Friday, January 25, 2013

कीर्तिपुर नगरपालिकाको नयाँ बजेट करिव १४ करोड ३ लाख

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013


कीर्तिपुर नगरपालिकाको नयाँ बजेट करिव १४ करोड ३ लाख

कीर्तिपुर नगरपालिकाले एक विज्ञप्ति जारी गरि यहि २०६९ पौष २७ गते शुक्रवा कीर्तिपुर नगरपालिकाको १८ औं नगर परिषद् सम्पन्न भएको जानकारी दिएको छ ।

विज्ञप्तिमा नगरपरिषदको बैठकले आगामी आ. व. २०७०÷०७१ का लागि रु १४ करोड २ लाख ९१ हजार कुल आय व्यव अनुमान (बजेट) पारित गरेको उल्लेख गरिएको छ । जसमध्ये आय तर्फ आन्तरिक श्रोतबाट रु २ करोड ७२ लाख ५ हजार र बाह्यश्रोत तर्फ, नगरपालिका भवन निर्माणका लागि नगर विकास कोषबाट रु ३ करोड सहुलियत ऋण सहित रु ११ करोड ३० लाख ८६ हजार गरी रु १४ करोड २ लाख ९१ हजार र ब्यय तर्फको चालु खर्च तर्फ रु ४ करोड ६ लाख ३० हजार र पुँजीगत खर्च तर्फ ९ करोड ९६ लाख ६१ हजार  मध्ये

क) न.पा. भवन निर्माण रु ३,००,००,०००।—

ख) सशर्त अनुदान योजना रु ३,८४,३०,०००।—

ग) वडास्तरीय योजना रु  ९५,००,०००।—

घ) महिला लक्षित कार्यक्रम रु २१,७५,०००।—

ङ) बालबालिका लक्षित कार्यक्रम रु २१,७५,०००।—

च) जेष्ठ नागरिक,दलित,आदिवासी तथा जनजाती लक्षित कार्यक्रम रु ३२,६०,०००।—

छ) अन्य भौतिक पूर्वाधार तथा प्रवद्र्धनात्मक योजना तथा कार्यक्रम रु १,४१,२१,०००।— गरी जम्मा रु ९,९६,६१,०००।—

No comments:

Post a Comment