Thursday, September 29, 2016

जनसेवा उच्च मा.वि.को व्यवस्थापन समितिको अध्यक्षमा माधवलाल महर्जन

जनसेवा उच्च मा.वि.को व्यवस्थापन समितिको अध्यक्षमा माधवलाल महर्जन


कीर्तिपुर सन्देश साप्ताहिक

काठमाडौंको दक्षिण भेगमै सबभन्दा पुरानो र प्रतिष्ठित विद्यालय जनसेवा उच्च मा.वि.को व्यवस्थापन समितिको अध्यक्ष पदमा समाजसेवी माधवलाल महर्जन सर्वसहमतिबाट निर्वाचित हुनु भएको छ ।
माधवलाल महर्जनले वि.सं. २०४३ सालदेखि निरन्तर रुपमा जनसेवा उच्च मा.वि.को व्यवस्थापन समितिको अध्यक्ष रही काम गर्दै आइरहनु भएको थियो । विद्यालय व्यवस्थापन समिति सम्बन्धि पुराना नियमले अभिभावकमध्येबाट नै अध्यक्ष चयन गर्नुपर्ने नियम भएपछि माधवलाल महर्जन २०७१ पौष १५ गते गठन भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न पाउनु भएन । अध्यक्षमा अभिभावक प्रा.खगेन्द्र राई चुनिनु भएको थियो । माधवलाल महर्जन शिक्षा सेवीको रुपमा सदस्यमा रहनु भएको थियो ।

नयाँ शिक्षा नियम लागु भएपछि पुराना व्यवस्थापन समिति खारेज गरी नयाँ व्यवस्थापन समिति बनाउनु पर्ने भयो । सो नियममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न अभिभावकनै चाहिने नियम खारेज भयो । अभिभावक शिक्षकको भेलाले पहिले सदस्य निर्वाचन गर्ने, निर्वाचित सदस्यहरु मध्येबाट अध्यक्ष चयन गर्ने नियम भयो । सोही अनुसार गत असोज ८ गते शनिवार अभिभावक, शिक्षक र समुदायको भेलाले निम्नलिखित सदस्यहरुको चयन गरिएको थियो ।१.माधवलाल महर्जन (शिक्षा प्रेमी) २. कृष्णभोला महर्जन— की.न.पा.प्रतिनिधि ३.डा.सोनेलाल शाह–अभिभावक ४.नीरु कार्की— अभिभाबक, ५.विद्या श्रेष्ठ—अभिभावक, ६.गणेश रसाइली—अभिभावक, ७.मेनूका महर्जन— समाजसेवी ८. रामचन्द्र महर्जन—शिक्षक प्रतिनिधि, ९.प्राचार्य नन्दकुमारी महर्जन रहनु भएको थियो । उक्त दिननै अभिभावक शिक्षक संघ पनि गठन गरिएको थियो । जसमा १.चन्द्र बानियाँ २.ओम कुमारी श्रेष्ठ, ३.जयवहादुर डसाल, ४. छविन्द्र बेलबासे, ५. दिपक महर्जन ६. अरुण गुरुङ्ग शिक्षक समुहबाट १.मन्दिरा गुरुङ्ग २. पवित्रा महर्जन ३. रुपेश महर्जन ४. ललिता महर्जन ११. सानुकुमारी भण्डारी हुनुहुन्थ्यो ।

गत असोज १० गते बसेको व्यवस्थापन समितिको बैठकले माधवलाल महर्जनलाई सर्वसहमतिबाट अध्यक्षमा चयन गरिएको थियो । अध्यक्ष चयन भएकोमा शिक्षक, विद्यार्थीहरुले उहाँलाई भव्य स्वागत गर्नुका साथै बधाई ज्ञापन गरिएको थियो ।

No comments:

Post a Comment