Saturday, April 4, 2020

2.नखाएको विष — थुनुवाको डायरी —२

2.नखाएको विष — थुनुवाको डायरी —२







२०६७/०६/०८ शुक्रवार दोस्रो दिन अदालतबाट पहिलो म्याद थप

म हनुमान ढोका पुगेको दोस्रो दिन बिहान ५ बजे मेरो निद्रा खुल्यो । यसो हेरेको त बाटोभरि लाइनका लाइन मानिसहरू मस्त निद्रामा सुतिरहेका थिए । कोठातिर हेरें । हरेक कोठाको ढोका खुल्लै रहेछ । त्यहाँ त महिला थुनुवाहरू पनि रहेछन् । उनीहरूको कोठामा बाहिरबाट हतकडीको ताला लगाईएको थियो । पुरुष थुनुवाहरूको कोठामा भने ढोका नै लगाएको थिएन । एकजना प्रहरी बरण्डामा पालो बसिरहेको थियो । यो ठाउँमा आजभन्दा करीव चालीस वर्ष पहिले पनि म आएको थिएँ । त्यतिबेला भारतले नेपालको सुस्ता र महेशपुरमा अतिक्रमण गरेको थियो । त्यसको विरोधमा भारतीय दुतावास लैनचौरमा ढुङ्गामुढा गर्न गएको थिएँ । त्यतिबेला प्रहरीले हामीलाई गिरफ्तार गरेर यहाँ दुई रात थुनेको थियो । त्यतिबेला त यति थुनुवाहरू थिएन । कोठामा दिनभरि ताला लगाइ राख्थ्यो । पिशाव फेर्न र खाना खानमात्र ढोका खोल्थ्यो । मलाई पिशाव लाग्यो ।


पिशाव फेर्न म तल ओर्लें । मैले त्यो ठाउँको राम्ररी निरीक्षण गरें । यो घरलाई पहिले रातो घर मामाघर भन्ने ठाउँको बीच भागमा एउटा सानो चोक छ । चोकको दायाँ बायाँ अर्थात् उत्तर दक्षिण लाइनको दुईटा भाग छन् । त्यो भाग जोड्न एउटा बरण्डा छ । माथिदेखि नै खुला भएको चोक हो । त्यहाँबाट आकाश देखिन्थ्यो । म विस्तारै भ¥यांङ्गको बार समातेर तल ओर्लें । पन्ध्र खुड्किला रहेछ । तल हिलटेक कम्पनीको ठूलठूला दुईटा ट्याकीहरू छन् । पानी थाप्न हुनेगरी दुईटै ट्यांकीमा धाराको तुति राखेका छन् । बरण्डाको मुनि नुहाउने दुईटा कोठाहरू छ । त्यसपछि एक लाईनले ५ वटा ट्वाईलेटहरू छ । एउटामा महिला शौचालय भनेर लेखिराखेको रहेछ । म एउटा ट्वाईलेटभित्र गएँ । ढोका लगाएर चुकुल लगाउन खोजेको त चुकुल नै छैन । पानी बाल्टिन ढोकानिर राखेर दिसा बसें । बाहिर आएर हातमुख धोएँ । माथि आएर एकछिन बसें । हातमा घडी छैन । कति बज्यो थाहा भएन ।

एकछिन पछि “अय उठ, तल हिंड” भनेर एकजना प्रहरी लट्ठी घुमाउ“दै आयो । बाटोमा सुतिरहेकाहरू आ–आफ्नो ओढ्ने–ओछ्याउने समेतेर कोठामा गए । महिला सेलको ढोका पनि खुल्यो । रातभर पिशाव गर्न नपाएकाहरू हस्याङ्ग फस्याङग गर्दै चर्पीतिर लागे । उतरतिरको कोठाहरूबाट पनि ग्वारग्वार्ती मानिसहरू तल ओर्ले । त्यो सानो चोकमा ठेलमठेल गरेर बस्दा पनि अटेन । भ¥यांङ्गको खुडकिलामा समेत बसे । म पनि लंङ्गडाउ“दै तल गए“ । भ¥याङ्ंगमै उभिएँ । महिलाहरूलाई बरण्डामा राख्यो । पन्ध्र मिनेटपछि माथि जाउ भन्यो । म पनि विस्तारै माथि गएँ । बरण्डामा एउटा भित्ते घडी रहेछ । विहानको ६ बजिसकेको घडीले जनाइरहेकोछ । ब्रस गर्नुप¥यो । आपूmसँग केही थिएन । यस्तो सामान्य सामान किन्न आठ नम्बर कोठामा पसल रहेछ । आठ नम्बर कोठामा गएर एउटा ब्रस र टूथपेस्ट लिएँ । ब्रस गरेर आएँ । एकछिन पछि एक जना मानिस किटलीमा चिया राखेर बेच्न ल्यायो । बाजिगर र मैले चिया पिएँ ।

बिहानको सात बज्यो । थुनुवाहरूको भेटघाट सुरु भयो । तल ढोकाबाट थुनुवाहरूको नाम लेखेर एउटा चिट माथि पठाउ“दोरहेछ । माथि पालोमा बसेको प्रहरीले नाम बोलाएर जम्मा पार्छ अनि एकैचोटि चार पाँचजनालाई हतकडीमा मालाजस्तै उनेर तल पठाउँदो रहेछ ।

अब एकछिनमा मलाई भेट्न मेरा साथीभाइहरू, आफन्तहरू र परिवारका मानिसहरू आउनेछन् । मेरा पार्टीका नेताहरूले मलाई छुटाउन आउनेछन् । प्रधानमन्त्री माधव नेपाल र गृहमन्त्री भिम रावल मेरै पार्टीका हुन् । उहाँहरूले मलाई छुडाउने छन भन्ने मनमा भरोसा छ । मैले गर्दै नगरेको अपराधमा कसरी सजाय पाउँछु र रु मलाई बोलाउन कोही आयो कि भनेर मेरो सम्पूर्ण ध्यान बरण्डामा रह्यो । तर कोही पनि आएन । कसैले पनि मलाई भेट्न आएन । मेरो मन छटपटाउन थाल्यो । बाहिर को आएको छ भनेर थाहा पाउन झ्याल छैन ।
नौ बजे एकजना केटा ‘नजरराम महर्जन’ भन्दै कराएर आयो । उसको हातमा टिफिन क्यारियर थियो । मलाई टिफिन क्यारियर दियो । मैले टिफिन क्यारियर लिंदै सोधें, “कसले ल्याएको यो रु”

“तपाईंको छोराले दिएर गएको ।” यति भनी त्यो केटा गयो । छोराले मलाई भेट्दै नभेटीकन गयो । किन होला ?
भात खाने बेला भयो । घरबाट ल्याएको खाना बाजिगर र मैले बाँडेर खाएँ । मैले प्रहरीले दिएको खाना खाइनँ । बाजिगरले नै खायो । कति खान सकेको होला ।

दश बजे पालोमा बसिरहेको प्रहरीले मेरो नाम लिएर बोलायो । ओहो १ को भेट्न आएको होला भनेर उत्सुक हुँदै  बरण्डामा गएँ । मेरो दुईटै हातमा हतकडी लगाई दियो । एउटा कागजको टुक्रा दिंदै तल जान भन्यो । गेटमा गएँ । हिजो मलाई हनुमान ढोका पु¥याउने प्रहरीहरू आएका रहेछन । उनीहरूसँग बाहिर गएँ । बाहिर गेटमा अर्कि महिला प्रहरी पनि आएकी रहिछिन् । दुबैजना सादा पोशाकमा आएका रहेछन् ।

“कहाँ जाने ? ” मैले उत्सुक भएर सोधें ।
“म्याद थप्न अदालत जाने ।” प्रहरीले भन्यो ।
“एकछिन पर्खनुस् मेरो घरका मान्छेहरू आएका छैनन् । उनीहरू आएपछि मात्र जान्छु ।” मैले भनें
“अदालतबाट म्याद नथपेसम्म तपाईंलाई कसैसंग भेट्न दिंदैन । बरु छिटो म्याद थपेर आउँ अनि तपाईंका मानिसहरूसँग भेट गर्न पाउनु हुनेछ ।” प्रहरीले भन्यो, “हामी ट्याक्सीमा जानुपर्ला ।”
“हुन्छ, ट्याक्सी खोजेर ल्याउनुस् ।” मैले भनें ।
महिला प्रहरीले ट्याक्सी खोजेर ल्याइन् । विवश भएर म उनीहरूसँग गएँ । उनी अगाडि सीटमा बसिन् । म र अर्को प्रहरी पछाडि सीटमा बस्यौं । आकाश बादलले ढाकेको छ । पानी पर्लाजस्तो लाग्छ ।
“मेरी छोरीहरू कहाँ छन् रु” मैले बाटोमा सोधें ।
“एउटा संस्थाको संरक्षणमा पठाइएको छ ।” महिला प्रहरीले जवाफ दिइन् ।
“अनि मेरो घरको साँचो कोसँग छ ?”
“हामीसँग छ । हामीले तपाईंको घरमा ताला लगाएर शिलबन्दी गरेर आएका छौ । त्यो ताला नतोड्नु होला । घरका मान्छेलाई भन्नुहोला ।” पुरुष प्रहरीले भन्यो ।

हामी सरकारी वकिल कार्यालय पुग्यौं । त्यहाँ उपस्थिति जनाएर जिल्ला अदालत लगे । एउटा झ्यालमा मलाई देखाउन लग्यो । फाँटवालाले न्यायाधीशको नम्बर लेखीदियो । मलाई इजलाश नं।३ मा लगे । कोठाभित्र पस्ने बित्तिक्कै मैले न्यायाधीशलाई प्रणाम गरे । न्यायाधीशको अगाडि मेरो फाईल राखीदियो । न्यायाधीशले सरसर्ती फाइल हेरेर मलाई पुलुक्क हेर्नुभयो । अनि प्रहरीतिर हेरेर भन्नुभयो, “दुईटा एन।जि।ओ।को झगडामा विचरो बुढो मान्छेलाई हतकडी लगाएर ल्याउनु भएको रु राम्ररी छानबिन गरेर पो ल्याउनु पर्छ । ल हतकडी खोल्नुस् ।”

प्रहरीले मेरो हतकडी खोली दियो । मलाई लाग्यो अब म छुट्छु होला ।
“तपाईंलाई घटनास्थलबाट गिरफ्तार गरिएको थियो रु” न्यायाधीशले मसँग सोध्नुभयो ।
“होइन श्रीमान, एउटा कुरा बुझ्नुछ अफिसमा एकचोटी आउनु भनेर कीर्तिपुर थानाको ईंन्स्पेक्टरले बोलाएर गएको थिएँ । त्यहाँबाट कालीमाटी महिला सेलमा ल्याएर थुनेको थियो । यो घटना घटेकै थिएन । ममाथि भूmठो आरोप लगाइएको हो श्रीमान ।”

“तपाईको खुट्टा कहिले कहाँ कसरी भाँचेको थियो रु” न्यायाधीशले एकैस्वरमा सोध्नुभयो ।
“पा“च दिन पहिले आफ्नै घरको आँगनमा चिप्लेर मर्केको थियो ।”
“हिरासतमा प्रहरीले तपाईंमाथि कुनै दुव्र्यवहार ग¥यो कि रु”
“अहिलेसम्म त केही गरेको छैन । केरकारमा लगेर खुट्टा भाँच्नुपर्छ भन्छन् श्रीमान ।”
“त्यस्तो केही गर्न पाईंदैन । त्यस्तो ग¥यो भने मलाई भत्रुहोला । तपाईंसँग अरू कुनै रोग छ रु”
“मलाई डायबिटिज टाइप २ रोग लागेको छ । हिजोदेखि औषधी खान पाएको छैन श्रीमान । औषधी खान नपाएर अहिले नै मेरो आँखा धमिलो हुन थालिसकेको छ ।”
“के हो उहाँलाई औषधी खुवाउनु पर्दैन रु” न्यायाधीशले प्रहरीलाई भत्रुभयो ।
“हाम्रो सेलमा राखेको होइन श्रीमान । हनुमान ढोकामा राखेको थिएँ । अब गएर भनूँला ।” प्रहरीले जवाफ दियो ।
न्यायाधीशले फाइलमा केही लेखेर दिनुभयो । महिला प्रहरीले फाइल लिइन र बाहिर फाँटवाला कहाँ मलाई लिएर गइन् । एउटा रजिस्टरमा मलाई सहि गर्न लगायो । म प्रहरीहरूसँग अदालतबाट बाहिर आएँ । मलाई चिया पिउन मन लाग्यो । मैले प्रहरीहरूलाई भनें, “यहाँ एक कप चिया पिउँ न । तपाईहरू पनि पिउने हो कि रु”
“होइन । हामी चिया पिउ“दैनौं । तपाई पिउनुस् ।” उनीहरूले भने ।
मैले बिना चीनिको एक कप दूधवाला चिया पिएँ । एउटा चुरोट पनि सल्काएँ । पुरुष प्रहरीले ट्याक्सी खोजेर ल्यायो । त्यही ट्याक्सीमा बसेर फर्कियौं ।
“कति दिनको म्याद थप्यो रु” मैले बाटोमा सोधें ।
“तपाईंलाई त न्यायाधीशले माया गर्नु भएको छ । हामीले पन्ध्र दिनको म्याद मागेको थिएँ । जम्मा तीन दिनको म्याद थप्नु भएको छ । अब १० गते फेरि आउनु पर्छ । चाँडै खाना खाएर बस्नुहोला ।” पुरुष प्रहरीले भन्यो ।
हनुमान ढोका प्रहरी परिसरमा मलाई जिम्मा लगाएर उनीहरू फर्के । म माथि पुग्ने बित्तिक्कै मेरो हतकडी खोलीदियो ।
“कति दिनको म्याद थप्यो रु“ कोठामा बस्ने साथीहरूले सोधे ।
“पर्सिसम्मको लागि मात्र म्याद थपेको छ ।”
“ए १ तपाईं छुट्नु हुनेछ । अब दुईचोटीसम्म मात्र म्याद थप्न पाइन्छ । हामीलाई त पहिलो पटक पन्ध्र दिन दोस्रो पटक सात दिनको म्याद थपेको थियो । अब पर्सि पेशी छ ।” अलि बुज्रुक टाइपको व्यक्तिले भन्यो ।
यस्तै अनेकौं किसिमको गफ गर्दागर्दै समय वितेको चालै पाइन । तीन बजे प्रहरीले मलाई फेरि बोलायो । म गएँ । मलाई हतकडी लगाएर तल पठायो । मलाई भेट्न छोरा र बुहारी आएका रहेछन् । उनीहरूसँग भेटें । छोराले मलाई ओछ्याउने म्याट र ओढ्ने कम्बल ल्याइदियो । मैले कम्बल फर्काइ दिएँ । म्याट्मात्र लिएँ । अनि पाँगा घरको ढोकामा लगाएको ताला नतोड्नु भनें । ट्रयाक सुट र फेर्ने लुगा ल्याइदिनु भनें । यतिकैमा समय सकियो भनेर प्रहरीले मलाई फर्काई ल्यायो ।
साँझ साढे पाँच बजेतिर “ल, तल जाऊँ, तल जाऊँ” भनेर एकजना प्रहरीले लट्ठी घुमाउँदै तल चोकमा उपस्थित हुन आदेश दियो । म विस्तारै उठें । लंङ्गडाउँदै तल ओर्लें । मानिसहरूले चोक भरिसक्यो । ठेलमठेल गरेर मानिसहरू बसिरहेका थिए । माथि बरण्डामा महिलाहरूलाई उभ्याइराखेका थिए । एक जना प्रहरी हवल्दार एउटा रजिस्टर र एउटा फाइल लिएर आयो । उसले हामीलाई अर्ति दिन थाल्यो । जिन्दगीमा कहिल्यै अपराध नगर्न र अनुशासन नतोड्न सुझाव दियो । त्यसपछि थुनुवाहरूको नाम लिएर बोलाउन थाल्यो । जसको नाम लिन्छ, उसले ‘यस सर’ भत्रु पर्दोरहेछ । मेरो नाम पनि बोलायो । मैले पनि यस सर भनें । सबैको हाजिर गरिसके पछि “ल आ–आफ्नो ठाउ“मा जानु” भन्यो । केटाहरू एकैचोटि हारारा हुरुरु माथि आउन खोज्दा मलाई घचेटेर झण्डै भ¥याङ्गबाट खस्न लागेको थिएँ
  खाना खाने बेलामा घरबाट ल्याएको खाना नै खाएँ । त्यो रात पनि म बरण्डामा नै बाजिगरसँग सुतें । हिजो जस्तै बाजिगरलाई बेलुका अण्डा र चिया खुवाएँ । मेरो मनले यस्तै हो भत्रे ठानीसकेको छु । रातभर मस्तिले सुतें ।

२०६७/०६/०९ सनिवार — तेश्रो दिन

विहान सबेरै उठेर नित्यकर्म गरें । चाँडै उठेन भने चर्पि प्याक हुन्छ । ब्रश गरें । मुख धोएँ । मेरो चीनि बढेजस्तो छ । मैले औषधी नै खान पाएको थिएन । न हिंड्डुल गर्न पाएँ, न रेडियो सुत्र पाएँ न पत्रिका नै पढ्न पाएँ । कस्तो मानसिक यातनापूर्ण दिन बिताउनु परिरहेको छ । एक–एक पल बिताउन मलाई गाह्रो भइरहेको छ । गाह्रो भएर के गर्ने ?
छोराले बिहानको खाना ल्यायो । मलाई छुडाउन सबैजना लागिरहेको जानकारी दियो । साढे नौबजे अरूले खाना खाएको बेला मैले पनि खाना खाएँ । त्यहीबेला एउटी महिला प्रहरी आइन् । उनले औषधीको नाम लेखिन् र पैसा लिएर मेरो औषधी कित्र गइन् ।
विहानको १०:३० बजेतिर एकजना सादा पोशाकको प्रहरीले मलाई लिन आयो । हतकडी नलगाइकन एक्लै बाहिर लिएर गयो । म ढोकामा पुगें । डी।एस।पीले मलाई भेटघाटस्थलमा लिएर गयो । त्यहाँ त नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति अध्यक्ष मण्डलका सम्पूर्ण सदस्यहरू, मल्ल के. सुन्दर, उमेश स्थापित, पंचलाल, विपेन्द्र महर्जन र अरूहरू पनि आएका थिए । उहाँहरू मलाई छुडाउन आएका होलान् भन्ठानें । मेरो मन प्रफुल्लित भयो । उहाँहरूले घटनाको बारेमा सोध्नुभयो । मैले यथार्थ कुरा बताएर भनें, “यो सबै भूmठा आरोप मात्र हुन् । कुनै घटना घटेकै थिएन ।”

“हामीले एस।पीसँग कुराकानी गरिसकें । यो महिला सेलको मामिला हो । यहाँबाट केही गर्न सक्दैन । म्याद थपेर ल्याइसक्यो । अब जे गर्छ अदालतबाटै फैसला हुनसक्छ ।” उहाहरूले भत्रुभयो ।

पाँच मिनेट जति कुरा गरेर उहाँहरू जानुभयो । मलाई फेरि भित्र ल्यायो । यहाँबाट छुट्न पाउने मेरोे आशा निराशामा परिणत भयो । मनमा अनेकौं तर्कहरू उब्जिन थाल्यो । परिस्थितिको सामना गर्ने हिम्मत गरें ।
त्यसबेलादेखि प्रहरीहरूले मलाई अलि राम्रो व्यवहार गर्न थाले । अब कोठामा नबसी बरण्डामा बसिरहे पनि प्रहरीले केही भन्दैनन् । आज दुई जना नयाँ केटीहरूलाई देखें । कहाँबाट समातेर ल्याएको भनेर सोधेको त ठमेलबाट यौन कार्य गरिरहेका बेला दुई जना केटाहरू सहित समातेर ल्याएको भन्यो । साँझ मलाई भेट्न मेरा आफन्तहरू, साथीभाइहरू आए, गए । कसैले मलाई यहाँबाट छुडाएर लान सकेन ।

 साँझ रोलकल हुँदा पनि मलाई तल चोकमा उभिन जानु परेन । कोठाभित्रै बस्न दियो । कोठामा बस्ने केटाहरूसँग मेरो हेमखेम बढ्न थाल्यो । कोठामा बसेपछि त्यहाँ भित्र बसेका केटाहरूसँग कसरी थुनामा परेको भनेर एक अर्काको दुःखका कुराहरू साटासाट हुन थाले । केही कुरा लेखुं भने कलम, कापी केही पनि राख्न दिएको छैन । जतिसुकै मिल्ने साथी भए पनि फोन नम्बर टिप्न पाएको होइन । आजदेखि मलाई पनि भित्र कोठामा सुत्न दियो । कोठाको झ्याल ठूलै रहेछ । झ्याल बन्द गरीराखेको छ । भ्यान्टिलेसन बाहेक प्रकाश र हावा आउने कुनै ठाउँ थिएन । झ्यालभरि काठको फ्लेक ठोकी राखेको छ । मनमा अनेकौं कुरा खेलाउँदै आधारातसम्म नसुतिकन बसें । ती बच्चाहरूले ममाथि त्यस्तो झुठो आरोप किन लगाएको होला रु घरमा श्रीमती हाइ ब्लड प्रेसरको रोगी । उनले कसरी मन थामी होलिन् । मेरा दाजु भाइ, इष्टमित्रहरूले के सोचे होलान् रु मेरो जिन्दगी जेलमै बित्ने हो कि रु कहिल्यै यस्तो फण्डामा नपरेको मान्छे । अरूहरूलाई प्रहरीले समात्दा म छुडाउन जान्थें । आज मलाई कसैले छुडाउन आएन । यस्तै सोच्दै कुनबेला निदाएँ थाहा नै पाइन ।

२०६७/०६/१० आइतवार चौथो दिन — दोस्रो म्याद थप 

    विहान उठेर आउँदा नयाँ अनुहारका मान्छेहरू थुप्रै बरण्डामा बसिरहेको देखें । यिनीहरू हिजो राति ल्याएका होलान् । मैले नित्यकर्म गरें । अब त म पनि यहाँको पुराना थुनुवा भइसकें । मेरो मनबाट डर हटिसकेको छ । छोराले विहान बेलुका घरबाट खाना पु¥याइरहेका छन् ।

विहान छोराले ल्याएको खाना खानमात्र सकेको थियो । प्रहरीले मलाई लिन आयो । हातमा हतकडी लगाइदियो । प्रहरी भ्यानमा राखेर वीर अस्पताल पु¥यायो । मेरो मेडिकल जाँच गराएर तुरुन्त फर्काए ल्यायो । यसलाई के मेडिकल जाँच भत्रे रु मेरो तौल लियो । ब्लड प्रेशर नाप्यो, तपाईंसँग कुनै दीर्घ रोग छ भनेर सोध्यो । चीनि रोग छ भनें । मलाई कमिज फुकाल्न लगाएर मेरो जिउ हे¥यो भैगो भनेर पठायो । शायद बलात्कार प्रयास गर्दा कुनै घाउ खोट लागेको छ कि भनेर हेरेको होला ।

खाना खाएर एकछिन बसेको मात्र थिएँ । फेरी प्रहरीले मलाई बोलायो । हतकडी लगाएरै गेट बाहिर पठायो । बाहिर हेरेको त मलाई लिन महिला सेलका दुईजना महिला प्रहरीहरू सादा पोशाकमा आएका रहेछन् ।
पहिले झै ट्याक्सीमा राखेर सरकारी वकिल कार्यालयमा लगे । हुनत उनीहरूले प्रहरी भ्यानमा अरूसँगै मलाई पनि कोचेर लैजान लागेका थिए । ट्याक्सी भाडा म तिर्छु भनेकोले ट्याक्सीमा लगेका हुन् । म सरकारी वकिल कार्यालय पुग्दा छोरा–बुहारी, रामकुमारी, नन्दकुमारी र भान्जा नरेन्द्रलाई देखें । मलाई त्यहाँ बयान लिन लाग्दा मैले भनें, “जाहेरवालीहरू मेरा छोरीहरू हुन् । उनीहरूलाई मेरो अगाडि ल्याउनुस् । यदि उनीहरूले मेरो अगाडि मैले कुन दिन, कुन बेला, कसरी बलात्कार गर्न खोजेको हो भने म जुनसुकै सजाय भोग्न तयार छु । तपाईंहरूले जस्तोसुकै बयान गराउन चाहनु हुन्छ, त्यस्तो बयानमा सही गर्न म तयार छु ।’
महिला सेलबाट आएकी असईले भनिन्, ‘तपाईंको बच्चाहरू तल आएका छन् । भेट्ने हो रु”
मलाई ती बच्चाहरूको मुख हेर्न मन लाग्यो । मैले भनें, “हुन्छ, बोलाएर ल्याउनुस् ।”
“म बोलाएर ल्याउँछु ।” यति भनि उनी तल गइन् ।

म बयान नदिइकन बसिरहें । अ।स।ई। फर्केर आएर भनिन्, ‘बच्चाहरू आउन मानेन । संस्थाका मान्छेहरू पनि आएका छन् । उनीहरूले पनि पठाउन मानेन ।’
“भूmठो कुरालाई सत्य बनाउन गाह्रै होला । मैले गर्दै नगरेको कुरो कसरी मेरो अगाडि भत्र सक्छ रु” मैले भनें ।
त्यहीबेला मेरा विद्यार्थीहरू नीमता, सरिता, अनिशा, सबिना, कृष्णकुमारी र सम्झना लगायत थुप्रै बच्चाहरू आएका थिए । त्यसमध्ये सम्झना र नीमता मलाई समातेर धुरुधुरु रोइन् । कृष्णकुमारी र सविना पनि रोइन ।
“यिनीहरू को हुन रु” अ।स।ई।ले सोधिन् ।

“यिनीहरू पनि मैले नजन्माएका छोरीहरू हुन् ।” मैले भनें ।
मेरो बयान लिन सुरु भयो । मैले भनें, “ममाथि लगाइएका आरोपहरू सबै भूmठा हुन् । जाहेरवालीहरूसँग मेरो रगत या हाड कुनै नाता नभए पनि मैले भावनात्मक रूपले छोरीजस्तै व्यवहार गरेर पाली राखेको थिएँ । असोज १ गते म उनीहरू बसेको घरमा गएकै थिएन । त्यो दिन एउटा सामाजिक संस्थाको वैठकमा थिएँ ।”
“यदि तपाईंले केही नगरेको भए यस्तो अमानवीय आरोप किन लगाएको होला ?”
“मैले उनीहरूलाई टी।भी। मोबाईल हरेक सुबिधा दिइराखेको थिएँ । उनीहरू गरीव भनेर माया गरी राखेको त उनीहरूको बानि विग्य्रो । बाहिरका केटाहरूसँग हिंड्न थाले । मोबाईलमा ‘आइ लव यू’ भन्ने एस।एम।एस।पाएपछि मोबाईल खोसें । एकजनाको डायरी भेट्टाएँ । यो पढ्ने बेला हो, यसरी नहिंड भनी सुझाव दिने गर्दथें । उनीहरू मध्ये एक जनालाई असोज ३ गते घरबाट निकालि दिएँ । अर्कीलाई दसैंमा घर पठाई दिन्छु भनेकोले मलाई यस्तो आरोप लगाई भूmठो मुद्दा दिएको हुन सक्छ ।” मैले बयानमा भनें ।
यसरी मसँग विभित्र १७ वटा प्रश्नहरू सोध्यो । सबैको जवाफ दिएँ । त्यतिबेला मैले जुजुभाइ, मखमल र जनार्दनलाई झलक्क देखेको थिएँ । त्यहाँ बस्दाबस्दै मैले चिया पिएँ । अरूहरूलाई छोराले चिसो पिलायो । त्यसपछि मलाई जिल्ला अदालत लग्यो ।
“तपाईंको राजीखुसीले यो बयान दिनुभएको हो रु” न्यायाधीशले सोध्नुभयो ।
मैले हो भनें । त्यसदिन पनि जम्मा ५ दिनको म्याद दियो । मेरा शुभचिन्तकहरू र प्यारा बच्चाहरूलाई छाडेर हामी हनुमान ढोका फक्र्यौ ।
त्यसपछिका ५ दिन हनुमान ढोकामा

छोराले दिन का दिन मलाई विहान बेलुका खाना पु¥याइरहेको छ । मेरा साथीहरू, आफन्तहरू बिहान बेलुका मलाई भेट्न आइरहेका छन् । हातमा हतकडी लगाएर बाहिर जान मलाई मनै पर्दैन । तर के गर्ने रु यो मेरो बसको कुरा होइन । सबैजनाले अदालतमा पेशी भयो भने म छुट्छु होला भनेर ढाडस दिएर जान्छन् । हनुमान ढोका खोरमा बस्दाबस्दै मैले थाहा पाएँ कि सार्वजनिक मुद्दामा २४ दिन, जिउ मास्ने बेच्ने र जवरजस्ती करणीमा ४० दिन र लागू औषध र बन मुद्दामा ९० दिन खोरमा राख्नसक्छ । म यहाँ आएको भर्खर ६ दिन भयो । मेरो दसैं खोरमै बित्ने भयो ।
पैसा हुने र आफ्ना ठूला मान्छे हुनेहरूको लागि प्रहरी खोर पनि होस्टेल जस्तो रहेछ । म बस्ने कोठामा दुई जना हत्ताकत्ता युवाहरू छन । उनीहरूलाई हरेक दिन प्लास्टिकमा प्याक गरीराखेका खानाहरू बाहिरबाट पठाउँछन । कुखुराको सांप्रो, पुलाउ, माछा आदि खाना हुन्थ्यो । दिनका दिन त्यो खाना खाएर उनीहरूलाई वाक्क लागिसकेका थिए । एकदिन उनीहरूले मेरो खानासँग साट्ने भन्यो । हरियो साग तरकारी र छ्वयला दिएँ, मलाई कुखुराको साँप्रो र माछा दियो । पछि मैले थाहा पाएँ, उनीहरु त काठमाडौंका डन रहेछन । ठेक्का पट्टाको काममा झगडा हुँदा दुई जना मान्छेहरूलाई काटेर आएका रहेछन । अहिले ती मान्छेहरू अस्पतालमा औषधी गराईरहेका छन । यदि उनीहरू म¥यो भने ज्यानमारा केस लाग्ने, मरेन भने ज्यान मार्ने उद्योग केस लाग्ने भएको छ । तैपनि उनीहरूलाई कुनै फिक्रि छैन । उनीहरूत यहाँ आराम गर्न आएको पो भन्छन ।
दिउँसो १२ बजेतिर एकजना असईले मलाई लिन आयो । कहाँ जाने भनेको त माथि जाने भन्यो । मलाई हतकडी नलगाईकन बाहिर लग्यो । बाहिरबाट माथि अफिस कोठामा लैजान लाग्यो । मैले मनमनै सोचें—मलाई केरकार शाखामा लगेर केरकार गर्न लागेको होला । जतिसुकै पिटे पनि, पिट्दा पिट्दै मारे पनि आपूmले गर्दै नगरेको अपराध स्वीकार्दिन ।

माथि पुगेपछि एउटा कोठामा जान भन्यो । कोठाभित्र गएको त डी।एस।पी।कुर्सिमा बसिरहेको थियो । उसको सामुन्ने सोफामा सानुराजा शाक्य र राजेन्द्र श्रेष्ठ बसिरहेका थिए । दुबैजनासँग हात मिलाएँ । म पनि उहाँहरूसँगै बसें । कुराकानी भयो ।

“अब जे हुन्छ अदालतबाट हुन्छ । यहाँबाट केही हुँदैन बरु प्रहरी कार्यालयबाट के सुविधा दिउँ ?” भनेर डिएसपीले सोध्यो ।
“म लेखक हँु । मलाई कापी कलमको व्यवस्था मिलाई दिनुहोस् ।” मैले भनें ।
 “हामी तपाईंलाई कापी कलम त दिन्छु तर त्यो कापीको सुरक्षा गर्न सक्नुहुन्छ ?” डीएसपीले भन्यो, “तपाईंलाई पाना गनेर कापी दिन्छु । गनेर मात्र कापी बाहिर लैजान दिन्छु । त्यतिबेला एक पानामात्र कम भयो भने तपार्इंमाथि कारवाही हुनेछ ।”
म नाजवाफ भएँ । त्यो कापीको सुरक्षा गर्न सकुंलाजस्तो मलाई लागेन । किनकी यहाँभित्र खोरमा एकसे एक हात सफाई गर्नेहरू छन । अस्ति मेरो खल्तीमा रहेको चार सय रुपैयामा एक सय रुपैयाँ कसैले निकालेको थियो । त्यसैले मैले कापी कलमको कुरा नगरीकन भनें— म डायबिटिजको रोगी मलाई हिंडिरहनु पर्छ । त्यसैले तल यता छेउबाट उता छेउसम्म हिंडन दिनुहोला । रोलकलमा जान भ¥याङमा तल माथि गर्दा हिंड्न गाह्रो छ । रोलकलमा जान नपर्ने गराई दिनुस ।”
“ल हुन्छ, म केटाहरूलाई भनिदिन्छु । डायबिटिजको रोगीलाई बलात्कारको आरोप रु हा।।हा।।हा कुनै संस्था लागेको होला ।” डीएसपीले हाँस्दै भन्यो ।
“हो, भ्वाइस अफ चिल्ड्रेन भत्रे संस्था लागेको छ ।” मैले भनें ।
डि।एस।पि।को कोठामा निकैबेर कुराकानी भयो । के मात्र कुरा गर्ने रु सानुराजा र राजेन्द्र जान उठ्नुभयो । म तल आएँ । त्यस दिनदेखि मलाई त्यहाँ बरण्डाभित्र घुम्न दियो । प्रहरीहरूले पनि सम्मान दिन थाले । अबदेखि मैले रोलकल हुँदा तल चोकमा उभिन जानु परेन ।
पेशीको लागि अदालत या सीडीओ अफिस लगेका ५÷६ जना हरेक दिन छुट्ने या जेल चलान हुन्थ्यो । फेरि ८÷१० जना थप्थे । दुई सय पचास जनाभन्दा कम कहिल्यै भएन । जानेभन्दा आउनेको संख्या बढ्न थाले । केटाहरू मात्र होइन, केटीहरू आउनेक्रम पनि बढ्न थालेको छ । केटीहरू पनि कोही मसाज सेन्टरबाट, कोही डान्सबारबाट समातेर ल्याएको भन्थ्यो । ३५÷४० वर्ष उमेरका महिलाहरूलाई पनि ल्याएको छ । कोही लागूऔषध प्रयोग गरेका, कोही क्यासिनोबाट, कोही जिउ मास्ने बेच्ने अभियोगमा पक्राउ गरेर ल्याउँथ्यो । ती केटीहरूलाई फकाउन त्यहाँ भित्रका दादा टाइपका केटाहरू कुरा गर्न जान्छन । उनीहरूलाई चिया खुवाउँछन् । बाहिरबाट मगाएर खाना खुवाउँछन । उनीहरू दिनभरि कोठामा हुँदैनन् । कहाँ जान्छन् कहाँ जान्छन् । चेकिंग आउने बेलामा भने आइपुग्छन ।
मलाई सबभन्दा गजब त एकैदिनमा ६ जना तेश्रो लिंगीहरू समातेर ल्याउँदा भयो । अहिलेसम्म मैले लिंग नछुटेका तेश्रो लिंगीहरू खासै देखेको थिएन । अहिले प्रत्यक्ष देख्न पाउँदा म खुशी भएँ । एक जनाको अनुहार केटाजस्तो थियो, लुगाचाहिं केटीको लगाइराखेको थियो । मैले उसलाई हेरिरहँदा उनले भनिन्, “ए बुढो † मलाई देखेर लोभ लाग्यो कि क्या हो ?”
एक जना केटाले मेरो हात समातेर कोठाभित्र लगेर भन्यो, “बा, यिनीहरूसँग आँखा जुधाउनु हुँदैन । बोल्दै नबोल्ने । यिनीहरूले हाम्रो बेइज्जत गरीदिन सक्छन् ।’
मलाई सहयोग गर्दै आइरहेका बाजिगरको पेशी हुनेभयो । फाइल बुझाउन दुई सय रुपैयाँ खर्च चाहियो भन्यो । अनि बल्ल ऊसँग सोधें, “बाबु तिमी के मुद्दामा आएको ?”
“बा, म पोखरा–काठमाडौं चल्ने बसको खलासी थिएँ । एकचोटी बसमा ठूलै मान्छेको पाकेट मारेछ । थानकोट पुगेपछि पाकेट मारेको उसले थाहा पाएछ । सबैको पाकेट हे¥यो । झोला चेक ग¥यो । उसको पैसा भेटाएन । अनि मैले नै पाकेट मारेर पैसा गायब गरेको भन्ने आरोप लगाएर मलाई प्रहरीमा बुझाई दियो । आज एक्काईस दिन भयो । अब चौबीस दिनको दिन सी।डी।ओ अफिस लान्छ । धरौटी खुल्छ होला । तर के गर्ने धरौटी तिर्न सक्दिन । म जेल जानुपर्छ । तपाई छुट्नुस है बा ।”
मैले उसलाई दुई सय रुपैयाँ दिएँ ।  ऊ खुसी भयो ।
यसरी मैले हनुमान ढोकाको पिडादायी जीवनलाई सहज बनाउन हरेकसँग कुराकानी गरेर दिन बिताउन थालें । मलाई बाटोमा होस या बरण्डामा होस जहाँ मन लाग्छ त्यहाँ बस्न छूट पाएको छु ।

असोज १५ गते नवौं दिन तेस्रो म्याद थप

असोज १५ गते तेस्रो पटक मलाई अदालत लग्यो । न्यायाधीशको अगाडि मलाई उभ्याउन लग्यो । न्यायाधीशले फाईल हेरेर भत्रुभयो, ‘खोई अभियोग पत्र तयार गर्नु भएको रु खाली म्याद थप्न आउनु हुन्छ ।”
“केटीहरूको मेडिकल रिपोर्ट आएको छैन ।” महिला प्रहरीले भनिन् ।
“मेडिकल रिपोर्ट पठाएको छैन भने तपाईंहरू गएर ल्याउनु प¥यो । दुईटा एन।जि।ओ।को झगडामा विचरो बूढो मान्छेलाई दुःख दिइरहनु भएको छ । ल अब पनि पाँच दिनको समय दिन्छु । त्यतिबेलासम्म पनि अभियोग पत्र तयार गरेर ल्याउनु भएन भने म उहाँलाई यहिंबाट रिलिज गरिदिन्छु ।” न्यायाधीशले भन्नुभयो ।
महिला प्रहरी निरुतर भइन । लुसुक्क परेर मलाई फिर्ता ल्याइन । पाँगा घरको मुचुल्का उठाएर ताला खोलिसकेको र त्यहाँ केटीहरूले भने बमोजिम केही पनि प्रमाण नभेटेको कुरा प्रहरीले मलाई बाटोमा बतायो । प्रहरीको यो बयान र न्यायाधीशको व्यवहारले मेरो मन आनन्दित भयो । अदालतमा पेशी भयो भने छुट्छु होला भन्ने मलाई पूरा विश्वास भयो ।
मलाई भेट्न विहान साँझ मेरा साथीहरू, आफन्तहरू आइरहेका छन । उनीहरू आए भने मलाई हतकडी लगाएर बाहिर लैजान्छ । हतकडी लगाएर बाहिर जानु पर्दा मलाई बाहिर जान मनै लाग्दैन तर के गर्ने रु भेट्न आएपछि जानै प¥यो ।
हनुमान ढोका प्रहरी खोरमा थुनुवाहरू आउन बढेजस्तै घर जानेहरू पनि बढ्न थाल्यो । एकैदिनमा ४०÷५० जना थुनुवाहरूलाई अदालत र प्र।जि।अ। कार्यालय लैजान्छन । त्यसमध्ये कोही कोही मात्र फर्केर आउ“छन । मलाई सहयोग गर्दै आइरहेका बाजिगर आज प्र।जि।अ।कार्यालय गएको फर्केर आएन । मैले एकजना प्रहरीसँग सोधें, “बाजिगर छुट्यो कि ?”
“तीन हजार रुपैया धरोटी मागेको थियो । उसले तिर्न सकेन । जेल पठायो ।” प्रहरीले भन्यो ।
बाजिगरको ठाउँमा अर्को एकजना गुरुंङ थरको केटा आयो । उसको दाया“ हात भाँचेर ढलान गरीराखेको छ । प्रहरीको पिटाईबाट उसको हात भाँचेको हो कि जस्तो लाग्यो । मैले उसँग सोधेंं “यो हात कसरी भाँचेको रु के मुद्दामा आएको ?”
“मोटरसाइकल दुर्घटनामा यो हात भाँचेको थियो । त्यसैले घरमै बसिरहेको थिएँ । आजभन्दा बाईस दिन पहिले मेरो घर अगाडि निकैबेरसम्म प्रहरी भ्यान रोकीराख्यो । किन होला भनेर उत्सुकतावश म तल गएँ । भ्यान किन रोकीराख्नु भएको भनेर सोधें । तँलाई के मतलव भनेर प्रहरीले हप्कायो । मेरो घरको अगाडि भ्यान रोकिराख्नु भएको छ । त्यो सोध्ने अधिकार मलाई छैन रु” मैले भनें । त्यतिकैमा अरू दुई जना प्रहरीहरू खाली हात आइरहेको देखें । त्यतिकैमा मसँग कुरा गरिरहेको प्रहरीले “ए, तँ अधिकार खोज्ने होइन रु तँलाई नै समात्न आएको” भनेर समातेर ल्यायो । “ड्यूटीमा रहेका प्रहरी जवानहरूलाई अपशब्द प्रयोग गरेको ।” भनेर मलाई अभियोग लगाइयो ।
१२ कक्षामा पढिरहेका केटा, प्र.जि.अ.मा तारिख लिन जाँदा उसको कलेजको एक जना केटी साथीले उसलाई देखेछ । उनले कलेजमा गएर के भत्रे होला अब म क्याम्पस नै जात्र भनेको थियो । प्रहरीको सानो भूलले एक जना केटाको जीवनमाथि खेलवाड गरेको अनुभव भयो ।
त्यसको दुई दिन पछि उसलाई प्र.जि.अ.कार्यालय लगेको थियो । उसले सफाई पाएर घर गयो भत्रे खवर आयो ।

No comments:

Post a Comment