Saturday, March 23, 2013

अग्नि पिडित सहयोग समितिले हिसाव बुझायो

अंक ८१ ने. सं. ११३३ सिल्लाथ्व दशमी  बुधवाः २०६९ फागुन ९ गते  बुधवार Feb 20, 2013


अग्नि पिडित सहयोग समितिले हिसाव बुझायो


गत साउन १९ गते गाईजात्राको विहान कीर्तिपुर नगरपालिकाको वडा नं.३ भ-यांपुखुसीस्थित कृष्ण महर्जनको घरमा ठूलो आगलागी भएको थियो । उक्त आगलागीमा परी कृष्ण महर्जनको श्रीमती हिरामोती महर्जनको निधन भएको थियो भने । कृष्णला महर्जन, शुलभ महर्जन र सुभान महर्जन घाईते भएका थिए ।

उक्त अग्निपिडीतहरूको सहयोगार्थ प्रदिप कुमार महर्जनको अध्यक्षतामा १५ सदस्यीय सहयोग समिति गठन गरिएको जसमा सचिव चन्द्रमान महर्जन, कोषाध्यक्षमा गुणलक्ष्मी माली र सदस्यहरूमा केशरत्न बज्राचार्य, महेन्द्र महर्जन, संजीव महर्जन, आनन्द महर्जन, पद्मकुमार महर्जन, अमीरकृष्ण महर्जन, पुरुषोतम श्रेष्ठ, लक्ष्मण महर्जन, विष्णु महर्जन, कान्छि महर्जन, इन्द्र महर्जन र तारा महर्जन रहेको थियो । उक्त समितिले सहयोगको लागि आव्हान गरे बमोजिम कीर्तिपुरका टोल टोल, समूह, संघ संस्थाले आ–आफ्नो इच्छा बमोजिम सहयोग गरेका थिए ।

राहत कोषको खातामा रु. ७,५२,२३४/–जम्मा भएको थियो । सोझै पिडितको हातमा अष्ट्रेलियाबाट पठाएको रु. १८२,०००/–(युरो डलर२०००) र पुष्पसदन स्कुलबाट रु.३६,०००/– दिएको थियो ।

गत फागुण ५ गते सनिवार एक कार्यक्रम गरी अग्निपिडित सहयोग समितिले उक्त हिसाव सार्वजनिक गरिएको थियो । औषधी खर्च र पटक पटक पिडित पक्षलाई खर्च वापत दिएर बाँकि रहेको रकम रु. १,९१,४७०/–को चेक कृष्ण महर्जनलाई हस्तान्तरण गरिएको थियो ।

अग्निपिडितहरू अहिलेसम्म पनि पूर्ण रुपमा निको भइसकेको छैन । चन्दा सहयोगबाट पिडितको घर बनाएको भन्ने हल्ला निराधार भएको कुरा अध्यक्ष प्रदिप कुमार महर्जनले बताउनु भयो । समितिमा प्राप्त रकम अधिकांश औषधी खर्च र अस्पताल चार्जमा खर्च भएको जानकारी दिनु हुँदै महर्जनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जम्मा रु. ३०, ०००/– मात्र प्राप्त भएको कीर्तिपुर नगरपालिका र अन्य कुनै सरकारी निकायबाट कुनै सहयोग नगरेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment