Wednesday, December 26, 2012

नेवाः एकता दिवसका लागि वृहत आयोजक समिति बनाइने

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012

नेवाः एकता दिवसका लागि वृहत आयोजक समिति बनाइने

आउदो माघ ७ गते आइतवारका दिन कीर्तिपुरमा मनाइने नेवाः एकता दिवसका लागि नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरले वृहत आयोजक समिति बनाइने भएको छ । मंकाः परिषद्ले कीर्तिपुरमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघ संस्थादेखि विभिन्न जातीय संगठनहरु समेत सहभागीतामा नेवाः एकता दिवस बनाउने तयारी भइरहेको थाहा भएको छ । माघ ७ गते उपत्यकाभरीका नेवार समुदाय नेवाः स्वायत्त राज्य प्राप्तिका लागि आन्दोलनको रुपमा कीर्तिपुरमा नेवाः एकता दिवस मनाउन आउने बताइएको छ । 

सो दिवस मनाउनका लागि नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुले कीर्तिपुरमा नेवाः स्वायत्त राज्यका लागि आन्दोलनरत व्यक्तित्व, विभिन्न जातीय संगठनका प्रतिनिधिहरुको सहभागीतामा आउदो शुक्रवार पुष १३ गते नेपाः राष्ट्रिय पार्टीको कार्यालयमा एक भेला समेत आयोजन गरिएको छ । त्यस पछि कीर्तिपुरका संघ संस्थादेखि, दाफा खलः, धिमे खलःदेखि विभिन्न सांस्कृतिक समूहको समेत सहभागीता गराई सयौं जनाको नेवाः एकता दिवस आयोजक समिति बनाउने बताइएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete