक्थेँ होला भने ।

आज मेरो भेटघाटमा कोही पनि आउँदैन होला । आज हामी नेवारहरूको लक्ष्मीपूजा गर्ने दिन । घर सफा गरेर पूजाको तयारी गर्नुपर्छ । घरका मान्छेहरू त आज आउँदिन भनेर गएका थिए । अरू को आउला र ? आए सम्झना र उनको आमा आउनसक्छन् । तर उनीहरूलाई यहाँ आउने बाटो र तरिका थाहा छ कि छैन । तैपनि कोही आउँछ कि भन्ने आशामा म यताउता टहलिरहेँ । सुतेँ भने माइकबाट बोलाएको सुनिंदैन कि भनेर बाहिरै घुमिरहेँ ।

अस्ति जितेन्द्र र तुयूबहादुर आएका थिए । त्यही दिन लक्ष्मी उप्रेती र नीलम सुवेदी आएकी थिइन् । उनीहरूसँग भेटेर आउँदा यहाँका मेरा साथीहरू घाम तापिरहेका थिए ।

“भेटघाट सकियो ?” एकजना साथीले सोध्यो ।
“आज त भेटघाटबाट आउँदा पनि खाली हात आउनु भयो । के आज छोरा आएन ?” अर्को साथीले सोध्यो ।
“आज छोरा आएन । प्रत्येक दिन आउनु पर्दैन भनेको थिएँ । त्यसैले नआएको होला ।” मैले भनेँ ।
“आइरहेको मान्छेलाई नआउ कहिले पनि भन्नु हुँदैन ।” पहिलो साथीले भन्यो ।
     “प्रयेक दिन दुई जना तीन जनाले भेट्न आइरहेकै छन् । छोरालाई कति दुःख दिने भनेर दिनका दिन आउनु पर्दैन भनेको नि ।” मैले भनेँ ।
“नयाँ नयाँमा सबैको यस्तै भेटघाट आउँछन् । कोही फर्मालिटी पूरा गर्न आउँछन् । कोही तपाईंको तमाशा हेर्न आउनेहरू पनि हुन्छन् । तपाईंको आफ्नै परिवारका बाहेक दुई तीन पटक आएकाहरू कति जना छन् ?”

     साथीको कुराले म झस्केँ । दोहो¥याएर को को आएको छ भनेर सम्झन थालेँ । धेरै जनामध्ये थोरै जना मात्र दोहो¥याएर आएका थिए ।
“के सोचिरहनु भएको कति जना दोहो¥याएर आइसक्यो ?”
“म यहाँ आएको एक महिना मात्र त हुन लाग्यो । चार पाँच जना दोहो¥याएर आइसकेका छन् ।”

“होइन भेटघाटको त्यत्रो के महत्व छ ?” अर्को साथीले सोध्यो ।
“यस्तै सङ्कटकालको अवस्थामा त को आफ्नो, को पराई थाहा हुन्छ । मुद्दा नछिनेसम्म त अदालतले सफाइ दिन्छ कि के हो–के हो भनेर पनि आउँछन् । अहिले भेट्न गएन भने पछि कसरी मुख हेर्ने भनेर पनि आउँछन् । साँच्चीकै माया गर्नेहरू त पछिपछिसम्म पनि आइरहन्छन् ।” पहिलो साथीले भन्यो ।

“तपाईले के आधारमा भनिरहनु भएको छ ?” मैले सोधेँ ।
“मेरो आफ्नै अनुभवको आधारमा भनिरहेको छु । सुरुसुरुमा मलाई पनि भेट्न आउनेहरूको लर्को लाग्थ्यो । विहान ११ बजेदेखि ४ बजेसम्म त म भेटघाटमै व्यस्त हुन्थेँ । जब अदालतले मलाई १५ वर्षको सजायँ सुनायो । त्यसबेलादेखि मलाई भेटघाट गर्न आउनेहरू पातलिँदै गए । अहिले त कोही भेट्न आए हुन्छ जस्तो लाग्न थाल्यो । ठूलो छोरा त आउनै छाडिसक्यो । कान्छो छोरा महिनामा एक दुईचोटि आउँछ ।”

“तपाईंको श्रीमती भेट्न आउँदैन ?’ मैले उत्सुक भएर सोधेँ ।
“सुरुसुरुमा त दिनको एक एक थरि खानेकुरा लिएर आउँथिन् । भेटघाटमा व्यस्त हुँदा खानै भ्याउँदैनथ्यो । हरेक दिन अरूलाई बाँडेर खुवाउँथेँ । 

सबैलाई खुवाउन त पुग्दैन । कुनै दिन कसैलाई खाजा खुवाउन सकेन भने त्यो मान्छे रिसाउँथ्यो । अनि मैले घरबाट खाजा ल्याउनु पर्दैन भनिदिएँ । त्यसपछि घरबाट सामान ल्याउन छाड्यो । पहिले त श्रीमती भेट्दा रमाइलै लाग्थ्यो । तर नजिक बसेर कुरा गर्दा पनि सँगै बस्न नपाएपछि मलाई टेन्शन हुन थाल्यो । श्रीमतीलाई पनि त्यस्तै भएको महसुस गरेँ । अनि श्रीमतीलाई पनि प्रत्येक दिन आउनु पर्दैन भनेँ । त्यसपछि श्रीमती पनि आउन टाढिँदै गयो । अहिले त आउनै छाडी सकिन् । त्यसैले साथी भेट्न आइरहेकाहरूलाई नआउ कहिल्यै नभन । ल्याएको चीज कहिल्यै पर्दैन नभन । जे दिए पनि खुशी मनले लिने । भेट्न आउनेसँग खुशीसाथ भेट्ने गर ।”

साथीले भनेको कुरा ठिकै हो जस्तो लाग्यो । अस्ति नीलमले मैले खान नहुने फलपूmल लिएर आएकी थिइन् । मैले खानु हुँदैन भनेर फर्काई दिएँ । त्यसपछि उनले केही पनि ल्याइनन् । “केही लिएर जानु पर्दैैन । भेट्न गए पुग्छ भाउजूले भन्नुभयो । त्यसैले आज केही पनि ल्याएको छैन ।” लक्ष्मीले भनेकी थिइन् ।

सबैजना सहानुभूति दर्शाउन मात्र आउँदैनन् तमाशा हेर्न आउनेहरू पनि हुन्छन् भनेकोमा मलाई विश्वास लाग्यो । अस्ति तुयूबहादुर मलाई भेट्न आएको थियो । उसलाई देखेर म कति खुशी भएको थिए“ । तर पछि कुरा गर्दै जाँदा मलाई यति रिस उठाई दियो कि काटूँ कि मारूँ जस्तो लाग्यो । एकजना साथीको नाताले मप्रति सहानुभूति दर्शाउने त कहाँ कहाँ मलाई अभियोग पो लगाउन थाल्यो । मैले बच्चाहरूलाई खाटमा राखेर करणी गरेको कि भुईंमा राखेर गरेको नढाँटीकन भन पो भन्न थाल्यो । होइन मैले करणी गर्नै सक्दिन । करणी प्रयास पनि गरेको होइन भनेर कति कसम खाएँ उसले विश्वासै गरेन । झन यतिसम्म भन्न थाल्यो, “मैले यतिसम्म सुनेको छु कि वीरगञ्जबाट पनि यस्तै केटी काण्ड भएर फर्कनु परेको थियो ।”

“यो सबै वाहियात कुरा हो, वीरगञ्जमा मैले कति जना केटीहरूलाई बिगारेर आएँ प्रमाण देउ । कति जनालाई सपारेर आएँ मान्छे अगाडि राखी दिनसक्छु । यदि मैले वीरगञ्जमा त्यस्तो अनैतिक काम गरेर आएको भए पहिले यो कुरा किन उठेन ?”

“सफाइ पाएर निस्कनु । घरमा आएर पत्रकार सम्मेलन गर्न सक्छ ? अनि मात्र हामी पत्रिका निकाल्न सक्छौं ।” तुयूबहादुरले भन्यो ।
“ठिक छ अहिल्यै पत्रकार सम्मेलन गर्न तयार छु ।”
“अहिलेलाई ज्वजलपा पत्रिका बन्द हुन्छ । अरू कुनै नाम राखेर पत्रिका निकाल्न पैसा छैन ।” तुयूबहादुरले भन्यो ।

कस्तो निर्लज्जताका साथ भनेको ? ज्वजलपा पत्रिकामा सम्पादकीय मण्डलमा उसको नाम त सम्मानको निंति राखेको हूँ । नत्र उसले त एक पैसाको सहयोग गरेको थिएन न एकचोटि पत्रिका सम्पादन गरेको थियो । उसले मलाई भेट्न आएको त मप्रतिको उसको ईष्र्या पोख्न आएको रहेछ । ऊ र म कीर्तिपुरका नेपाल भाषाका उपन्यासकारहरू हौँ । मेरो भन्दा पहिले उसको उपन्यास प्रकाशित भएको थियो । उसले दुईटा उपन्यास लेखेर बन्द ग¥यो । मेरो छ वटा उपन्यास र एउटा कथा संग्रह प्रकाशित भइसकेका छन् । ऊ नेपाल भाषाबाट पैसा कमाइरहेको थियो । मैले नेपाल भाषाको लागि आफ्नो खल्तीबाट पैसा खर्च गरिरहेको थिएँ । कीर्तिपुरका मान्छेहरूले उसलाई भन्दा बढी मलाई चिन्छन् । सम्मान गर्छन् । त्यसैले उसले ईष्र्यावश मलाई भनेको जस्तो लाग्यो ।

आज यहाँभित्र पनि देउसी खेल्ने तयारी गर्दै थिए । रातको १ः१५ बजे देउसी गाउनेहरूले मेरो नाम लिएर भट्याउन थाले । म उठें । मैले रु.५५५/– दिएँ । १ः३० बजेसम्म भट्याई रहे ।