Wednesday, December 26, 2012

एपीएफ एकदिवसीय राष्ट्रिय क्रिकेट च्याम्पियन बन्न सफल

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012


एपीएफ एकदिवसीय राष्ट्रिय क्रिकेट च्याम्पियन बन्न सफल

नवीन महर्जन

पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट –२०६९ गत शुक्रवार त्रि.वि. कीर्तिपुरको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको छ । यस वर्षको वान–डे राष्ट्रिय क्रिकेटको फाइनल गत वर्षको विजेता एपीएफ र क्षेत्र नम्बर–४ भैरहवा विच भएको थियो । यस प्रतियोगितामा भैरहवाले पहिला ब्याटिङ्ग गर्दै २२१ रनमा समेटिएको थियो । जवाफी ब्याटिङ्ग गर्दै कप्तान पारस खड्का र सुवास खकुरेलको अर्धशतकमा एपीएफले ३४ ओभर १ बलमा ४ विकेटको नोक्सानीमा २२७ रन बनाइए यस दशौं संस्करणको वान–डे राष्ट्रिय क्रिकेट च्याम्पियन बन्न सफल भएको हो । यसरी एपीएफले ३ वर्षको अन्तरालमा यो समेत गतवर्षको राष्ट्रिय च्याम्पियन सहित घरेलु क्रिकेटमा ६ उपाधी हात पारिसकेको छ । जसमा पाँचौं र छैठौं राष्ट्रिय खेलकुद पनि सामेल छ । यो दशौं पेप्सी स्ट्यान्टर्ड चार्टर्ड वान–डे राष्ट्रिय क्रिकेट ट्रफी वियसँगै नगद रु १लाख ५० हजार समेत हात पारेको छ । यस प्रतियोगितामा वीरगञ्जका अमित श्रेष्ठले २ शतक सहित कुल २४८ रन बनाई उत्कृष्ट ब्याट्सम्यान भई रु. १५ हजार जित्न सफल भएको थियो । त्यसै गरी चार खेलमा १२ विकेट लिई बसन्त रेग्मी उत्कृष्ट बलरको रुपमा चुनिए । २७५ रन र ६ विकेट लिन सफल अलराउन्डर सागर पुन प्रतियोगिताकै उत्कृष्ट खेलाडि घोषित भए जसबाट उसले २० हजार जित्न सफल भए भने वसन्तले रु.१५ हजार जितेको थियो । त्यसैगरी वान–डे राष्ट्रिय क्रिकेटको इमर्जिङ प्लेयर भै भैरहवाका फैजरुल रहमान पनि घोषित भएको थियो ।

यसरी यो दशौं वान डे राष्ट्रिय क्रिकेट–२०६९ निकै सफल भएको देखिन्छ । यस प्रतियोगितामा ५ खेलाडिले कुल ६ शतक हिर्काएका थिए । २०५८ सालदेखि प्रारम्भ भएको वान–डे राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिलेसम्म च्याम्पियन बन्न सफल यस प्रकार छन । २०५८–विराटनगर, २०५९— विराटनगर, २०६०—विराटनगर, २०६१—विराटनगर, २०६३—विरगञ्ज, २०६४— भैरहवा, २०६५— काठमाडौं, २०६६— काठमाडौं, २०६८—एपीएफ, २०६९— एपीएफले जितेका छन ।

त्यसैगरी इन्डियन एजुकेशन सर्भिसेसको सहयोगमा जैन युनिभर्सिटी बैंगलोरको आयोजनामा त्रि.वि.को खेल मैदानमा गत पुस ७ गते शनिवार सम्पन्न सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटको उपाधि जित्न ट्रिटन कलेज सफल भएको छ ।

गोल्डेन गेटले पहिला ब्याटिङ्ग गर्दै १६.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८० रनमात्र बनाउन सफल भएको थियो । गोल्डेन गेटलाई सस्तोमा समेट्ने क्रममा ट्रिटनमा वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिएका थिए । जवाफी ब्याटिङ्गमा ट्रिटनले केवल १२.३ ओभर २ विकेटको नोक्सानीमा ८४ ्न बनाई च्याम्पियन भएका थिए । विजयी टोलीलाई जित दिलाउने क्रममा विनोद भण्डारीले सर्वाधिक ५१ रन बनाई म्यान अफ दि म्याच घोषित भएका थिए ।

यस प्रतियोगितामा च्याम्पियन बन्न सफल ट्रिटन कलेजले बैंगलोरमा आगामी जनवरी १६ देखि २६ सम्म हुने अन्तराष्ट्रिय कलेज स्तरीय प्रतियोगितामा भाग लिन पाउने छ । स्मरणरहोस यस छनोट प्रतियोगितामा कीर्तिपुरको साउथ वेष्ट क्रिकेट क्लबका खेलाडिहरूले लेबोरेटरी उच्च मा.वि. तर्फबाट सहभागिता जनइएको थियो । जुन सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । यसरी अन्तरराष्ट्रिय एवं राष्ट्रिय खेलाडिद्वारा भरिएको अरु कलेजका टिमलाई चुनौती दिन हाम्रा खेलाडि सफल भएको थियो ।

यसरी अनुभवको लागि भएपनि यस्ता प्रतियोगितामा सहभागी जनाउन पाउनु भनेको राम्रो कुरा हो ।

प्रथम पलिस्था स्मृति वास्केटवल प्रतियोगिता राराहिलको पोल्टामा

गत पुस ३ गते मंगलवारदेखि राराहिल मेमोरियल स्कुलमा सुरु भएको प्रथम पलिस्था मानन्धर स्मृति बास्केटवल प्रतियोगितामा राराहिलले विजय हासिल गरेको छ ।

पुस ५ गते भएको सेमिफाइनल खेलमा राराहिलले पुष्पसदनलाई हराएर फाइनलमा प्रवेश गर्न सफल भएका थिए । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यू जेनिथले हिल टाउन स्कूललाई हराई फाइनलमा प्रवेश गरेका थिए । सोही दिन भएको फाइनल खेलमा राराहिल स्कूलले न्यू जेनिथ स्कूललाई ११ को विरुद्ध १४ अंकले पराजित गरी विजयी भएको थियो । उक्त प्रतियोगितामा राराहिलका हिमाल तामाङ उत्कृष्ट खेलाडि घोषणा भएका थिए ।

खेलको समाप्ति पछि राराहिलका प्रिन्सिपल नारायण महर्जन, स्व. पलिस्थाका आमा बुबा र नेपालका पूर्व राष्ट्रिय खेलाडि रविन्द्र महर्जनले विजयी टिम तथा बास्केटवल खेलाडिहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete