Thursday, March 28, 2024

थुनुवाको डायरि

थुनुवाको डायरि 


२०६७/०७/१३ (३० अक्टोवर २०१०) शनिवार— चौबिसौँ दिन

हिजो छोराले ममी सुत्नु पनि हुत्र, खाना पनि खानुहुत्र भनेको सुनेर मेरो मन साह्रै रोयो । उनको यादले छिनछिनमा मलाई रोऊँ–रोऊँ जस्तो लागेर आयो । तर म रोएर कसले के गर्न सक्छ र ! म रुनु भनेको आपूmले आफैलाई सास्ती दिनु हो । अहिले मलाई केही नहुँदा त कृष्णाको यो हालत छ भने मलाई केही भयो भने झन उनको के हालत हुने होला ? यो जेलमा सबभन्दा नराम्रो रोग टेन्सनमा बस्नु हो । टेन्सनको कुनै औषधी हुँदैन ।

श्रीमतीलाई पत्र मार्फत सम्झाउनु प¥यो भनेर ओम शान्तिमा नगइकन श्रीमतीको नाममा पत्र लेख्न थालेँ ।

प्रिय जीवन संगीनी कृष्णदेवी,

अशेष अनुराग, आँखाभरिको सम्झना, मुटुभरिको माया ।

    हिजो छोरा मलाई भेट्न आउँदा ममीको के हालखवर छ भनेर सोधेको थिएँ । के भनूँ ड्याडी, ममीको हाल बेहाल छ, ममी रातभरि सुत्नुहुत्र, खाना पनि राम्ररी खानुहुत्र, हरेक पल तपाईंको पीर लिइरहनु हुन्छ भन्यो । यो सुनेर मेरो मन खित्र भयो । मलाई पनि रुन मन लाग्यो । बिछ्यौनामा बसेर धेरैबेर रोए“ । रुँदारुँदै मेरो मुखबाट सुँक्कसुँक्क आवाज पनि आयो । सँगै सुतिरहेका साथीहरूले किन रोएको बा, नरुनु भनेर सम्झाए । हाम्रो कोठाका २५ जना वन्दीमध्ये सबैभन्दा जेठो र बुढो मै हूँ । सबैजनाले मलाई बा भनेर सम्मान गर्छन् । हो, रोएर के गर्ने ? तिम्रो हाम्रो हातमा केही पनि छैन । यो विधिको विधान हो । हाम्रो कर्मको फल हो । हाम्रो जीवन एउटा नाटक हो । हामी नाटकका पात्र हौं । त्यसैले रोएर अपशोच मानेर केही हुनेवाला छैन । त्यसैले मन दह्रो बनाएर यो परिस्थितिको सामना गर्नु नै हाम्रो बहादुरीपन हो ।

    कृष्णा, हामी जीवनको गोरेटोमा एउटा रथको दुई पाङ्ग्रा भएर गुडेको ३७ वर्ष भएछ । चखेवाचखेवीजस्तै हामी सँधै सँगै हुन्थ्यौँ । एकले अर्कोको मनको भावना बुझेर दुःख सुख बाँड्थ्यौँ । हाम्रो जीवनमा अनेकौँ उतार–चढाव आए । कति दुःख कष्ट आयो । हामीले मिलेर सामना ग¥यौँ । तिम्रो साथ पाएर मैले सफलता हासिल गरेँ । तिम्रै सम्झनामा, तिम्रै मायाको बलले आज म भद्रवन्दी गृहमा जिउँदो छु । म छिट्टै तिमी कहाँ आउने छु । निराश नहुनु ।

हाम्रा ति विगतका दिनहरू सम्झ । हामीले समस्याहरूसँग कसरी जुध्यौँ । अरूहरूले विवाहपछि पढाइ छाड्छन् । तिम्रो प्रेरणाले मैले पढाइ सुरु गरेँ । काठमाडौंको थानाबहालमा हाम्रो डेरा थियो । म दिनभरि जनसेवा माध्यमिक विद्यालयमा पढाएर आउँंथें । डेरामा पुग्ने बित्तिक्कै तिमीले मलाई खाजा ख्वाउँथ्यौँ । खाजा खाएर त्रिचन्द्र कलेजमा बि.ए.पढ्न जान्थें । कहिलेकहीँ आज कलेज जात्र भन्दा तिमीले मलाई रत्नपार्कसम्म पु¥याउन आउँथ्यौँ । क्याम्पसबाट फर्कंदा रातको १० बजी सकेको हुन्थ्यो । खाना खाएर म पढिरहन्थेँ । तिमीले मेरो पढाइमा कहिल्यै बाधा पु¥याइनौँ । स्वास्नीसँग डेरामा बसेर के पढ्छ ? भनेर गिल्ला गर्नेहरूलाई मैले बि.ए.पास गरेर देखाइ दिएँ । तिमी निरक्षर केटीले डेरामै बसेर नेपाली लेख्न पढ्न सिक्यौँ । तिमी कति मेहनती, परिश्रमी छौँ ।

कृष्णा, मैले तिम्रो एउटा इच्छा पूरा गर्न सकिनँ । तिमीले म शाखा अधिकृत भएको हेर्न चाहन्थ्यौं । त्यसैले मैले थुप्रै ठाउँमा थुप्रै पटक शाखा अधिकृतको परीक्षा दिएँ । कहिल्यै कहीँ पास गर्न सकिनँ । म अयोग्य भएर होइन । म कलेज पढ्दादेखिनै व्यवस्था विरोधी राजनीतिमा लागेका कारण ‘व्यवस्थाप्रति आस्था नभएको’ भत्रे आरोप लागेको रहेछ । म अन्याय, अत्याचार र शोषणको घोर विरोधी त्यसैले जनसेवामा खाइरहेको मास्टर जागिर पनि राजीनामा दिन बाध्य पारे । अनि सानो छोरा लिएर वीरगञ्ज गएको होइन ? त्यहाँ पनि हामीलाई कबुल गरे बमोजिम साहुले तलब नदिएर कति दिन आधा पेटमा गुजार्नु परेको थियो । वीरगञ्ज गएर पनि हामीले कति दुःख झेल्यौँ । तिमीले रातदिन स्वीटर बुनेर खर्च जुटायौँ । मैले बच्चाहरूलाई ट्यूसन पढाएँ । वीरगञ्जको रेशमकोठीमा दाउरा डिपो राखेँ । वीरगंज–जनकपुर चल्ने बसमा पार्टनरशीप गरेँ । मैले केही दिन कन्डक्टरी काम पनि गरेँ । त्यतिबेला मानिसहरूले हामीलाई कति हेला गर्थे । तैपनि हामी अलिकति पनि विचलित भएनौँ । तिम्रो गहना बेचेर हामीले कोइलाको व्यापार ग¥यौँ । तिम्रो माया र सल्लाहले ममा हिम्मत बढ्यो । काम गर्ने जाँगर बढ्यो । त्यसैले व्यापारमा हामी सफल भयौँ । वीरगंञ्जमा घर बनाएँ । जग्गा किनेँ । कीर्तिपुरमा जग्गा किनेर घर बनाएँ । हाम्रो व्यापारको सफलताले हाम्रा साथीभाइहरू, नातेदार र आफन्तले पनि हामीबाट फाइदा लिए ।

कृष्णा, त्यतिबेला तिम्रा आफन्तहरूले तिमीलाई भाग्यमानी मान्दथे । मेरो परिवार र आफन्तहरूले तिमीलाई ‘साक्षात लक्ष्मी’ ठान्थे । त्यस्तो गरीव परिवारमा तिम्रो आगमनले यति सम्पत्र बनायो भन्थे । मलाई पनि हिम्मतदार र मेहेनती भनेर प्रशंसा गर्थे । तिमीजस्तो जीवन साथी पाएर म पनि खुशी थिएँ । तिमी सुन्दरी, चिटिक्क परेकी, तिम्रा ती ठूलाठूला गाजलु आँखाहरू, पिडौलासम्म पुग्ने तिम्रा ती निख्खर कालो बाक्लो लामो कपाल र बान्की परेको जिउडाल हेरेर मेरा साथीहरूले ईष्र्या गर्थे ।

कृष्णा, तिमी कति हिम्मतदार महिला हौ । आज म आपूmले नगरेको अपराधमा आरोपित भएर जेल पर्ने बित्तिक्कै तिमी किन निराश भयौँ ? किन हतोत्साही भयौँ ? म मरेको छैन । अहिलेसम्म बाँचेकै छु । जीवितै म जेलबाट फर्किन्छु । म अपराधी होइन । मलाई आरोपमात्र लगाइएको हो । मेरो मुद्दाको फैसला भएको छैन । त्यसैले म कैदी होइन । थुनुवा मात्र हुँ । तिमीले ठानेकी हौली जेलमा मैले कति दुःख पाइरहेको होला भनेर । हामीले बाहिर बसेर सोचे जस्तो यहाँ केही तकलिफ छैन । मलाई त लाग्छ म वृद्धाश्रममा बसिरहेको छु । यहाँ समयमा खाना खान पाइरहेको छु । मन्सुली चामलको भात, दुई थरी तरकारी र गोलभेडाको अचार खान पाइरहेको छु । मैले एक पैसा तिर्नु पर्दैन । आपूmले खाना खाएको थालसम्म पनि पखाल्नु पर्दैन । विहान छ बजेदेखि साँझ पाँच बजेसम्म पैसा तिरेर चिया, कफि खान पाइन्छ । विहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म भात खाइसक्नुपर्छ । बेलुका ९.३० बजेसम्म बिछ्यौनामा जानुपर्छ । हल्ला गर्न पाईंदैन ।

म विहान सबेरै उठेर नित्यकर्म गर्छु । यहिँ खेलकुद ग्राउण्डमा मर्निंग वाक गर्छु । ६ः३० बजे होटलमा गएर बिना चिनीको दूधवाला चिया, अण्डा वा विस्कुट लिएर खान्छु । त्यसपछि ओम शान्ति हलमा गएर ध्यान बस्छु । प्रवचन सुन्छु । ८ बजे फिल्टरको खाने पानी थाप्छु । त्यसपछि एकछिन घाम ताप्छु । फेरि एक कप चिया पिएर आफ्नो बेडमा आउँछु । अनि चिठ्ठि लेख्नु परे लेख्छु नभए डायरी लेख्ने गर्छु । डायरी लेख्न सिध्याएर कहानी लेख्छु । १० बजे डायविटिजको औषधी खान्छु । आधा घण्टा बाहिर घुम्छु । १०ः३० बजे खाना खान्छु । एकछिन घाम ताप्छु । अनि पुस्तकालयमा गएर पत्रिका पढ्छु । त्यसपछि मलाई भेटघाट गर्न आउनेहरूसँग भेट्दा भेट्दै दुई तीन बज्छ । मलाई भेट्न आउनेहरू मध्ये कसैले मासु चिउरा, कसैले फलपूmल, कसैले सुगर फ्री विस्कुट ल्याएको हुन्छ । त्यही खाजाको रूपमा खान्छु । यहाँ भित्र होटलमा पनि कहिले छ्वय्ला, कहिले बफ चिल्ली, कहिले तास, कहिले ममः बनाएको हुन्छ । चार बजेदेखि ६ बजेसम्म साथीहरूसँग गफ गर्दै बित्छ । ६ बजे औषधी खाएर ६ः३० बजे खाना खान्छु । एकछिन यताउता घुमेर ७ बजे ओम शान्ति हलमा गएर ध्यान बस्छु । टी.भी. मा शिवानीको प्रवचन सुन्छु । त्यसपछि बेडमा आएर सुत्छु ।

कृष्णा, यसरी मेरो दिन आरामले बितिरहेको छ । यहाँ मेरो कोठाको नाईके, सहनाईके, भाइनाईकेहरू हाम्रा छोरा भन्दा कम उमेरका छन् । साहै्र राम्रा मान्छेहरू छन् । उनीहरूमध्ये कसैले मलाई बा भन्छन्, कसैले अंकल भन्छन् । उनीहरूको व्यवहार हेर्दा साहै्र माया लाग्छ । त्यसैले कृष्ण जेलमा परेकाहरू सबै खराव मान्छे होइनन् । बदमाश छैनन् । सबैको हृदयमा भगवान छन् । कोही मजस्तै फसाइएका छन् । कोही परिवन्दले जेल परेका छन् । अरूले भने वमोजिम नेपालको जेलहरूमा सबैभन्दा राम्रो र व्यवस्थित जेल यही नै हो ।

कृष्ण, तिमी हरेश नखाउ । हिम्मत नहार । तिमी आपूm जवान छ“दाको विगत सम्झ त । छोरा ५ वर्षको थियो होला । तिमी जवान थियौँ । म जवान थिए“ । कामको सिलसिलामा त्यतिबेला महिनाको १५ दिन म वीरगंजबाट बाहिरै हुन्थेँ ।  तिमी र छोरामात्र वीरगञ्जमा हुन्थ्यौँ । त्यतिबेला तिमीलाई छाडेर जान म हिचकिचाउ“थेँ । तिमी मलाई ढाडस दिएर भन्थ्यौँ,“धन्दा मान्नु पर्दैन, जहाँ जानु पर्ने हो जानु, मेरो चिन्ता नलिनु । मेरो सुरक्षा म आफै गर्न सक्छु । म कसैको कोठामा जात्र । मेरो कोठामा पसेर कसैले केही गर्न खोजे अगाडि जे हतियार छ त्यसैले हानिदिन्छु ।’

अनि तिम्रो हिम्मत देखेर म उत्साहित हुन्थेँ । निर्धक्क भएर आफ्नो काममा लाग्थेँ । हामीले सफलता पनि पायौँ । कृष्णा, त्यतिबेला तिमीसँग सानो छोरा बाहेक वीरगञ्जमा आफ्नो भत्रे कोही पनि थिएन । आज हामी आपूm जन्मेको ठाउँ, कीर्तिपुरमा बसिरहेका छौं । जहाँ हाम्रो आफन्त, नातेदार, साथीहरू सबैजना छन् । सबभन्दा ठूलो कुरा त आज तिमीसँग जवान छोरा–बुहारी र नाती छन् । हिजो मैले कमाउन नसक्दा हाम्रो घरको चुल्हो बल्दैनथ्यो । आज हाम्रो घरको स्थिति त्यो छैन । मैले कमाउन नसक्दैमा हाम्रो घरको चुल्हो नबल्ने होइन । विगत आठ वर्षदेखि कमाउन छाडेर समाजसेवामा लागिरहेको छु । तैपनि हामी भोकै छैनौँ । अहिले हाम्रो जीवनमा अभाव भनेको हामी सँगै बस्न नपाएको मात्र त हो नि ।

मेरो जीवनरूपी रथको पाङ्ग्रा, मेरो जीवनको प्रकाश, मेरो हिम्मतको बलियो खम्बा कृष्णा ! तिमी नरुनु । तिमी रोएको भत्रे मात्र सुन्दा आज मलाई यत्रो पीडा भयो । साँच्चीकै तिमीलाई केही भयो भने म त जिउँदै मर्छु । शायद हृदयाघात भएर म जेलमै मर्छु होला । त्यतिबेला छोराको कत्रो विजोग हुन्छ ।

त्यसैले मेरी प्यारी कृष्णा ! तिमीले मलाई जिउने साहस, प्रेरणा र हिम्मत देऊ । यो एकहप्ता भित्रमा मलाई भेट्न आउनु । म तिम्रो प्रतिक्षामा छु ।

तिम्रो जीवन साथी


Saturday, March 23, 2024

सिद्धिपुर थसिका पोखरीहरू

 सिद्धिपुर थसिका पोखरीहरू



नन्द बहादुर महर्जन

हाल क्यानाडा

साधारण भाषामा पुखू पोखरी भन्नाले कुनै एउटा खाल्डोठाउँमा पानी जम्मा भएर बसेको ठाउँलाई हामि पुखू भनेर  बुझ्छौ र बुझिन्छौ, यो दुई प्रकारका हुन्छन्,

प्राकृतिक पुखू ः– 

जस्तै तालहरू 

मानव निर्मित  पुखु  

हाम्रा आग्रजहरूले प्राचिन समयमा मानब बस्ति विस्तार गरिसकेपछी मानब बस्ति वरिपरी मानबिय जीबनलाई नभई नहुने पानीको आवश्यकतालाई परिपूर्ति गर्न समुदाय भित्र सुख्खायाममा पानीको आवश्यकतालाई परिपूर्तिका लागि अत्याधिक जैविक विविधताको मौलिक रूपमा प्राकृतिक आकासे पानीलाई संचय गरेर उपयोगमा ल्याउने उद्देश्यका साथ पोखरीहरू निर्माण गरेको देखिन्छ । साथै आफ्नो नाम, धर्म कृति र पुण्य कमाउनका लागि सबैजना मिलेर पानी पोखरी निर्माण गर्ने गरिन्थ्यो । जसलाई हामीले मानबले बनाएको पुखूको रूपमा लिन सकिन्छ । जुन कार्यको परम्परा मल्लकालीन शासन भन्दा पहिलेबाट नै सुरू भएको तथ्य धार्मिक तथा ऐतिहासिक शिलाभिलेख र ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । नेपालमण्डलाका प्राचिन नेवा बस्तिहरूमा हामीले यस्ता थुप्रै पोखरीहरू आज पनि देख्न सकिन्छौ । पहिले पहिले रसाएको जमिन, आकाशे पानीको भण्डारण र कुलोको पानी संकलन गर्ने गरिन्थ्यो । संकलित पानीको गाउँभरि प्रचुर मात्रामा सदुपयोग पनि गरिन्थ्यो । पुर्खाहरूले बस्ति विकास संगसंगै कृषि सिचाई गर्नको लागि, मानब बस्तीमा आगलागी भयो भने सक्दो छीटो आगोलाई निभाउनको लागि, अनि पशु स्याहारसुसार गर्नको लागि पहिलादेखि नै पोखरीको उपयोग गर्दै आइरहेका थिए भने बस्तीमा भन्दा माथिको कृषियोग्य जमिनमा सिंचाई गर्न गाउँ (देश)मा  देय् धः (राजकुलो) बनाएको छ, र त्यही देधःबाट पोखरीहरूमा पानी भर्ने गरिन्थ्यो । जुन समयमा हाम्रा अग्रजहरू व्यक्तिगत स्वार्थलाई छोडेर सामाजिक कार्य र कल्याणकारी कार्यहरूमा धरै अग्रसरता रहेको हामी देख्न सक्छौ जसको फलस्वरूप हरेक नेवा बस्ति बस्तीमा पुखुः पौवा, पाटी, सत्तल, ईनार, ब्वंगा, लोंह हिटी देब देबालय, चिभा, चैत्य र धर्म धातुहरूले देश (गाउँ)को अमुल्य सभ्यता र संस्कृतिको धरोहर बनेर आजसम्म  गौरबका साथ उभिरहेको छ ।

      प्रचीन समयका यस्ता  पुखुः पौवा, पाटी, सत्तल, ईनार, ब्वंगा, हिटी देब देबालय, चिभा, चैत्य र धर्म धातुहरू यस सिद्धिपुर थसिमा पनि कमि छैनन । यहाँको धार्मिक  सभ्यता र संस्कृतिक धरोहरहरू यस देश (गाउँ )मा पनि एउटा खुला संग्राहलयको रूपमा हरेक टोल टोलमा, गल्लि गल्लि, बहा अनि ननीहरूमा बडो गौरबका साथ उभिरहेको आज सम्म पनि हेर्न र देख्न सकिन्छौ । सिद्धिपुर थसीमा लिखित शिलाभिलेखहरूमा भेटाउन नसके पनि आज भन्दा ३० देखि ४० वर्ष अघि सात वटा भन्दा बढी पोखरीहरू रहेको कुरा हाम्रा अग्रजहरूको मुखारसबाट सुन्ने गरेका छौं । ति पोखरीहरू मानब जीबनकोलागी मात्र नभई चराचुरुङ्गी, पुतली, उभयचर घस्रने प्राणि, जल बनस्पति किरा–फट्यांग्राहरूको समेत साझा घर थियो । तर बदलिँदो समय, समाज र नयाँ सोचले आज ति पोखरीहरू (घर) उजाडिएको छ ठुलठुला बाटो, बडेमानका घरहरू भू–उपयोगिता नीतिमा परिबर्तन र मूर्खतापूर्ण मानबिय अतिक्रमणले धेरै पोखरीहरू धरापमा पर्दै गए जुन पुखूहरू केहि हामीले  देख्ने अवसर पाएं भने केहि पुखूहरू देख्ने अवसर हामीले गुमाईसकेका छौं भन्दा  केहि फरक नपर्ला । ति सबै पुखूहरूको नाम लिनु पर्दा हामीले सुन्दै आइरहेका नामहरूमा १.खाःपुखु २.न्हू पुखु ३.खाशी पुखु ४. भिन्द्यो पुखु ५.फोंगा पुखु ६.गणेद्यः पुखु ७.धंसली (राजामति )पुखु  र ८.सति पुखु रहेका छन । 

समयको माग अनि बिकाशको क्रममा अतीतका ति गौरबमय सम्पदा र संस्कृतिको महत्व र सहि ज्ञानको अभावका कारणले गर्दा बिकाशको नाममा हाम्रा सम्पदाहरू क्रमबद्ध रूपमा बिनाश हुँदै गईरहेका छन् जसमा यी पुखु पनि अछुतु भने  छैनन् । आजसम्म आउँदा हामीले ४ वटा पोखरीको पनि पाएका छौ पुरिसकेका ति पुखूहरूको नाम लिनु पर्दा सर्बप्रथम त द्यः ननिमा अवस्थित वडा भबनको ठिक्क अगाडीको खाःपुखू– खा ः भनेको नेपालीमा शिसा र पुखु भनेको पोखरी हो । एक समय थियो पोखरीको पानी स्वच्छ र सफा थियो र मानिसहरू आफ्नो अनुहार सजिलैसंग देख्न सक्थे त्यसैले  खाःपुखु नाम राखिएको हुन् सक्ने स्थानीयवासीहरूले बुझाइ छ । पछिका  समय  ढलको पानी र पानीले बगाएर ल्याएको फोहर थुपरेर फोहरको दुन्गुर बनेको थियो ।  सिद्धिपुर थसिको मुटुमै यस्तो फोहरको दुन्गुर देख्नु धरै अशोभनीय देखेकोले सिद्धिपुर स्पोर्ट्स क्लबले कहिले सुन्दर बगैचा त कहिले टेबल टेनिसको कोर्ट बनाएर त्यहाँको फोहरलाई हटाउन अथक प्रयासहरू गरेका थिए । ति बिगतका दिनहरू पनि हामिले सुनेका र देखेका छौ, अन्तत अहिले ताहाः फल्चा निर्माण गरिएको छ, भनिन्छ भोजको लागि तःखा (मासुको थलथले) बनाउदा यो पुखूको पानी हाल्यो भने एकदम राम्रो मिठो हरियो देखिनथ्यो रे, एक समय थियो त्यही पुखूमा बच्चाहरूको आँखा पाक्यो भने मुख धुन त्यहाँ ल्याईन्छ र प्रायः जसो निको पनि हुने गरिन्थ्यो रे भने कुरा हामी सुन्छौ ।

खासी पुखु ः—  

यो पुखुको बारेमा दुइमत देखिन्छ, यो पुखुको नाम सुनेको छैन भने पनि उतिकै छ सुनेको छु भने पनि उतिकै छ तर अहिले यसलाई पुस्टि गर्ने कुनै आधिकारिक प्रमाणहरू भने कसै संग छैन ।

धंसली पुखु (राजामति पुखु)ः— 

रामढोका टोलमा अवस्थित पोथ गुठीसंगै जोडिएको यो पुखु धेरै समयसम्म बिना पानी यतिकै बेवारिसे अवस्थामा रहिरहेकोले  स्थानीय वासिन्दाको लागि पिउने पानीको सहज होस् भनेर पानी ट्यांकी बनाइएको थियो ।

गणेद्यःपुखु (मिखाःस्या पुखु)ः—  

यंगल टोलमा रहेको गणेद्यः पुखु जहाँ एक समयमा गाउँका बच्चाहरू अईसा चालः धासा बिहान सबेरै नुहाईदिन र मुख धुलाउन ल्याउने गरिन्थ्यो रे, यति गरिसकेपछि बच्चालाई निको हुने गरिन्थ्यो भन्ने सुनिन्छ । त्यही पुखुमा आज भन्दा ४० देखि ४५ बर्ष अघि नयाँ पिंढीहरूलाई ज्ञानगुणका कुराहरू सिकाउनको लागि एउटा पुस्तकालयको अपरिहार्य भएको निष्कर्ष निकाली स्थानियावासिहरूको सहकार्यमा, गंगाराम महर्जनको अध्यक्षतामा भबन बनाउन सार्बजनिक जग्गा नभएकोले पुखुमाथि भबन निर्माण गरि “जन जीवित पुस्तकालय” स्थापना गरिएको थियो । त्यसको केहि समयपछी सोहि भबनमा एक तल्ला थपी कहिले परोपकार गुठी त कहिले रेडक्रस सोसाइटीको कार्यालय बनाईएको थियो । हाल रेडक्रसको कार्यालय राखिएको छ । 

आज सम्म अस्तित्वमा रहेका पुखुहरू तल उल्लेख गर्न गइरहेको छु ः—

१) न्हू पुखू ः— मन्दिरै मन्दिर अनि देबीदेवताहरूको संगमस्थलको रूपमा चिनिदै आएको द्यः ननिमा अवस्थित अति महत्वपूर्ण ऐतिहासिक मानिएको पुखू हो न्हू पुखू, श्रीपन्चमिको दिन थसिकै जेठो गुठी तः गुठीको गाँसी आजुको भोजको लागि न्हू पुखुको पानी लगेर चोख्याईसके पछी मात्र भोजको सुरुवात हुने गर्छ । म सानो छंदा यो पोखरी  वरिपरी पर्खाल लगाएको थियो  र पोखरीभित्र छिर्नको लागि बिचमा एउटा ढोका राखिएको थियो भने एकतर्फ राम्रोसंग लामो लामो ढुंगाहरू औछ्याइएको थियो । समय समयमा सरसफाई पनि गरिन्थ्यो यस्तै एक पाली पुखू सफाइको क्रममा धौ बन्जा भजोको जेठो छोरा परन महर्जनले गणेशको मुर्ति भेताईएको थियो । 

जुन मुर्तिलाई द्यःनानिकै गणेश मन्दिर भित्र रहेको मुर्ति संगै प्रतिस्थापन गरिएको थियो जसले गर्दा गणेशको मन्दिर भित्र दुई वटा गणेशको मुर्तिहरू हामि देख्न सकिन्छौ र जसलाई आजसम्म पनि पुजा गर्दै आइरहेकाछौ । बिभिन्न कालखण्डमा बिभिन्न स्वरूप परिबर्तन गरिसकेको यो पुखुले गएको २०७७ साल कार्तिक ३० गते देखि फेरी नयाँ स्वरूपमा फेरिएको छ, जहाँ मौलिकता र कलात्मक झल्कने गरि नौ धाराको निर्माण संगै दुर्गा भवानीको नौ अवतारको मुर्ति र गणेश भगवानको मुर्तिको  स्थापना कार्य सम्पन्न गरि वडा अध्क्षय श्री वासु देव महर्जनले उद्घाटन गर्नु भएको थियो । जसले गर्दा आज त्यो पुखू द्यः ननिको एक आकर्षकको केन्द्र  बन्न पुगेको छ ।  

२) फोंगा पुखूः— यो पुखुको पानी सधै (ल फों ःफों गाना च्वनेगु  गाः जुया फों + गा = फोंगा पुखु धया तगु ख) फोका फोका आइरहने भएर यस पुखुको नाम फोंगा पुखु भनिएको भनिन्छ र त्यही पुखुको नाम पÞmोंःगा, हुदै हुदै फोंन्गा टोल नामाकरण हुन् गएको पनि मानिन्छ  जसलाई  २०६३ साल फागुन १२ गते सिद्धिपुर शान्ति तथा बिकाश केन्द्रले पुखूलाई पुनः निर्मण गरि पुखूको बिचमा शान्तिको अग्रदुत दिपंकर बुद्धको प्रतिमा प्रतिस्थापन गरिएको थियो । 

३) भिन्द्यो पुखू ः— पिन ननि टोलको भिन्द्यः मन्दिर संगैको पुखूलाई भिन्द्यः पुखू भनिन्छ ।

४) सति पुखू ः– हथं सीमाको बाट र धसी, यंगल दोबाटो निस्किना साथ सानो चिटिक्क परेको पुखु नै सति पुखु हो जस्को बिच भागमा महादेव पार्वतीको मुर्ति प्रतिस्थापन गरिएको छ । बास्तबमा यो यति सानो पुखू थिएंन दुई तर्फ बाटो अनि दुई तर्फ घरहरूले घेरिएको ठुलो पुखु नै थियो, धेरै समयसम्म यो ठुलो पुखू फोहर दुर्गन्ध अनि 

बेवारिस अवस्थाबाट गुज्रिरहेको थियो, पुखु भित्रको फोहर र गन्धले स्थानीयवासीहरूको  स्वास्थ्यमा  प्रत्यक्ष असर पर्ने र गाउँ ठाउँको अशोभनीय भएको कारणले सिद्धिपुर उपभोक्ता समितिले बिक्रम सम्बत  २०६१ मा सबैलाई चाहिने बाटो अलि फराकिलो गरेर  यसको पूर्णनिर्माण गरि पुखुको पछाडिको एक ठाउँमा महादेवको मुर्ति प्रतिस्थापन गरिएको थियो ।

यसरी नै अबका दिनहरूमा पनि हाम्रा पुर्खाहरूले निर्माण गरेर गएका यस्ता सम्पदाहरूलाई संरक्षण गर्ने जिम्मेवारी हाम्रो हो, र सम्पदाहरूलाई सरंक्षण गरेर हामीले हाम्रो नयाँ पुस्ताहरूलाई  हस्तान्तरण गर्ने काम र  कर्तब्य पनि हाम्रै  हो ।

wednes day 7 Chaitra 2080

Wednesday, February 28, 2024

विश्व सिमसार दिवस –२०२४ को उपलक्ष्यमा टौदह महत्व र संरक्षण विषयक अन्तक्र्रियात्मक छलफल सम्पन्न

 विश्व सिमसार दिवस –२०२४ को उपलक्ष्यमा टौदह महत्व र संरक्षण विषयक अन्तक्र्रियात्मक छलफल सम्पन्न

विश्व वातावरण दिवस २०२४ को उपलक्ष्यमा कीर्तिपुर नगरपालिकाले फागुण १४ गते टौदह बैंक्वेटमा एक कार्यक्रम गरी मनाईयो । वडा नं.६ का वडाध्यक्ष खिरमान सिंह वस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर न.पाका उपमेयर शुभलक्ष्मी शाक्य हुनुहुन्थ्यो ।

कीर्तिपुर नगरपालिका पर्यटन शाखा प्रमुख अनुज प्रधानले स्वागत मन्तव्यको साथै कार्यक्रमको बारे जानकारी दिनुभयो । यस कार्यक्रमले सिमसार क्षेत्रमा रहेका वा आगन्तुक जीवजन्तु र वनस्पतिका प्रजातिको संरक्षण गर्न सम्बद्ध निकायहरु बीच आवश्यक सूचना आदान-प्रदान, समन्वय र साझेदारीका उपायहरु अवलम्बन गरिनेछ । रैथाने जीवजन्तु तथा वनस्पतिहरुका प्रजातिलाई विस्थापित वा विनाश गर्ने वा एक ठाउँबाट अर्को ठाउँमा छिटो बिस्तार हुने बाह्य मिचाहा प्रजाति र अन्य हानिकारक जीवाणुहरुको प्रभावकारी नियन्त्रण गरिनेछ । उहाँले सिमसार क्षेत्रको संरक्षण तथा सम्बर्धन गरिनुपर्ने प्रयासहरु बारे जानकारी दिनुभयो ( तिनै तहको सरकार बीच अधिकतम समन्वय, कार्यगत एकता तथा जिम्मेवारी बोध हुन जरुरी, स्थानीय तथा प्रादेशिक तहमा संचालित कार्यक्रमहरुको नियमित अनुगमन हुन जरुरी देखिन्छ, कुनै पनि तहको सरकारले आफ्नो कार्यक्रमहरु गर्दा बिषयगत समूह तह विशेषज्ञहरुलाई अनिवार्य समावेश गरिनु पर्ने, सिमसार क्षेत्रको क्षेत्रअधिकार धेरै मन्त्रालयहरुसंग जोडिएको हुँदा कार्यक्रम गर्दा स्थानीय सरकारले अन्तर मन्त्रालयहरु संग समन्वय गरिनुपर्ने बताउनु भयो ।



बर्ड कन्जरभेशन संस्थाका आरती नेपालले टौदह पोखरीमा आउने चराहरुको प्रकारको सन २०१४ देखि सन् २०२१ सम्म अध्ययन गर्दा क्रमशः कमी हुँदै गएको एक तालिकाबाट देखाउनु भयो । सन् २०१४ मा २८ प्रकारका चराहरु आउँथ्यो भने सन् २०२१ सम्म जम्मा १७ प्रजातिका चराहरु मात्र आएका छन । टौदहमा चराहरु आउन कमी हुनुका कारणमा उहाँका अनुसार टौदहमा चराहरु बस्ने बातावरण नभएको, खानाको पनि कमि, टौदह पोखरी वरिपरि बढेका रेष्ट्रराँहरुले ठूलठूलो स्वरमा म्युजिक बजाउनाले चराहरुको कानमा असर पर्ने भएकोले चराहरुलाई सास्ती भएको छ । त्यस्तै टौदह क्षेत्रमा झिलिमिली बतीका कारण पनि चराहरु आउन कमी भएको बताउनु भयो । चराहरुलाई टौदहमा आउन आकर्षित गराउन ठूलठूलो स्वरले म्यूजिक बजाउन नियन्त्रण गर्नु पर्छ, झिलमिल बत्तीलाई पनि नियन्त्रण गर्नुपर्ने, माछाहरु बाहिरबाट छोड्न ल्याउनेलाई नियन्त्रण गरी स्थानीय माछालाईनै प्राथमिकता दिनु पर्ने, पोखरीको वरिपरि रुखहरु रोप्नु पर्छ, जहाँ चराहरुले गुँड बनाएर बच्चा कोरल्न सकोस । विजय डंगोल, श्रीकृष्ण भारती, राम आचार्य, विकास विक्रम राना,  नन्दलाल महर्जन, रमेश नोपाल, चन्दा नेपाल, लगायतले छलफलमा भाग लिएका थिए ।




प्रमुख अतिथिको आशनबाट की.न.पा.का उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ले मन्तव्य राख्नेक्रममा भन्नुभयो , “यो कार्यक्रम हामीले गत वर्ष पनि गरेका थियौ । यो वर्ष अलिकति ढिलो भयो । यो कार्यक्रम त्यतिबेला हामीले बिहान गरेका थियौ । यो पाली बेलुका गर्दा अझै उपस्थिति प्रभावकारी जस्तो 






लाग्यो । त्यो बेला पनि हामीले यहाँ वरिपरिको संघसंस्था, होटल व्यवसायी, पर्यटन व्यवसायमा लागि राख्नु भएका साथिहरुलाई निमन्त्रणा गरेका थियौ । त्यतिबेला उहाँहरुको उपस्थिति न्यून नै थियो । अहिले कर्कोटक नागराज नागरानीको संरक्षणका लागि टौदह व्यवस्थापन समितिमा जो हुनुहुन्छ उहाँहरू लगायत अरु साथिहरु, महिला समूहदेखि लिएर सबै आजको कार्यक्रममा उपस्थिति हुनुभयो । जुन उद्देश्यले हामीले यो कार्यक्रम राखेका थियौ । यो भनेको यही वरपर बस्ने, व्यवसाय गर्ने, आफ्ना सामाजिक काममा अगाडि बढ्ने ३ जना दाईहरुले पनि आफ्नो कुरा राखिसक्नु भएको छ । उहाँहरुले अझ मुख्य गरि बुझ्नुपर्ने र आगामी दिनहरुमा यसलाई संरक्षण गर्न कसरी अगाडि बढ्छौ भन्ने 

कुरा आज हुनुपर्छ जस्तो लाग्छ । यो विषयमा कुरा गरिरहँदा टौदहको अवस्था यहाँको जलचरको अवस्था पहिला कस्तो थियो र अहिले कस्तो छ भन्ने हामीमा अवगत नै छ । पहिलाको जुन प्राकृतिक अवस्थामा थियो त्यो अहिले अलिकति सम्भव छैन । किनभने अहिले हरेक अवस्थामा आर्थिक पाटोसंग पनि जोडेर हेर्दाखेरि यदि यहाँ पहिला जस्तै वातावरण हुने थियो भने यो चराहरु जलचरलाई एकदम राम्रो वातावरण बन्ने थियो । यो टौदह एक हिसाबले सुनको थाली नै हो । यसलाई अब यही थालीका रुपमा मात्रै राखिराख्ने कि आयआर्जनको हिसाबले पनि अगाडि बढ्ने कि भन्ने कुरा पनि आउँछ । एक हिसाबले जुन सिमसार क्षेत्रको नम्स् अनुसारले यसलाई यथावत राखेर हामीले यहाँका पर्यटक प्रवद्र्धन गर्न सकेको भए अझ राम्रो हुनेथियो । तर यहाँ अरु होटल व्यवसायीहरु अलि फस्टाईरहेको हामीले  देखिरहेका छौ । अब यो बाहेकको काम गर्ने भन्दा पनि अझै यसलाई टाढाबाट आउने चराहरु, माछाहरु संरक्षण गरेर संख्या बढाउनको लागि धेरै प्रजातिका चराहरुलाई डिजिट गराउने वातावरण कसरी बनाउने भन्ने तर्फ अब जानुपर्छ जस्तो लाग्छ । यसको लागि नगरपालिकामा पनि नीति नियम त छ तर स्थानियको हिसाबले हामीले वा जनप्रतिनिधिको हिसाबले कडा गर्न पो सकेको छैन कि जस्तो लाग्छ । स्थानियलाई सहज बनाउने कुरामा लाग्दा प्राकृतिक रुपमा जुन हुनपर्ने हो त्यसमा केही कमीकमजोरी आईरहेको हामीले पाईरहेका छौ । अहिले पनि हाम्रै ४ वडाका दाजुभाइको चैत्र १ गते भंगेरा दिवस मनाउने भनेर एउटा प्रोपजल नगरपालिकामा आईरहेको छ । यसमा सहयोग हामीले अवस्य गर्छाैं पनि होला । यसको लागि हाम्रै घर वरिपरि पनि सानो जातका चराहरु भंगेराहरुको कमी आईरहेको हामीले पाईरहेका छौं । किनभने धेरै खेती योग्य जमिनमा घरहरु बनिसकेको र घरहरु बनाउदा पनि भंगेरा बस्ने प्वालहरु राखेका छैनौ त्यो हामीमा सचेतना छैन । त्यहीकारण हामीले घर बनाउदा नक्शा पास गर्दा नै भंगेरा बस्ने प्वाल आवश्यक छ भनेर राखेका छौं । दुईटा रुख रोप्ने प्रावधान पनि छ । त्यसैले अबका दिनहरुमा निर्माण सम्पन्न गर्दा यो हेरेर मात्र दिनुपर्छ । हामी अलि कडा नै हुनपर्छ कि जस्तो मलाई लाग्छ । अर्को कुरा हामीले प्रत्येक वर्ष वृक्षरोपण पनि वडा, नगर, संघसंस्थाले गरिरहेको हुन्छौं । तर त्यो विरुवाहरु पनि चरामैत्री छ कि छैन भन्ने कुरामा अलिकति हामीले विचार गर्नुपर्छ कि जस्तो पनि मलाई लाग्छ हामीले सौन्दर्यकरण गर्नको लागि फूल फुल्ने जातको विरुवा रोप्छौ । तर मैले बुझेको कुरा वनजंगलसंग सम्बन्धित व्यक्तिसंग बुझ्दा त्यो रुखमा चराहरुले गुँड नबनाउने रहेछ । हेर्दा राम्रो हरियो फूल फुल्ने देखिने तर त्यसमा चराहरु बस्दै नबिसिने रहेछ । त्यहीकारणले अबका दिनमा वृक्षारोपण गर्दा चराहरुलाई आहार र बास हुने खालको विरुवाहरु छनोट गरि रोप्नुपर्छ कि जस्तो लाग्छ । अर्काे कुरा तथ्यांकले सिमलको रुखमा मात्र चील बस्ने रहेछ । त्यसैले सिमलको रुख कम भएको कारण चील पनि कम भएको रहेछ भन्ने बुझ्नमा आएको छ । यो संसार जैविक विविधता (भ्अय कथकतझ)का कारण चलिरहेको हुन्छ त्यो भएन भने जिवनयापन मै कमी हुन्छ । मानव जीवनमै असर पर्दछ । त्यो कारणले जुन संरक्षणको कुरा छ चराहरु माछाहरुको संरक्षण तर्फ हामी एकदमै लाग्नुपर्छ । हुन त आज एकदिन मात्र यो सिमसार दिवस मानेर  यसको औचित्य रहदैन । भोली बजेट निर्माणदेखि लिएर कार्यक्रम गर्दा खेरि कार्य योजना र बजेट विनियोजित गर्दा वृक्षारोपण लागि हामीले ध्यान दिएमा मात्र कार्यक्रम गरेको सार्थकता हुन्छ जस्तो मलाई लाग्छ । आगामी वर्षमा पनि चराहरुलाई आउने वातावरण बनाएर अन्य प्रजातीका चराहरु आउने वातावरण बनोस । मनोरञ्जन र खानपानको लागि मात्र आउने नभएर अध्ययनका लागि पनि विद्यार्थीहरु आउने वातावरण बनाउनका लागि नगरपालिकाबाट पनि समन्वय गरेर काम गर्नका लागि सधै साथमा छौं । सभापतिको आशनबाट कार्यक्रम समाप्त गर्दै वडाध्यक्ष खिरमान सिंह बस्नेतले टौदहलाई महत्व दिएर यो कार्यक्रम टौदहमा गरेकोमा सबैलाई धन्यवाद दिंदै अहिले यहाँ उठेका सल्लाह सुझावहरु मनन गरी सचेतना फैलाएर टौदहको धार्मिक तथा पाकृतिक संरक्षण गर्ने अठोट जनाउँदै कार्यक्रम समाप्त  गनुभयो ।

28/02/2024

Thursday, February 1, 2024

विद्यालयमा वाथ मुटुरोग Rheumatic Heart Disease (RHD) को स्क्रीनिङ

 विद्यालयमा वाथ मुटुरोग Rheumatic Heart Disease (RHD) को स्क्रीनिङ


डा. विनय अधिकारी (बरिष्ठ मुटुरोग विशेषज्ञ)

(कीर्तिपुर नगरपालिकामा मेयर स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तर्गत विद्यालयमा वाथ मुटु रोगको स्क्रीनिङ कार्यक्रममा प्रस्तुत गर्नु भएको कार्यपत्र)

विभिन्न अध्ययन अनुसार नेपालमा विद्यालय उमेर समूहका एक हजार बालबालिका मध्ये सात जनामा वाथ मुटु रोगको समस्या छ । सामान्यतया ५ देखि १५ वर्षसम्मको उमेरमा लाग्ने वाथ मुटुरोगीको सङ्ख्या नेपालमा झण्डै १ लाख छ । नेपालभर बाथ मुटुरोगबाट प्रभावित १ लाख बालबालिका छन् । बर्षेनी साढे सात हजारको दरले यो रोगका बिरामी थपिने गरेका छन । रोग लागेको सुरुवाती अवस्थामा नै यो रोग विरुद्ध सुई लगाउन सके रोगलाई नियन्त्रण गर्न  सकिन्छ । तर यसबारेमा नागरिकलाई पर्याप्त जानकारी भएको पाईंदैन । सरकारले पनि आफ्नो कार्यक्रम बाथ मुटुरोग बारेमा जानकारी दिन कार्यक्रम केन्द्रीत गरेको छैन । विश्वमै पछिल्लो समय मुटुरोगका विरामी जे जसरी बढ्दै गएका छन्, त्यसलाई हेर्ने हो भने यो रोग विश्वकै प्रमुख स्वास्थ्य समस्याको एक नम्बर हुन पुगेको छ । जुन चिन्ताको विषय हो । आज विश्वमा मृत्यु हुनेको झण्डै एक तिहाई मानिस मुटुरोगको कारण मृत्यु भएको छ ।

बाथ ज्वरोको कारणले उत्पन्न हुने रोगलाई वाथ मुटुरोग अथवा मुुटुको भल्भ विग्रने रोग भनिन्छ । यो रोग एकैपटक लाग्ने होइन । वास्तवमा मुटुरोग घाँटीबाट शुरु भई जोर्नीको बाटो हुँदै मुटुसम्म पुगेको अवस्था हो । यो रोगको विकासलाई तीन चरणमा हेर्न सकिन्छ ।

प्रथम चरणः  घाँटीको सङ्क्रमण Tonsillitist/Pharyngitis (घाँटी देख्ने, टन्सिल बढ्ने, ज्वरो आउने ।

दोस्रो चरण ः बाथ ज्वरो ९च्जभगmबतष्अ ँभखभच०(हात खुट्टाका ठूला जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउने ।

तेस्रो चरण ः  बाथ मुटु रोग (Rheumatic Heart Disease) मुटुका भल्पहरु बिग्रिने, मुटु सुन्निने, दम बढ्ने ।

   यसरी हेर्दा घाँटी दुख्दा, टन्सिल बढ्दा समयमै उपचार भएन भने बाथ ज्वरोको सम्भावना हुनसक्छ । अनि बाथ ज्वरोको समयमै उपचार नभएमा बाथ ज्वरो विग्रिन गई बाथ मुटु रोग लाग्न सक्दछ । विशेष गरि ५ देखि १५ बर्ष उमेरका बालबालिकाहरुलाई घाँटीको संक्रमण व्याक्टेरीया वा भाइरस जातका जीवाणु वा विषाणुको कारण हुन सक्दछ । घाँटीको संक्रमण हुँदा टन्सिल सुनिने, घाँटी दुख्ने र थुक निल्न गाह्रो हुने हुन्छ । व्याक्टेरीया तथा भाइरसको संक्रमण हुँदा फरक/फरक लक्ष्यण तथा चिन्हहरु देखिन्छन् । यदि स्टेप्टोकोकस ग्रुप ए (Streptococedud Group A)  भन्ने व्याक्टेरीयाबाट टन्सिल बढेको अवस्थामा समयमा उपचार नहुँदा बाथ ज्वरोको समस्या आउन  सक्छ । सामान्य तथा भाइरसको संक्रमण हुँदा घरमै घरेलु उपचारबाट पनि ५–७ दिनमा आफै निको हुन सक्छ तर व्याक्टेरीयाको संक्रमणबाट भएको टन्सिलाइटिस र फ्यारेन्जाइटिस भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्नु पर्ने हुन्छ  ब्याक्टेरीयाको कारण हुने घाँटीको संक्रमणका लक्षणहरुमा घाँटी दुख्ने र विस्तारै शरीरको जोर्नीहरु दुख्ने र ज्वरो आउने हुन्छ । ज्वरो लामो समयसम्म पनि आउन सक्छ । ज्वरोको लक्षण केही सातादेखि केही महिनासम्म पनि रहनसक्छ । ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने लगायतका समस्याहरु देखिन्छ । यो  विस्तारै बढ्दै गएपछि मुटुको भल्भमा असर गर्छ । जोर्नी दुख्ने, सुन्निने यो रोगको अर्को प्रमुख लक्षण हुन् । खासगरी ठूला जोर्नीहरु सुन्निने र दुख्ने हुन्छ ।

स्टेप्टोकसको संक्रमणलाई राम्रो उपचार नहुँदा आखिरमा गएर त्यसले सोझै मुटुमा असर गर्छ । त्यस संक्रमणले गाँजेपछि मुटुको मांसपेशी बाहिर सुन्निने, पानी जम्ने र मुटुको चाल मै गडबडी आउने जस्ता जटीलताहरु देखापर्न थाल्छ । कसैकसैलाई स्टेप्टोकोकस इन्फेक्सनले  ज्वरो आउने र मस्तिष्कलाई पनि असर गर्ने गर्छ । तर धेरैको भने मुटुका भल्भहरुमा असर गर्छ ।

रोकथाम र उपचार ः

निश्चय नै आम जनताको जीवनस्तर सुधार गर्नु र संक्रमणको अवस्थाबाट उनीहरुलाई जोगाउनु यो रोगको नियन्त्रणमा सबैभन्दा प्रभावकारी उपाय हो । त्यसबाहेक, यो रोगको बारेमा व्यापक प्रचारप्रसार गरेर प्रारम्भिक अवस्थामै उपचार गर्ने हो भने यो रोगलाई नियन्त्रण गर्न र उपचार गर्न सजिलो हुन्छ । मुटु बाथ रोग बढी समस्या महिलाहरुलाई हुने भएकाले यो रोगले प्रजनन स्वास्थ्यमा पनि असर गर्न  सक्छ । त्यसैले, किशोरावस्था ‘स्कूल जाने’ उमेरका केटा केटीमा यस्ता समस्या आउन नदिने र आएमा समयमै उपचार थाल्नु बुद्धिमानी हुन्छ ।

शुरुमै घाँटी दुखेको अवस्थामै उपचार गरेमा यो रोगले मुटुसम्म संक्रमण गर्न पाउँदैन । केही गरी रोग लागिहालेमा मुटुको चाललाई बढी असर गर्ने भएकाले विशेष सतर्कता अपनाउनु पर्छ । औषधी सेवन अथवा इन्जेक्सन भनेको फेरि पनि प्रतिरोधात्मक उपचार मात्रै हो । बसैभन्दा बुद्धिमानी त यो रोग लाग्ने अवस्था आउन नदिनु नै हो । त्यसैले यो रोग लाग्न नदिनको लागि समयमै यसबारे सचेत हुनु नै सबैभन्दा प्रभावकारी उपचार हो ।

स्क्रीनिङ ः

यो रोगको अवस्था थाह पाउनको लागि कार्डियोलोजिष्टले किशोरावस्था ‘स्कूल जाने’ उमेरका केटा केटीमा सामान्य खालको क्लिनिकल परिक्षण गरी स्थेटेस्कोपले मुटुको मर्मर आवाज सुनेर रोगको जोखिम पत्ता लगाउन सक्दछन् । रोगको अवस्था समयमै पत्ता लगाउन सकेमा बालबालिकाहरुलाई मुटुरोगको सम्भावित ठुलो जोखिमबाट बचाउन  सकिन्छ ।

मेयर स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत यस कीर्तिपुर नगरपालिकामा रहेका सरकारी सामुदायिक तथा गुठी विद्यालयमा अध्ययन गर्ने ५ देखि १५ वर्षसम्मका विद्यार्थीहरुमा काडी एयोलोजिष्टद्वारा स्क्रीनिङ जाँच गरी रोगको जोखिममा रहेका विद्यार्थीहरुलाई थप परिक्षणको लागि सिफारिस गर्दा जनस्वास्थ्यमा सकारात्मक उपलब्धी हुने हुँदा सो कार्यक्रम संचालनको लागि मुटुरोग विशेषज्ञसंग प्रस्ताव माग गरी सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम छनौट गरी विशेषज्ञ मार्फत कीर्तिपुर नगरपालिकामा १८ वटा  सरकारी सामुदायिक तथा गुठी विद्यालय सहित ४५ वटा विद्यालयमा अध्ययनरत १७१८३ जना विद्यार्थीहरुमा बाथ मुटुरोगको क्लिनिकल स्क्रिनिङ गर्नुपर्ने देखिन्छ र यसका लागि १ जना कार्डियोजिष्टलाई करिब ६० दिन समय लाग्ने देखिन्छ ।

कार्यक्रम संचालन गर्ने विधि

१. मुटुरोग विशेषज्ञ कार्डियोलोजिष्ट संग विद्यालयमा विद्यार्थीहरुको मुटु 

परिक्षण÷स्किृनिङको लागि प्रस्ताव माग गरी छनौट गर्ने ।

२. छनौट भएका विशेषज्ञ मार्फत पहिलो चरणमा कीर्तिपुर नगरपालिकामा रहेका सरकारी सामुदायिक तथा गुठी विद्यालयमा र दोश्रो चरणमा निजि विद्यालयहरुमा अध्ययन गर्ने ५ देखि १५ वर्ष सम्मका विद्यार्थीहरुमा वाथ मुटुरोगको क्लिनिकल स्क्रिनिङ गर्ने ।

३. वाथमुटुरोग सम्बन्धमा स्वास्थ्य शिक्षा तथा जनचेतनामुलक कार्यक्रम 

गर्ने । विद्यालयमा कक्षा संचालन गर्ने । स्वास्थ्य शिक्षा सामाग्री प्रदर्शन गर्ने ।


Wednesday, January 24, 2024

  कविता निरज मानको एउटा जिन्दगी छ 


निरज मान सिंह



भाग्यको छानोमा प्वाल कत्ति धेरै

प्वालबाट छानेर आएको 

स–सानो किरण कत्ति धेरै !

हरेक विहान

रेडियो र टेलिभिजनमा बज्ने

धार्मिक विज्ञापन जस्तै

सामाजिक संजालका वालमा

हल्लाको पोस्टर 

हल्ला गरिरहे जस्तै,

जिन्दगी–

अलिकति सादा छ,

अलिकति रंगिन

अलिकति नाफामा

अलिकति घाटामा छ,

अलिकति आकारको

अलिकति निराकार छ,

सपना–

अलिकति बाँझो छ,

अलिकति दलदलमा छ,

अलिकति तृष्णा छ,

अलिकति भोक, आशा छ,

अलिकति रिस,

अलिकति घमण्ड,

अलिकति अनुराग,

अलिअलि सप्पै... 

सप्पै छ...,

एउटा जिन्दगी छ ।

बजारमा किनबेच हुन्छ

हल्ला–

सपना–

सौन्दर्य–

भ्रम–

श्रम–

बिचार–

चापलूसी–

बिश्वास–

अनि

इष्र्या–

तर;

आफुसंग त्यहि सादा लक्ष्य छ  

त्यो पनि लिलाममा छ ।

एउटा जिन्दगी छ 

त्यो पनि अन्यौलमा छ ।


Saturday, January 20, 2024

चिनारी महिलाको

चिनारी महिलाको


नामःसानुमैया महर्जन

ठेगानाः की.न.पा–८ ढोकासी 

जन्मघरः नैकाप 

आवद्धः सह सचिव (नेपाली काँग्रेस कीर्तिपुर नगर समिति)

कीर्तिपुर वडा ८ अध्यक्ष


तपाईं जनप्रतिनिधि भैसकेपछि के कस्ता विकास निर्माणका कामहरु भए त ?

— पहिला कर्मचारीहरुले चलाइ राखेको थियो । हाम्रो ठाउँमा जनप्रतिनिधि आईसकेपछि धेरै कामहरु भएको छ । ती मध्येमा पनि ८ वडामा धेरै विकास निर्माणका कामहरु भएको छ । अहिले म आईसकेपछि जुन मुख्य सडकहरुको काम सकिरहेको थिएन । पहिला हामीले बजेत ल्याउन नसकेको कुरामा पनि गाडीको चापले गर्दाले सडक पनि फराकिलो बनाउनु पर्ने थियो । त्यसैले हनुमानघाटबाट पाँगामा आउने बाटोलाई फराकिलो गरि धलान गरें । त्यसको लगत्तै हामीले ए वान पार्टी प्यालेस साइडतिर जुन नगाउँदेखि पाँगातिर आउने बाटो छ । त्यसको लागि बजेत राख्न सकिराखेको थिएन । त्यसमा पनि पानी पर्दा हिलो हुने पानी नपर्दा धेरै धुलोले गर्दा मानिस हिड्नै सक्दैन थियो । त्यसमा पनि नगरबाट १० लाख बजेत दिएको थियो । नपुगेको अरुबाट पनि मिलाएर गरें । त्यहाँका बासीले काम पूरा गर्ने भए मात्र गर्नु भनेका थिए । मैले भने तपाईहरुले जहाँबाट भन्नू हुन्छ । म त्यहीबाट शुरु गरि पूरा पनि गरि दिन्छु भने र अहिले बाटो पूरा भएर राम्रो भएको छ । देःशै भित्र पनि घर अगाडि गाडी आउने भएकोले पातलो ढुङ्गा छपाई गरेको कारण सबै फुट्ने गथ्र्यो । जुन वर्षमा बजेत राख्यो त्यही वर्षमै बिग्रने कति मात्र मर्मत गर्ने त हामीले भनेर बाक्लो ढुङ्गा राख्नको लागि पहिला मुनि पाईप लाईन, ढल लाईन सबै पूरा गरेर मात्र माथि यसरी ढुङ्गाको काम गरें । ढोकासीको बोरिङ पानीको लागि पाईप लाईन पनि राखेर ल्याउदैछौं । भन्न सकिन्न कुन समयमा के हुन्छ भनेर । यदि विपद् आई परि हालेमा आगलागी भएमा ठाउँठाउँमा त्यो पाईपबाट पानी दिन मिल्ने गरि पूर्व तयारीको काम पनि गर्दैछौं । त्यसको लागि पहिलो वर्षमा २५ लाख बजेत मिलाएको थियो । त्यतिले तुँचाखेल सम्म पुग नपुग भएको छ । अहिले पनि लाछीसम्म पु¥याउने सोचले बजेत राखिराखेको छ । मेरो कार्यकाल सम्म यो काम पूरा गर्छु भन्ने ईच्छा छ ।

तपाईंको वडामा महिला लक्षित बजेत भनेर के के काम भैरहेको छ ?

—यसको लागि अहिले पनि बजेत राखेका छौं । यो बजेत छुट्टाउनुको कारण महिलाहरू पनि अगाडि आउन सकोस, केही काम गरोस भनेर नै सरकारबाट नै गरेको हो । तर हामीले पनि बजेत लिनलाई मात्र होईन काम गर्नकै लागि तालिम लिनुपर्छ जस्तो लाग्छ । सरकारले दिएको बजेत हामीले सदुपयोग भन्दा पनि दुरुपयोग पो भैरहेको छ कि जस्तो मलाई महसुस भैरहेको छ । तालिमको विषयमा भन्नुपर्दा मैले जनप्रतिनिधि हुनु अघि देखि नै दिएको थिए । आज भन्दा १० वर्ष अगाडि पनि म संयोजक भएर बेकरीको  तालिम ल्याएको थिए । तर हाम्रो नेवार समुदायका महिलाहरु अग्रसर भएको देखेको छैन । अहिले म अध्यक्ष भैसकेपछि पनि दालमोठ, सरफ, झोल साबुन, ज्बलम ध्बकज, डल्लो साबुनको तालिम दिईसकें । अनि मेरो सोच एउटा के छ भने, हाम्रो पाँगामा बाहिरबाट कोही पाहुना आयो भने तत्कालै केही मिठो खाजा खुवाउन सक्ने राम्रो पसलहरु त्यती छैन । कीर्तिपुरमा त त्यस्तो ठाँउहरु धेरै छन् । त्यस्तै हाम्रो पाँगामा पनि बनाउने मन छ । त्यसैले पहिलो वर्षमा पनि मैले होम स्टेको तालिम पनि ल्याएको थिएँ । यस्तो कामको लागि दिदीबहिनीहरुलाई पटक पटक भने पनि तपाईहरु काम गर्नुस चाहेको सहयोग हामी वडाबाट, नगरबाट गर्नेछौं । महिला समूहहरु मिलेर अगाडि बढेमा अगाडि जाने बाटो, सहयोग लिन सक्ने धेरै ठाँउहरु छन् । तर हामी नेवाः महिला दिदीबहिनीहरु अलि पछि नै परेको हो कि भनेर मलाई महसुस हुन्छ । यसमा चाहिँ तालिम आयो तालिम लियो पछि काम गर्नु न हामीले साथ सहयोग गर्छाै भन्यो भने आउन चाहदैन त्यसैले हाम्रो वडामा र यो नगर भित्रको महिला दिदीबहिनीलाई के भन्छु भने तालिम लिने केवल तालिम मात्र नभएर हाम्रो घरको आर्थिक स्तर बढाउने, परिवारलाई सहयोग गर्न, टेवा दिन कै लागि हो ।

महिलाहरुलाई कसो गरेमा अझ अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ ?

—मुख्य त हाम्रो दिदीबहिनीमा नै मैले केही गर्छु भन्ने चाहना हुनुप¥यो । चाहना भयो भने अगाडि बढ्न गाह्रो छैन । त्यसमा पनि हाम्रो नेवार समाजमा कही कतै जानको लागि त घरमा पनि हेर्नू प¥यो । बच्चाबच्ची,खेतबारी कसैको आफ्नो छुट्टै काम होला हाम्रो दिदीबहिनीहरुले कहाँ मात्र हेर्ने हो र ? एकहोरो काम गर्ने हो भने सकिन्छ । सबै धान्न पर्ने भएकोले पनि पछि परेको हो कि मलाई लाग्छ । त्यसैले उहाँहरुलाई पनि परिवारले तिमीहरु के गर्ने मन छ गर हामी साथ सहयोग दिन्छौ भनेर हौसला दिनु प¥यो । महिला दिदीबहिनीहरु आफैले पनि कामलाई महत्व दिनु भयो भने अवश्य अगाडि बढ्न सकिन्छ ।

वडामा कुन कुन विषयमा बजेत छुट्टाएको हुन्छ ? र त्यो बजेत कसरी चलाउन सकिन्छ ?

—बजेत त विभिन्न विषयमा छुट्टाएको हुन्छ । आर्थिक रुपमा, कृषि, युवा रोजगार, बालक कोष, रोजगार भनेर हुन्छ । अनि सामाजिकमा भन्नू पर्दा जेष्ठ नागरिक, बालबालिकामा बालबालिका क्षमता अभिवृद्धि अनि खेलकूदमा छ । त्यसमा बजेत लिने हो भने खेलकूदमा तालिम दिन सक्छ । महिला लक्षितमा पनि हामीले वर्षैपिच्छे संचालन गरिरहेका छौं । केही गरि दिदीबहिनीहरुले पनि यो बजेत चलाउन चाहेमा अवश्य सकिन्छ । स्वास्थ सम्बन्धि पनि हामीले वर्षैपिच्छे जाँच परिक्षणमा पनि राखेका छौं । पहिला पनि महिलाहरुलाई पाठेघरको जाँच, जनरल जाँच, बालबालिकाको जाँच, जेष्ठ नागरिकलाई रगत जाँच परिक्षणमा पनि राखेका थियौ । म पहिला सदस्य हुँदा जेष्ठ नागरिकको बजेतले उहाँहरुलाई घुमाउन लिएर गएका थियौं । घुमाउन लग्दा बलियो ब्यक्ति मात्र जान सक्छ, रमाईलो गरेर आयो धार्मिक कुरामा राम्रै छ । उनीहरु खुसी हुन्छन् । तर जान नसकेका आमा बुबाहरुलाई मन दुख्छ । धार्मिक स्थलमा जान त सबैलाई मन लाग्छ त्यस्तो ठाँउमा जान पाएन भन्ने उनीहरुलाई लाग्छ । अर्काे कुरा भनेको हामी बिरामी भैसकेपछि मात्र जाँच गराउने गर्छाै । ३ महिना ६ महिनामा जाँच गराउने हामी नेपालीको बानी छैन । त्यसैले पहिलाको वर्षमा आमाबुबाको स्वास्थ जाँचमा प्रयोग गरे । त्यसरी रगत जाँच गर्दा कतिपय आमाबुबामा किड्नी सम्बन्धि समस्याहरु पत्ता लागेर समयमै उपचारमा लाग्न सक्यौ । अनि महिलाको लागि अति आवश्यक पाठेघरको मुखको क्यान्सरको जाँच पहिलाको वर्षमा राखेका थियौ भने यो वर्ष पनि राखेका छौं । त्यसमा पनि धेरैको क्यान्सरको लक्षणहरु देखाएको थियो । त्यसैले हामी आफैले हो भने स्वास्थको वास्ता नगर्ने  भएको कारण वडाले हो भने गर्न आउछ कि भनेर नै यो गरेको हो । यो वर्षमा अलि जाडोको लागि केही सामान दिने कि भनेर पनि सोचेका छौं । अनि बजेत लिन आउने कुरामा कुनै कमिति बनाएर उद्देश्यका साथ आउनु भयो भने अवश्य हुन्छ ।

तपाईंको राजनितिक पृष्ठभूमि बारे थोरै बताईदिनु न ?

=यो विषयमा भन्नुपर्दा म राजनितिमै गहिरिएर हिडेको व्यक्ति त होईन । पहिला मेरो माईती देखि राजनितिक माहोलमा हुर्केको कारणले पनि होला सायद । मेरो काका वडा अध्यक्षमा उठ्नु भएको बेला म सानै छदादेखि भोट माग्न जाने गर्थें । काकाले जहाँ लगे पनि संगै जान्थे सायद त्यहि भएर पनि मेरो मनमा राजनितिक थियो होला । यसैकारण यता कीर्तिपुर आईसके पछि पनि मेरो सानो बच्चा लिएर पनि म नेपाली काँग्रेसका नेता गगन थापाको भाषण सुन्न जान्थें । यस्तै माहोलले नेपाली काँग्रेसका दाईहरुले अब राजनितीकमा लाग्नुपर्छ भन्नुभयो र मेरो परिवारले पनि धेरै साथ सहयोग गरेको कारणले म यो क्षेत्रमा आउन सकेको हो । आज म यो स्थानमा हुनुको श्रय मेरो अग्रज दाईहरु राजेन्द्र के सी र पुकार दाइ नै हुनुहुन्छ । उहाँहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ।

हजुर वडा अध्यक्षमा आउनु अघि चुनावको लागि तयार गरिरहँदाको अनुभव कस्तो रह्यो ?

—म वडा सदस्य भैरहदा पनि सबैको दुःख मेरो आफ्नै हो जस्तो लाग्थ्यो । मेरो परिवार मात्र नभएर चिनेजानेको कोही दुःखमा परेको गाह्रो अप्ठ्यारोमा परेको हेर्न सक्दिन थिएँ । त्यही भएर कसैले आफ्नो समस्या देखायो भने त्यसको समाधानको लागि नै भनेर म काम गर्दै गएँ । मैले सकेको सहयोग नगर्ने भन्ने अहिलेसम्म पनि मेरो बानी छैन र हुन पनि सक्दैन । सदस्य र अध्यक्ष भएर काम गर्दा अलि फरक हुन्छ । सदस्यको जिम्मेवारी अलि कम हुन्छ । अध्यक्ष भएपछि पूरा वडाकै जिम्मेवारी लिनुपर्ने हुन्छ । चुनावीको विषयमा भन्नुपर्दा हुन त हामी कुनै पनि काममा अगाडि बढ्नको लागि एउटा आश लिएर हिडिन्छ । म दोहोरिएर सदस्य चाहिँ बन्दिन बरु केही पदमा नरहे पनि ठिकै छ भनेर सोचकी थिएँ । तर नेपाली काँग्रेसले सपोर्ट गरेर वडा अध्यक्षको पद दिनुभयो । त्यही समयमा मेरो श्रीमान पनि बित्नु भएको थियो । श्रीमानको १२ दिनको मात्र काम सकेको थियो । त्यो बेला म सेतो लुगामै थिएँ । दाईहरुले मलाई घरबाट बाहिर निस्किनको लागि हौसला दिनुभयो । सबैको साथ सहयोगले चुनावी माहोल पनि भएकोले घरमा नबसिकन निस्किन सकें । भोट पनि माग्न जानुप¥यो । यस्तो अवस्थामा पनि दाईहरुले अगाडि बढ्नको लागि साथ सहयोग, अनि म प्रति गर्नु भएको एउटा आशा विश्वास देख्नुभएको कारण म पनि पछाडी नहटी अगाडि नै बढे र सफल पनि भएँ ।

पुरुषको तुलनामा आफू महिला वडा अध्यक्ष भएर काम गर्दा कति सहज र गाह्रो भयो ?

—सहज र गाह्रो विषयमा भन्नू पर्दा बजेत लिने कुरामा पहिलो वर्षमा अरुको वडामा भन्दा मेरो वडामा कम बजेट नै राखिदिएको थियो । मैले पनि सोचे कि म महिला भएकै कारण यस्तो गरेको हो कि ? तर यो वर्षमा राम्रै बजेत राखिदिनु भएको छ । अहिले चाहिँ त्यस्तो भेदभाव भएन । हाम्रो समाज पुरुष प्रधान देश भएर हो कि त्यसमा पनि महिलाहरु अगाडि आउनै चाहदैन । म आफैले देखेको कुरा कोही महिला कहि जानू प¥र्या भने पनि एक्लै जादैन त्यसमा पनि नेवारी महिला त झन भन्नै पर्दैन । यहाँ प्राय महिला पढेलेखेकै छ । तर राजनिति क्षेत्रमा महिलाको सहभागिता एकदम कम छ । अरु क्षेत्रमा जस्तै यो क्षेत्रमा अगाडि बढ्नुपर्छ । भनिन्छ नि भगवानले पनि “तिमी आँट म पूरा गर्छु” मैले यति महसुस गरे कि हामीले अगाडि बढ्न चाहेमा पछाडीबाट साथ सहयोग दिने व्यक्ति पनि हुने रहेछ । जब हामीले आँट गरेर अगाडि बढ्छ तब त्यो ठाउँमा पुग्ने रहेछौं । यदि हामी सधै आफ्नो चार कोठामा सिमित हुन्छौ भने कसरी अगाडि बढ्न सक्छौ र ? हामी महिला जति पनि अगाडि आएका छौ त्यो सबै कोटाको हिसाबले पनि आएको हो । नगरमा पनि मेयर कि उपमेयर महिला भनेको कारण हामीले पनि कीर्तिपुर न.पामा महिला उपमेयर पाएका हौ । पहिला त मेयर उपमेयर दुवै पुरुष नै हुन्थ्यो त्यसैले हामीलाई पनि कसैले धकेलेर अगाडि आउने होईन कि आफ्नो इच्छाशक्ति राखेर अगाडि बढ्नुपर्छ ।

हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ ? हजुर एकजना एकल महिला भएर यो क्षेत्रमा काम गर्नुहुँदाको अनुभव कस्तो रहयो ?

—हाम्रो समाजमा त्यो पनि काठमाडौ जस्तो ठाउँको नेवाःसमुदायमा पनि दुर्गममा रहेकाहरुको जस्तो सोच छ कि भन्ने जस्तो लाग्छ । अहिले मानिसहरु कहाँबाट कहाँ पुगिसक्यो । हाम्रो सोचभने पुरानै छ । त्यही भएर हाम्रो महिलाहरु अगाडि आउन डराएको हो कि एउटा यो पनि हो । हामी नेतृत्व वर्ग भएर आएकाहरु शिक्षित वर्गहरु छन् यो ठाँउमा तापनि हाम्रो महिलालाई गाह्रो छ । त्यसमा पनि एकल महिलालाई त झन गाह्रो छ । कही बाहिर जानुप¥यो भने यता उता हिड्नुप¥यो, म नेतृत्व गर्ने ठाउँमा बसेर जहाँ पनि जो संग पनि समस्या भएको ठाँउमा पुग्नुपर्ने हुन्छ । म मात्र नभएर प्राय महिलाहरुलाई यसरी हिड्दा हाम्रो समाजमा नकारात्मक दृष्टिले अवश्य हेरिन्छ । भन्ने बेलामा पुरुष र महिला समान भन्छ । तर कति पनि छैन । हामी महिलालाई पाईला पाईलै पिच्छे गाह्रो छ । यो सोच बरु काठमाडौ बाहिरका व्यक्तिमा कम होला कि तर हाम्रो गाँउमा त्यो पनि नेवाःसमुदायमा यो सोच परिवर्तन गर्न अति आवश्यक छ ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

=आज मलाई यो स्थान सम्म पुग्नको लागि साथ सहयोग हौसला दिनु हुने नेपाली काँग्रेसका अग्रज दाजुहरु राजेन्द्र के सी र पुकार महर्जन लगायत वडा ८ का सम्पूर्ण वडाबासीलाई हृदयदेखि धन्यबाद । साथै मेरो मनको कुरा, मैले गरेका कामको अनुभव राख्ने मौका दिनु भएकोमा साप्ताहिक पत्रिका “कीर्तिपुर सन्देश” लाई र सम्पूर्ण टिमलाई धन्यबाद


Thursday, January 18, 2024

स्वस्थानी छु खः ?

 स्वस्थानी छु खः ?

श्रीकृष्ण ज्यापु

दँय् दसं पोहेलाथ्व पुन्हिनिसें सिल्ला थ्व पुन्हि तक मनूतय्सं लुमंकी स्वस्थानी । स्वस्थानी धइगुया अर्थ छ्याबलय् स्व धइगु थः अले स्थान धइगु थाय् खः । थःगु हे थाय्या बाखं जुया हे जुइ साय्द लच्छि तक कनीगु बाखंयात हे स्वस्थानी बाखं धाःगु धकाः अःपुक हे अनुमान यायेफइगु अवस्था दु । स्वस्थानी देवीयात मनूतय्सं थःथःगु कथं ब्याख्या याना वयाच्वंगु दु । हिन्दू धर्मालम्वीतय्सं महाद्यःया कला पार्वती धाइम्ह हे स्वस्थानी धायेगु याना वयाच्वंगु दुसा गुलिं गुलिसिनं महालक्ष्मी, बसुन्धरा धायेगु याना वयाच्वंगु दु । अले सक्वय्च्वंपिन्सं बज्रयोगिनी द्यः धाइम्ह हे स्वस्थानी खः धकाः धायेगु याना वयाच्वंगु दु । गुलि गुलिसिनं आकृति मदुम्ह द्यः हे स्वस्थानी द्यः धकाः नं धायेगु याना वयाच्वंगु दु ।

स्वस्थानीया मूर्ति

स्वस्थानी द्यःया मूर्ति माला स्वयेगु खःसा आः तक लुयावःगु कथं दक्ले पुलांगु मूर्ति येँया तरनी बहालय् दु । स्थानीय नेवाःतय्सं तरणी अजिमा द्यः धायेगु याना वयाच्वंगु भगवतीया मूर्ति दुगु मखं लागाया तरणि बहाः थौंसिबें थ्यंमथ्यं झिंछसः द“ न्ह्यः थकू जुजु शंकरदेवं दयेकूगु खः धाइ । अले व हे बहालय् पश्चिमपाखे स्वकातःगु छगू कलात्मक मूर्ति दु उगु मूर्तियात हे स्वस्थानीया मूर्ति धायेगु याना वयाच्वंगु दु । येँया तत्कालिन जुजु प्रताप मल्लं उगु मूर्ति दयेकावंगु खः धाइ । स्वस्थानीया उगु मूर्ति बास्तवय् महाद्यः व पार्वतीया मूर्ति खः । आः तकया दक्ले पुलांगु कथं नालातःगु स्वस्थानीया मूर्ति हे उगु महाद्यः पार्वतीया मूर्ति खः । 

अथे हे थौंकन्हय् सक्वय् स्वस्थानी द्यःया देगः हे दयेका मूर्ति पलिस्था याःगु दु । अष्टमातृकाया प्रतिक कथं च्याकुंलाःगु कलात्मक देगः दयेका दथुइ लाक्क स्वस्थानी द्यःया मूर्ति पलिस्था याःगु दु । उम्ह द्यःया मूर्ति छुं ई न्ह्यः जक दयेकूगु खः । प्यपा ल्हाः दुम्ह उगु मूर्तिया जव ल्हातं खड्ग अले खव ल्हातं च्वमो ज्वनाच्वंगु दु । अथे हे मेगु छपा ल्हाः बर्दान मुद्राय् दुसा छपा ल्हातं पलेस्वां ज्वनाच्वंगु दु ।  स्वस्थानी बाखनय् संस्कृतभाषं उल्लेख यानातःगु कथंया मूर्ति हे सक्वय् दयेकूगु खः । सफुतिइ स्वंगः मिखा दुम्ह, लुँयागु वर्ण दुम्ह, प्यपा ल्हाः दुम्ह, मुलुकछ्याना च्वंम्ह, ह्याउँगु वसः पुनातःम्ह नापं चाकःछि अष्टमातृका दुथाय् च्वनाच्वंम्ह हे स्वस्थानी देवी खः धकाः उल्लेख जुयाच्वंगु दु । 

अथे हे नेवाः संस्कृतिविद् बलदेव जुजु संयोजनकर्ता जुयादीगु स्वस्थानी बाखं सफुतिइ स्वस्थानी धााइम्ह महामाया शक्तिया छगू रुप खः धकाः न्ह्यथनातःगु दु । उगु सफुतिइ स्वस्थानी बाखनय् धयातःगु दु ‘स्वस्थानीदेवी धाइम्ह महामायाया शक्तिया छगू रुप  खः । महामाया शक्तियात मूल प्रकृति नं धायेगु याः । थ्व विश्वब्रम्हाण्ड फुक्क उम्ह हे मूलप्रकृतिरुप दैवी शक्तिं दयाच्वंगु खः । मिं पुइगु, लखं ख्वाउसे च्वंकीगु, सूद्र्यवं निभा त्वयेकीगु अदि संसारया सकतां ज्या प्राकृतिया हे व्यवस्था खः । अज्वम्ह शक्तिरुप परमेश्वर हे स्वस्थानी खः’ धकाः उल्लेख यानातःगु दु । थुगु ल्याखं स्वल धाःसा स्वस्थानीयात थःथःगु कथं नाला वयाच्वंगु दु अले सफुतिइ नं ब्यागलं ब्यागलं कथं च्वयातःगु दु । 

बाखं सुयात कंगु खः ?

स्वस्थानी बाखंयात स्वल धाःसा स्वस्थानी बाखं सुना सुयात कन धइगु खँ नं ब्यागलं ब्यागलं खने दु । सक्वय् मेलाया झ्वलय् कनीगु स्वस्थानी बाखनय् नारदं माघवनारयणयात कंगु धकाः उल्लेख जुयाच्वंगु दु । अथे हे नेवाःतय्सं छेँय् छेंय् कनीगु बाखनय् गुलिं सफुतिइ महादेवं पार्वतीयात कंगु अले गुलिं सफुतिइ धाःसा नारादं सप्तऋषिपिन्त कन धकाः उल्लेख जुयाच्वंगु दु । अथे हे थौंकन्हय् बजारय् न्याये दुगु खय् भाय्या बाखं सफुतिइ धाःसा कुमारं अगस्तेमुनियात स्वस्थानी बाखं कंगु उल्लेख जुयाच्वंगु दु । थुगु ख्यालं स्वल धाःसा स्वस्थानी बाखं सुना सुयात न्हापां कन धइगु खँय् नं ब्यागलं ब्यागलं कथंया धापू दु । 

स्वस्थानी बाखं नेवाःतय्सं छेँय् छेँय् लच्छि तक कनेगु याना वयाच्वंगु दु । न्हापा न्हापा नेवाः भासं हे च्वयातःगु थ्यासफुया स्वस्थानी बाखं कनेगु खःसा लिपांगु इलय् वया बजारय् वःगु बाखं सफूयात न्याना हया कनेगु याना वयाच्वंगु दु । स्वस्थानी बाखं कनीगु इलय् बाखं सफूयात थिइका बाखं पाः तया तयेगु अले दक्ले लिपा बाखंपाः नकेगु नेवाःतय्गु थःगु हे कथंया चलन खः । बाखंपाः धकाः नेवाःय्सं थीथी कथंया बुब सिया तया तइगु खः । 

बाखं झन झन तःधं 

स्वस्थानी बाखनय् महाद्यः, पार्वती, सतिदेवी, दैत्य, सप्तऋषि, गोमय्जु, नवराज, चन्द्रवती, दक्षप्रजापति नापं यक्व हे पात्रतय्गु खँ दुथ्याकातःगु दु । थौंकन्हय् कनीगु बाखं तसकं तःधं जुया वनाच्वंगु अवस्था दु । अले सतिदेवीया अंग पतन जूगुनिसें थीथी पारवतीनिसें गोमय्जु, अपसरात, चन्द्रवती लगायतया पात्रत स्वस्थानी धलं दनीगु खँ न्ह्यथनातःगु दु । 

स्वस्थानी बाखंया बिषययात कया अध्ययण याना उगु हे विषयसं विद्यावारधी यानादीम्ह अमेरिकाया नागरिक डा. जेसीका भान्ताइन विक्रेन्होल्त्सया धापू कथं आः तकया दक्ले पुलांगु स्वस्थानीया बाखं सफू धइगु थनि न्यासःदँ पुलांगु बाखं सफू खः । उगु सफुतिइ नेवाः भासं बाखं च्वयातःगु दु । वय्कःया धापू कथं मुक्कं याना च्यागू पाना जक दुगु न्यासःदँ पुलांगु उगु बाखनय् गोमय्जु, नवराज व चन्द्रवतीया बाखं जक दुथ्याकातःगु दु । अले लिपा विक्रम संवत् १८ सयपाखे वया शिव, पारवती, दक्षप्रजापति, सत्यदेवीया बाखं दुथ्याकूगु खः । पुराणया आधारय् उगु कथंया बाखं दुथ्याकूगु खःसा लिपा हाकनं हाकनं मेमेगु बाखं दुथ्याकायंकाः तसकं तःधं याना बिउगु खः धकाः वय्कलं धयादीगु दुु । 

दक्ले न्हापांया बाखं छु खः ?

थुगु कथं स्वस्थानी बाखं सफूया विषययात कया स्वयेगु झ्वलय् थनि न्यासः दँ न्ह्यःया बाखं सफुतिइ दुथ्याःगु धइगु गोमय्जु, चन्द्रवती, नवराज लगायतया पात्रत जक खः । उगु बाखनय् ब्रम्हपुर धइगु नगरय् शिवभक्त धयाम्ह ब्राम्हण व सती नां जुयाच्वंम्ह ब्राम्हनी दुगु जुयाच्वन । इपिं तसकं गरिव जुयाच्वंगु अवस्थाय् गणेद्यःया भक्ति भाव यात । गणेदवं ग्वःजा बिया छ्वल । अले छेँय् थ्यंकाः लुँ जुल । अनंलि निम्हत्यपुया जीवन बाखंलाक्क न्ह्यात । लिपा मचा मदाया समस्या जूगु तायेका हाकनं गणेद्यःया सेवा यात । अले गणेद्यवं धाःथें लिक्क च्वंम्ह सां फाःगु खि अर्थात सौ लाना छेँय् यंकातल अले व हे सौ प्यन्हु लिपा मिसा मचा जुयाच्वन । उम्ह मिसा मचायात हे गोमय्जु धकाः नां तल । छन्हु महाद्यः हे भिखारी जुया भिक्षा फ्वंवल । मां अबुपिं मदुगु इलय् गोमय्जु बःचा धिकः जूगु इलय् आखे ल्यया च्वन । भिखारी ता ई तक पिया च्वनेमाल । लिपा गोमय्जुं जाती भिक्षा बिइत त्यनेवं आखे हे माः धकाः भिखारीं धाल । अले भिखारी तं चाया छ ७ दँ दइगु इलय् ७७ दँ दुम्ह मिजंलिसे इहिपाः जुइमाः धकाः सराः बिल । लिपा बाध्य जुया ७७ दँ दुम्ह शिवशर्मा ब्राम्हणलिसे हे गोमय्जुया इहिपाः जुल । अनंलि शिवशर्मा ब्रम्हणया छेँ दुगु ज्याती नगरय् गोमय्जुयात यंकल । अन च्वच्वं गोमय्जुया प्वाथय् दत । अबले शिवशर्मा ब्राम्हण कमे याये धकाः पिहां वन । खुसि सिथय् स्वां खायेत सिमाय् थाहां वंगु इलय् सिमां कुतुंवया सित । दाहा संस्कार तकं यायेगु ज्या मजुल । लिपा गोमय्जुया काय् बुल । उम्ह मचाया नां नवराज धकाः तल । नवराज तःधिकः जुइवं बरनपुरया अग्नी स्वामी धइाम्ह ब्राम्हणया म्हयाय् चन्द्रवतीलिसे इहिपाः जुल । नवराज नं ध्यबा कमेयायेत पिहां वन । थः अबु हे सिइगु थासय् लात । अबले शिवशर्मा सीगु घटना खंपिन्सं नवराजयात व फुक्क घटना कन । अले अन हे थः अबुया क्वये माला दाहा संस्कार  यात । उखे गोमय्जुयात सप्तऋषिपिन्सं बिइगु ज्ञान कथं स्वस्थानीया अपसं च्वनेगु नापं धलं दनेगु यात । नवराज नं थःगु छेँय् लिहां वल । स्वास्थनीया धलं दंगुलिं झन झन बांलाना वन । नवराज गंगाय् वना स्नान याःगु इलय् नारांद्यः व महाद्यःया छगू हे रुप जुया हरिहरदेवया प्रत्येक्ष दर्शन जुल । अले नवराजयात लावण्य देशया जुजु जुइ धकाः बरदान बिल । लावण्य देशय् जुजु मदया किसिं जुजु जुइम्ह मालाजूगु अवस्थाय् नवराजयात हे ल्यल । जुजु नवराजं थः मां गोमय्जुयात कायेके छ्वल । अले लावण्यदेशया राजकुमारी लावण्यवतीलिसे इहिपाः जुल । अनंलि थःछेँय् वनाच्वंम्ह थः न्हापाया कला चन्द्रवतीयात कायेके छ्वल । दुलिइ तया हःगु अवस्थाय् नादि खुसि अर्थात साली नदिइ थ्यंकाः अनं अपसरात स्वस्थानी धलं दनाच्वंगु दुल्यातय्सं खन । दुथ्यात अन वना प्रसाद कयावल । चन्द्रवती याकःचित त्वःतावंगुलिं तं चाया स्वास्थानीया प्रसाद तकं थुकलं बिया वां छ्वलय् उग्रीमय् हे खुसिया ताफुतिइ वनाच्वंगु अवथाय् वाफय् वल । सकलें खुसिइ लात । स्वस्थानीय प्रसादं याना दूल्यात म्वाये फत । चन्द्रवती धाःसा तन । खुसिया हे लः दित । लिपा जुजु नवराजपाखें अन चन्द्रवाती मायेके बिल । छुं नं लुया मवः । तर चाग्वारा थें जाःगु छगः ग्वरा माझीया जालय् क्यना वल । नवराजं अर्घ बिया भक्ति यायेवं खुसि न्ह्यात । व चाग्वारा थें च्वंगु हे चन्द्रावती जुयाच्वन । अनंलि चन्द्रवती कुस्तरोगं थिया तसकं दुःख सिइ माल । छन्हु कपिल धाइपिं निम्ह ब्राम्हणतय्सं चन्द्रवतीयात स्वास्थनी अपसं च्वनेगु व धलं दनेगु उपदेश बिल । नादि खुसिइ अप्सरात अपसं च्वंवःगु इलय् हे ल्वगी चन्द्रवती नं अपसं च्वन । अले चन्द्रवती बांलाना वन । लिपा नवराजं कायेके छ्वया हल । अले लावण्यदेशया राजकुमारी जुया च्वन । थःगु ल्हातय् हे गोमय्जुं ताःचा लःल्हाना बिल । 

स्वस्थानी धलं गुगु कथं दनी ?

स्वस्थानी बाखं कनीगु इलय् च्वनीगु लच्छि यंकंया अपसं व दक्ले लिपांगु दिनय् धलं दनेगु याइ । धलं दनिगु दिनय् दक्ले न्हापां ज्वाला न्हाय्कनय् सिन्हलं ऊँ धकाः च्वया उकियात हे स्वस्थानी द्यः कथं नाला पूजा यायेगु याइ । ऊँ धइगु पुरुष शक्ति व स्त्री शक्तिया मंकाः रुप कथं नालातःगु दु । अले पुजा याइगु झ्वलय् तछ्व, हामो, आखे, जजंका, धुपाय्, इताः, ग्वाः तुक्रा, ग्वय्तुक्रा सच्छि सच्छि तया नापं मेगु ब्यागलं थलय् च्यागू च्यगू नं तयेगु याइ । अथे हे अथित मरि अर्थात माल्पा सच्छि छगू थलय् तइसा अले हे स्वां बिइगु थलय् हाकनं ब्यागलं कथं च्यापाः अथित मरि तयेगु याइ । सच्छि सच्छि दुगु द्यःयात छाइसा अले च्याता च्यात दुगु नापं स्वां धाःसा थः भात वा काय्यात बिइगु कथं प्रसादया रुपय् तयातइ । पुजाया झ्वलय् पंचामृत तया अर्घ बिया दुनुगलंनिसें मनं तुनागु पुरा जुइमाः धकाः भागी याइगु खः । अले आरती बिइगु ज्या याइ । अनं लिपा च्याता च्याता दुगु नापं स्वां थः भात वा काय्यात प्रसाद कथं लःल्हाये धुंकाः जक सच्छि सच्छि दुगुकया थःम्हं पालं याइगु खः । अले मेमेपिन्त नं प्रसाद कथं इना बिइगु खः । उगु इलय् नेवाःतय्सं थीथी कथंया बुबः सिया नं प्रसादया रुपय् तयेगु याना वयाच्वंगु दु । 

थुगु कथं स्वस्थानी द्यःया स्वरुप नाप नापं बाखं कनेगु बारे नं ब्यागलं ब्यागलं कथं सफुतिइ उल्लेख जुयाच्वंगु अले चन्द्रावती, गोमय्जु, लावण्यमतीनिसें नवराजया बाखंयात स्वल धाःसा स्वनिगःया हे छगू थाय् सक्व व नादि खुसि अर्थात सालीनदि नाप स्वानाच्वंगु खने दु । अले नेवाःतय्सं थःथःगु लागाया अजिमा द्यःयात नं स्वस्थानदेवी धकाः पुजा आजा याना वयाच्वंगु खने दु । स्थानीय नेवाःतय्सं गुहेश्वरी, बज्रयोगिनी, हारति मां, लुमरि अजिमा, न्यतमरु अजिमा लगयायतया थीथी द्यःपिन्त नं स्व स्थान द्यः धकाः पुजा याना वयाच्वंगु दु । उकिं थःथःगु लागाया द्यःयात हे स्वस्थानी द्यः धकाः धाःगु खः धकाः धाइपिं नं मदुगु मखु । न्ह्यागु जूसां नं थौं स्वस्थानी द्यः स्वनिगः नाप स्वानाच्वंगु अले नेवाःतय्गु छगू कथंया संस्कृति नाप नं स्वनाच्वंगु खने दु । स्वस्थानी द्यः धाइम्ह छगू कथंया शक्तिया रुपय् नालातःगु खने दु धाःसां छुं पाइमखु ।


Monday, January 15, 2024

बाघभैरव साकोसको २४ औं साधारण सभामा कीर्तिपुर सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले व्यक्त गर्नु भएको धारणा

 बाघभैरव साकोसको २४ औं साधारण सभामा कीर्तिपुर सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले व्यक्त गर्नु भएको धारणा

कीर्तिपुर क्षेत्रको एक प्रतिष्ठित पुरानो सहकारी बाघभैरव बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारण सभा गत पुस २७ गते शुक्रवार बाघभैरव बैंक्वेट नगाउँमा सम्पन्न भयो ।

संस्थाको अध्यक्ष नवीन नकर्मीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

अन्य अतिथिहरुमा कीर्तिपुर नगरपालिका सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जन, कीर्तिपुर सहकारी संघका अध्यक्ष दिलबहादुर महर्जन र संचालक समितिका पदाधिकारीहरु हुनुहुन्थ्यो ।

संचालक समितिका सचिव सुरेश कुमार श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो ।

संस्थाका अध्यक्ष नवीन नकर्मीले आ.व.२०७९÷०८०को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँका अनुसार २०५७ सालमा रु.१० लाख शेयर पुँजीबाट कारोबार सुरु गरेको संस्था २०८० असार मसान्तसम्ममा रु.७,३६,५५,७००÷पुगेको बताउनु भयो । अहिलेको तरलता अभावको स्थितिमा पनि यस सहकारीले निक्षेप फिर्ता दिइरहेको बताउँदै खासै समस्या नरहेको बताउनु भयो ।

कीर्तिपुर सहकारी संघका तथा कीर्तिपुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिल वहादुर महर्जनले अहिले कीर्तिपुरको सहकारीमा देखिएको समस्या बाहिरबाट आएर यहाँ शाखा खोलेकाहरुले हिनामिना गरेर भागेका कारण कीर्तिपुर निवासीहरुले चलाइरहेको सहकारीलाई पनि केहि समस्या आएको हो तर डराउनु पर्दैन विश्वास नै ठुलो कुरा हो । आफ्नो सहकारी बचाउनु सबै सदस्यहरुको कर्तव्य हो भन्नुभयो ।

        कार्यक्रमका विशिष्ट अतिथि कीर्तिपुर नगरपालिका सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले शुभकामना मन्तव्य राख्नेक्रममा भन्नुभयो — “मैले आफ्नो शुभकामना मन्तब्य दिने क्रममा दुईटा कुरा राख्ने जमर्काे गर्छु । पहिलो कुरा संस्थाको बारेमा मैले देखेको कुरामा म टिप्पणी गर्न चाहन्छु । त्यसपछि अहिलेको समग्र सहकारीको परिस्थितिको बारेमा मेरो धारणा राख्ने छु । पहिलो बाघभैरव सहकारी संस्थाको स्थितिको बारेमा भन्नेछु । तपाईहरुलाई थाहा छ कोभिडकाल संगसंगै रुस र युक्रेनको कुरा आयो । त्यसपछि मध्य पूर्व एशियाको युद्धको परिस्थिति आयो । त्यस्को कारण विश्व अर्थतन्त्रमा छाएको नकारात्मक प्रभाव नेपालमा पनि आयो । त्यो नेपालमा अहिलेसम्म हटेको छैन । म एउटा सहकारी संस्थाको अभियानमा जोडेको करिब ३० वर्ष भयो । जागिरे जीवनमा सहकारीको जिम्मा लिएको त ५ वर्ष भयो । यति समयसम्म सहकारी संस्थाको क्षेत्रमा यस्तो संकट आएको अहिलेसम्म मलाई थाहा छैन । त्यो संकट पनि कस्तो भन्दा अरु बाहिरको कारणले एकातर्फ छ भने अर्काे यो भन्दा ठूलो सहकारीसंग जोडेका सदस्यहरूले सहकारी प्रति अविश्वास बढ्दै गएको, शंकाको दृष्टिले हेर्दै गएको र सहकारी अभियान प्रति नकारात्मक रुपले हेर्ने ग्राफ अझै बढ्दै गएको स्थिति छ । यो एउटा हामी सहकारी संस्थाको लागि चुनौतीको विषय हो जस्तो लाग्छ । अहिलेको यो समयमा पनि कुनै गुनासो नआउने तरीकाले यो वाघभैरव सहकारीले कारोवार गरिरहेको छ । यो सामान्य कुरा होईन । त्यसका लागि म नविनजी सहितको नेतृत्वलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मलाई लाग्छ यदि वाघभैरव सहकारीमा समस्या आएको भए जुन अहिले शिवशिखर सहकारीको कारण अविश्वास सृजना भएको छ । त्यो भन्दा ठूलो आउनेछ । यो वाघभैरव सहकारी, कीर्तिपुर बहुउद्देश्यीय, उमामहेश्वर सहकारीमा आएन अझ सहकारी अभियानलाई जोगाउन, कीर्तिपुरबासीको आस्था जोगाउने वातावरण बनेको छ । यो हाम्रो ठुलो उपलब्धि हो जस्तो लाग्छ र अर्काे कुरा मैले भन्नैपर्छ कि उहाँले समय मै केही महत्वपूर्ण कुराहरु निर्णय गर्नुभएको छ । दिल ब. दाईले नेतृत्व गर्नुभएको संस्थामा सम्पत्ति व्यवस्थापन सम्बन्धित विषयमा केही महत्वपूर्ण निर्णय नगर्नु भएको भए अहिले कीर्तिपुर बहुउद्देश्यीय लगायत वाघभैरव सहकारी साथै अरु कारोबारको हिसाबमा सहकारी संस्थाहरु ठूलो समस्या मा आउथ्यो । दिल ब.लगायत जुन कीर्तिपुरबासीले नै नेतृत्व गरेको ३/४ वटा सहकारी संस्थामा समस्याहरु आएन । त्यसकारण एउटा सकारात्मक धारणा र वातावरण बनेको छ जस्तो लाग्छ । त्यस्तो हुदाहुदै पनि यहाँ कीर्तिपुर भन्दा बाहिरकाले संचालन गरेको शाखाका रुपमा त्यहाँ कारोबार गरे । शिवशिखरको विषयमा कीर्तिपुर भित्रमा भएका हाम्रो सहकारी संस्थाले २४ वर्ष भित्रमा हामीले निक्षेप गरेको कारोबार डेढ दुई वर्ष भित्रमा गरे । त्यो किन ग¥यो भन्दा हाम्रोमा अझै सोचाईमा संकोचन छ, साँघुरो छ । हाम्रो दाजुभाईले संचालन गरेको समुदायमा आधारित संस्थामा कारोवार ग¥यो भने आफ्नो कारोबार समुदायमा, आफ्नो परिवेशमा थाहा हुन्छ कि भन्ने कुरा पनि छ । अनि हाम्रो अनुहारले फलानो अध्यक्ष भएको, कर्मचारी भएको संस्थामा किन कारोबार गर्ने भन्ने पनि छन् । अर्को सोच्न नसक्ने व्याजको प्रस्तावलाई मान्ने ३ वर्षमा दोब्बर ६ वर्षमा दोब्बर अनि सहकारीले १४÷१५ प्रतिशत व्याज दिनेमा २४/२५ प्रतिशत दिन्छु भन्दा पनि पत्याउने त्यो खालको लोभी स्वभावले पनि पैसा फस्ने काम धेरै भयो । त्यो पैसा फस्ने वातावरण नबनोस भनेर हाम्रो नवीन दाइ पनि सक्रिय हुनुहुन्छ । हामीले सहकारी संघसंग मिलेर न.पाबाट धेरै कामहरु गरेका छौ । यो खालको कीर्तिपुरमा खराब वातावरण आउँछ भनेर नै परिकल्पना गरेर रोक्न खोजेका थियौ तर रोक्न सकेन । अहिले यो खालको वातावरणलाई रोकथाम अथवा निवारणका क्रममा सरकार गईसकेको छ । हामीले न.पाको तर्फबाट आदरणीय मेयरज्युको निर्देशन अनुसार एउटा वातावरण तयार गरेका छौ कि शिवशिखरदिपबाट पिडित व्यक्तिहरुको विषयमा आवश्यक कुराहरु, अनलाईनबाट फर्म भर्नु भन्दा अघि गुनासोका कुराहरु लिने र पठाउने गरिरहेका छौं । अन्य खालको सहजीकरण गर्ने सल्लाह दिने कामहरु गरिरहेका छौं । सरकारले पक्कै पनि त्यस्को निचोडमा पुगि हाम्रो नगर क्षेत्रका वचतकर्ताहरुको पैसा फिर्ता गर्ने काम सकेसम्म चाडो गर्छ भन्ने कुरा यहाँहरुलाई आशा र विश्वास पनि दिलाउन चाहन्छु । अहिले यस्तो सहकारी प्रति अविश्वास बढ्ने क्रममा पनि तपाईहरुले १०% शेयर बढाउनु भएको छ । यो कुरा साधारण होईन । म अरु साधारण सभा कार्यक्रममा पनि जाँदा अरु संस्थाहरुमा शेयर सदस्य १ जना पनि नबढेको देखे । तर तपाईहरुले कुल पुँजीको १०% बढाउनु भयो धेरै मेहिनत गर्नुभएको देखिन्छ । अहिले सहकारी प्रतिको जुन वितृष्णा बढेको छ । त्यसको असर तपाईहरुलाई नि परेको छ । तर तरलतामा तपाईहरुले ध्यान दिनुपर्ने कुरा देखिन्छ । अर्काे कुरा नियमित वचतमा पनि ध्यानदिनुपर्ने महत्व छ । हाम्रो संस्थाहरुमा पनि नियमित वचतको पोर्सन ४०%को हाराहारीमा हुनुपर्ने तर हाम्रो संस्थाहरुमा १% भन्दा पनि कम छ । संस्थालाई आर्थिक रुपमा स्थिर गराउने हो भने नियमित वचत अनिवार्य गराउनै पर्छ र संस्थाका सबैले गर्नुपर्छ ।


Monday, January 8, 2024

 चिनारी महिलाको



नामःमनकुमारी वि.क (मनु)

ठेगानाः कि.न.पा–२ कीर्तिनगर

जन्मघरः बिरुवा गा.पालिका वडा ८ स्याङ्जा 

शिक्षाःब्याचलर (पृथ्वी नारायण क्याम्पस,पोखरा)

       ःमास्टर डिग्री (समाजशास्त्र,पाटन क्याम्पस )

आवद्धः दलित महिला संजाल–सचिव, कार्यक्रम संयोजक

कामको अनुभवःदलित महिला संघ (कार्यक्रम सहसंयोजक), कोस्टर (कार्यक्रम संयोजक), जनप्रतिनिधि (२०७४)

आज भोली तपाईं के मा व्यस्त हुनुहुन्छ ?

—म जनप्रतिनिधि हुदा नै २०७५ फागुन ८ गते एउटा दलित महिला संजाल गठन गरि हामीले जिल्ला प्रशासनमा दर्ता गरेका थियौ।त्यो बेलाममा स्थानिय सरकार र नगरपालिकाको सहयोगले दलित महिला तथा विपन्न वर्ग समुदायका महिलाका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ स्थानीय सरकारकै बजेटले दलित,विपन्न,सिमान्तकृत महिलाहरु,अपांगता भएका व्यक्तिहरु समावेश गर्ने गरि कार्यक्रमहरु संचालन गर्दै गयौ।हाम्रो संस्था दर्ता गरिसकेपछि वर्षमा १०/१२ लाखको कार्यक्रमहरु गरे पनि त्यो समयमा हाम्रो संस्थाको अफिस भने थिएन त्यो झोलामै थियो । यसरी पनि प्रोपोजल लाने बजेत लिएर काम गरिरहेका थियौ। वडा अध्यक्ष, मेयर, उपमेयर, कार्यपालिकाहरुको साथ सहयोगले यसरी संस्थालाई अगाडि बढाउन सकेका थियौ । जब मेरो कार्यकाल सकियो । त्यो बेला मैले ५ वर्ष भित्रमा धेरै महिला दिदीबहिनीहरु चिनजान र सम्पर्क पनि भएको थियो । उहाँ दलित, विपन्नको साथै कुन क्षेत्रमा के के गर्नुहुन्छ ?, के कारणले पछाडी परिरहेका छन् ? किन महिलाको आवाज सुनिदैन ? किन घरबाट नस्किन चाहनुहुन्न ? यो मेरो एकदम कौतुहलताको विषय थियो । म यता वडाको कामलाई पनि महत्त्व दिदै साथै यो संस्थामा पनि काम गर्दै गए । यसरी घरबाट निस्किसकेपछि महिलाको क्षेत्रमा केही न केही गर्नुपर्छ भन्ने भावनाले नै मेरो नेतृत्वमा साथिहरुको साथ सहयोगमा यो संजाललाई अगाडि बढाएका छौ । अहिले म त्यही संजालमा आवद्द रहेर काम गर्दैछु । यो संस्थालाई अहिले अस्ट्रेलियाको वल्र्ड फण्ड एसिया भन्ने संस्थाले आर्थिक सहयोग गरेको छ । त्यो भन्दा अगाडि टेवाःभन्ने संस्थाले पनि घरमा बसेका महिलालाई बाहिर आउनका लागि केही बजेट दिएर काम गर्न टेवा दिने काम गर्थ्यो। त्यसबाट पनि केही काम गरे । त्यसपछि एजेन्ट एक्सन फण्ड भन्ने संस्थाले पनि सहयोग गरेको थियो र अहिले म त्यही संस्थाको सचिव छु । कार्यक्रम संयोजकको रुपमा कार्यरत छु ।

यो संस्थालाई दर्ता नै गरि शुरुवात गर्नुको कारण के होला ?

—नेपाल सरकारको ऐेनमा हेर्ने दलित महिला र विपन्न समुदायको महिलालाई कसरी अगाडि लैलाने भन्ने कुरा पनि छन्।स्थानिय सरकारमा पनि २ जना मध्ये १ जना दलित महिला नै वडा सदस्यको रुपमा आउनुपर्ने कुरा संबिधानमा नै छ । न.पा ले पनि दलित महिलाको लागि भनेर नै बजेट छुट्टाएको हुन्छ । त्यसको लागि नै हामीहरुले प्रशासकीय अधिकृत निरन्जन बस्नेत, मेयर, उपमेयरको सल्लाहले नै यो संजाल गठन गरि काम गरेका थियौ । वर्षै पिच्छे दलित महिलाको लागि भनेर बजेत छुट्टाएको हुन्छ । यही बजेतलाई सही ठाउँमा सदुपयोग गर्न र अझै प्रभावकारी ढंगले काम गर्नका लागि नै हामीलाई राज्यले प्रतिनिधित्व दिएको हो । त्यसैले यो संस्था दर्ता नगरि पनि चलाउन सकिन्थ्यो तर न.पाको मात्र भर नपरी नगर भित्रमा मात्र सिमित नरहि काम गर्नका लागि नै दर्ता गरेका हौं । आफ्नो ५ वर्षको कार्यकाल सकेपछि पनि अरु दातृ संस्थासंग मिलेर महिला क्षेत्रमा रहेर काम गर्न सकोस भनेर नै यो संस्था दर्ता गरेका थियो र अहिले काम पनि भैरहेको छ ।

यो दलित महिला संजाल मार्फत के के कामहरु गर्नुभयो ?

—पहिला त काम गर्नका लागि विषयवस्तु बुझ्नुपर्दछ । महिलाको आर्थिक अवस्था कस्तो छ ?शैक्षिक स्थिति कस्तो छ ? आवश्यकता के हो भन्ने बुझ्नु जरुरी थियो । त्यसैले शुरुमा दलित महिलाले कतिको संख्यामा रोजगारी पाईराख्नु भएको छ ? पढाई लेखाई कतिको छ ? पढाउन नसक्ने परिवार पो छ कि भनी बुझ्न हामीले एउटा टीम नै बनाएर न.पा को गाडी र ड्राईभर समेतको सहयोग मागेर ३ दिन सम्म उनीहरुको वस्तुस्थिति कस्तो छ ?  भनेर बुझे । त्यसपछि वडा ५ बस्ने परियारको परिवारलाई सिलाई मेसिन,  भत्याकेपाटीको मिजार समुदायका ब्यक्तिहरुलाई जुत्ता सिलाउने मेसिन, आवश्यकता अनुसार पहिला वर्षमा हामीले मेसिनहरु वितरण गर्याे । त्यसपछि बिस्तारै सिलाईमा नै एड्भान्स डिजाईनको तालिम, किसान महिलाहरुलाई बाख्रा पालनका लागि बाख्रा वितरण, डल्लो साबुन तालिम साथै मेसिन वितरण, मखमल जुत्ता बनाउने तालिम साथै मेसिन वितरण, अस्थाई पुर्जामा बसोबास गर्ने बास विहिन दलित समुदायमा वडा ५ मा ६ वटा घर बनाउने काम भयो । दलित तथा विपन्न वर्गका समुदायका युवाहरुलाई म्युजिक तालिम, सामुदायिक किराना पसल, वडा ७ मा सिलाई केन्द्र स्थापना, क्षमता अभिवृद्धि सम्बन्धि तालिम, कानुनी सचेतना तालिम, जनप्रतिनिधि तथा सामुदायिक अघुवा महिलालाई नेतृत्व विकास तालिम,प्रोपोजल लेखन तालिम दिईसकेका छौं । अहिले उनीहरुले आफ्नो क्षेत्रमा राम्रो र उन्नतीका कामहरु गरिरहेका छन् ।

अहिलेको यो समयमा महिला दिदीबहिनीहरुको अवस्था कस्तो छ ?

—मैले जनप्रतिनिधि भएर ५ वर्ष सम्म महिलाको क्षेत्रमा र आफ्नो समुदायमा काम गर्दा देखेको कुरा भनेको एक त हामी महिलाहरु आफै अगाडि आउन चाहदैन।कुनै कार्यक्रममा सहभागी हुन चाहदैन । घरमै बसेर वल्लो पल्लो घरको मान्छेसंग कुरा गर्दै समय खेर फालेर बसेको हुन्छ । तर कही कतै कार्यक्रम तालिममा गएर केही सिकौ जाऔं भन्यो भने हामी भ्याउदैन भनेर अघि सर्न चासो राख्दैन । भन्दाखेरि एउटै रथका दुई पाग्रा भनिन्छ । तर पुरुषहरु बिहानै देखि समाचार हेर्ने,पढ्ने कहाँ के भयो के भयो चासो दिने, दिनभरि काम गर्ने उनीहरुलाई यसरी ज्ञान हासिल गरेको हुन्छ । महिला बिहान जुरुक्क उठ्ने बित्तिकै कुचो समात्न जानुपर्ने, भान्छामा जानुपर्ने अनि कसरी महिलाहरु ज्ञान लिन सकिन्छ । देश विदेशका घटनाहरु थाहा पाउन सकिन्छ त ? हुन त महिलाहरुलाई कामको भार नै छ । तर पनि थोरै कोसिस गरेर अगाडि बढ्यो भने अवश्य सकिन्छ । यो हुनको कारण उहाँहरुमा जनचेतनाको कमी सोचाईको स्तरको विकासमा परिवर्तन नै गर्नुपर्छ । अर्काे कुरा भनेको आफ्नो जीवन बिताउने जीवन साथीको साथ सपोर्ट भएन भने पनि महिला अगाडि आउन सक्दैन । आफ्नो घरबाट निस्किनै दिन्न समाजमा गोष्ठीमा केही बोल्न दिदैन भने कति खेर महिलाले सिक्ने त ? अनि कोही असक्षम महिलाले सक्षम महिलाको संगतले पनि धेरै कुरा सिक्न सकिन्छ । कीर्तिपुर नगर भित्रको हकमा दलित र विपन्न समूहका महिलाहरु आर्थिक अवस्थामै समस्या छ । यस्तै यस्तै कारण हाम्रो महिला दिदीबहिनिहरु सोचेजति अगाडि आउन सकेको छैन ।

स्थानिय सरकारमा रहेर काम गर्दा र गैर सरकारी संस्थामा काम गर्दा के फरक पाउनुभयो ?

—मैले जनप्रतिनिधि भएर स्थानिय सरकार रहेर काम गर्दा र गैर सरकारी संस्थामा रहेर काम गर्दा धेरै फरक पाए । हामीले यो संस्था दर्ता गरेर काम गर्ने अघि मैले अरु संस्थाहरुमा पनि काम गरेको थिएँ। त्यसको पनि अनुभव छ । सरकारी निकायमा काम गर्दा आफूलाई दिएको काम त गरिन्छ तर त्यसको सहि ठाउँमा काम भयो कि भएन, त्यसछि कसरी जाने भनेर त्यति ध्यान नदिएको र अलि फितलो काम देखियो । महिलाकै क्षेत्रमा पनि काम गर्दा पनि हामीले के ग¥यौ र त्यसले कति जनालाई रोजगारी पायो, कतिको कमाई भयो, प्रगति भयो र आगामी वर्षमा कसरी के गर्ने भन्ने मुल्यांकन गर्न, लेखाजोखा राख्न, नगरमा बहस गर्न, वडाले के कति काम गर्दैछ हेर्न जरुरी छ । तर एउटा कामको लागि एक जना ब्यक्ति जिम्मा लगाईयो बजेत सकाईयो त्यति छ । त्यो कुराले के कस्तो परिणाम निम्तायो बुझ्दैन । यी काममा सरकारी पाटोमा कमजोरी देखियो । तर गैर सरकारी संस्थाको काम गर्दा त्यसको एकदम मुल्यांकन हुन्छ । हामीले गरेको काममा महिलाहरुले कतिको राहत पायो पाएन, परिणाम कस्तो भयो त्यसको लेखाजोखा हुन्छ । गैर सरकारी संस्थाले कीर्तिपुरमा मात्र नभएर कति दातृ संस्थाले स्थानीय सरकारसंग मिलेर सम्वय गरेर काम गरिरहेको छ । सरकारी काम गर्दा जनप्रतिनिधिहरु कर्मचारीहरु नै समयमा नआउने, कार्यक्रम गोष्ठीमा सहभागी नभईदिने यसो गर्छन् । त्यसैले नितिनियम बनाउने, सिस्टम बनाउने कुरामा सरकारी निकायको कमजोरी देखियो ।

एकजना महिला अघि बढ्नका लागि राजनितीमा आउनु कतिको आवश्यक छ ? यसले कति असर गरेको देखिन्छ ?

—महिलाको क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा राजनीति हुनु जरुरी छ । महिला हिंसा कम गर्न, महिलाहरु अगाडि बढ्न जुनसुकै पर्टीमा आवद्ध हुनु आवश्यक छ र साथ सहयोग पनि दिनुपर्छ भन्ने म मान्यता राख्छु । म एउटा एमाले पार्टीमा रहेर काम गरेको व्यक्ति हो । अहिले काग्रेसको सरकार आएपछि पनि मलाई काम गर्न केही असहजिलो जस्तो लाग्दैन । मेरो मेयर, उपमेयर लगायत अरु जनप्रतिनिधिहरुसंग पनि राम्रो सम्बन्ध कायम छ । किनभने हामीलाई विकास चाहिएको छ, एउटा महिलाको परिवर्तन चाहिएको छ । तर आफू पावरमा पुगेपछि यो हाम्रो दलको होईन भनेर काम गर्न दिएन भने महिला हिंसाको अन्त्य कहिले हुन्छ त ? महिलाले महिलालाई खुट्टा टान्ने प्रवृति छ त्यो राजनितिक प्रतिस्पर्धा चुनावीको समयमा मात्र गर्ने हो । एक जना महिला जुन पार्टीबाट त्यो ठाउँमा पुगे पनि उसलाई अगाडि बढ्नका सबै दलका व्यक्तिले साथ सहयोग गर्नु जरुरी छ । महिला स्वयंले पनि मेरो दलको महिला मात्र अगाडि बढोस् भन्ने सोचाई राखेर काम गर्नुहुदैन । पदमा पुगेको महिलाले सबै दलका महिलाको कुरा सुन्नु पर्छ । अनि हामी तल बसेकाले पनि उहाँहरुलाई साथ सहयोग दिएमा महिला हिंसा न्युनीकरण गर्न सकिन्छ कि जस्तो लाग्छ । हाम्रो संस्थामा पनि पहिला सबै वडाका दलित महिला एउटै पार्टीका जनप्रतिनिधिहरु मिलेर नै बनाएको हो । तर अहिले सबै पार्टीका महिलाहरु छौं । हाम्रो संजाल भित्र छिरे पछि राजनितिका प्रतिस्पर्धा हुदैन । केवल कामको आधारमा जिम्मेवारी दिएर काम गर्ने मात्र हो ।

दलित महिला संजालको लक्ष्य र उद्देश्यहरु के के हुन् ?

—हाम्रो उद्देश्यहरु धेरै छन् । दलित महिलाहरुलाई स्थानीय सरकारसंग समन्वय गरेर स्वास्थ क्षेत्रमा पहुँच बढाउने, जलवायु परिवर्तनमा आएका ह्रासलाई कसरी न्युनिकरण गर्ने, पर्यटन व्यवसायका कुराहरु समेटेका छौ । स्थानीय युवाहरुलाई स्थानीय तहसंग समन्वय गरि शिक्षामा प्राथमिक तह देखि उच्च शिक्षासम्म छात्रवृत्ति बढाउने, जनचेतनाको लागि क्षमता अभिवृद्धि गराउने यस्ता कुराहरु छन् । कति महिलालाई राजनिती अधिकार, जातिय विरुद्धको छुवाछूत के हो समेत थाहा छैन । थाहा भएकाहरु पनि बोल्न सक्नुहुन्न । त्यसैले हामी महिलाको प्रगतिका लागि यस्तै अरु पनि धेरै कुराहरुमा परिवर्तन ल्याउने उद्देश्यहरु छन् । भविष्यमा हामी सबै समेटेर काम गर्दै जानेनै छौं ।

हजुर अन्तमा केही भन्न चाहनुहुन्छ ?

—कुरा गर्दै जाँदा केही कुरा राख्न पाएँ त केही बाकी रहयो । संजालका बारेमा केही कुरा राख्ने मौका पाए र आगामी दिनहरुमा पनि हामीले गरेका कामहरुको बारेमा भन्ने मौका दिनु नै हुनेछ भन्ने आशा पनि गरेकी छु । यो अवसर दिनुभएकोमा हजुर लगायत साप्ताहिक पत्रिका “कीर्तिपुर सन्देश”का सम्पूर्ण टीमलाई हृदय देखि धन्यबाद ।

प्रस्तोता ः अनिता महर्जन


Tuesday, January 2, 2024

चिनारी महिलाको

 चिनारी महिलाको




नामः ननिता महर्जन बज्राचार्य 

ठेगानाः कि.न.पा ९ टाउनप्लाजिङ

शिक्षाः Bacher (Sociology Population)

आवद्धः विद्यालय व्यवस्थापन समिति–सदस्य, शारीरिक सुगठन केन्द्रीय सदस्य, कीर्तिपुर खेलकूद समिति–सदस्य, शारीरिक सुगठन खेलका राष्ट्रिय निर्णायक मण्डल(जज)

पुरस्कार : MMR Kathmandu Body Building Championship and First ladies Fitness Championship Kathmandu -First, थाइल्यान्ड मा भएको  8th WBPF World Body Building and Sports Physique Championship (3rd),  मंगोलियामा भएको 9th WBPF World Body Building and Sports Physique (2nd)

राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता के हो ? यो किन खेलाईन्छ ?

—राष्ट्रपति रनिङ शिल्ड खेल भनेको राष्ट्रगत रुपमा खेलिने खेल हो, यसमा विद्यालय व्यापी विद्यार्थी बिच खेल खेलाउने गर्दछ । यसबाट राष्ट्रिय स्तरको खेलाडीहरु तयार गर्ने योजनाका साथ खेल्ने खेल हो । यसमा पहिला नगरव्यापी जस्तै काठमाडौ भित्रका लगभग ११ वटा नगरपालिको प्रत्येक नगर भित्र खेल खेलाईन्छ । त्यसपछि नगरबाट जितेका विद्यार्थीलाई छनोट गरि क्षेत्रमा पठाइन्छ र क्षेत्रबाट जितेका खेलाडीलाई जिल्लामा खेल्नको लागि पठाइन्छ । त्यसपछि मुख्य राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगितामा आउछ । त्यहाबाट प्रदेशमा जान्छ यसरी नै तहगत रुपमा यो खेल खेलिन्छ । त्यो मध्य आफ्नो नगर जस्तै हाम्रो कीर्तिपुर भित्रमा खेलाएको यो खेल पहिलो चरणको हो भनेर बुझिन्छ । त्यसरी जित्दै जित्दै राष्ट्रियस्तरसम्म पुगिन्छ । त्यही भएर यो खेल धेरै महत्वपूर्ण छ र यसको उद्देश्य पनि धेरै राम्रो छ त्यसमा पनि विद्यालयहरुलाई जिम्मा दिएको अझ राम्रो जस्तो लाग्छ । 

यो वर्षको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कीर्तिपुर नगर भित्र कसरी हुदैछ ? यसमा कुन कुन खेलहरु खेलाइन्छ ?

—यो वर्षको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता की.न.पा को शिक्षा शाखाबाट विद्यालयलाई हस्तान्तरण गरेको छ । की.न.पा आयोजक भयो भने संयोजकमा मंगल मा.वि, सह संयोजकमा राराहिल मेमेरियल, जनसेवा मा.वि, नेपाल ब्एँ र लेबोरेटोरी स्कुल रहेको छ । प्रत्येक स्कुलको खेल मैदानमा एउटा खेल खेलाउने भनेर योजना बनेको छ पहिलाको १३ औं राष्ट्रपति रनिङ शिल्डमा कीर्तिपुर न.पा ले कीर्तिपुर खेलकूद समितिलाई हस्तान्तरण गरेको थियो । त्यो बेलामा पनि हामीले राम्रोसंग खेल समापन ¥गयौ । खेलाडीहरुमा राष्ट्रिय स्तरसम्मको खेलाडी समेत तयार भयो । यसरी नै यो वर्षमा पनि राम्रो राम्रो खेलाडीहरु तयार हुन्छ भन्ने आशा गरेका छौं । खेलको बारे भन्नू पर्दा यसमा सरकारबाट नै अनूसुचि दिइन्छ । हामीले खेलाउने मात्र हो । यसमा भलिब, कवडी, कराते, एथलेटिक्स, अनिवार्य खेलाउनु पर्ने खेल हो । ब्याडमिन्टन र टेबिनटेनिस खेल सहयक खेलमा राखेको छ । यो खेल अहिले राष्ट्रिय स्तरमा अनिवार्य खेलमा परेको छैन । यो पाली हामीले ब्याडमिन्टनलाई छानेर राखेका छौं ।

यो वर्षको खेलमा सहभागिताको अवस्था कस्तो छ ?

—पहिलाको वर्षमा कीर्तिपुर खेलकूद समितिले गर्दा जति खेलाडीहरुले भाग लिएको थियो । यो वर्षमा भाग लिने विद्यार्थीहरु कम देखिएको छ ।  सामुदायिक विद्यालयहरुले प्राय भाग लिएको देखिन्छ तर प्राईभेट विद्यालयबाट देखिदैन । पहिलो वर्षमा सबै विद्यालय गरेर लगभग २०÷२२ वटा विद्यालयले भाग लिएको थियो तर यो वर्षमा जम्मा ८ वटा विद्यालय मात्र सहभागी भएको देखिन्छ । यो पाली खेलको लागि आव्हान गरिदा समय पनि थोरै थियो किनभने यो कार्यक्रम मंसिर महिना भित्रै समापन गर्नु पर्ने थियो । विद्यार्थीको पनि परीक्षा भएको कारण सहभागीको संख्या कम भएको जस्तो लाग्छ ।

यो खेल कतिको महत्वपूर्ण छ र कीर्तिपुरमा यसको अवस्था कस्तो रहेको छ ?

—यो एउटा आफ्नै छुट्टै पहिचान बोकेको खेल हो र राम्रै नजरले हेरिन्छ । यसको धेरै राम्रो उद्देश्य छ । जुन एउटा विद्यार्थीलाई शारीरिक  र मानसिक रुपमा स्वस्थ हुन सक्ने, पढाइ मात्र होईन एउटा खेलमा पनि आवद्ध हुनुपर्छ भन्ने सन्देश बोकेको, उनीहरुको शारीरिक विकासक्रम बढ्ने समयमा खेल्यो भने स्वस्थ्य अनि राम्रो मजबत हुने भएकोले खेल खेल्नु पर्छ । यसर्थ कीर्तिपुरका उपमेयर, १० वटै वडाका वडा अध्यक्षहरु, व्यवस्थापन समितिका सल्लाहकार डा. हिरा ब.महर्जन, डा.रामकृष्ण महर्जन, संघरत्न बज्राचार्य, अहिलेका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्र. महर्जन लगायत धेरैको तर्फबाट यो खेल राम्रो हुँदै जाओस भन्ने शुभकामना दिनुभएको छ । खेल पनि राम्रो नै भयो र खेलको हकमा संयोजकको आधारमा ५ वटा विद्यालयलाई जिम्मा दिएको थियो । मंगल मा.वि लाई कवडी खेल, राराहिल स्कूललाई कराते, लेबोरेटोरी स्कुल जुन कीर्तिपुर भित्रको प्रयाप्त  खेलमैदान भएको ठाउँ त्यहाँ एथलेटिक्स, ब्एँ स्कुलमा भलिबल, जनसेवा मा.वि मा ब्याडमिन्टन यसरी खेलको विभाजन गरेको कारण कसैलाई पनि धेरै भार परेन । उद्घाटनको समयमा उपमेयर म्यामले पनि राम्रै प्रतिक्रिया दिनुभयो । यसैबाट नै खेलाडी उत्पादन हुने अनि वर्षै पिच्छे खेलिने र बालबालिकाहरु राष्ट्रिय स्तरसम्म पुग्नु भनेको उनीहरुको लागि एउटा मौका पनि हो । सबैको साथ सहयोग र शुभकामनाले हाम्रो खेल राम्रो भयो । अनि कीर्तिपुर भित्रमा सबै खेल एउटै मैदानमा खेल्न सक्ने त्यस्तो राम्रो प्रयाप्त खेल मैदान नभएको कारण जहाँ राम्रो खेल मैदान छ त्यही नै जिम्मा दिएको थियो । आगामी दिनमा कीर्तिपुरमा पनि खेलाडीहरुको लागि खेल मैदानको राम्रो व्यवस्था गर्नुहुनेछ भनी आशा राखेकी छु र गर्नु पनि पर्छ । हाम्रो खेल विकास पनि यहीबाट हुन्छ बालबालिका पनि कुलतमा पनि लाग्दैन खेल भनेको राम्रो हो । यस्तो खेल की.न.पा ले वर्ष एकचोटी मात्र नभएर बेलाबेलामा गरि राख्नु नै पर्छ ।

कीर्तिपुरको हकमा यहाँका खेलाडीहरु अहिले कहाँ सम्म पुगेका छन् र आफ्नो पहिचान बनाउन सफल भएका छन् ?

—कीर्तिपुरको खेलाडीको हकमा भन्नुपर्दा यो समयमा बास्केटबल खेलमा एकदमै अगाडि बढिरहेको छ । अनि पहिला भलिबलमा पनि कीर्तिपुरबाट नाम राखिरहेको थियो । त्यो समयमा भलिबल खेलमा कीर्तिपुरबाट आएको भन्ने बित्तिकै अरु मानिसहरु अलि पछाडी हटेको सम्म थियो । खेलमा आफ्नो पहिचान राखेको थियो । मेरो व्यक्तिगत हिसाबमा भन्नुपर्दा पहिला जति पनि खेलाडीहरु थियो । अहिले उनीहरु राष्ट्रिय अन्तरास्ट्रिय स्तर समेतमा प्रशिक्षकको रुपमा आफ्नो पकड जमाई सकेको छ । तर त्यही कुरा नै अहिले हेर्दा रोकिरहेको देखिन्छ । समय त्यस्तो हो या महंगीको कारण काम काम भन्दै खेलकूदमा पछाडी हटेको या की. न.पा ले वास्ता नगरेको हो की, थाहा भएन । नभए कीर्तिपुरमा पनि आफ्नो क्षेत्रबाट करातेमा, बास्केटबल, भलिबलमा भन्नुपर्दा राष्ट्रिय स्तरमै पनि अस्ति कीर्तिपुरबाट पनि भाग लिएको थियो । खेलमा राष्ट्रिय र अन्तर्रास्ट्रियका लागि ध्यानमा राखेर कीर्तिपुरले केही गर्ने हो भने धेरै राम्रो परिणाम ल्याउन सक्ने हामीसंग राम्रो खेलाडीहरु प्रयाप्त छ । एथलेटिक्स भयो शारिरीक सुगठनमा म पनि छु । मैले पाईला टेकेको ठाउँमा मलाई हेरेर प्रभावित भई अगाडि बढेको धेरै खेलाडीहरु पनि छन् । ग¥यांै भने खेल जगतमा हाम्रो कीर्तिपुर धेरै अगाडि छ तर यसलाई निरन्तरता कसरी दिने भन्ने प्रणाली हुनुप¥यो, अगुवाई गर्ने की.न.पा ले उनीहरुलाई ठाउँ दिने हो भने यो खेल क्षेत्रमा पनि रोजगारी समेत दिन सक्ने अवस्था छ । तर यो राम्रोसंग कार्यान्वयन गर्न नसकेकोमा दुःख लागेको छ ।

तपाईंले यो शारीरिक सुगठन खेल कहिले देखि शुरु गर्नुभयोतपाईंले विदेशमा गएर खेलमा भाग लिन जानू हुँदाको अनुभव कस्तो रह्यो ?

—विदेशमा जाने बेलामा आफ्नो व्यक्तिगत विचार मलाई कहिल्यै आएन । नेपालको झण्डा बोकेर त्यो ठाउँमा गईसकेपछि आफ्नो लागि होइन देशको लागि भनेर सोच आउदो रहेछ । त्यहींबाट आफ्नो देशप्रतिको माया कति हुँदो रहेछ भनी थाहा भयो । नेपालको कमजोरी पनि देखियो त्यो नै अरु देशको तुलनामा नेपालको खेलाडी, अफिसियल कमी देखियो । १÷२ जना खेलाडीलाई १ जना अफिसियल हुन्छ तर २÷४ जना पनि लान सकेन । वर्षै पिच्छे नेपालको प्रतिनिधि भएर भाग लिन जाँदा नेपालले कहिल्यै पनि खाली हात फर्किनु परेको छैन । आफ्नो खेल र देश प्रति लगाब र गर्व लाग्छ र धेरै माया पनि छ ।

तपाईं कुन कुन देशमा भाग लिन जानू भयो ? यो खेलमा खेलाडीको अवस्था कस्तो छ ?

—पहिलो चोटी थाईल्यान्डको पटायामा आठौं विश्व च्याम्पियनसीप खेलमा तेस्रो पुरस्कार, नवौं खेलमा दोस्रो पुरस्कार लिएर आए त्यसपछि दशौं खेलमा पहिलो पुरस्कार ल्याउनको लागि तयारी गर्दै थिए तर विरामी भएर जान सकिन सायद  मेरो भाग्यमा थिएन होला । यो ठाउँमा आफ्नो जग बसालि सके । यो क्षेत्रमा मलाई हेरेर मेरो मेहनतलाई कदर गरेर अरु पनि खेलाडीहरु जन्मिरहेको छ । म मात्र जानू ठुलो कुरा होईन मेरो पछि आएका खेलाडीहरुलाई पनि पठाउनु मेरो लागि उपलब्धि हो जस्तो लाग्छ । यसरी नै खेलाडीहरु अझै जन्मोस मेरो सोच हो । नेपालले पनि यो क्षेत्रमा आफ्नो पहिचान राख्न सक्छ किनकी हामी नेपाली एकदमै मेहनेती छौं । यसमा दुःख लाग्ने कुरा भनेको यो खेलमा २÷३ महिनादेखि नै एकदम मेहेनत गरेर तयारी गरि सकेपछि एक जना साथिको भिसा नलागेर जान पाएन । जान पाएको भए १००% नै मेडल ल्याउने पक्का थियो ।

खेलको शुरुवात देखि अहिलेसम्म कुन स्तरमा पुग्नु भयो ?

—जब मैले नेपालको लागि मेडल ल्याए त्यो बेलामा मैले त्यहा सिकेको कुरा सबै माझ सुनाए । मैले वडी विल्डिङ साथै शरीरको बनावट कस्तो कस्तो खालको हुन्छ, कस्तो लुगा लगाउने, जुत्ता लगाउने, कलर लगाउने सबै सिकेर आए र सबैलाई भनें । यसै बारेमा तालिम समेत दिए त्यसले सायद निर्णायक कमितिलाई राम्रो लागेर होला निर्णायक मण्डलको परीक्षा दिएर पास भई जिल्ला स्तरीयमा जज समेत भएँ । एशियन खेलमा जज चाहियो भनि परीक्षा दिन लगायो त्यसमा पास भएर हाल राष्ट्रिय स्तरको निर्णायक मण्डल समेत बन्न पुगे भन्नू प¥यो ।

तपाईंलाई हेरेर पछ्याईरहेका खेलाडीहरु ढिरहेको छ र महिलाहरुको सहभागिता कस्तो छ ?

—यो खेलमा धेरै खेलाडीहरु  बढिरहेको छ । हेर्ने हो भने अहिले जिल्लाले, क्लबले गरिरहेको खेलमा धेरै भाग लिईरहेको देखिन्छ । भरखरै हिमालयन खेल भयोे त्यो लगत्तै एशियन खेल पनि भएको थियो त्यसमा पनि नेपालले धेरै मेडलहरु जितेको छ । त्यसमा खुसी लाग्छ र आफूलाई गर्व लाग्छ । खेलाडीबाट अहिले आफ्नो अहिले एउटा फिटनेस प्वाईट सेन्टर खोलेर काम गर्दैछु । व्यस्त समयमा मानिस स्वास्थ हुन, रोग लाग्न नदिन, यसले फिजियो जस्तैः नशा कसरी बलियो बनाउने, जोर्नीको समस्या नल्याउनको लागि नै भए पनि अहिले खेलाडीहरु बढिरहेको छ । ३÷४ वटा फिट्नेट प्वाईट स्थापना गरेको समयमा लिएको अनुभव हेर्दा महिलाहरुको सहभागिता धेरै राम्रो छ । बाहिर महिला पुरुषको बराबरी सहभागिता छ भने कीर्तिपुरको हकमा थोरै कम देखिन्छ ।

अन्तमा केही भन्नू छ कि ?

—हामी मानिस अहिले रोग नलागेर औषधी खान नपरेकाहरु सायदै कमै होला ।  बिरामी भएर बस्न नपर्नको लागि दिनमा थोरै भए पनि कसरत गर्ने कोसिस  गरौ बालबालिका छ भने कुनै एउटा खेलमा सहभागी भएर स्वस्थ्य हुन कोसिस गरौ साथै अन्तमा आफ्नो केही विचार अनुभवको कुराहरु सुनाउने मौका दिनु भएकोमा “कीर्तिपुर सन्देश“को सबै टीमलाई हृदयदेखि धेरै धेरै धन्यबाद छ ।

– प्रस्तोता अनिता महर्जन